
Sumana
@SumanaShrestha • 47,142 subscribers
Former MP (2079-2082) | Former Minister, Ministry of Education, Science and Technology 🇳🇵| 📧: [email protected]
Shorts
Videos

“के गर्ने” भन्ने भाग्यवादमा जाने सुविधा छैन है—अहिलेको परिस्थिति त्यस्तो छ कि हामीले सक्रिय रूपमा योजना बनाएर अघि बढ्नै पर्छ। मध्यपूर्वको युद्ध झन्–झन् बढ्दै गएको छ। यसको असर निकै ठूलो हुन सक्छ, केही असर त देखिन पनि थालिसकेको छ। यस्तो अवस्थामा यो संकटलाई सामना गर्न हाम्रो देशको योजना के छ? #DemandAccountability
Sumana51,358 次观看 • 6 个月前

म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पी आर वा नागरिकता लिएकी छैन। ट्याबलोइड सञ्चार माध्यममा सीमित रहदा सम्म जवाफ दिन जरुरी ठानिन तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैमा अस्पष्ट छ, कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु । मैले भिडियोमा आफ्ना तर्कहरू राखेकी छु, हेर्नुहोला । आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्नुहोला । युरोपियन देशको पी आर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे केहि प्रकाश पारिदिनुहुन्छ कि
Sumana129,362 次观看 • 2 年前

समाज र देशमा अराजकता फैलाउने ध्येयले ल्याएको हो यो विधेयक। नीति मध्यको विशिष्ट नीति “राजनीति” कसैको निजि पाप पखाल्ने थलो हुनु किमार्थ स्विकार्य छैन। separation of power र check & balance को सिद्धान्तलाई उल्लङ्घन गर्दै छ।अपराधलाई राजनीतिकरण गर्दै छ र राजनीतिलाई अपराधीकरण। #nepal
Sumana155,379 次观看 • 3 年前

नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भैसक्यो, प्रधानमन्त्रीज्यू र परराष्ट्र मन्त्रीज्यू तपाईंहरू के हेरेर बस्नुभएको छ? जापानको राष्ट्रिय संचारमा आएको यो समाचार हेर्नुहोला – - जापानको ओसाकामा भैरहेको “ओसाका एक्स्पो” जहाँ विभिन्न देशहरूले आफ्ना प्रदर्शनी राखेका छन् - नेपालको भने आधाअधुरो छ - काम गत पुसदेखि अलपत्र छ रे (Jan 2025) - एक्स्पो वैशाखदेखि (April 2025) सुरु भयो - त्यहाँका ठेकेदारलाई पैसा नदिएकाले काम रोकिएको रे प्रधानमन्त्री ज्यू र परराष्ट्र मन्त्री ज्यू, तपाईंहरू जवाफदेही कहिले हुने हो? हामीलाई विभिन्न माध्यमबाट जापानमा बस्नुहुने नेपालीहरूले लेखेर पठाउनु भएको हो यसको बारेमा। नेपालीलाई विदेश जान बाध्य त बनाउनु भयो, अब त्यहाँ नेपाली भनेर भन्न सम्म लाज मान्नुपर्ने स्थिति बनाउँदै हुनुहुन्छ! लाज त खास तपाईंहरूलाई लाग्नु पर्ने हैन र?
Sumana69,126 次观看 • 1 年前

अचेल विकासको मोडल डाँडामा भ्यूटावर बनाउनको सट्टा युवालाई ल्यापटप चलाएर लाखौँ कमाउन लगाउनेमा सरेको छ! हाम्रो भर्खरै गति लिन शुरु गरेको IT उद्योगले ५०० मिलियन डलर कमायो भनेर दंग छौँ। यो खबरले राजनैतिक व्यक्तिहरूलाई IT विज्ञ बनाइदिएछ क्यारे भाषणमा IT बारे धेरै कुरा आउन थालेको छ । अब त यो उद्योगले हरेक साल यति त पक्कै कमाइहाल्छ नि, अझ बढ्दै जान्छ भन्ने लागेको होला। तर भाषणमा jargon घुसाउदैमा उद्योगको बढोत्तरी (growth) यसरी नै भइरहन्छ? विश्वभर Generative AI, Agentic AI ले गर्दा IT जनशक्तिको मागमा धेरै गिरावट आउछ भन्ने प्रक्षेपण गरिरहेका छन्, यसबारे हामीले के सोचेका छौँ? यस क्षेत्रका जानकारहरूसँगको छलफलमा यी प्रश्न र सुझावहरू पाएँ, सदनमा उठाएँ-
Sumana62,147 次观看 • 1 年前

