Sudheer Sharma's banner
Sudheer Sharma's profile picture

Sudheer Sharma

@sudheerktm282,806 subscribers

Journalist & writer • Books: #भिक्षुव्यापारविद्रोह #हिमालपारिकोहुरी #प्रयोगशाला #NepalNexus // People • Society • History • Himalayas • Geopolitics

Shorts

यताबाट बुद्ध गएका थिए, उताबाट माओ आए ! #newbook #releasingsoon

यताबाट बुद्ध गएका थिए, उताबाट माओ आए ! #newbook #releasingsoon

18,812 görüntüleme

छिट्टै आउँदै !

छिट्टै आउँदै !

12,623 görüntüleme

Videos

sudheerktm's profile picture

~ थापालाई माओले भनेका २ कुरा ~ २००७ सालको क्रान्तिबाटै नेपाली राजनीतिमा होमिएका ९८ बर्षीय पाका नेता विश्वबन्धु थापाको निधन भएको छ । उनको आठ दशक लामो राजनीतिक जीवन निकै उतारचढावपूर्ण छ, त्यसैले त्यसबारे त मेरो भन्नु केही छैन । तर उनी अनुभवको खानी भएकाले मलाई 'भिक्षु, व्यापार र विद्रोह' पुस्तकका लागि शोध गर्दा निकै मद्दत मिलेको थियो । उनीसँग घण्टौं कुराकानी गर्ने अवसर पाएको थिएँ— २०७६ माघमा । तत्कालिन राष्ट्रिय पञ्चायतको अध्यक्षका हैसियतमा २०२० सालमा चीन भ्रमणमा जाँदा थापालाई चिनियाँ नेता माओ त्सेतुङले भनेका दुइटा कुरा अझै सम्झनामा आउँदो रहेछ । एक— ५० बर्षसम्ममा हामी नेपालको सीमानासम्म रेल पुर्‍याउँछौं । ठ्याक्कै सीमामै नआएपनि, ताप्लेजुङभन्दा अलि माथि सिगात्सेसम्म त्यो आइपुग्यो । अर्कोचाहिं— थापाले ‘हामी त सानो देश हौं’ भन्दाखेरी माओले उनलाई रोक्दै, छेउमै आएर ‘त्यसो नभन्न’ सम्झाएका रहेछन् । अनि भनेका थिए रे, ‘तिमीहरु त गौतम बुद्धको देश हो । बुद्धले हामीलाई धेरै कुरा दिएका छन् । तिमीहरुले कलाको क्षेत्रमा पनि हामीलाई योगदान दिएका छौं ।’ त्यसबखत माओले यूरोपको सानो, भूपरिवेष्ठित मुलुक लक्जेम्बर्गको उदाहरण दिदैं नेपाल पनि त्यस्तै ‘हिरा’ हो भनेर अर्थ्याएका रहेछन् । ‘छेउछाउका दुइटा ढुंगाको आकार ठूलो भएपनि बढी महत्व हिराकै हुन्छ, त्यसैले नेपाल सानो छ भनेर नसोच्नु,’ उनले चीन र भारतबीच हाम्रो अवस्थितीलाई औंल्याउँदै यसरी फुर्क्याएका पनि रहेछन् । माओको शव्द ठ्याक्कै यही नहुनसक्छ, तर आशय यस्तै रहेछ । इतिहासमा आउनुपर्ने यस्ता थुप्रै रोचक संस्मरण थिए थापासँग । अब त्यो सम्झनामै बाँकी रहने भयो । हार्दिक श्रद्धाञ्जली 🙏🏻

Sudheer Sharma

11,672 görüntüleme • 4 ay önce

Daha fazla içerik yok.