Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

उद्धारमा कोही आएनन् मोबाइलले भिडियो खिचेर बसे : विकास बस्याल

128,537 Aufrufe • vor 3 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von Hari Prasad Aryal
Hari Prasad Aryalvor 3 Jahren

मानिस दुर्घटनामा परेकाको बेला उद्दार र सहयोगमा जुट्नु भन्दा आफ्नो खल्तिमा भएको मोवाइल झिकेर भिडियो बनाउने वा facebook live गर्ने प्रवृत्ती साना ठुला सबै दुर्घटनामा देखिदै आएको छ । यस्ता दुर्घटना पछिका परिघटनाले मानवीय संवेदना हराएको प्रष्टै हुन्छ ।

Profilbild von हे पार्थ
हे पार्थvor 3 Jahren

पाठ्यपुस्तकबाट नैतिक शिक्षा हटायौ दलाली शिक्षा घुसायौ अब मान्छेले गुहार गुहार भन्दा सेल्फी र भिडियो लिएर भाइरल हुन छोडेर को मद्दत गर्न जाने

Profilbild von कर्कट
कर्कटvor 3 Jahren

यमराजको शासनमा एकजना भगमान देख्न पाइयो धेरै धेरै नमन साथी 🙏

Profilbild von Suman Sunan
Suman Sunanvor 3 Jahren

salut brother

Profilbild von Jhagbdrbhandari Jhagbdrbhandari
Jhagbdrbhandari Jhagbdrbhandarivor 3 Jahren

यस्ता जङ्गलिहरुलाई भन्ने के गर्ने के ईनिहरुको दिमागमा के छ ? बाउआमा मर्दा टिकटक बनाउने हाम्रो समाज यो त यिनिहरुलाई सामान्य हो थुक्छु यस्ता कुकुरलाई 😡😡😡

Profilbild von Sunita Magar
Sunita Magarvor 3 Jahren

बर्तमान समाजलाई हेर्दा मानवता, नैतिकता नभएको समाजभन्दा फरक नपर्ला । हजारौंमा 1/2 जना बाहेक सबै मुक दर्शक । कसैले राम्रो काम गरिहाल्यो भने पनि उल्लटो खेद्ने, गिज्याउने प्रचलन वृद्धि भइरहेको छ ।

Profilbild von naresh awasthi
naresh awasthivor 3 Jahren

अहिले हाम्रो समाजको वास्तविकता नै यस्तै त छ,उद्दार नगर्ने भिडियो बनाउने ,मलामी नजाने सामाजिक सन्जालमा समबेदना लेख्ने ,गफ चुटेर बस्ने ठूलाठूला आदर्श स्टाटस लेख्ने #बिकास बस्याललाइ सलाम र दुर्घटनामा ज्यान गुमाउनेलाइ भावपूर्ण श्रद्दान्जली अनि शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना

Profilbild von Sudip Neupane
Sudip Neupanevor 3 Jahren

yesto xa samaj Dukha ma Video garerw basxa,😥😥😥😓

Profilbild von Chandra kormocha
Chandra kormochavor 3 Jahren

बधाई छ भाइ ।

Profilbild von Honest_thoughts
Honest_thoughtsvor 3 Jahren

Yesto awasta ma pani desh ko bawana na aayera tiktok banaune manche dekda mero man choyo. "Viral" hune hudd chalexa.Manche le manche lai sahawog na garera video banaunu nepal ko Sanskriti ma dak lagaula jasto lagyo malai. So lets all go for #bantiktokinnepal 1

