
बाबाजी
@baabajee • 46,153 subscribers
ताराबाजी लै लै । मामा आए घोडा । माइजु आइन् डोली । पापा ल्याइन् सोली । भुँईमान्छे । घुमन्ते । लोकतन्त्र र बहुलवादको पुर्ण पक्षपाती ।
Shorts
Videos

यति नाटक, यति चटक! उत्तिखेरै थर्काको छ, उत्तिखेरै धम्काको छ, उत्तिखेरै भावुक भएझैं गरेको छ, उत्तिखेरै असंवेदनशील भएर ह्विल लक हाम्ले ला'हो? भनेको छ! देशको गृहमन्त्री हो कि टोले युवा क्लवको सचिव? सरकारको कुर्सीमा आफु, दोष बिपक्षीलाई? यति गैह्रजिम्मेवार कसरी हुन्छ यो रास्वपा दल?😡
बाबाजी16,201 views • 2 months ago

हामीले सुरुदेखि नै भन्दै आयौँ-अराजकताले समाधान दिँदैन ! फेरि भन्यौँ-सोसल मिडियाको रेस्पोन्सिबल प्रयोगमा जोड दिउँ ! पहल पनि गर्यौँ-सोसल मिडियाको तालिम र सुरक्षित प्रयोगबारे ! बदलामा सुरुसुरुमा हामीलाई डलरे, विकासे, फेसबुक/ट्विटरको तालिम दिने भनेर हियाइयो! पछि दलका झोले, पुरानाको गुलाम भनियो! नगरौँ नगरौँ भन्दाभन्दै हिजो तिमीहरुले जे रोप्यौ आज त्यही फल्दैछ र त्यो रोपिएको बिषबृक्ष थियो! हामीले त रोक्ने अनि आफ्नो तर्फबाट गर्न सकिने सक्दो पहल गरेकै हो नि! टेरेनौ, अब भोग्नु !
बाबाजी15,795 views • 2 months ago

भुषिता बशिष्ठले भनेझैं भदौ २४ गते म पनि नख्खु जेल परिसरमा मनिषलाई देखेपछि अचम्मित भएकै हो, अचम्मित भन्दापनि मैले चिनेको मनिष र उनको स्वभाव भन्दा त्यो दृश्य फरक लागेपछि मैले एउटा व्यङ्ग्य सहितको ट्विट गरेँ, जसको बदलामा उनले मलाई आजपर्यन्त ब्लक गरेका छन्। भुषिता कवि थिइन, टिप्पणीको पुरस्कार पाइन, प्यानलमा बोलाइयिन्, म साथी नै भएपनि फरक दलको थिएँ, आजपनि ब्लकित् नै छु ! दलीय चस्माले हेरेपछि उही दृष्य पनि ब्लर नै देखिनेरहेछ !😃 (नोट: भुषिताले बोलेको यो क्लिप पब्लिक प्लेटफर्ममा देखेपछि यता राखेको हुँ)
बाबाजी23,055 views • 4 months ago

हुन त खुस्बुजीको र मेरो आइडियोलोजी मिल्दैन त्यसमाथि उहाँले मलाई ट्विटरमा ब्लक समेत गर्नुभाछ तर एउटा प्रतिपक्षी सांसदका रुपमा संसदमा उहाँको भुमिकाको भने म तारिफ गर्दछु। वास्तवमा संसदमा निश्कल, खुस्बु जस्ता २० जना सांसद भए पुग्दो खबरदारी हुन्छ। सत्तापक्षको त बाध्यता हो-बोल्न मिल्दैन, यो ५ बर्ष उसका १८२ जना सांसद त पुतली जो हुनेछन्!
बाबाजी18,294 views • 3 months ago

पत्रकारिता क्षेत्रबाट राजनीतिमा आएका जगदीश खरेलले संसदमा यति हलुकासंग गरेको यो चोथाले टिप्पणीप्रति खेद प्रकट गर्दछु। पत्रकारिता आजीवन प्रतिपक्ष पेशा हो त्यसैले यसलाई चौथो अंग भनिएको हो, ताकी राज्यका बाँकी तीन अंगको कथंकदाचित मिलिभगत भइहालेमा स्वेच्छाचारी हुनबाट रोकोस् भनेर ! त्यसैगरी 'संसद' प्रतिपक्षको हो ताकी सरकार स्वेच्छाचारी हुँदा खबरदारी गर्ने थलो जीवित होस् भनेर ! यी खरेलले पत्रकार हुँदा यत्ति पनि सिकेनछन्? मैले ट्युसन पढाइ दिनुपर्ने हो यिन्लाई अब?
बाबाजी18,749 views • 4 months ago

