Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

ओलि ले के बोल्दैछु भन्न समेत हेक्का छैन यस्ता बाट सासित हुनु पर्सा छ यो अन्तराष्ट्रीय बेईज्ज हो साह्रै दुखद ।।।

26,125 Aufrufe • vor 1 Jahr •via X (Twitter)

6 Kommentare

Profilbild von The Fall Guy
The Fall Guyvor 1 Jahr

And you believe indian media? 😂😂 You are a pathetic person if you ever think indian journalist speak truth They all are trying to get views don't believe me? Check their playlist

Profilbild von Tatjana Gmeiner
Tatjana Gmeinervor 2 Jahren

I LOVE SINGING ❤️ My lovely followers ❤️ Nice to entertain YOU 🙂

Profilbild von राणा
राणाvor 1 Jahr

गोदि मिडियाले आफ्नो आङ्ग को भैंसी नदेख्ने ले अकै को शरीरमा जुम्रा देख्न भ्याएच 😆

Profilbild von KRANTIKARI NEPAL
KRANTIKARI NEPALvor 1 Jahr

गाेदि मिडियाहरुकाे अाफ्नै देश भित्र दक्षिण भारत टुक्रिन लागेको छ तर नेपालकाे अान्तरिक राजनीतिमा भ्रम फेेेेैलाइरहेका छन ।दासहरु तिनै मिडियालाइ विश्वास गर्छन् ।🤔🤔

Profilbild von ल्याक्टो
ल्याक्टोvor 1 Jahr

Hey you fucking @bishwaprakash77 listen !!

Profilbild von shah_bishnu
shah_bishnuvor 1 Jahr

सुधार👉#पर्या

Ähnliche Videos

"दाइsss, भोटै छैन के राजाको पक्षमा। यी हेर्नोस् न सर्भे! राजाको विषय थाँति राखौँ।" उनले राजनीति शुरू गर्नुअघि भनेको त्यो वाक्य म सायद कहिल्यै विर्सन्न। प्रतिउत्तरमा मैले भनेको थिएँ: अलि बढी नै आदर्शवादी भए झैँ सुनिएला तर वास्तविकता के हो भने "तपाईं भोटका लागि राजनीति गर्दै हुनुहुन्छ। म देशका लागि राजनीति गर्दैछु।" म मुर्ख थिइन। त्यतिबेलाको परिस्थितिसँग म राम्ररी अवगत थिएँ। मलाई "मार्ग परिवर्तन"बाट मेरो भोटमा पर्ने असरका बारे राम्रैसँग थाहा थियो। तर म "व्यक्ति जित्ने, देश हार्ने राजनीति" गर्दिन भन्नेमा दृढ थिएँ। गत एक/डेढ वर्षमा परिस्थितिमा व्यापक परिवर्तन आएको छ। अहिले लाग्दैछ सिङ्गो देशले "मार्ग परिवर्तन" गरिरहेको छ। केवल नेताहरूले "मार्ग परिवर्तन" गर्न बाँकी छ। यो बिर्तामोड, झापाको मात्र दृष्य हो। देशैभरी यस्तै छ। यो मानव आँधीलाई अब "दुषित अग्रगमन"ले थेग्न सक्ने कुनै संभावना छैन। २०६२/०६३ सालको मानव आँधीले "अग्रगमन" जस्तो पवित्र शब्दलाई दुषित मात्र बनायो। यो पटकको आँधीले त्यो दुषितता सबै सोह्रेर लगोस्। विशुद्ध अग्रगमन बाँकी रहोस्!

Rabindra Mishra

67,575 Aufrufe • vor 2 Jahren

गर्नु पर्ने काम नगर्ने समेत भ्रष्टाचार हो! भ्रष्टाचारलाई प्रष्ट र विस्तृत रूपमा व्याख्या गर्न अझै बाँकी छ। नीतिगत भ्रष्टाचारको परिभाषा चाहियो भन्दै पटकपटक अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै वार्षिक प्रतिवेदनहरूमा लेखिएको छ। अझैसम्म पनि यो परिभाषा आएको छैन। पूर्व सचिव शारदाप्रसाद त्रिताल सरका धेरै लेखमा वहाँले अझै धेरै कमी औल्याउनु भएको छ। अर्कातिर अख्तियारको कार्यसम्पादन चुस्त बनाउने हो भने मानव संशाधनलाई धेरै नै ध्यान दिनुपर्नेछ। कुनै कारणबिना मुद्दा तामेलीमा राखिन्छन्, आयोगको कारवाही क्षेत्रमा भएको मनमानी - अनुचित कार्य, अनुचित दबाब दिने, अर्काको काम आफूले गर्ने - यस्ता थुप्रै समस्याका समाधान अहिलेको संशोधनले गर्नुपर्ने छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८लाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलमा शुक्रबार भाग लिँदै:

Sumana

18,453 Aufrufe • vor 1 Jahr

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रष्टाचार भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ राष्ट्रिय सभामा दर्ता गराएको हो । भाषणमा जुनसुकै कालखण्डको फाईल खोल्छु भन्ने तर नीतिमा पाँच वर्षको हदम्याद राख्ने यो कस्तो दोहोरो चरित्र हो? र कुनै पनि organized crime को अनुसन्धान लामो हुन्छ, प्रमाण जुटाउनै वर्षौं लाग्छ। यसकारण पनि यो पाँच वर्षको हदम्याद जायज छैन। उत्तिकै महत्त्वपूर्ण कुरा भनेको “नीतिगत भ्रष्टाचार” हो। तल्लो स्तरमा वा मन्त्रीस्तरीय नै गर्नुपर्ने निर्णय समेत मन्त्रिपरिषद् पुर्याएर अख्तियार छल्न “नीतिगत निर्णय” गर्ने प्रवृत्ति व्याप्त छ। नीतिगत निर्णयको परिभाषा यसै ऐनमा छर्लंग हुनुपर्छ। पूर्व सचिव शारदा प्रसाद त्रितालले लेखेका छन्: “उदाहरणको लागि ललिता निवासको जग्गा सम्बन्धी विभिन्न निर्णयहरुलाई लिन सकिन्छ । कुनै जग्गामा मोही छ कि छैन भनेर निर्णय गर्ने अधिकार कानुनले जिल्ला भूमिसुधार कार्यालयलाई दिएकोछ तर ललिता निवासभित्रको जग्गा, जहाँ कहिल्यै मोही थिएन, त्यही ठाउँमा मोही कायम गर्ने कार्य मन्त्रिपरिषदले गर्यो, जुन सिधै भ्रष्टाचार हो । यो कानुन मिचेर गरिएको निर्णय हो तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत निर्णय भनेर मन्त्रिपरिषदका पदाधिकारीलाई उन्मुक्ति दियो ।” यस्ता उदाहरण थुप्रै छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विगतका हरेक प्रतिवेदनमा लेखिएको छ “आयोगले विगतका वार्षिक प्रतिवेदन मार्फत मन्त्री परिषद्मा पेश गरिने नीतिगत निर्णयहरुको स्पष्ट परिभाषा र व्याख्या गरि नीतिगत र प्रशासनिक निर्णयको सीमा निर्धारण गर्नुपर्ने सुझाव दिँदै आएको पनि कार्यान्वयन भएको देखिंदैन।” पटक पटक यही कुरा कहिले सम्म लेख्नुपर्ने हो? न त यो विधेयकले नीतिगत निर्णयको परिभाषा समेटेको छ न त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ ले नै समेटेको छ। हो, पाँच वर्षको हदम्याद हटाउन महत्त्वपूर्ण छ तर जबसम्म नीतिगत निर्णयको परिभाषा स्थापित हुँदैन भ्रष्टाचार संस्थागत नै भईरहन्छ । त्यस्तो अवस्थामा यो हदम्याद नहुनुको पनि औचित्य हुँदैन। Video source: Nepal One HD