Ähnliche Videos

चुनावको माहोल छ। कोही कसैलाई आशिष दिँदैछ, अनि कोही चाहिँ त्यो आशिष दिनेहरूलाई सराप्दैछ। जसले सराप्दैछ, उसलाई फेरि कोही अर्कैले सराप्दैछ। जसलाई कसैले सराप्दैछ, उसैलाई कोही अर्कोले आशिष दिँदैछ। बब्बाल वातावरण छ। पत्रकारिता क्षणिक महत्त्वको विधा हो। यो थोरै आयु भएका सामग्री (Throw away items) उत्पादन गर्ने कारखाना जस्तै हो। तर कहिलेकाहीँ—बिरलै—हामीलाई यस्तो केही काम गर्ने मौका मिल्छ, जो २०औँ वर्षपछि पनि त्यतिकै ताजा र सामयिक रहन्छ। जस्तै यो भिडियो—आदरणीय लेखक तथा विचारक स्वर्गीय जगदीश घिमिरेका कालजयी शब्दहरू—जसले हामीलाई चुनावी माहोल, अन्तर्वार्ता, भाषणबाजी, सञ्जालबाजी, विरोधबाजी र समर्थनबाजीको वक्तव्यबाजीबीच पनि एकछिन सोच्न बाध्य बनाउँछन् ....

Vijay Kumar Panday

16,673 Aufrufe • vor 8 Monaten

कसैलाई लाग्ला- प्रधानमन्त्री बालेन्द्र शाहको सरकार परम्परा भत्काएर आएको शक्ति(शाली) हो, त्यसैले ऐले उनलाई प्रश्न सोध्नेहरु परम्परावादी हुन्। तर 'मलाई बोल्न दे सरकार' भन्दै आएका उनी ऐले चाहिँ ठ्याम्मै बोल्दैनन् बरु उनलाई प्रश्न गर्नेलाई उनका चरमभक्तहरुबाटै हियाउने र दुर्व्यवहार गरिन्छ। यो भिडियोमा सरिश्मा थापाका दुईवटा महत्वपूर्ण सवाल छन्, पहिलो: प्रश्न प्रधानमन्त्रीलाई भएपछि जवाफ पनि उनैले दिनुपर्छ, कोही तेश्रो पक्षले दुर्व्यवहार गर्न पाइन्न, दोश्रो: सुकुम्बासी समस्या समाधा गर्नुस्, बस्ती हटाउनुस् तर एकजना मात्रै नागरिकले भएपनि आत्महत्या गर्नुपरेको कुरालाई मनमा त राख्नुस् ! बाँकी कुरा भिडियो हेर्नुस् आफै बुझ्नुहुनेछ।

बाबाजी

14,068 Aufrufe • vor 4 Monaten

भिरपाखा र डाँडाकाँडामा रेल। [Jiao-Liu line, China] नेपालको पहाडी भुभाग पनि यस्तै प्रकृतिको छ। केही स्थानमा यस्तै रेलको सम्भावना हुन सक्छ। तर मुख्य कुरा भनेको यस्तो पूर्वाधार निर्माणका लागि हाम्रो आफ्नै क्षमता कसरी विकास गर्ने भन्ने हो। पहिलो दृष्टिमा चीनले निर्माण गरेको यस्ता जटिल प्रविधियुक्त संरचना हामीले कसरी बनाउन सक्छौं? भन्ने लाग्न सक्छ। तर यसको निर्माणमा आवश्यक प्रविधि भने परम्परागत इन्जिनियरिङ प्रविधिहरू हुन्, जसलाई हामी सिक्न सक्छौं, जस्तै टनल, पुल, ट्रयाक खोल्ने, रिटेनिङ वाल, स्लोप स्ट्याबिलाइजेसन आदि। सरकारको ठोस नीति, योजना र कार्यक्रम हुँदा यस्ता संरचनाहरू निर्माण गर्ने हाम्रो आफ्नै प्राविधिक क्षमता विकास गर्न सकिन्छ। डिजाइन, निर्माण, र सञ्चालनका लागि स्वदेशी क्षमता विकास हुँदा परियोजनाको लागतसमेत किफायती हुनेछ, जसले गर्दा यस्ता योजनाहरू प्रविधिक र आर्थिक हिसाबले संभव बन्न सक्छन्। तर यसका लागि प्रमुख बाधा भनेको राज्य प्रणालीको उदासीन सोच हो। साथै, जनस्तर र केही प्रविधिक समूहमा व्याप्त "सडकको खाल्डो मर्मत गर्न नसक्ने नेपालीले यस्ता कुरा कसरी सम्भव बनाउलान्?" भन्ने नकारात्मक मानसिकता पनि चुनौती बनेको छ। (भिडियो स्रोत: सामाजिक सञ्जाल)

