
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢
@kapeed • 3,829 subscribers
Columnist @ New Spotlight Magazine 📚 Vegan 🌱 Minimalist 🌏 Believer in the power of words, knowledge, and compassion to create meaningful change.
Shorts
Videos

एक जना मन्त्रीज्यूले ज्ञान दिँदै गरेको भिडियो हेर्ने मौका मिल्यो। उहाँले भन्दै हुनुहुन्थ्यो विपत्तिमा सबै संयन्त्र एक्टिभ हुनुपर्यो। सुन्दा निकै राम्रो लाग्यो। तर एउटा सानो प्रश्न छ। आर्मी केन्द्रको हातमा, प्रहरी केन्द्रको हातमा, पैसा केन्द्रको हातमा, निर्णय गर्ने अधिकार केन्द्रको हातमा। अनि स्थानीय तह र प्रदेश सरकारचाहिँ कुन बटन थिचेपछि अटोमेटिक एक्टिभ हुने हो? विपद् पर्दा मैदानमा जनतासँग स्थानीय सरकार हुन्छ, तर स्रोत र शक्ति सिंहदरबारमा थन्क्याएर सबै संयन्त्र एक्टिभ हुनुपर्यो भन्दै मा हुन्छ र? संयन्त्र भाषणले एक्टिभ हुने हो भने त विपद् व्यवस्थापनको बजेट नै बच्ने थियो! पहिले अधिकार, स्रोत र जिम्मेवारीको तालमेल मिलाऊँ मन्त्रीज्यू। त्यसपछि एक्टिभ हुनुपर्यो भनेर ज्ञान बाँडेको राम्रो।
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢30,273 views • 2 months ago
0:26
Sensitive content
This media may contain sensitive content.

होइन, यो कुलदेवताको पूजा हो कि मान्छेलाई बाघ बनाउने प्रदर्शन? आस्थाको नाममा जे गरे पनि धर्मकै नाममा छुट पाइने हो र? म यो कुरा vegan भएर मात्र भनिरहेको होइन। मासु खानु वा नखानु आफ्नो व्यक्तिगत कुरा हो। यहाँ प्रश्न त्योभन्दा गम्भीर छ आस्थाको नाममा हामी कस्तो संस्कार र कस्तो धर्म प्रस्तुत गर्दैछौँ? हिन्दु धर्म कुनै तमासा होइन, दर्शन हो। यसको शक्ति करुणा, सहिष्णुता, विवेक र समस्त जीवप्रतिको सम्मानमा छ। तर आजकल धर्मका नाममा कर्मकाण्डभन्दा बढी चर्तिकला, आस्थाभन्दा बढी प्रदर्शन र दर्शनभन्दा बढी ढोंग देखिन थालेको छ। धर्मको रक्षा गर्न भनेर धर्मकै अनुहार बिगार्ने काम नगरौँ। हिन्दु धर्मलाई कसैले बाहिरबाट आएर सखाप पार्नुपर्दैन। ढोंगीहरूलाई धर्मको ठेकेदार बनाइदिए पुग्छ, बाँकी काम उनीहरूले आफैँ गरिदिन्छन्। आस्था राखौँ, परम्परा जोगाऔँ, संस्कृतिको सम्मान गरौँ तर विवेकलाई घरमै थन्क्याएर होइन। सावधानी: यो भिडियोमा हिंसात्मक तथा संवेदनशील दृश्यहरू समावेश छन्। केही दृश्य असहज वा संवेदनशील लाग्न सक्छन्। कृपया आफ्नो विवेकअनुसार हेर्नुहोस्।
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢20,304 views • 1 month ago

मानवीयताको पक्षमा बोल्नैपर्छ।धन्यवाद, उत्सव सापकोटा, मानवताको आवाज उठाउनुभएकोमा। विडम्बना के छ भने, Social Media विस्तार हुँदै जाँदा समाज Anti-Social हुँदै गइरहेको छ। हामी जोडिनका लागि बनेको माध्यममा झन्–झन् टाढिँदैछौँ। राजनीति, विचार, धर्म, जात, भाषा, पक्ष–विपक्ष, यी सबैका आफ्ना ठाउँ छन्। तर तीभन्दा माथि एउटा कुरा छ त्यो हो मानवता। सबैभन्दा पहिला मानवता जोगाऔँ।मानवता जोगियो भने अरू धेरै कुरा बिस्तारै जोगाउन सकिन्छ। तर मानवता नै हरायो भने जोगाउन बाँकी के रहन्छ?
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢24,846 views • 2 months ago

राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई पठाएको गोप्य खामसमेत जसले भेट्यो, उसैले बोकेर हिँड्न मिल्ने रहेछ!न सुरक्षा, न गोपनीयता, न जिम्मेवारी, जसले जे गरे पनि हुने। गजब छ देश!राज्यका संवेदनशील सूचना र दस्तावेजको हालत यस्तो छ भने राष्ट्रिय सुरक्षाको हालत कस्तो होला? एक दिन अनुसन्धान गर्नेहरूमाथि नै अनुसन्धान भयो भने के होला?
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢10,762 views • 1 month ago