Sumana

31,743 Aufrufe • vor 2 Jahren

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करिब ८ अर्ब रुपैयाँ कर विवादमा फसेको कोकाकोलाको नेपालस्थित बोटलर्स नेपाललाई आर्थिक ऐनको दफा ३० मार्फत १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी ब्याज र शुल्क छुट दिने प्रावधान राख्नुभएको छ। कोकाकोला कर छली प्रकरण प्रकरणले हाम्रो कर प्रणालीमा गम्भीर हस्तक्षेप गर्दै लोकतान्त्रिक मूल्य, आर्थिक न्याय र नैतिक सिद्धान्तहरूलाई सिधै चुनौती दिएको छ। एक यस्तो निर्णय सरकारले लिन खोजेको छ, जसको प्रभाव केवल कर प्रशासनमा होइन, न्यायालयको स्वतन्त्रता, राज्यको नीति निर्माण प्रक्रिया र आम जनताको विश्वासमाथि गहिरो प्रहार हो। म बोल्दैछु, किनभने मुद्दा अब केवल कर छुटको होइन, यो शासनको नैतिकतामाथिको प्रश्न हो। यो विषयलाई सामान्य प्रशासनिक कदम भनेर बेवास्ता गर्न सकिन्न। यो नीतिगत भ्रष्टाचारको सुनियोजित प्रयत्न हो, जुन सत्ता र पूँजीबीचको साँठगाँठबाट जन्मिएको छ। कोकाकोला कर छल प्रकरण केवल एउटा कम्पनीको कुरा होइन, राज्यका नीति, न्यायिक प्रक्रिया र कर प्रणालीमाथि खेलवाड भएको ज्वलन्त उदाहरण हो। म तथ्यका आधारमा तीन बुँदामा यो प्रकरण किन आपत्तिजनक र खतरनाक छ भन्ने प्रष्ट पार्न चाहन्छु। १. कर नतिरेको भन्दै गरिबमाथि कठोर कारबाही गर्ने सरकार बहुराष्ट्रिय कम्पनीलाई किन अर्बौं छुट दिन खोज्दैछ? * बोटलर्स नेपालमाथि ८ अर्ब बराबरको कर, ब्याज र जरिवानाको मुद्दा अहिले अदालतमा विचाराधीन छ। * ठूला करदाता कार्यालयले ५ अर्ब ४२ करोड कर तिर्न आदेश गरिसकेको छ। * राजस्व अनुसन्धान विभागले ३ अर्ब ७१ करोडको कर छल प्रमाणित गरेर शतप्रतिशत जरिवानासहित माग गरिसकेको छ। प्रश्न: अदालतमै मुद्दा चलिरहेको अवस्थामा राहत दिनु भनेको के न्यायालयमाथि हस्तक्षेप होइन? २. जब जनता ऋण तिर्न नसक्दा खेत लिलामी हुन्छ, पसलेले कर तिर्न ढिला गर्दा ब्याजमाथि ब्याज थपिन्छ, सरकार कहाँ हराउँछ? * महामारीको बेला जनताले आँसु झार्दा सरकारले भन्यो, “हामीसँग बजेट छैन।” * किसानको खेत लिलामी गरियो, साना व्यवसायीको खाता रोक्का गरियो, ब्याज तिर्न नसक्दा बेइज्जती गरियो, व्यवसायीले आत्महत्यासम्म गरे । प्रश्न: गरिबका लागि कठोर नीति र अर्बपतिका लागि ऐन संशोधन किन? न्याय यही हो त? ३. कर ऐन संशोधन गरेर अदालतको चलिरहेको मुद्दा प्रभावित पार्नु कति वैधानिक र नैतिक हो? * संसदलाई प्रयोग गरेर ऐनमै हात हालेर अदालतको काममा हस्तक्षेप गरिँदैछ। * यस्तो निर्णय एक मन्त्रीको मात्र सोच होइन। प्रधानमन्त्रीदेखि ठूला दलका शीर्ष नेताहरूको सहमति र साँठगाँठबिना यो सम्भव छ होला त ? प्रश्न: के कर नीतिलाई नेताहरूको चन्दा, चुनाव खर्च र कमिसनको माध्यम बनाइन्छ? आज जुन निर्णयको प्रयास भइरहेको छ, त्यो केवल कर छुटको कुरा होइन, यो संस्थागत रूपमा स्थापित भ्रष्टाचारको चरम रूप हो। सत्ता, पैसाको प्रभाव र कानुनी संरचनाको मिलेमतोबाट नीतिगत भ्रष्टाचार अब नीतिको रूपमा स्थापित हुन थालेको छ। यो कुनै एक मन्त्रीको स्वेच्छाचारी निर्णय होइन, यो सम्भवत प्रधानमन्त्रीदेखि ठूला दलका शीर्ष नेताहरूको सहमतिमा गरिएको सत्ता दुरुपयोग हो। अदालतमा विचाराधीन मुद्दामा संसदबाट ऐन संशोधन गर्ने काम न्यायको स्वतन्त्रता र संवैधानिक मर्यादामाथिको घोर हस्तक्षेप हो। यसले लोकतन्त्रको मूल आत्मालाई नै कमजोर बनाएको छ। देशको कर प्रशासन अन्यायपूर्ण बनेको छ। साना करदातामाथि ब्याजमाथि ब्याज लगाउने सरकार, अर्बपतिलाई कर छुट दिन कानुन नै परिवर्तन गर्दैछ। यो न्याय होइन, यो दोहोरो मापदण्ड हो। यो नागरिकहरूमाथि गरिएको विश्वासघात हो। आज नेपाल अन्तर्राष्ट्रिय रूपमा 'ग्रे लिस्ट' मा पर्नु, पारदर्शिता सूचकांकमा पछाडि पर्नु, अनि लगानीकर्ताको भरोसा हराउँदै जानु, यी सबै यस्ता गलत निर्णयहरूको परिणाम हुन्। जब भ्रष्टाचार नीति बन्न थाल्छ, तब लोकतन्त्र केवल आवरण रहन्छ। त्यहाँ जनताको शासन हुँदैन, सत्ताको स्वार्थ चल्छ। अब प्रश्न उठाउने बेला हो। अब हिसाब माग्ने समय हो। यदि कानुन गरिबका लागि कठोर हुन सक्छ भने, शक्तिशालीका लागि पनि उस्तै कठोर हुनुपर्छ। नत्र, यो मुलुक कानुनी राज्य होइन, सत्ता संरक्षित भ्रष्टाचारको अखडा मात्र हुनेछ। I have referenced Taksar News and other secondary sources for the information.

