
Mahabir Pun
@MahabirPun • 294,131 subscribers
Chairperson, National Innovation Center (राष्ट्रिय आविष्कार केन्द्र)
Shorts
Videos

आज बेलुकी चीन सरकार बाट तेश्रो खेपमा मिलीटरी हवाईजहाज द्वारा उद्वार सामाग्रीहरु आयो र महामहिम राजदूतज्यूले सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गर्नु भयो । आज आएका सामानहरूमा केहि महत्वपूर्ण सामानहरु जस्तै DNA जाँच्ने मशिनहरु र 70 kg सम्म वोक्ने ड्रोनहरु छन् । चीन सरकार लाई धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mahabir Pun128,679 views • 26 days ago

लौ त संसार मै नभएको तर नेपालमा भने प्रसस्तै मात्रामा भएका ज्यादै जान्ने सुन्ने र मलाई माया गरेर गाली गर्दै अर्ति उपदेश दिने मेरा पुजनिय गुरुहरुलाई सुचना दिन चाहन्छु की त्यो शरजहाँमा बिचल्ली भएको भाईको उद्धार भएको भिडियो हेर्नुहोस् - उद्धारकर्ता - UAE को NRNA President भीम मल्ल ठकुरी रहेछन् । त्यो भाईलाई दलालले झुक्याएर भिजिट भिसामा लगेर काममा लगाएको रहेछ । त्यसैले पासपोर्ट खोसेर राखेको रहेछ। दुतावासमाअन्य सरकारी प्रक्रिया भीभ भाईले गर्नेछ। लु भीम भाई सहित सबै लाई वेलकम टु दि गुडनाईट🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
Mahabir Pun26,863 views • 16 days ago

विदेशी EV गाडीहरु नेपालका निकैनै भित्रिरहेका छन् । यो राम्रो पक्ष हो। तर ति गाडीहरू कहाँ कहाँ गुड्यो , कति कि.मी. गुड्यो, इलेक्ट्रीक मोटर तथा व्याट्रीको हालत के कस्तो छ जस्ता सम्पुर्ण डाटाहरु गाडी मोवाईल सीम बाट सोझै गाडी बनाउने कम्पनीमा जान्छ । गाडी चलाउने व्यक्तिलाई यस्तो कुरा थाहा हुँदैन। त्यस्ता डाटाहरु बास्तवमा नेपालको ठुलो सम्पति हो। त्यस्ता डाटाहरु नेपालमा नै सर्भर राखेर संकलन गर्ने र नेपालले पनि ति डाटाहरू प्रयोग गर्न पाउने व्यवस्था कसरी गर्ने भन्ने विषयमा बिज्ञ र सरोकार वालाहरु विच छलफल भयो। केही न केहि निष्कर्ष निस्कने छ ।
Mahabir Pun44,526 views • 1 month ago

लौ सुन्नु होस, खाना पकाउने ग्यास चाहिनेहरुको लागि आज काठमाण्डौमा जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमले निम्म ७ ठाउँहरूमा विहान ११ बजे देखि बेलुकी ५ वजे सम्म ग्यास बिक्री वितरण गर्ने सुचना🙏🙏🙏 १) निगमको टेकु परीसर २) पशु सेवा शाखा चपली बुढानिलकण्ठ ३) राधास्वामी, किर्तिपुर परिसर ४) नयाँ वजार जुड़ो हल परिसर ५) तारकेश्वर नगरपालिकाको परिसर ६) चन्द्रागिरी नगरपालिका कार्यालय ७) राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mahabir Pun41,800 views • 1 month ago