Surya Raj Acharya

16,582 Aufrufe • vor 1 Jahr

यी 'पापी निवास'लाई अब दक्षिण एशियाकै उत्कृष्ट 'बाल मन्दिर' बनाऊँ! सायद दुई वर्षअघि भैंसेपाटीको १२३ रोपनी जग्गामा बनेका आलिसान 'मन्त्री निवास'लाई 'पापी निवास' को संज्ञा दिँदै किन नेपालजस्तो विपन्न देशमा जनसेवक मन्त्रीहरूलाई सरकारले यस्ता आलिसान निवास निर्माण गर्नु पापको पराकाष्ठा हो भनेर भिडियो बनाएको थिएँ। मन्त्रीहरूलाई एउटा बहू-तले अपार्टमेण्ट भवन भाडामा लिएर या बनाएर हरेक फ्ल्याटमा एक/एकजना मन्त्री राख्दा केही पनि फरक पर्ने थिएन। तर पापीहरूले पाप गर्न छोडेनन्। भदौ २४ गतेको बिद्रोहमा तिनका यी निवास सबै जलाइयो र मन्त्रीहरू ज्यान जोगाउन सेनको हेलिकोप्टरमा भाग्नु पर्यो। अब सरकारले फेरि त्यो पाप नगरोस्। यी भव्य संरचनालाई दक्षिण एशियाकै नमूना 'बाल आश्रय' मा रूपान्तरण गरियोस्। वरिपरी विशाल अग्ला पर्खाल छ। भित्र प्रशस्त खेल्ने ठाऊँ छ। Swimming pool पनि छ क्यारे। सयौँ अनाथ बालबालिकाहरूलाई त्यहाँ आश्रय दिन, पढाउन र हुर्काउन सकिन्छ। राम्रो शिक्षा दिन सकियो भने अनाथालयमा हुर्केका/पढेका बालबालिका पनि रातो बंगाला, युलेन्स या बुढानिलकण्ठमा पढेका भन्दा कम हुँदैनन् भनेर देखाइदिऊँ। सबैलाई धर्म लाग्छ। ६० भन्दा बढी जिल्लामा फैलिसकेको 'बाल मन्दिर'लाई संवेदनाहीन पापीहरूले ध्वस्त पारे। तपाईँ-हाम्रा पो आफ्ना साना बच्चाहरू हेर्न हामी छौँ। जसका कोही छैनन् ती बाल-बच्चाको स्थिति र पीडा एकपटक मनन गर्न प्रयास गरौँ त। जसको कोही हुँदैन, तिनका लागि राज्य हुनै पर्छ। यसबारे सरकारले गम्भीरतापूर्वक सोचोस्। यो सन्देश प्रधानमन्त्री बालेन्द्र शाहसम्म पुगोस्। समाज परोपकारी र राज्य कल्याणकारी नभएसम्म कुनै पनि देश सुसंस्कृत हुन सक्दैन। Balen Shah, Swarnim Waglé