Khusbu Oli

18,594 Aufrufe • vor 1 Jahr

कार्यक्रम तक्षशिलामा Keshab DAHAL ज्यु द्वारा Rabindra Mishra को समग्र राजनीतिक यात्राको निर्मम बिश्लेसण I ⏩नेपाली राजनीतिको सबैभन्दा ठुलो धोकेबाज रबिन्द्र मिश्र हुन I ⏩मानौ बैकल्पिक राजनीतिको गन्तब्य गोर्खा भनेर तय गराए तर ज्ञानेन्द्रको पाउमा लगेर चढाए I ⏩रबि लामिछाने लाइ हेर्न बाकि छ ठुलो आरोप लगाउने समय भएको छैन I ⏩के रबिन्द्र मिश्रलाई ज्ञानेन्द्रको सासनमा जस्तो टेलिभिजनमा,रेडियोमा शेना आएर यो पढ यो नपढ भन्ने सासन चाहिएको हो ? ⏩ के रबिन्द्र मिश्रलाई ज्ञानेन्द्रको सासनमा जस्तो आजको पुस्ताको झोलामा कुन किताब छ कुन किताब छैन,कुन कबिता लेख्ने कुन कबिता नलेख्ने भन्ने सत्ताको शैनिक आएर नियन्त्रण र निर्देशित गर्ने ब्यबस्था चाहिएको हो ? ⏩ के रबिन्द्र मिश्रलाइ मान्छेको स्वतन्त्रता,ज्ञान,सपना हरुलाई दरबारले नियन्त्रण गर्ने ब्यबस्था चाहिएको हो ? ⏩रबिन्द्र मिश्रले ल्याउन खोजेको मान्छे ज्ञान,निष्ठा र नैतिकताको हिसाबले हाम्रो इतिहास, हाम्रो सास्त्र, हाम्रो सभ्यताको त्यस्तो मानक हो ? ⏩रबिन्द्र मिश्रहरु ज्ञानेन्द्रको दाश र चाकड भएकै कारण उहाहरुलाई ज्ञानेन्द्र संसारको सबै भन्दा ठुलो मान्छे हुन,ज्ञानेन्द्र हाम्रा मालिक हुन अरु केहि हैनन, उनीनै बलियो,शक्तिशाली,ज्ञानी,धनी व्यक्ति हुन भन्ने लाग्छ I ⏩राजनीतिक रुपमा रबिन्द्र मिश्र एकदमै रुडीबादी मान्छे हुन,उनलाई नेपाली जनताको स्वतन्त्रता, सार्बभौमीकता, सपना प्रति कुनै बिस्वास ,चिन्ता, मतलब छैन I ⏩रबिन्द्र मिश्रलाइ यो मुलुकको स्वतन्त्रता, सार्बभौमीकता म जोगाउन सक्छु I यो मुलुकको एकता म निर्माण गर्न सक्छु I यो मुलुकको बिकास र सम्वृद्धि मेरै नेतृत्वमा गर्न सक्छु भन्न कहिलै बिस्वास रहेन I आफुलाई कहिलै स्वतन्त्र नागरिकको रुपमा कल्पनै गर्न सकेनन I उनलाई एउटा मालीक चाहिन्छ I किनकि मालिक भएपछी मात्र आफुलाई सुरक्षित ठान्छन I { समग्रमा रबिन्द्र मिश्र आफैप्रति बिस्वास नगर्ने व्यक्ति हुन I त्यहि भएरनै उनलाई मालिकको आबस्यकता भएको हो }

