
Mahabir Pun
@MahabirPun • 294,027 subscribers
Chairperson, National Innovation Center (राष्ट्रिय आविष्कार केन्द्र)
Shorts
Videos

आज बेलुकी चीन सरकार बाट तेश्रो खेपमा मिलीटरी हवाईजहाज द्वारा उद्वार सामाग्रीहरु आयो र महामहिम राजदूतज्यूले सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गर्नु भयो । आज आएका सामानहरूमा केहि महत्वपूर्ण सामानहरु जस्तै DNA जाँच्ने मशिनहरु र 70 kg सम्म वोक्ने ड्रोनहरु छन् । चीन सरकार लाई धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mahabir Pun128,451 Aufrufe • vor 20 Tagen

लौ त संसार मै नभएको तर नेपालमा भने प्रसस्तै मात्रामा भएका ज्यादै जान्ने सुन्ने र मलाई माया गरेर गाली गर्दै अर्ति उपदेश दिने मेरा पुजनिय गुरुहरुलाई सुचना दिन चाहन्छु की त्यो शरजहाँमा बिचल्ली भएको भाईको उद्धार भएको भिडियो हेर्नुहोस् - उद्धारकर्ता - UAE को NRNA President भीम मल्ल ठकुरी रहेछन् । त्यो भाईलाई दलालले झुक्याएर भिजिट भिसामा लगेर काममा लगाएको रहेछ । त्यसैले पासपोर्ट खोसेर राखेको रहेछ। दुतावासमाअन्य सरकारी प्रक्रिया भीभ भाईले गर्नेछ। लु भीम भाई सहित सबै लाई वेलकम टु दि गुडनाईट🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
Mahabir Pun26,863 Aufrufe • vor 10 Tagen

उद्धार कार्यमा ठुलो ड्रोनको प्रयोग हेनुहोस् - चीन सरकारले उद्धारको लागि सहयोग स्वरूप पठाएको 80 के.जी. बोक्न सक्ने ड्रोनले काम गरेको हेर्नुहोस । यस्ता 4 वटा ड्रोनहरु उडाउने तालिम सुरक्षाकर्मीहरुलाई दिइएको छ । यु.ए.ई. सरकारले पनि यसतै 4 वटा ड्रोनहरु पठाएको छ। नेपालमा पहिलो पटक प्राकृतिक विपदको समयमा यस्ता ड्रोनहरू उपयोग भएका हुन्। बाटो र पुलहरु बाढीले बगाएको अवस्थामा यी ड्रोनहरु धेरै नै उपयोगी भएका छन् । यसता ड्रोनका पार्टपुर्जाहरु ल्याएर नेपालमा पनि बनाउन सकिन्छ । ड्रोन दाताहरूलाई धेरै धन्यवाद🇳🇵🇳🇵🇳🇵
Mahabir Pun15,901 Aufrufe • vor 10 Tagen

विदेशी EV गाडीहरु नेपालका निकैनै भित्रिरहेका छन् । यो राम्रो पक्ष हो। तर ति गाडीहरू कहाँ कहाँ गुड्यो , कति कि.मी. गुड्यो, इलेक्ट्रीक मोटर तथा व्याट्रीको हालत के कस्तो छ जस्ता सम्पुर्ण डाटाहरु गाडी मोवाईल सीम बाट सोझै गाडी बनाउने कम्पनीमा जान्छ । गाडी चलाउने व्यक्तिलाई यस्तो कुरा थाहा हुँदैन। त्यस्ता डाटाहरु बास्तवमा नेपालको ठुलो सम्पति हो। त्यस्ता डाटाहरु नेपालमा नै सर्भर राखेर संकलन गर्ने र नेपालले पनि ति डाटाहरू प्रयोग गर्न पाउने व्यवस्था कसरी गर्ने भन्ने विषयमा बिज्ञ र सरोकार वालाहरु विच छलफल भयो। केही न केहि निष्कर्ष निस्कने छ ।
Mahabir Pun44,510 Aufrufe • vor 1 Monat

लौ सुन्नु होस, खाना पकाउने ग्यास चाहिनेहरुको लागि आज काठमाण्डौमा जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमले निम्म ७ ठाउँहरूमा विहान ११ बजे देखि बेलुकी ५ वजे सम्म ग्यास बिक्री वितरण गर्ने सुचना🙏🙏🙏 १) निगमको टेकु परीसर २) पशु सेवा शाखा चपली बुढानिलकण्ठ ३) राधास्वामी, किर्तिपुर परिसर ४) नयाँ वजार जुड़ो हल परिसर ५) तारकेश्वर नगरपालिकाको परिसर ६) चन्द्रागिरी नगरपालिका कार्यालय ७) राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mahabir Pun41,800 Aufrufe • vor 1 Monat

चीन सरकार बाट चौथो पटक आएको राहत सामाग्रीहरु महामहिम राजदुतज्यूले नेपाल सरकारलाई हस्तान्तरण गर्नु भयो । यो खेपमा डुङ्गा जान नसक्ने ठाउँमा जाने सक्ने Hovercraft डुङ्गा र हिलो लेदो तान्न सक्ने Permanent Magnet Flood Pump पनि आएको छ । ति सामानहरु भोली नै त्रिशुली तिर जान्छन् । चीन सरकारलाई धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Mahabir Pun11,932 Aufrufe • vor 14 Tagen

सिक्किमको मुख्यमन्त्री प्रेमसिंह गोले तामाङज्यूले रसुवा बाढीग्रस्त क्षेत्रमा सहयोगार्थ ३ वटा ठुला ट्रकमा सामाग्रीहरु पठाउनु भयो । साथै . ३५ जना को टीम पनि आउनु भएको छ। उहाँहरु नुवाकोट र रसुवामा नैं गएर क्याम्प खडा गरि सहयांग गर्दै हुनु हुन्छ। उहाँहरूको टीममा डाक्टरहरु पनि हुनु हुन्छ । सिक्किम सरकारलाई धन्यवाद ।🇳🇵🇳🇵🇳🇵
Mahabir Pun12,889 Aufrufe • vor 19 Tagen

नेपालका बनेको दुई किसिमको स्याटेलाइट हेर्नु होस 🙏🙏🙏पहिलो स्याटेलाईट बिद्यार्थीहरुलाई सिकाउनको लागि हो। दोश्रो स्याटेलाईट अन्तरीक्षमा नै पठाउने स्याटेलाईट हो । हेर्दा सानो भए पनि यो स्याटेलाईटले राम्रो संग काम गर्छ। यसतो दुइवटा स्याटेलाईट नेपालले पहिले नै बिदेशी रकेटहरुमा राखेर पठाई सकेको छ । स्याटेलाईट पठाउने रकेट नेपालमा बनेको छैन । त्यसतो रकेट बनाउन निकै कोशिस गर्नुपर्छ र खर्च पनि गर्नु पर्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mahabir Pun22,206 Aufrufe • vor 1 Monat

मैले प्रतिनिधि सभाको ९ जना माननीय सदस्यज्यूहरूलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) मा निमन्त्रणा गरेर भ्रमण गराएँ । नास्टले यति धेरै माननीयज्यूहरुलाई देखेको सायद पहिलो पटक होला। अब धेरै भन्दा धेरै राजनितिज्ञहरुलाई त्यहाँ बारम्वार भ्रमण र अवलोकन गराईनेछ। धन्यवाद माननीयज्यूहरु🙏🙏🙏
Mahabir Pun30,275 Aufrufe • vor 2 Monaten