
Kamal Thapa
@KTnepal • 780,111 subscribers
Former Chairman RPP, Former Deputy Prime Minister of Nepal
Shorts
Videos

विगतमा यदाकदा राप्रपा नेपालले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली उपयुक्त हुन्छ कि भन्ने सोच राखेको हो।तर,नेपालको भूराजनीतिक जटिलता र चुनौती एवं गत दुई दशकमा नेपालको राजनीतिमा बाह्य शक्तिहरूको बढ्दो चलखेल,प्रभाव र हस्तक्षेपको पृष्ठभूमिमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख उपयुक्त हुँदैन भन्ने हाम्रो निष्कर्ष छ।। त्यो प्रणाली नेपालको राष्ट्रिय स्वतन्त्रता र अखण्डताकै निम्ति समेत खतरा हुन सक्दछ।स्वयं प्रजातन्त्र समेत धरापमा पर्न सक्ने सम्भावना रहन्छ। त्यसर्थ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बारे वकालत गर्नु पूर्व देशको बृहत्तर हितलाई ध्यानमा राखी गम्भीर भएर सोच्न सबैमा हामी आग्रह गर्दछौ । हाल कायम रहेको परम्परागत शैलीको संसदीय व्यवस्थामा आमूल सुधार गरेर जाँदा नै देश र प्रजातन्त्रको हित हुन्छ।
Kamal Thapa11,001 次观看 • 10 个月前
没有更多内容可加载