
Vijay Kumar Panday
@Vijaykumarko • 683,680 subscribers
Seeker / Writer / Film maker / Mostly on Leave ..
Videos

बालेन शाह, रवि लामिछाने र गगन थापाका सम्भावना र संकट ! Balen Shah Rabi Lamichhane Gagan Thapa
Vijay Kumar Panday19,228 Aufrufe • vor 17 Tagen

वर्षौँपछि नाटक हेर्न थिएटर पुग्यौँ। सानदार नाटक हेर्नुको आनन्द कुनै स्क्रिनले दिन सक्दैन। अमर न्यौपानेको कृति 'सेतो धरती' पढिएको त थियो नै, तर एउटा शक्तिशाली उपन्यासलाई त्यत्तिकै शक्तिशाली मञ्चीय प्रस्तुतिमा रूपान्तरण भएको यसरी देखेको थिइन। थिएटरको जादु त बेग्लै हुने रहेछ। त्यहाँ 'कट' हुँदैन, 'रिटेक' हुँदैन, कथा र दर्शकबीच कुनै पर्दा हुँदैन। गैह्री धारामा रहेको 'कान्तिपुर फिल्म एकेडेमी' को थिएटरमा मा 'सेतो धरती' हेर्न हामी डा. भगवान कोइराला, डा. बसन्त पन्त, डा. रामकुमार घिमिरे , डा. शंकरमान राई र डा. अर्जुन कार्कीसँग सपरिवार हुल बाँधेर गएका थियौँ। पुरै हाउसफुल थियो। तर हामीले दुई दिनअघि नै अग्रिम बुकिङ गरेका थियौँ। दर्शकदीर्घामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर ठूलो संख्यामा युवाहरू पनि उपस्थित थिए। जीवनमा धेरै किसिमका अनुभव हुन्छन्। तीमध्ये एउटा सानदार, मार्मिक र बिर्सनै नसकिने अनुभव हो 'सेतो धरती' हेर्नु। त्यसैले त यतिका दिनदेखि पनि कान्तिपुर फिल्म एकेडेमी, गैरीधारामा 'सेतो धरती' निरन्तर मञ्चन भइरहेको छ। तपाईं पनि हेर्न जानुभयो भने, हामीले जस्तै त्यो अनुभूति अवश्य गर्न सक्नुहुनेछ। यसमा कयौ सिन यस्ता छन, बिर्सन सकिन्न। नाटक सकिएपछि आयोजकले दुई शब्द बोल्न अनुरोध गरे ... तल राखिएको सानो क्लिपमा अडियो त सफा छैन, तर माहौल महसुस गर्न सकिन्छ ...
Vijay Kumar Panday17,636 Aufrufe • vor 1 Monat

AI संग विजय कुमार। ४० वर्ष अघि हामीले नेपालमा टेलिभिजन अन्तरवार्ता विधाको जग बसाल्ने मौका पाएका थियौँ। अब, आजदेखि एआई (AI) संग कुराकानीको सुरुवात गर्छौँ। के ‘जेनजी’ भनेको केवल उमेर हो? फरक–फरक आर्थिक, सामाजिक, शैक्षिक र पारिवारिक परिवेशमा हुर्केका एउटै उमेरका दुई युवालाई एउटै ‘जेनजी’ शब्दले व्याख्या र महसुस गर्न सकिन्छ र? जसरी नेपालमा धेरैले गर्दैछन् , अज्ञानताका कारण वा दुनिया बेकुफ बनाउन ? यो प्रोमोको पूर्ण संस्करण भिडियो आज साँझदेखि उपलब्ध हुनेछ।
Vijay Kumar Panday29,328 Aufrufe • vor 4 Monaten

चर्को स्वरमा त झुठ पनि बोल्न सक्छ। त्यसले आंखा र कानलाई केही समय उत्तेजित बनाउन सक्छ।फगत स्वर भोल्युमको बलमा मलाई प्रभावित गर्न सकिन्न।तर प्रिय Minendra Rijal यहा तपाईबाट भए। किनभने सत्य पनि यदाकदा चर्को स्वरमा बोल्छ। म जवाफ दिने छु,एउटा पोडकास्ट मार्फत-'आदर्शहरु नभएको समाज?'
Vijay Kumar Panday129,241 Aufrufe • vor 3 Jahren

प्रम ओलीसंग हाम्रो 'टक सो' को सेरोफेरोमा उठेका ३ प्रशनको जवाफ ।पहिलो प्रशन कलेजमा पत्रकारिता पढाउने एक मास्टरजीले राखेका थिए। मलाई लाग्यो - यो सही बेला हो Media Master Class सुरु गर्ने । केही सिक्ने , केही सच्याउने र केही कुरा सेयर गर्ने । पुरा भिडियो हेरेर कमेन्ट गर्दा उपयुक्त हुनेछ । पुरा भिडियो हाम्रो युटुबमा उपलब्ध छ ।
Vijay Kumar Panday44,939 Aufrufe • vor 1 Jahr