डाँडाघरे~रबि को परिवार

17,641 Aufrufe • vor 2 Jahren

“सुकुम्बासी” कुनै समुदायको जीवनभरको पहिचान नहुनुपर्ने हो। एकातिर दलहरूले “सुकुम्बासी” बन्न प्रोत्साहन गरेका छन् त अर्कातिर बाध्य बनाएका छन्। सुकुम्बासी बन्ने रहर पक्कै कसैको हुँदैन। जुनसुकै व्यक्ति पनि जीवनको उतार चढाव, प्राकृतिक विपद्का कारण गरिबीको रेखामुनि जान सक्छन्। यति मात्र हैन, आर्थिक पहुच नभएका कारण कैयौ परिवारले मिटरब्याज मार्फत रिण लिएर पैसा तिर्न नसकेकाले समेत सुकुम्बासी बन्न बाध्य भएका छन्। संविधानले आवासलाई मौलिक हक मानेको छ, सरकारले सुलभ आवासको सुनिश्चतता गर्नु पर्ने हो । अनकन्टार भीरमा एक टुक्रा जमिन हुने र हुँदै नहुनेमा त्यस्तो अन्तर के छ र– एउटाले सित्तैमा जग्गा पाउने, अर्कोले जीवनभर संघर्ष गर्न पर्ने - के यो न्यायोचित हुन्छ? आम नेपालीको सपना हुन्छ - शहरमा एउटा घर । बीसौं वर्ष संघर्ष गरेर बल्ल तल्ल एउटा घर जोडिन्छ। घर जग्गामा अनियन्त्रित लगानी, भाउ आकासिएर आम जनताको पहुँच बाहिर गएको छ। कुनै उद्योग गर्न परे ठूलो पूँजी जग्गा प्राप्ति मै खर्च हुन्छ। केही उद्यम गर्न भन्दा जग्गाको भाउ बढ्ने कुरेर बस्नु मै फाइदा छ, भाउ आए बेचिहाल्नु पनि पर्छ । सरकार भने मालपोतको राजश्व बढ्यो भनेर खुशी छ । शहरी क्षेत्रमा घरभाडाले घरखर्चको ठूलो हिस्सा ओगट्छ यसले परिवारको क्रयशक्ति घटाएको छ, यसमा सरकारको ध्यान जाँदैन । यदि सबैलाई जग्गा बाँढ्ने नै हो भने के सबै भूमिहिनले पाउछन् त जग्गा? कि कोही दाहिना हुनु पर्छ? सरकारले राष्ट्रिय निकुञ्ज बनाउनका लागि जग्गा सट्टापट्टा गर्दा एकाज परिवारले कति पटक जग्गा पाए? “सरकार”को पाउ र नजरमा नपरेका अझै पनि पर्खाईमा छन्। गर्ने नै हो भने रोजगारी, शिक्षा र स्वास्थ्य सेवा पायक पर्ने गरी आवास गृह बनाएर सुपथ आवास प्रदान गर्न सक्छ बास नभएकाहरूलाई । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने tax credits को प्रावधानका बैङ्कहरूले समुदायमा पुनर्लागानी गर्नु पर्ने प्रावधान बलियो बनाउनु पर्छ। आफ्नो ठाउँ सुहाउदो रचनात्मक हस्तक्षेप गरे स्थानिय सरकारले जनसंख्या आर्कर्षित गर्न सक्छ, आर्थिक गतिविधि बढाउन सक्छ। भूमि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ सरकारले अस्ती जेष्ठ ६ गते पेश गर्यो। ७२ घण्टा लागू भयो, संशोधन राखेँ। अब कार्यतालिका अनुसार जेष्ठ १४ मा सदनमा पेश गर्ने रे – कि समितिमा जान्छ कि सदनमै छलफल हुन्छ भनि त्यहि कार्यतालिकामा नै भनेको छ। नेतागणको mood मा भर पर्ने होला, हैन त? त्यहि दिन पास गर्ने mood बन्छ कि के हुन्छ, हेरौँ। तर यो विधेयकमा काम गर्दा अचम्म लाग्यो – सार्वजनिक जग्गा अब कसको आवरण देखाएर कसको नाममा बाढ्ने रे? कोही किन भूमिहीन हुन्छ भन्ने न प्रश्न सोध्ने ठाउँ राखिएको छ, न त त्यसको समस्याको हदसम्म गई समाधान गर्ने प्रयास गरिएको छ। तर वन क्षेत्र र निकुञ्ज क्षेत्र पनि पुन:नक्शाङ्कन गरि सरकारको स्वामित्वमा ल्याउने रे! न त सांस्कृतिक, ऐतिहासिक वा प्राकृतिक सम्पदाको केहि ख्याल छ न त वास्तव मै पछाडी परेका समुदायलाई उकास्ने ध्याउन्न छ। यदी हुँदो हो त शायद - जग्गा बाँढ्छु भन्दै गर्दा उनीहरूको आर्थिक अवस्था, अन्यत्र जग्गा भए-नभएको हेर्ने प्रावधान हटाउने प्रस्ताव राखिन्नथ्यो होला। सार्वजनिक सम्पत्ति सार्वजानिक हो। यो समुदायको हो, सरकारको हैन। आखिर कहिलेसम्म यस्ता विधेयक सरकारले ल्याउने, हामी हेर्ने, बस्ने हो। अब हामीसँग ५ दिन छ यो विधेयक पेश हुनु अघि। विधेयक पढ्नु होला र आफ्ना सांसदलाई फोन गरेर सोध्नु होला – कस्तो कानून बनाउँदै हुनुहुन्छ भनेर। मैले संशोधन बुझाएँ तर मैले वा हामी केहीले गरेर हुँदैन – तपाइँहरूले पनि आवाज उठाउनै पर्छ।

