
sachin timalsena
@TimalsenaSachin • 6,310 subscribers
Candidate House of Representative (HoR), Kathmandu Constituency No. 4 , Nepali Congress
Videos

अथक मेहनत र सम्पूर्ण समर्थकहरूको शुभेच्छा बावजूद यो चुनावमा हामी धेरै पछाडि रह्यौं। सर्वप्रथम , अहोरात्र खटेर मलाई सहयोग गर्नुहुने सम्पूर्ण नेपाली कांग्रेस सदस्य तथा शुभेच्छुकहरूसँग म माफी माग्न चाहन्छु। यहाँहरूको मेहनतलाई मैले गन्तव्यमा लग्न सकिनँ। यो असफलताको सम्पूर्ण जिम्मा तपाईंहरूको उम्मेदवारले लिन्छ, म लिन्छु। लोकतन्त्रमा चुनावको जित/हार चलिरहन्छ। जित्ने उम्मेदवार पुकार बम र उहाँको पार्टी रास्वपालाई धेरै बधाइ । एक जिम्मेवार प्रतिपक्षीको रूपमा तपाईंको सही काममा समर्थन र गलत काममा आलोचना गर्नु मेरो जिम्मेवारी हो। जनताको म्यान्डेट अनुसार म त्यो भूमिका सगौरव निभाउनेछु। अन्त्यमा मलाई विश्वास गर्नुहुने, र नगर्नुहुने सम्पूर्ण मतदातालाई धन्यवाद दिन चाहन्छु। लोकतन्त्रमा आफ्नो विजयमात्र होइन, आफ्नो पराजयको पनि उत्सव मनाउनुपर्छ। जित्नेलाई बधाई, जनता जनार्दनलाई धन्यवाद। जय नेपाल!
sachin timalsena87,439 Aufrufe • vor 3 Monaten

Nepal past Vs Now! My talk in Western Region Campus, Pokhara!
sachin timalsena245,126 Aufrufe • vor 1 Jahr

आदरणीय खगेन्द्र संग्रौला दाइका शब्दहरू सधैं प्रेरणादायी र धारिला हुन्छन्। कार्यक्रममा उहाँले व्यक्त गर्नुभएको यो आत्मीयता र प्रतिबद्धताले हाम्रो काठमाडौं-४ को अभियानलाई थप उचाइ दिएको छ। उहाँको यो अटुट विश्वासलाई शिरोधार्य गर्दै तपाईंहरूको स्नेह र भरोसालाई म कहिल्यै टुट्न नदिने बाचा गर्दछु। अबको यात्रा परिवर्तनको यात्रा हो! जय नेपाल! #sachinformp #sachinforgenz #change #election2026 #SachinTimalsina
sachin timalsena33,833 Aufrufe • vor 4 Monaten

माननीय स्वर्णिम वाग्लेले अनुपाम फुडल्यान्डमा मै सँग टाउनहल भन्ने कार्यक्रममा गगन थापालाई ''Statesman in the Making" भने। अलिक चाडै, अलिक बढिनै भनेका हुन कि भन्ने लागेको थियो। तर आजको संसदको प्रस्तुतिले हो भन्ने भान भयो। प्रतिपक्षी पार्टीको महामन्त्री आज जसरी प्रस्तुत भए, राजनेताको झलक देखियो। इन्टेन्सिटी हेर्दा बाज्पाएको 'सर्कारे आएगी-जाएगी' स्तर को। अब बल प्रचण्डको कोर्टमा।
sachin timalsena80,641 Aufrufe • vor 2 Jahren

म घृणाको राजनीति हैन, एजेण्डाको राजनीतिको पक्षमा छु। प्रश्न लोकतन्त्रको अभिन्न अंग हो र यसले नै लोकतन्त्रलाई जीवित राख्छ। म नागरिकसँगै रहेर संवाद र सहकार्य मार्फत समुन्नत राष्ट्र निर्माण गर्नुपर्छ भन्नेमा विश्वास राख्दछु। प्रश्नबाट पन्छिने छुट कसैलाई छैन र हुनुहुन्न पनि! जय नेपाल! #sachin4ktm4 #sachinforktm4 #sachinformp #SachinTimalsina
sachin timalsena16,142 Aufrufe • vor 4 Monaten

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, सुशासन भनेको केवल भाषण वा सदाचार मात्र होइन, यो त राज्य र नागरिकबीचको भरोसायुक्त सम्बन्ध हो। 'सचिनको जिम्मेवार प्रतिज्ञा: ५ वर्ष, १० नतिजा' अभियान अन्तर्गत मेरो पहिलो र प्रमुख संकल्प 'सुशासन' नै हो। राज्यका हरेक संयन्त्रलाई जनताप्रति उत्तरदायी बनाउँदै शक्तिको सही सन्तुलन मिलाउने मेरो स्पष्ट कार्ययोजना यहाँहरूमाझ प्रस्तुत गर्दछु। 📷 विस्तृत योजनाका लागि: #sachinformp #sachin4ktm4 #SachinTimalsina #5years10results
sachin timalsena11,935 Aufrufe • vor 3 Monaten

स्कूले जीवन बिताएको डिल्लिबजारस्थित सूर्योदय माध्यमिक विद्यालय पुगेर देवी सरस्वतीसँगै मलाई हुर्काउनुहुने गुरु-गुरुआमाबाट आशीर्वाद लिने अवसर मिल्यो ।मलाई शिक्षा, संस्कार र जिम्मेवार नेतृत्वको महत्त्व सानैदेखि सिकाउने मेरो आदरणीय गुरु लक्ष्यबहादुर के.सी.सँगै आफूले खेलेको आँगनमा स-साना भाइबहिनीहरुसँग केही बेर गफिन पाउँदा नयाँ उर्जा महसुश गरेको छु । हामीले देखेको समुन्नत भविष्यको आधार शिक्षाबाटै निर्माण हुन्छ । श्रीपञ्चमीको सबैमा हार्दिक शुभकामना ।
sachin timalsena11,924 Aufrufe • vor 4 Monaten

पोखराका युवा उधमी भाइ पृथिवि कल्याण पराजुलीको साथु लगायत नेपाली कृषीजन्य वस्तु बेच्ने कम्पनी पोशीलो फुड भारतिय बजार छिरेको छ । हिन्दीमा राम्रो विज्ञापन बनाएछन्। भाइ पृथ्वी तथा सम्पुर्ण पोशीलो टिमलाई बधाइ तथा शुभकामना । भिडियोमा भने जस्तै पोशीलो, “No. 1 nutrition brand from Nepal” बन्न सफल होस्।
sachin timalsena10,442 Aufrufe • vor 1 Jahr
Keine weiteren Inhalte verfügbar