यो कुन युग हो ? थाहा छ ? कि त्यसै सुर्ती माडदै छौ ? 😂 यो युगको नेता को हो ? हर युगको एउटा बिशिष्ट पात्र हुन्छ , नेता हुन्छ । त्यसले जनाउ दिन्छ हामी कुन युगमा बाच्दै छौ भनेर । आफु बाचेको युग थाहा छ ? हामी बाचेको युग ‘वैश्य युग’ हो । कारोबारी युग हो । कारोबारी राजनिति , कारोबारी सामजिक सम्बन्धहरु , कारोबारी अन्तरराष्ट्रिय कुटनिति – सबथोक Transactional ! प्रिय राष्ट्रपति ट्रम्पले कारोबारी राजनितिका ज्योति पुन्ज बनेर आउनु भएको छ । देख्नु भएन प्रिय ट्र्म्पका प्रिय एलेन मस्कले भारतमा देखाएको वैश्य युगको ताकत । एक अर्कालाई सहनै नसक्ने दुई भारतका दुई महासेठहरु - अम्बानीको जिओ र एयरटेलका मित्तल , दुबैलाई एकै ठांउमा लाइन हाजिर गराएर भारतमा सैटलाइट इन्टरनेटको साम्राज्यको नया जग खन्न सुरु गरेका छन प्रिय मस्कले । बजा ताली वैश्य युगको । गफ चुटौ समाजवादको वा पौराणीक कालको .. बाच्नु छ २१ सौ शताब्दीमा , चाहना ठूला , गफ देउ पौराणीक कालको , साम्यवादको , समाजवादको , माडौ सुर्ती .. बनाऔ स्वास्थ 😂 ट्रम्प र मस्कको बिशाल स्टेडियममा हुदै गरेका खेलका कुरा छाडौ , एकछिन ।नेपालको कुरा गरौ । हर युगको एउटा नेता हुन्छ , एउटा बिशिष्ट पात्र हुन्छ । नेपालमा हामी बाचेको युगको नेता को हो ? बिशिष्ट पात्र को हो ? के हामी त्यो युगबाट बाहिर निस्कन सक्छौ ? वा निस्कन जरुरी छ ? यस्को जवाफ दिनुस अनि हामी पनि मानौला गहिरो पानीमा पौडिन सक्नु हुन्छ भनेर … coming soon ! New Series ! मिनेन्द्रजीमात्र होइन , धेरै हुनेछन यस्मा .. experience the differece .. Coming Soon !
Vijay Kumar Panday50,001 Aufrufe • vor 1 Jahr

रवीन्द्र मिश्रलाई प्रहरी हिरासतमा भेटेर आए पछी कसैले मलाई सुस्तरी सोध्यो 'तपाइ राजावादी हो ?' मैले जवाफ दिन जरुरी ठानिन। हिजो एक युवतीले सोधिन ' सर तपाई सुरक्षा पंतको पक्षमा कि बिपक्षमा ?' उनलाई पनि मैले जवाफ दिइन । जवाफ त मैले , दसकौ अघि , पंचायतकालमा राजबन्दीहरुलाई , भद्रगोल जेलमा भेटेर आए पछी पनि दिएको थिइन जब मलाई सोधिएको थियो - ' तपाई कांग्रेस हो ? ' दसकौ अघिको भद्रगोल जेल देखी , केही दिन अघि काठमाण्डौ प्रहरी परिसरमा रवीन्द्र मिश्रलाई भेटन जादासम्मको यात्राले मेरो मनमा खेलेका कुरा यो पोडकास्टमा छन । तपाई कुन कित्तामा ह ? कित्ता-काट रजिस्टरमा हाजिर लिने मित्रहरुलाई मेरो सादर जवाफ ! यसै प्रसंगमा जर्ज अर्वेल, अल्बर्ट क्यामुको पनि जवाफ । यो ताज़ा पोडकास्ट युट्युबमा उपलब्ध छ।पुरा भिडियो हेरे पछी कमेन्टको जांगर चलाउनु भए राम्रो हुनेछ। पोडकास्ट जबरजस्त बनेको छ जस्तो लाग्छ । त्यो पुरा नहेरुन्जेल , यो सानो क्लिपको मज्जा लिनुस है :)
Vijay Kumar Panday46,085 Aufrufe • vor 1 Jahr