धुर्मुस सुन्तलीको चलचित्रमा एकजना पात्रको अनुहार अफ्ताब आलमसँग मिल्यो भनेर सेन्सर नगर्ने सरकारले यो मह सन्चारको भिडियो हो जसमा किरियापुत्रि बसेको सनातन हिन्दुले रक्सि चोर्दै गरेको, तास खेल्दै हिडेको, बोतलका बोतल रक्सि चोरेर खाएको देखाउन मिल्छ की मिल्दैन? किरियापुत्रि जस्तो पवित्र र चोखो भएर नुन पनि नखाई, एक छाक मात्र खाएर बस्नु पर्ने र नित्तान्त श्रद्धा पुर्वक शुद्ध र चोखो भएर बस्नु पर्ने हिन्दुको पवित्र संस्कारलाई यसरी भद्दा मजाक गर्न मिल्छ कि मिल्दैन? नेपालको सनातनि हिन्दुका संस्कार माथी जति गिज्याएपनि हुन्छ, जति खिसिट्युरि गरेपनि हुन्छ, जस्तो सिन राखेर सामाजिक सन्देश भन्दै स्पष्टिकरण दिएपनि हुन्छ, जस्तो गरेर सुक्ष्म रुपमा नेपाली मौलिक धर्ममा प्रहार भएको स्पष्ट हुन्छ। नेपालीले श्रद्धा पुर्वक आफ्ना चाडपर्व, रितिरिवाज, जात्रा, १६ संस्कार, देव कार्य , पितृ कार्य गर्छन । यसमा विरोध गर्न कुनै पनि कलाकारलाई कस्ले उचाल्छ? कस्ले यस्ता सिन राख्न भन्छ? यिनिहरुलाई अरबौ रुपैया कस्ले दिन्छ? यो सबैको उत्तर खोज्न जरुरि छ। स्रोत: सनातन चौतारी
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢45,889 views • 1 year ago

कमन सेन्स र सिभिक सेन्सको कुरा त धेरै टाढाको भयो, त्यसका लागि पहिले सामान्य सेन्स त हुनुपर्यो नि! सरकारले कानुनी प्रक्रिया पुर्याएर ठेक्कामा दिएको व्यवसायबाट राज्यका लागि राजस्व उठाउँदा समेत किन पैसा उठाइस्? भन्दै सांसदले कर्मचारीलाई थर्काउने र धम्क्याउने जुन हर्कत देखियो, यसले हाम्रो राजनीतिक संस्कार र सामूहिक चेतनाको स्तर कति गिरेको छ भन्ने कुरा छर्लङ्ग पार्छ। जब देशमा कानुनको पालना गराउने भन्दा पनि बलमिच्याइँ र नाङ्गो हस्तक्षेप गर्ने प्रवृत्तिलाई नै गौरव र बहादुरी मानिन्छ, तब सुशासन, विधिको शासन र विकासका गफ केवल सुन्दा राम्रा सुनिने नारामै सीमित हुन्छन्।
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢12,525 views • 3 months ago

भिडियोमा देखाइएको व्यक्तिले जीवित रहँदाको अवस्थामा राज्यबाट पाउनु पर्ने सेवा सुविधा के पाए, के पाएनन् भन्ने विषयमा पछि विस्तृत रूपमा छलफल गर्न सकिन्छ। तर दुर्भाग्य यस्तो छ कि उहाँको मृत्युपछि शवलाई दाहसंस्कारस्थलसम्म लैजान पनि ठूलो सङ्घर्ष गर्नुपर्ने स्थिति आजको हाम्रो समाजमा छ। यति कठिन वास्तविकता हुँदाहुँदै पनि शासकहरू हामीलाई रूपान्तरण, विकास र प्रगतिको नाममा झुक्याउँदै सत्ताको खेल चलाइरहेका छन्।
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢30,511 views • 1 year ago

पत्रकार राजेन्द्र बानियाले बामदेव गौतमसँग कटाक्षसहित प्रश्न गर्छन्, "तपाईं राजनैतिक रूपमा असक्त भइसकेर पनि किन अझै राष्ट्रिय सभामा टाँसिरहनुभएको छ ?" गौतमले जवाफ दिन्छन्, "के गर्नु त, कम्तीमा तलब भत्ता त आइरहेको छ, त्यही तलब ले घर चलिरहेको छ।" गणतन्त्रको विडम्बना जहाँ जनताले तिरेको करले देश चल्नुपर्नेमा कसैको घर चलिरहेको छ। गणतन्त्र अब जनताका लागि होइन, राजनीति गर्नेलाई सुविधा दिने माध्यमजस्तो भएको छ।
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢27,272 views • 1 year ago
2:32
Sensitive content
This media may contain sensitive content.