Sumana

15,091 Aufrufe • vor 1 Jahr

लौ भाई आईपुग्यो, अस्ती शनिवार शारजाँहमा मालिकले पासपोर्ट खोसीदिएको र बस्ने कोठाको साँचो लगाई दिएकोले बाहिर सडकमा बसेको सुनिल लुंगेली भाई नेपाल आई पुग्यो । यदि सरकारी प्रक्रियामा गएको भए आज बल्ल अफिस खुल्ने थियो र त्यो भाईले तीन दिन सम्म दुख पाउनु पर्ने थियो। भीम मल्ल ठकुरी भाईलाई धन्यवाद छ🌹🇳🇵 उसले रुँदै बाटो बाट मलाई फोन गरेर भोकै छु, खल्तीमा एक पैसा छैन, यहाँ कसैलाई चिनेको छैन, उद्धार गर्नुहोस भने पछि मैले त्यहाँको दुतावासमा र परराष्ट्र मन्त्रालयमा पनि फोन गरेको हो । तर शनिवारको विदा भएकोले कसैले पनि फोन उठाएन। अनि उसलाई सुरक्षित ठाउँ सम्म पुऱ्याई दिने कोहि छ कि भनेर फेसबुकमा पोष्ट गरेको हो । त्यसो गर्दा केहि नेपालीहरूले सात जुनी देखीको बल लगाएर गाली गरे र मलाई मन्त्रीको इज्जत नै फाल्यो समेत भने । के गर्ने ? 🌹🌹म ता यस्तै हो ब्रो पनि भनें। किन भने कुनै पनि समस्याको सामाधान गर्ने धेरै तरिकाहरु हुन्छन । एउटा तरिकाले काम नगरे पछि अर्को तरिका अपनाएर भए पनि समस्या समाधान गर्न नेपालीहरुले सिक्नु पर्छ।🙏🙏🙏

Mahabir Pun

13,461 Aufrufe • vor 19 Tagen

भोली प्रधानमंत्री प्रचण्डले बिश्वासको मत प्राप्त नगरे पछी, नया प्रधानमंत्री चयनको प्रकृया सुरु हुनेछ। नया प्रधानमंत्री पनि, पुरानै मान्छे हुनेछन । नेपालका कतिपय राजनैतिक, प्रशासनिक र आर्थिक अस्थिरताको बिउ खोज्न अन्त धेरै टाढा जानै पर्दैन। नेपालको संविधानभित्रै , नेपालका कतिपय रोगका कारण लुकेका छन। अब पनि संविधानको पुनरावलोकन ( रिभ्यु ) नगर्ने हो भने – नेपालको संविधान २०७२ आफुभित्रै रहेका अन्तरविरोधको भार थाम्न नसकेर भासिने निश्चित छ । भोली ☭ Comrade Prachanda प्रधानमंत्री पद जानेछ। तर राजनैतिक रुपमा वहाको सबै उपायदेयता सकिने छैन । अब K P Sharma Oli र Sher Bahadur Deuba ले गहिरो सो्च्नु पर्नेछ – वहाहरु कस्तो सरकार चलाउनु हुनेछ ? र , कस्तो संविधान छोडेर जानु हुनेछ ?? ओलीजी र देउवाजीमात्र होइन , सबै राजनैतिक नेताहरुले र बृहद समाजले यस बिषयमा सोच्नै पर्छ । किनभने अब पनि पुनरावलोकन नगरे, यो संविधान आफ्नै भारले (self weight) ले गर्दा ढिलोचाडो भासिनेछ । संविधानमा के के परिवर्तन अनिवार्य भैसक्यो ? यस बिषयमा , हामी १० भागको सिरिज सुरु गर्दैछौ - थाम्नुहोस है ! Pause ! यो सिरिजका बनाउन म पनि - राजनैतिक प्रकृतिका कार्यक्रम निर्माणप्रति , आफ्नो आलस्य अलि कम गर्ने छु । टीम उत्साहित छ ।