धन्यवाद र विदाई🌹 रसुवा बाढी पीडितको खोज उद्दारका लागि नेपाल आएका ९ जना चिनियाँ टनेल उद्धार टोलीलाई धन्यवाद दिंदै बिदाई गरियो । कार्यक्रममा चीनका राजदुत HE. Mr. Zhang Maoming पनि हुनु हुन्थ्यो । उहाँहरुले उद्धार कार्यमा प्रयोग भएका करोडौं रुपैयाँ पर्ने ९ किसीमका उपकरणहरु पनि हस्तान्तरण गर्नु भयो। अहिले सम्म चीन सरकारले ६ वटा मिलिटरी जहाजमा उद्धार सामाग्रीहरु र जम्मा ३६ करोड रुपैयाँ जति नगद सहयोग गरेको छ। सहयोगको लागि धन्यवाद छ।🌹🌹🌹🇳🇵
Mahabir Pun11,184 views • 9 days ago

उद्धार कार्यमा ठुलो ड्रोनको प्रयोग हेनुहोस् - चीन सरकारले उद्धारको लागि सहयोग स्वरूप पठाएको 80 के.जी. बोक्न सक्ने ड्रोनले काम गरेको हेर्नुहोस । यस्ता 4 वटा ड्रोनहरु उडाउने तालिम सुरक्षाकर्मीहरुलाई दिइएको छ । यु.ए.ई. सरकारले पनि यसतै 4 वटा ड्रोनहरु पठाएको छ। नेपालमा पहिलो पटक प्राकृतिक विपदको समयमा यस्ता ड्रोनहरू उपयोग भएका हुन्। बाटो र पुलहरु बाढीले बगाएको अवस्थामा यी ड्रोनहरु धेरै नै उपयोगी भएका छन् । यसता ड्रोनका पार्टपुर्जाहरु ल्याएर नेपालमा पनि बनाउन सकिन्छ । ड्रोन दाताहरूलाई धेरै धन्यवाद🇳🇵🇳🇵🇳🇵
Mahabir Pun15,952 views • 15 days ago

लौ भाई आईपुग्यो, अस्ती शनिवार शारजाँहमा मालिकले पासपोर्ट खोसीदिएको र बस्ने कोठाको साँचो लगाई दिएकोले बाहिर सडकमा बसेको सुनिल लुंगेली भाई नेपाल आई पुग्यो । यदि सरकारी प्रक्रियामा गएको भए आज बल्ल अफिस खुल्ने थियो र त्यो भाईले तीन दिन सम्म दुख पाउनु पर्ने थियो। भीम मल्ल ठकुरी भाईलाई धन्यवाद छ🌹🇳🇵 उसले रुँदै बाटो बाट मलाई फोन गरेर भोकै छु, खल्तीमा एक पैसा छैन, यहाँ कसैलाई चिनेको छैन, उद्धार गर्नुहोस भने पछि मैले त्यहाँको दुतावासमा र परराष्ट्र मन्त्रालयमा पनि फोन गरेको हो । तर शनिवारको विदा भएकोले कसैले पनि फोन उठाएन। अनि उसलाई सुरक्षित ठाउँ सम्म पुऱ्याई दिने कोहि छ कि भनेर फेसबुकमा पोष्ट गरेको हो । त्यसो गर्दा केहि नेपालीहरूले सात जुनी देखीको बल लगाएर गाली गरे र मलाई मन्त्रीको इज्जत नै फाल्यो समेत भने । के गर्ने ? 🌹🌹म ता यस्तै हो ब्रो पनि भनें। किन भने कुनै पनि समस्याको सामाधान गर्ने धेरै तरिकाहरु हुन्छन । एउटा तरिकाले काम नगरे पछि अर्को तरिका अपनाएर भए पनि समस्या समाधान गर्न नेपालीहरुले सिक्नु पर्छ।🙏🙏🙏
Mahabir Pun13,394 views • 14 days ago

चीन सरकार बाट चौथो पटक आएको राहत सामाग्रीहरु महामहिम राजदुतज्यूले नेपाल सरकारलाई हस्तान्तरण गर्नु भयो । यो खेपमा डुङ्गा जान नसक्ने ठाउँमा जाने सक्ने Hovercraft डुङ्गा र हिलो लेदो तान्न सक्ने Permanent Magnet Flood Pump पनि आएको छ । ति सामानहरु भोली नै त्रिशुली तिर जान्छन् । चीन सरकारलाई धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Mahabir Pun11,932 views • 20 days ago