Congratulations dear Poornima Shrestha ! प्रकृति र पर्वतारोहीहरूप्रति मेरो मनमा अजीब आकर्षण छ। भाग्यशाली रहेछु, दशकौँअघि सगरमाथाका प्रथम आरोही Sir Edmund Hillary सँग वार्ताको सौभाग्य मिलेको थियो। आज शनिवार बिहान, पूर्णिमाले छैटौँ पटक सगरमाथा आरोहण गरेपछि पठाएको यो भिडियो हेरेर, फेरि त्यो पल बांचे झै लाग्यो.. Déjà vu moment भन्छन फ्रेन्चमा .. Thank you !
Vijay Kumar Panday13,871 Aufrufe • vor 3 Monaten

त्यो साँझ जाउलाखेलको फुटपाथमा हिडदै गर्दा ठोक्किन आएका अपरिचित मान्छेले आफ्नो परिचय दिए - ' म विश्व पराजुली । जिम्बाब्वे मा सयुक्त राष्ट्र संघको आवासिय प्रतिनिधि । संयोगले भेट भै हाल्यो । अब एक कप कफी पिउ है विजयजी ' । कालान्तरमा विश्वजी भारतका लागी विश्व खाद्य कार्यक्रमका आवासिय प्रतिनिधि हुनु भयो । एक पटक काठमाण्डौ आएको बेला वहाले मेरो भेट निल बाल्जरसंग गराउनु भयो । नेपालका लागी विश्व खाध्य कार्यक्रमका उप निर्देशक निल बाल्जर हेर्दा हलिवुड एक्सन हिरो जस्तो देखिने । निल बाल्जर बोली व्यबाहरमा बिनम्र लागे । तर पनि हाम्रो पहिलो भेट खासै जमेन । उनी जुन प्रणालीबाट आउछन र जीवन र जगतका बिषयमा मेरा जे जस्ता सही वा गलत वा अपठ्यारा द्रश्टिकोण छन , त्यो पृष्ठभुमीमा , सायद त्यो स्वभाविक पनि थियो । तर वृतचित्रमा सहकार्य गर्ने कुरामा हामी सहमत भयौ । थालमा छैन भने कतै पनि छैन Food matters सिरिज निर्माणको दौरानमा मैले धेरै कुरा सिके । यो सिरिजका दुई भाग प्रसारण भै सके । अब तेस्रो भाग चाडै प्रसारणमा आउदैछ । तेस्रो एपिसोडमा हामीले Rice fortification अर्थात चामलमा पोषक तत्वको स्तर उन्नतिको महत्वपुर्ण बिषय उठान गरेका छौ । के गाउ , के शहर , के राजधानी , के गरिब , के मध्यम बर्ग - नेपाल भरी हामी शरिरमा बिभिन्न खाले पोषक तत्वका अभावले पिडित छौ । पोषण अभावले गर्दा हामी धेरै किसिमका रोगबाट पिडित छौ ( वा भविष्यमा हुन सक्छौ ) । के गाउ , के शहर , के धनी , के गरिब ; प्राय सबैको मुख्य खाना भात नै हो । त्यसैले चामलमा पोषक तत्वहरु मिसाउन सकिए - यो जनकल्याण र स्वास्थका लागी एक सरल तर युगान्तकारी कदम हुनेछ। यो काम अत्यन्तै कम मुल्यमा गर्न सकिन्छ । धेरै देसले गरी रहेका पनि छन । म नेपाल सरकारको र सांसदहरुको ध्यान यस बिषयमा आकर्षण गराउन चाहन्छु । साथै चामल बेपारमा दसकौ देखी लागेका ठूला निजी क्षेत्रवालाहरु वा भरखरै लाग्न थालेकाहरुको पनि ध्यानाकर्षण - Rice fortification को तडकारो जरुरत तर्फ गराउन चाहन्छु । साथै आम उपभोक्ता पनि जागरुक हुन जरुरी छ । भनि रहनु पर्छ र ? जीवनमा , जीवनभन्दा ठूलो केही हुदैन । अनि जीवन आफै उभिदैन । थालमा छैन भने , त्यो कतै पनि छैन ! Food matters ! आज यो प्रोमो लोड गर्ने बेला मेरो मनमा आउदैछ , धेरै बर्ष अघिको त्यो साँझ , जब म जाउलाखेलको फुटपाथमा बरालिदै थिए ...
Vijay Kumar Panday64,571 Aufrufe • vor 2 Jahren

आफ्नो थालमा खाना छ भने, संसार एक किसिमको देखिन्छ । छैन भने, दुनिया अर्कै देखिन्छ । अनगिन्ती किताब, लेख, ट्विट ,फेबु पोस्टिङ, इन्स्टा , भाषण, ताली, गालीको बिचमा जीवनको सामान्य सत्य खिस्स हांसेर बसेको छ - बीरगन्ज भंसार नाकाको यो द्रश्यमा ... आज राष्ट्रिय धान दिवस हो । भाषणमा र भातमा बांचेको समाजले आत्मनिरिक्षण गर्नु पर्ने दिन ...
Vijay Kumar Panday82,389 Aufrufe • vor 3 Jahren