चैत्र १५ गतेको आन्दोलन र त्यसपछिको दंगामा कीर्तिपुरका सबिन महर्जनको प्रहरीले चलाएको गोली लागेर दुःखद निधन भयो । अहिले गोली चलेको बखतको भिडियो सञ्जालमा देखिएको छ, त्यो हेर्दा प्रहरी साथीहरूलाई हुलबाट असुरक्षा नदेखिएको, भीड पनि प्रहरीबाट टाढा जादै गरेको अवस्थामा गोली चलेको देखिन्छ । गोली पनि रबरको नभई घातक राउण्ड, अनि ज्यान नै जाने गरी ताकेर प्रहार भएको देखिन्छ । यसरी अनावश्यक रुपमा प्रहरीले घातक बल किन प्रयोग गऱ्यो, कसको आदेशमा गऱ्यो? भाटभटेनीमा लुटमार गर्नेलाई प्रहरीले प्रकाउ गरी परेड गराइसकेको छ, एक निहत्था नेपालीको ज्यान गएको विषयमा पनि सघन अनुसन्धान होस् र दोषी ठहरिए हदैसम्मको कारवाही होस् । महर्जनको परिवारले अपूरणीय क्षति भोग्नुपऱ्यो, राजावादी आन्दोलन हिंस्रक ठहिरियो र उनीहरू पनि ब्याक फुटमा पुगे यसबाट प्रत्यक्ष फाइदा भने कसलाई भयो यो मननयोग्य विषय छ । शोक सन्तप्त महर्जन र रजक परिवारमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु, दुःखको यो घडीमा हामी तपाईँहरूसँग छौँ This is a security failure!
Sumana65,362 次观看 • 1 年前

म अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन, पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन । हरेक आन्दोलन पछि जसको विरुद्ध आन्दोलन भएको हो त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदुषित भएको छ । यसपालिको आन्दोलनमा म त्यस्तो प्रदुषणको कारक बन्दिन, यसको उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्छु । सत्ता होइन, सेवा गर्ने! कुर्सी होइन, कर्म गर्ने! नाम होइन, काम गर्ने! I am not joining the interim cabinet I whole heartedly support this government and will avail my expertise, network and time towards making this government a success, but will not take any ministerial position. After each revolution the establishment has co-opted revolutionaries to maintain status quo, I will not be a tool to that end this time. I will give my best to make sure the achievements of this revolution will be institutionalized.
Sumana45,497 次观看 • 1 年前

“एकैजनालाई कति पटक दु:ख दिएको? कत्ति दु:ख दिएको?” वृद्ध आमाहरूले सोध्नुभयो । र भन्नुभयो - म पनि लड्न आएको । तिमीहरूलाई कति दुःख दिएको, केहि गर्छु भनेर आएकाहरूलाई । आममानिसलाई सजिलो हुन्छ भनेर धेरै पटक व्यवस्था फेरेको साक्षी वहाँको फुलेको कपाल छ, तर अझै त्यस्तो भएन भनेर असन्तुष्टि व्यक्त गर्न सडकमा आउनुभो । त्यसै बेला पानीको फोहोराले हान्ने भन्ने बारे खबर पाएका थियौँ। वृद्ध आमाहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा लगिदिन आग्रह गरेँ। वहाँहरूलाई भनेँ - “आमा तपाईं यहाँ बस्नु पर्दैन। म लड्छु तपाईंका लागि। तपाईं सुरक्षित बस्नु, म मैदान छाड्दिन।” आखिर कहिलेसम्म यस्तै सास्ती भोग्नु पर्ने हो हामी नेपालीले? प्रधानमन्त्री ज्यू र हाम्रा नेतागणज्यू - कति सम्म चाहीँ आफ्नै जनताबाट टाढा हुनुहुन्छ है।
Sumana68,664 次观看 • 1 年前

