Загрузка видео...

Не удалось загрузить видео

На главную

एउटा बज्याले नेपाल भनेर हालेछ I कुन चै गधा होला?😀

17,008 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 0

Нет доступных комментариев

Здесь появятся комментарии из оригинального поста

Похожие видео

“यहाँ उपस्थित धेरैजसोका लागि, र मेरो आफ्नै लागि पनि, ईसाई विश्वास एक दृढ आधार र दैनिक प्रेरणाको स्रोत हो, जसले हामीलाई केवल व्यक्तिगत रूपमा मात्र होइन, सामूहिक रूपमा पनि मार्गदर्शन गर्छ।” यसो सोच्दै थिएँ... राजा चार्ल्सले अमेरिकी कंग्रेसको संयुक्त सत्रमा ईसाई धर्मको गुणगान गाए झैँ, कोही विदेशी राष्ट्राध्यक्षले नेपालको संसदको संयुक्त सत्रलाई सम्वोधन गर्दै हिन्दू धर्मको गुणगान गाएको भए, हाम्रा 'प्रचण्डपन्थी' सांसदहरूले standing ovation दिन्थे होला या अंध्यारो मुख लाउँथे होला? हर दृष्टिकोणबाट अत्यन्तै 'अग्रगामी', बहूधार्मिक एउटा देशका राजा एउटा धर्मको बखान गर्ने अनि अर्को 'अग्रगामी', बहूधार्मिक देशका जनप्रतिनिधि सम्मानस्वरूप उभिएर ताली बजाउने! अमेरिकी राष्ट्रपति ट्रम्पका दूत आज नेपाल आउँदै छन्। उनलाई अग्रगमन र धर्म निरपेक्षताको वास्तविक सार अलिकति सिकाएर पठाइदिन प्रचण्डपन्थीहरूलाई मेरो विशेष आग्रह छ। नत्र त बेलायत,अमेरिकाजस्ता देशले संसारलाई नै पश्चगमनतिर धकेल्ने भए।

Rabindra Mishra

11,221 просмотров • 5 месяцев назад

यो कुन युग हो ? थाहा छ ? कि त्यसै सुर्ती माडदै छौ ? 😂 यो युगको नेता को हो ? हर युगको एउटा बिशिष्ट पात्र हुन्छ , ‍नेता हुन्छ । त्यसले जनाउ दिन्छ हामी कुन युगमा बाच्दै छौ भनेर । आफु बाचेको युग थाहा छ ? हामी बाचेको युग ‘वैश्य युग’ हो । कारोबारी युग हो । कारोबारी राजनिति , कारोबारी सामजिक सम्बन्धहरु , कारोबारी अन्तरराष्ट्रिय कुटनिति – सबथोक Transactional ! प्रिय राष्ट्रपति ट्रम्पले कारोबारी राजनितिका ज्योति पुन्ज बनेर आउनु भएको छ । देख्नु भएन प्रिय ट्र्म्पका प्रिय एलेन मस्कले भारतमा देखाएको वैश्य युगको ताकत । एक अर्कालाई सहनै नसक्ने दुई भारतका दुई महासेठहरु - अम्बानीको जिओ र एयरटेलका मित्तल , दुबैलाई एकै ठांउमा लाइन हाजिर गराएर भारतमा सैटलाइट इन्टरनेटको साम्राज्यको नया जग खन्न सुरु गरेका छन प्रिय मस्कले । बजा ताली वैश्य युगको । गफ चुटौ समाजवादको वा पौराणीक कालको .. बाच्नु छ २१ सौ शताब्दीमा , चाहना ठूला , गफ देउ पौराणीक कालको , साम्यवादको , समाजवादको , माडौ सुर्ती .. बनाऔ स्वास्थ 😂 ट्रम्प र मस्कको बिशाल स्टेडियममा हुदै गरेका खेलका कुरा छाडौ , एकछिन ।नेपालको कुरा गरौ । हर युगको एउटा नेता हुन्छ , एउटा बिशिष्ट पात्र हुन्छ । नेपालमा हामी बाचेको युगको नेता को हो ? बिशिष्ट पात्र को हो ? के हामी त्यो युगबाट बाहिर निस्कन सक्छौ ? वा निस्कन जरुरी छ ? यस्को जवाफ दिनुस अनि हामी पनि मानौला गहिरो पानीमा पौडिन सक्नु हुन्छ भनेर … coming soon ! New Series ! मिनेन्द्रजीमात्र होइन , धेरै हुनेछन यस्मा .. experience the differece .. Coming Soon !