शिक्षामन्त्री हाम्रो पालिका पुगेछन् र (सायद)विद्यालय पनि अनुगमन गरेछन्। विद्यालय अनुगमन गर्न जाँदा मध्यपश्चिम विश्वविद्यालयका सारा पदाधिकारी उल्टेर उनकै पछि किन कुदेका? कक्षाकोठामा त मन्त्री र एकजना भिडियोग्राफर मात्रै पसे हुन्थ्यो नि, विद्यार्थी भन्दा धेरै लावालस्कर, के रमिता हो?
बाबाजी14,711 views • 3 months ago

सुन्दा 'कस्ले त भन्या!' भन्ने लाग्ला तर ऋदयेश त्रिपाठीजीले भनेको यो कुरा राम्रोसंग सुन्नुस्, खासगरी अब कांग्रेस सक्कियो भनेर कांग्रेस छोडेर खरानी ग्याङका पछिल्तिर बराल्लिने जत्थाहरुले! कांग्रेस भनेको दुबो जस्तै हो, मास्न सक्नुहुन्न। २०१७ साल ल्याइएकै कांग्रेस मास्न थियो र लगभग २ तिहाई सांसदले नै कांग्रेस छाडेका थिए। पाण्डवहरु १३ बर्षमा सत्तामा फर्किए, राम १४ बर्षमा तर कांग्रेस निरन्तर ३० बर्ष लडेर २०४८ मा बहुमत सहित सत्तामा फर्कियो। ऐले जजस्ले यो इतिहास बुझेका छैनन्, उनीहरु पछि पछुताउनेछन्! हुन त शक्तिका उपासकहरु ऐले नै साइड लागेको धेरै राम्रो हो खासमा ! संघर्षबाट खारिएका सुनहरुलाई अलिक सजिलो पनि हुनेछ।
बाबाजी14,065 views • 3 months ago

कसैलाई लाग्ला- प्रधानमन्त्री बालेन्द्र शाहको सरकार परम्परा भत्काएर आएको शक्ति(शाली) हो, त्यसैले ऐले उनलाई प्रश्न सोध्नेहरु परम्परावादी हुन्। तर 'मलाई बोल्न दे सरकार' भन्दै आएका उनी ऐले चाहिँ ठ्याम्मै बोल्दैनन् बरु उनलाई प्रश्न गर्नेलाई उनका चरमभक्तहरुबाटै हियाउने र दुर्व्यवहार गरिन्छ। यो भिडियोमा सरिश्मा थापाका दुईवटा महत्वपूर्ण सवाल छन्, पहिलो: प्रश्न प्रधानमन्त्रीलाई भएपछि जवाफ पनि उनैले दिनुपर्छ, कोही तेश्रो पक्षले दुर्व्यवहार गर्न पाइन्न, दोश्रो: सुकुम्बासी समस्या समाधा गर्नुस्, बस्ती हटाउनुस् तर एकजना मात्रै नागरिकले भएपनि आत्महत्या गर्नुपरेको कुरालाई मनमा त राख्नुस् ! बाँकी कुरा भिडियो हेर्नुस् आफै बुझ्नुहुनेछ।
बाबाजी14,068 views • 4 months ago

करिब ११ बर्षअघि Swarnim Waglé जीले Bidhya Chapagain संग Sajha Sawal मा साझा गरेका तर्कहरु हुन् यी। त्यसपछिको १० बर्ष मात्रै यस्तो दशक हो जहाँ भुकम्प र कोरोना महामारी बिर्सिने हो भने ठुला राजनीतिक आन्दोलन भएनन्। आन्दोलन र विश्वसंकटले विकासका काममा कति अवरोध गर्छ भन्ने कुरो ऐले गत भदौ र इरान संकटपछि बिटुमिन, तेल लगायतको अभावले निर्माण रोकिएका ठुला परियोजना हेरे पुग्छ। त्यति हुँदाहुँदै पनि नेपालले उर्जामा मात्रै ४५/४६ सय मेगावाट उत्पादन गरिसकेको छ। भएन भएन भएन, ३५ बर्ष त लुटेकै मात्र हुन् भन्ने न्यारेटिभ फैलाउनेले यो कर्तुतको सजाय त एकदिन भोग्नेछन् नै ! मलाई पुरापुर विश्वास छ!🙏
बाबाजी12,538 views • 3 months ago