Rabindra Mishra

17,329 Aufrufe • vor 5 Monaten

- देशको अन्तर्राष्ट्रिय सम्मान धुलिसात छ। - सार्वभौमसत्तामा विदेशीको हालिमुहालि छ। - देश दिनप्रतिदिन भूराजनीतिक भूमरीमा फस्दै छ। - जातीय र धार्मिक संवेदनशीलता बढ्दै छ। - धनीलाई राम्रो, गरिवलाई तन्नम स्कूल छ। - धनीलाई राम्रो, गरिवलाई खत्तम अस्पताल छ। - धनी भए बाँच, गरिव भए मरको स्थिति छ। - ऋण लिएर, जग्गा बेचेर सन्तान विदेश पठा'छ। - देशमा रोजगारी छैन। - रोजगारी पाए तलब छैन। - व्यापार गर्न पैसा छैन। - मर्नेबेलमा छोराछोरी छैन। - छोराछोरीको सास आउँछ कि लास थाहा छैन। - ठूला व्यापारीलाई नयाँ लगानी गर्न विश्वास छैन। - विदेशी लगानीकर्तालाई आउने चहाना छैन। - रेमिटेन्सले अर्थतन्त्र धानेको छ। - अदालतबाट न्याय पाउने ग्यारेन्टी छैन। - विश्वविद्यालयको डिग्री छ, दक्षता छैन। - घुस नखुवाई, नेता नचिनी कुनै काम बन्दैन। - 'नैतिक संकट' र 'ज्ञानको संकट' भयावह छ। - राज्य चलाउने सबै संस्था नेताको कब्जामा छ। - नेता र तिनका परिवारको जीवन आलिसान छ। - परिवार दुखी भए पनि नेतालाई खुशी राख्नै पर्छ। - अपवादलाई छोडेर देशमा कोही बस्नै चाहाँदैनन्। - कुनबेला देश भड्खालोमा पर्ने हो थाहा छैन। तर यी भनेका सामान्य समस्या हुन्। हामीजस्तै अरूले पनि मेहनत गर्नुपर्यो नि। अनि भै'हाल्छ। संविधानलाई दोष दिएर हुन्छ? देशको संविधानसँग यिनको कुनै सरोकार छैन। म र मेरो परिवारको जीवन राम्ररी चलेको छ। अरू सबैको दुखको भारी म बोकेर हिँड्न सक्दिन। देशभन्दा मेरो विचार माथि छ। त्यसैले 'संविधान दिवस' दीपावली गरेर हर्षोल्लासका साथ मनाइन्छ। कसैलाई केही भन्नु छ? पुनश्च - मलाई चाहिँ केही भन्नु छ: जसले जे भने पनि, पत्याउँदिन। देशलाई दुख दिने संविधान मान्दिन। बहूसंख्यक नेपालीको पीडालाई खिसी गरेर नाचगान गर्दिन। आज साँझ ८ बजे १ मिनेट बत्ती निभाउँछु। (भिडियो स्रोत: सामाजिक सञ्जाल)