Vijay Kumar Panday

56,331 Aufrufe • vor 2 Jahren

प्रिय नेपाली कांग्रेसका नेताज्युहरुमा मेरो नमस्कार । आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दैछु। तपाईंको पार्टीले म माथी कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ। म तीनको जवाफ सदनमा उभिएर दिन चाहन्थें। तर तपाईहरुले प्रधानमन्त्रीको जवाफ माग्नु भो। प्रधानमन्त्रीको जवाफ पाए पछि अब फेरि तपाईलाई संसदीय समिति चाहिएको छ। सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हु, न त्यहाको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु। अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला?? तपाईंहरु आफै सरकारमा हामी प्रतिपक्षमा हुदा तपाईंहरुले चरम दवाब दिदा समेत प्रहरीले दर्ता गर्न समेत योग्य नठानेको तर बुझिलिएर बिना दर्ता कतै राखिछाडेको ठाडो उजुरी बाहेक केहि हैसियत नभएको चिर्कटो बोकेर सदन नै अबरुद्ध गर्नु पर्ने कारण बारे "एक बहस तो बन्ता है" !! प्रमाण भेटिदा बालकृष्ण खाँडलाई घरबाट टिपेर लानु हुने तपाईहरुले प्रमाण पाएको भए मलाई यत्तिका समय, के माया लागेर छोड्नु भएको हो र ? म त प्रतिपक्षमा थिएं। सक्दो गर्नु भो, केही नलागे पछि Conflict of Interest भए पनि Create गरौ भनेर यो सब प्रपंच गर्नु भो। त्यसैको आडमा सारा हर्कत गर्दै हुनु हुन्छ। This is not CONFLICT OF INTEREST, This is A PRINCIPLE OF CREATING CONFLICT OF INTEREST. नेपाली कांग्रेसका निष्ठावान साथीहरूलाई यो कुरा थाहा होस् भनेर सप्रेम यति वर्णन गरेको हुँ। यस्तो स्तरहिन राजनीतिले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दललाई कहाँ पुर्याउला?? आफू माथी निरन्तर प्रश्न उठ्दा म कहाँ गएर बोलौं? मेरो जवाफ सुन्न नचाहने/नसक्ने तपाईहरुलाई मेरो विनम्र अनुरोध सहितको अफर सार्वजनिक गर्दैछु। तपाईंहरुले भनेको दिन,स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौं। त्यो बहस काठमाडौ-४ मा भए राम्रो। म एक्लै आउछु, तपाईं आफ्ना विज्ञ,पार्टीका सम्पुर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पुर्ण प्रमाण बोकेर आउनु होला। यो बहस LIVE गरौं ताकी सिङो देशले हेरोस्। सारा देशका अगाडी तपाइहरुले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदाता माथी न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ। मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ,कतै,केही लेख्न बोल्न पर्दैन।दायाँ बायाँ केही कुरा नगर्नु होला। वस्, तपाईं मलाई यत्ती मात्र भन्नुस्,म कहिले कहाँ तपाईका आरोपहरुको जवाफ दिन आँउ? हैन भने, छोढ्दिनुस् यो बाल हठ। मेरो यो चुनौतीलाई प्रतिशोधका रुपमा लिनपनि आवश्यक छैन। सशक्त प्रतिपक्षी बनेर जनताको मन जित्नुस्। हामी माथी रचनात्मक दवाब बढाउनुस्। भर्खर जन्मेको दल भएपनि एक वर्षमा शायद हामीले राम्रो प्रतिपक्ष बनेर देखायौं। त्यो भन्दा प्रभावशाली बनेर हामीलाई पाठ सिकाइदिनुस्। यस्तो स्तरहिन हर्कतले कुनै नेताको कुण्ठा शान्ता होला तर कांग्रेस जस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठा लाई शोभा दिदैन। सुर्यदर्शन सहकारीका पीडितहरुलाई भेट्न सार्वजनिक अपिल गरिसकेको छु। संघर्ष समिति सँग त आफ्ना कुरा राखिसकेको छु। प्रष्ट हुनुस् : सहकारी पीडितले न्याय पाउछन्। जय नेपाल (पार्टी वाला होइन, देश वाला) Rabi Lamichhane

Pradip Bhattarai

12,621 Aufrufe • vor 2 Jahren

सांसदलाई नसुन्ने सरकारले जनताको चित्कार के सुन्ला? तैपनि यो सुन्नस् - यहाँ उपस्थित कति जनाका छोरा छोरीको उमेरको होला, कतिको नाति नातिनीको उमेरका - भर्खर १२ पास गरेकी बहिनीलाई नजिकको मान्छेमार्फत दलालले घरको काम गर्ने हो - ४३ हजार तलब, अझ फ्रि टिकटमा जान पाइन्छ भनेर सपना देखाउँछ। त्यहाँ पुगे पछि शोषणमा पर्छिन्, आफ्नै अगाडि आफ्नो मोल लगाएर बिक्रीमा पर्छिन्, भन्ने ठाउँ छैन, कानुनी अधिकार केहि छैन । ती बहिनी कसरी गई - भिजिट भिसामा । दलालले एक युवकलाई barrack मा बसे पुग्छ, खतरा छैन, ३ लाख महिनाको पाउछ भनेर सपना देखाउँछ, रसिया पुऱ्याउछ, अर्काको युद्धमा मर्नलाई, बाँचेर फर्किनेले जिन्दगीभर नमेटिने शारीरिक र मानसिक घाउ बोकेर आउँछन् । Linkedinबाट अन्तरवार्ता लिन्छ, पठाउछ बर्मा, कम्बोडिया । cyber scam cells मा जेल जस्तो अवस्थामा राखेर दिनरात हनीट्रयाप साइबर स्क्याममा अरुलाई फसाउने काम गर्न बाध्य बनाउछ। टार्गेट पुगेन भनेर कुटपिट गर्ने, करेन्ट लगाउने सब गरिन्छ। दास जस्तो एक सेन्टरबाट अर्कोमा बेचिन्छ, आत्मसम्मान खोसिन्छ । यस्तोमा कसरी पुग्छन् नेपाली युवा - भिजिट भिसामा । यस्तो ठाउँमा युवा पठाउन समेत घुस लिनेलाई राजनैतिक संरक्षण दिने; आफ्नो भाग सफ्टवेयरबाट निकालेर खानेहरूमाथि छानबिन गरौँ भन्दा समेत नगर्ने - कतिसम्म गिरेको? अनि यस्तो जोखिम छ भनेर थाहा पाउदा पाउदै पनि, ऋण लिएरै पनि जसरी पनि विदेश जान पर्छ भनेर मनस्थितिमा हाम्रो युवा कसरी पुगे, नेपाललाई खुला आकाश मुनिको गोलघर कसले बनायो ? सबैलाई थाहा नै छ तर किन केहि नगरेको? हाम्रो आन्दोलन जारी छ। छानबिन समिति बनाउनै पर्छ।