विद्यार्थीहरुले लामो समयदेखि उठाँउदै आएको माग पुरा भएको छ! अब त्रिविको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा! त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा गरिने भएको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको छ। धेरै धन्यवाद उपलुकपति ज्यू। #thankyouVCsir
Sumana82,598 次观看 • 2 年前

पूर्व शिक्षामन्त्रीसमेत रहनुभएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको पङ्ति छ: 'उद्देश्य के लिनु उडी छुनु चन्द्र एक.....' शिक्षा मन्त्रालयको मुख्य लक्षित वर्ग विद्यार्थी हुन्। विद्यार्थीलाई कक्षादेखि लक्ष्यसम्म पुग्ने बाटो देखाउनु हाम्रो दायित्व हो। हामीले 'करियरका कुरा' भनेर संवाद सुरु गर्यौँ। ‘करियर काउन्सेलिङ’का लागि विशेष वेबसाइट पनि सार्वजनिक गरेका छौँ। हाम्रो वेवसाईट मा गएर यसमा के के सुधार गर्न सकिन्छ मन्त्रालयलाई सुझाव पनि दिनुस् है। वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ। छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक गर्ने प्रबन्ध गरिएको छ।
Sumana73,677 次观看 • 2 年前

अहिले शुक्रबार, बेलुकाको ८ बजेको छ। "खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको" विधेयकमा संशोधन प्रस्तावका लागि हामी सचिवालयमा तयारी गर्दै छौँ। ७२ घण्टामा हामी जतिसक्दो स्वअध्ययन र विशेषज्ञ परामर्श गरेर भोलि साँझ ४ बजेसम्म संसद सचिवालयमा बुझाउनेछौँ।
Sumana102,200 次观看 • 3 年前

#शिक्षामादलियकरणबन्दगर प्रधानमन्त्री ज्यू, यी अबोध बालबालिकालाई स्कुल ड्रेसमा कक्षाकोठाबाट निकालेर लाइन लगाएर तपाईँकै पार्टीको भातृसंगठनले आफ्नो जिल्ला अधिवेशनमा ल्याएछ। यसपाली SEE मा ७०% नतिजा ल्याउँछु भन्नुभाथ्यो, अब यी बच्चाहरूको कपि चेक गर्दा 'अखिल जिन्दाबाद' लेख्ने जतिलाई मात्र पास गराउने हो की कसो हो? 'ओली बा आइ लभ यु' भनेर लेख्न लाउने हो की उत्तर पुस्तिकामा? यसरी नै आउने हो ७०% नतिजा? संवृद्धि आउँछ भन्नुहुन्थ्यो - बच्चाहरू पढाउन छोडेर 'आयो आयो अखिल आयो' भनेरै संवृद्धि आउने हो? सुखी नेपाली बनाउँछु भन्नुहुन्थ्यो- 'अनेरास्ववियु जिन्दाबाद' भन्नेलाई मात्र नेपाली ठान्नुभएको हो की? अनि लोकतन्त्रको 'पर्याय' हामी हौँ भन्ने र शिक्षामा राजनीति हुन दिन्नौ भनेर घोषणापत्रमा लेख्ने सत्तारुढ काँग्रेसका विशिष्ट नेताज्यूहरू, 'विद्यार्थी सङ्गठनले विद्यालयमा पढिरहेका विद्यार्थीलाई घिसारेर फलानो जिन्दाबाद भनेर' शिक्षामा राजनीति हट्छ की, प्रधानमन्त्रीज्यूकै पार्टीको प्राध्यापक सङ्घको अध्यक्षलाई विश्वविद्यालयको भिसी बनाएर? अर्को पल्ट नेविसंघले पनि यस्तै गर्न मिल्छ भनेर सौदाबाजी गर्न खोजेको हो कि? अनि शिक्षा मन्त्रीज्यू, प्रचलित कानुनले त यस्तो गर्न दिदैँन हैन र विद्यालयमा? कति भयो भने चाहिँ तपाईंलाई अति हुने हो??
Sumana57,583 次观看 • 1 年前