Vijay Kumar Panday

50,001 просмотров • 1 год назад

नेपालका २ बिद्वान ? प्रश्न सोधने र जवाफ़ दिने मिलेका छन्। जवाफ दिनेले आफू चीनको पूजारी भएको पुष्टि गर्न खोजेको देखिन्छ भने प्रश्न सोधनेले जवाफ़ दिनेलाई कस्तो प्रस्न मन पर्छ भनेर मिलाइ मिलाइ शब्द सिंगारेर सोधेको देखिंन्छ। सिरोहीया अमेरिका र भारतको लागि भूसुनो हो। सो भुसुनोको लागी भारत र अमेरिकाले ख़ास चासो दिदैन। अनी यी पत्रकारले कुन चै अमेरिकी एजेण्ट जुर्मुराएको देखे ? अमेरिकालाई अब यस्तै ताईपुल्ते कुराको वास्ता गर्ने फुर्सद छ ? नेपालका पत्रकार र तथाकथित बिद्वान यस्तै पदौरे गफ़ गरेर जनता अलमाल्याउने काम गर्छन्। ठोस तथ्य बिनाको गफ़ चुटेर अशिक्षित जनताको दिमाग़ भूटने पत्रकारिता ! हरे शीव 🙏

Rudra Pandey

39,596 просмотров • 2 лет назад

🙏भिनाज्यू मेजर जनरल ओम पुन र दिदी दिलशोभा पुन 🌹🌹 सन् 1988 मा अमेरिका पढ्ने जाने भिसा पाएर पनि टिकट काट्ने पैसा म संग थिएन । अमेरिका जान एक महिनाजति मात्र बाँकी थियो । बल्ल बल्ल अमेरिका पढ्न जान पाएको मौका पनि गुम्छ कि जस्तो लाग्न थाल्यो । के गर्ने होला भनेर सोंच्थे तर केहि उपाय नदेख्दा दिमागले पनि काम गर्न छोडेजस्तो हुन्थ्यो । हरेसै भने अझै खाएको थिइन । एकदिन त्यति वेला शाही नेपाली सेनामा मेजर पदमा कार्यरत एकजना भिनाजुलाई सम्झेँ । भिनाजुले मेरो जेठा बाबाकी छोरीसँग विवाह गर्नुभएको थियो । संयुक्त राष्ट्र संघको शान्ति सेनामा लेबनानमा केही समय काम गरेर फर्कनुभएको थियो । लेबनानबाट फर्केको हुनाले केही मद्दत गर्नुहुन्छ कि त भन्ने झिनो आशा लिएर म भेट्न गएँ । उहाँलाई सबै कुरा भनेँ । कुरा सुनेर उहाँले भन्नु भयो – “सालाजी, मसँग पैसा त छैन, तर लेबनान बाट आउँदा दुईवटा भिडियो हेर्ने डेक लिएर आएको छु । एउटा डेक मलाई नै चाहिन्छ । अर्को डेक लिएर जाउ र त्यसैलाई बेचेर पैसा बनाउ” । भिनाजुको त्यो डेक पाउँदा म अमेरिकाको भिसा पाउँदा जत्तिकै खुसी भएँ । त्यो भिडियो डेक बोकेर म काठमाडौँको न्युरोड पुगेँ र एउटा पसलमा देखाएँ । म जस्तो एउटा साधारण मान्छेले डेक बेच्न ल्याएको देखेर त्यो पसलवालाले कहाँबाट ल्याएको भनेर सोधपुछ गर्न थाल्यो । सायद उसलाई मेरो विश्वासै लागेन होला । भिनाजुको नाम, उहाँको शाही नेपाली सेनाको पद र उहाँले नै लेबनानबाट ल्याएको भन्दा पनि उसले अझै विश्वास नगरे जस्तो गर्‍यो । त्यसैले “तपाईँलाई विश्वास लागेन भने म भिनाज्यूलाई नै लिएर आउँछु” भनेर पसलेलाई भनेपछि बल्ल विश्वास गर्‍यो । त्यो डेकको कति पर्छ भन्ने मलाई थाहा थिएन । भिनाज्यूले “बीस हजार जति दिन्छ होला” भन्नु भएको थियो । त्यो पसलवालाले पनि बीस हजार रुपैया दिन्छु भनेपछि “हुन्छ” भनिदिएँ । अनि पैसा थापेर डेरामा आएँ, र खाना खाएर आनन्दसँग सुतेँ । बीसहजार रुपैया भनेको आठ सय अमेरिकी डलर भन्दा अलिकति बढी नै हुन्थ्यो । त्यति भए पछि हवाईजहाजको टिकट त किन्न पुग्नेभयो भनेर म ढुक्कका साथ सुतेको थिएँ । जीवनको एकदमै कठिन अवस्थामा मद्दतगर्ने भिनाजु शाही नेपाली सेनाको मेजर जनरल सम्मको जागिर खाएर पेन्सनमा निस्कनु भयो । उहाँ हिजोआज ललितपुरमा बसोबास गर्नुहुन्छ । उहाँको पुर्ख्यौली थलो गुल्मीको भार्से भन्ने गाउँ हो ।🙏🙏🙏