भोली प्रधानमंत्री प्रचण्डले बिश्वासको मत प्राप्त नगरे पछी, नया प्रधानमंत्री चयनको प्रकृया सुरु हुनेछ। नया प्रधानमंत्री पनि, पुरानै मान्छे हुनेछन । नेपालका कतिपय राजनैतिक, प्रशासनिक र आर्थिक अस्थिरताको बिउ खोज्न अन्त धेरै टाढा जानै पर्दैन। नेपालको संविधानभित्रै , नेपालका कतिपय रोगका कारण लुकेका छन। अब पनि संविधानको पुनरावलोकन ( रिभ्यु ) नगर्ने हो भने – नेपालको संविधान २०७२ आफुभित्रै रहेका अन्तरविरोधको भार थाम्न नसकेर भासिने निश्चित छ । भोली ☭ Comrade Prachanda प्रधानमंत्री पद जानेछ। तर राजनैतिक रुपमा वहाको सबै उपायदेयता सकिने छैन । अब K P Sharma Oli र Sher Bahadur Deuba ले गहिरो सो्च्नु पर्नेछ – वहाहरु कस्तो सरकार चलाउनु हुनेछ ? र , कस्तो संविधान छोडेर जानु हुनेछ ?? ओलीजी र देउवाजीमात्र होइन , सबै राजनैतिक नेताहरुले र बृहद समाजले यस बिषयमा सोच्नै पर्छ । किनभने अब पनि पुनरावलोकन नगरे, यो संविधान आफ्नै भारले (self weight) ले गर्दा ढिलोचाडो भासिनेछ । संविधानमा के के परिवर्तन अनिवार्य भैसक्यो ? यस बिषयमा , हामी १० भागको सिरिज सुरु गर्दैछौ - थाम्नुहोस है ! Pause ! यो सिरिजका बनाउन म पनि - राजनैतिक प्रकृतिका कार्यक्रम निर्माणप्रति , आफ्नो आलस्य अलि कम गर्ने छु । टीम उत्साहित छ ।
Vijay Kumar Panday56,331 Aufrufe • vor 2 Jahren

जेन–जी पुस्ताकी रक्षा बम, मिलेनियल पुस्ताका मिलन पाण्डे, बुमर पुस्ताका मिनेन्द्र रिजाल र उमेर–सिमामा विश्वास नगर्ने अध्यात्मिक साधक स्वामी अर्हतसँग बिर्सनै नसकिने अन्तर–मनको वार्ता। ऊर्जा र अनुभवको बेजोड संगम—राजनीतिदेखि हिंसासम्म, आक्रोशदेखि माफीसम्म, पीडादेखि मुस्कानसम्म, दोषारोपणदेखि समानुभूतिसम्म, बिगतदेखि बर्तमानसम्म र वर्तमानदेखि भविष्यसम्म। बदलिँदो नेपालको जीवन्त तस्वीर। Experience the Difference – दिशानिर्देश २०८२ Experience the Pause – एक छिन थाम्नुस् है… Coming Soon!
Vijay Kumar Panday23,194 Aufrufe • vor 9 Monaten

राष्ट्रनिर्माता पृथ्वी नारायण शाह र नेपालको एकीकरण ! २०६२–६३ को जनआन्दोलनपछि, अतिरंजित उत्तेजनाको माहौलमा, जब राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको नाम लिन पनि धेरैले संकोच मान्थे, हामीले यो सिरिज निर्माण गरेका थियौँ। त्यतिबेला युट्युब आइसकेको थिएन, त्यसैले धेरैले हेर्न पाउनुभएन। ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हामी सगौरव प्रस्तुत गर्दछौँ— १२ घटना जसले इतिहास बनाए! एपिसोड #१ – राष्ट्रनिर्माता पृथ्वी नारायण शाह र नेपालको एकीकरण।
Vijay Kumar Panday20,529 Aufrufe • vor 7 Monaten

मार्सल आर्टको दुनियाका बिख्यात नाम - हलिवुड अभिनेता / अध्यात्मिक साधक जेट लि लाई हामीले सोधेको पहिलो सवाल थियो - 'द्वन्द (conflict) हिंसा (violence) र आत्म रक्षा (self defense) बिच के फरक छ ? ' प्रसंग गत ५ फ़रवरी , सोमवारको हो । सुविख्यात बौद्ध गूरु तथा लेखक मिङ्युर रिम्पोचे र हलिवुड अभिनेता जेट लि संग हामीले एक घन्टा लामो संवादको मौक़ा पायौ । बिदामा घर आएकी हाम्री छोरी सारा पनि यो अनौपचारिक कुराकानीमा सहभागी भइन ....
Vijay Kumar Panday56,859 Aufrufe • vor 2 Jahren