Rabindra Mishra

25,742 Aufrufe • vor 2 Jahren

मलाई प्राप्त सन्देश जस्ताको त्यस्तै- एक फूटसल व्यवसायी उद्यमीको नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह Balen Shah का नाममा खुलापत्र सम्माननीय प्रधानमन्त्रीज्यू, सर्वप्रथम, देशको नेतृत्व सम्हाल्दै युवाहरूको आशा र भरोसाको केन्द्र बन्नुभएकोमा यहाँलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु। म काठमाडौँमा ऋणधन गरेर, देशमै केही उद्यम गर्छु भनी लागिपरेको एक सामान्य युवा फुटसल व्यवसायी हुँ। हजुर आफैँ पनि युवाहरूको भावना, खेलकुदको महत्त्व र उद्यमशीलताको मर्म बुझ्ने नेतृत्व हुनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ, आज मेरो मात्र नभई सम्पूर्ण फुटसल व्यवसायी र हजारौँ खेलप्रेमी युवाहरूको साझा पीडा यो खुलापत्रमार्फत यहाँसमक्ष राख्दै छु। प्रधानमन्त्रीज्यू, पछिल्लो समय प्रहरी प्रशासनले राती ८ बजे नै फुटसल बन्द गर्नुपर्ने भनी जारी गरेको कडा नियमले हामी व्यवसायीहरू मर्नु न बाँच्नुको अवस्थामा पुगेका छौँ। हजुरलाई अवगत नै छ, दिनभर अफिसमा काम गर्ने कर्मचारी हुन् वा व्यापार-व्यवसायमा खट्ने व्यापारी, उनीहरूसँग दिउँसो फुर्सद हुँदैन। दिनभरको काम र तनाव सकेर, बेलुकी साथीभाइ भेट्न, रिफ्रेस हुन र शारीरिक रूपमा स्वस्थ रहन उनीहरूले रोज्ने भनेकै फुटसल हो। तर, अफिसबाट निस्केर ७-७:३० बजेतिर बल्लतल्ल जम्मा भएर खेल्न सुरु गर्दा नगर्दै "८ बजिसक्यो बन्द गर्नुस्" भन्दै प्रहरी आउँदा खेलप्रेमीहरू अत्यन्तै निराश हुनुपरेको छ। हामीलाई सबैभन्दा अचम्म लागेको कुरा प्रशासनको नीतिगत विभेद हो। राती ९ बजेसम्म सहरका जिमखानाहरू खुल्न पाउँछन्, रेस्टुरेन्टहरू निर्बाध चल्छन्, बजार र पसलहरू खुला रहन्छन् तर विशुद्ध स्वास्थ्य र खेलकुदसँग जोडिएको फुटसलचाहिँ किन ८ बजे नै बन्द गर्नुपर्ने? के खेलकुद अपराध हो र? एउटा फुटसल निर्माण गर्न करोडौँको लगानी लागेको हुन्छ। दिउँसो चर्को घाम र गर्मीका कारण प्रायः कोही पनि खेल्न आउँदैनन्। हाम्रो मुख्य व्यापार हुने र दुई पैसा आम्दानी हुने समय नै साँझ ७ बजेदेखि ९ बजेसम्म हो। तर, त्यही पिक आवरमा सिधै आएर '८ बजे बन्द गर' भनिदिँदा हामीले जग्गाको महँगो भाडा, बैंकको चर्को ब्याज, स्टाफको तलब र सरकारलाई तिर्ने ट्याक्स कसरी जुटाउने? व्यवसाय नै धरापमा परेपछि हामी युवाहरूले फेरि खाडीकै बाटो तताउनु पर्ने हो र? यदि प्रशासनको चिन्ता सुरक्षालाई लिएर हो भने, हामी पूर्ण रूपमा जिम्मेवार छौँ। हामीले फुटसलमा खेल्न आउने हरेक टिमको सम्पर्क नम्बर रेकर्डमा राखेका हुन्छौँ। फुटसलभित्र को-को आए, को-को बसे, कुन नम्बरको बाइक वा गाडीमा आए भन्ने सम्पूर्ण विवरण हाम्रो अत्याधुनिक सीसीटीभी (CCTV) क्यामेरामा सुरक्षित रेकर्ड भएको हुन्छ। सुरक्षाको दृष्टिकोणले हामीले कुनै कसर बाँकी राखेका छैनौँ। अन्तमा, देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेर युवाहरूको हरेक समस्यालाई सुक्ष्म रूपले नियाल्ने हजुरबाट हामीले ठूलो आश गरेका छौँ। नियम कानुन पक्कै पनि समाजको हितका लागि हुनुपर्छ, तर व्यवसाय नै मास्ने गरी होइन। कृपया हामी युवालाई स्वदेशमै काम गरेर खान दिनुस्। प्रशासनलाई निर्देशन दिएर यो ८ बजेको अव्यवहारिक नियमलाई तत्काल परिमार्जन गरी राती कम्तीमा ९ बजेसम्म फुटसल सञ्चालन गर्न पाउने व्यवस्था मिलाइदिनुहुन सविनय अनुरोध गर्दछु। भवदीय, एक पीडित युवा फुटसल व्यवसायी काठमाडौँ, नेपाल।

Gajendra Budhathoki ♿

39,764 Aufrufe • vor 4 Monaten

वृंदावन की कुंज गली में, जहाँ बसते राधा-कृष्णा उसको उजाड़ रहे वो, जिनकी खोटी नीयत-तृष्णा भाजपा को दुनिया के उन देशों से प्रेरणा लेनी चाहिए जिन्होंने अपनी विरासत एवं धरोहर को बचाए-बनाए रखते हुए विकास किया है। भाजपाइयों की निगाह हमेशा ज़मीन को हड़पने की रहती है। भाजपाई अपने कुछ लोगों के लिए सालों से बसे, लाखों लोगों को उजाड़ देती है। अपनों को ठेका-दुकान देकर उनसे चंदा वसूली करती है और मुआवज़े के नाम पर घोटाला करती है। जनता आज मजबूर है लेकिन जब यही जनता नयी सरकार आएगी तब ‘विकास के नाम पर विनाश’ की ये नकारात्मक नीति हमेशा के लिए समाप्त कर दी जाएगी और हर मुआवज़ा घोटाले की जाँच होगी। मथुरा-वृंदावन भाजपा को कभी माफ़ नहीं करेगा।

Akhilesh Yadav

57,329 Aufrufe • vor 1 Jahr