Mahabir Pun

19,549 просмотров • 11 дней назад

कार्यक्रम तक्षशिलामा Keshab DAHAL ज्यु द्वारा Rabindra Mishra को समग्र राजनीतिक यात्राको निर्मम बिश्लेसण I ⏩नेपाली राजनीतिको सबैभन्दा ठुलो धोकेबाज रबिन्द्र मिश्र हुन I ⏩मानौ बैकल्पिक राजनीतिको गन्तब्य गोर्खा भनेर तय गराए तर ज्ञानेन्द्रको पाउमा लगेर चढाए I ⏩रबि लामिछाने लाइ हेर्न बाकि छ ठुलो आरोप लगाउने समय भएको छैन I ⏩के रबिन्द्र मिश्रलाई ज्ञानेन्द्रको सासनमा जस्तो टेलिभिजनमा,रेडियोमा शेना आएर यो पढ यो नपढ भन्ने सासन चाहिएको हो ? ⏩ के रबिन्द्र मिश्रलाई ज्ञानेन्द्रको सासनमा जस्तो आजको पुस्ताको झोलामा कुन किताब छ कुन किताब छैन,कुन कबिता लेख्ने कुन कबिता नलेख्ने भन्ने सत्ताको शैनिक आएर नियन्त्रण र निर्देशित गर्ने ब्यबस्था चाहिएको हो ? ⏩ के रबिन्द्र मिश्रलाइ मान्छेको स्वतन्त्रता,ज्ञान,सपना हरुलाई दरबारले नियन्त्रण गर्ने ब्यबस्था चाहिएको हो ? ⏩रबिन्द्र मिश्रले ल्याउन खोजेको मान्छे ज्ञान,निष्ठा र नैतिकताको हिसाबले हाम्रो इतिहास, हाम्रो सास्त्र, हाम्रो सभ्यताको त्यस्तो मानक हो ? ⏩रबिन्द्र मिश्रहरु ज्ञानेन्द्रको दाश र चाकड भएकै कारण उहाहरुलाई ज्ञानेन्द्र संसारको सबै भन्दा ठुलो मान्छे हुन,ज्ञानेन्द्र हाम्रा मालिक हुन अरु केहि हैनन, उनीनै बलियो,शक्तिशाली,ज्ञानी,धनी व्यक्ति हुन भन्ने लाग्छ I ⏩राजनीतिक रुपमा रबिन्द्र मिश्र एकदमै रुडीबादी मान्छे हुन,उनलाई नेपाली जनताको स्वतन्त्रता, सार्बभौमीकता, सपना प्रति कुनै बिस्वास ,चिन्ता, मतलब छैन I ⏩रबिन्द्र मिश्रलाइ यो मुलुकको स्वतन्त्रता, सार्बभौमीकता म जोगाउन सक्छु I यो मुलुकको एकता म निर्माण गर्न सक्छु I यो मुलुकको बिकास र सम्वृद्धि मेरै नेतृत्वमा गर्न सक्छु भन्न कहिलै बिस्वास रहेन I आफुलाई कहिलै स्वतन्त्र नागरिकको रुपमा कल्पनै गर्न सकेनन I उनलाई एउटा मालीक चाहिन्छ I किनकि मालिक भएपछी मात्र आफुलाई सुरक्षित ठान्छन I { समग्रमा रबिन्द्र मिश्र आफैप्रति बिस्वास नगर्ने व्यक्ति हुन I त्यहि भएरनै उनलाई मालिकको आबस्यकता भएको हो }

डाँडाघरे~रबि को परिवार

17,641 просмотров • 2 лет назад