Sumana

29,179 Aufrufe • vor 1 Jahr

त्यो साँझ जाउलाखेलको फुटपाथमा हिडदै गर्दा ठोक्किन आएका अपरिचित मान्छेले आफ्नो परिचय दिए - ' म विश्व पराजुली । जिम्बाब्वे मा सयुक्त राष्ट्र संघको आवासिय प्रतिनिधि । संयोगले भेट भै हाल्यो । अब एक कप कफी पिउ है विजयजी ' । कालान्तरमा विश्वजी भारतका लागी विश्व खाद्य कार्यक्रमका आवासिय प्रतिनिधि हुनु भयो । एक पटक काठमाण्डौ आएको बेला वहाले मेरो भेट निल बाल्जरसंग गराउनु भयो । नेपालका लागी विश्व खाध्य कार्यक्रमका उप निर्देशक निल बाल्जर हेर्दा हलिवुड एक्सन हिरो जस्तो देखिने । निल बाल्जर बोली व्यबाहरमा बिनम्र लागे । तर पनि हाम्रो पहिलो भेट खासै जमेन । उनी जुन प्रणालीबाट आउछन र जीवन र जगतका बिषयमा मेरा जे जस्ता सही वा गलत वा अपठ्यारा द्रश्टिकोण छन , त्यो पृष्ठभुमीमा , सायद त्यो स्वभाविक पनि थियो । तर वृतचित्रमा सहकार्य गर्ने कुरामा हामी सहमत भयौ । थालमा छैन भने कतै पनि छैन Food matters सिरिज निर्माणको दौरानमा मैले धेरै कुरा सिके । यो सिरिजका दुई भाग प्रसारण भै सके । अब तेस्रो भाग चाडै प्रसारणमा आउदैछ । तेस्रो एपिसोडमा हामीले Rice fortification अर्थात चामलमा पोषक तत्वको स्तर उन्नतिको महत्वपुर्ण बिषय उठान गरेका छौ । के गाउ , के शहर , के राजधानी , के गरिब , के मध्यम बर्ग - नेपाल भरी हामी शरिरमा बिभिन्न खाले पोषक तत्वका अभावले पिडित छौ । पोषण अभावले गर्दा हामी धेरै किसिमका रोगबाट पिडित छौ ( वा भविष्यमा हुन सक्छौ ) । के गाउ , के शहर , के धनी , के गरिब ; प्राय सबैको मुख्य खाना भात नै हो । त्यसैले चामलमा पोषक तत्वहरु मिसाउन सकिए - यो जनकल्याण र स्वास्थका लागी एक सरल तर युगान्तकारी कदम हुनेछ। यो काम अत्यन्तै कम मुल्यमा गर्न सकिन्छ । धेरै देसले गरी रहेका पनि छन । म नेपाल सरकारको र सांसदहरुको ध्यान यस बिषयमा आकर्षण गराउन चाहन्छु । साथै चामल बेपारमा दसकौ देखी लागेका ठूला निजी क्षेत्रवालाहरु वा भरखरै लाग्न थालेकाहरुको पनि ध्यानाकर्षण - Rice fortification को तडकारो जरुरत तर्फ गराउन चाहन्छु । साथै आम उपभोक्ता पनि जागरुक हुन जरुरी छ । भनि रहनु पर्छ र ? जीवनमा , जीवनभन्दा ठूलो केही हुदैन । अनि जीवन आफै उभिदैन । थालमा छैन भने , त्यो कतै पनि छैन ! Food matters ! आज यो प्रोमो लोड गर्ने बेला मेरो मनमा आउदैछ , धेरै बर्ष अघिको त्यो साँझ , जब म जाउलाखेलको फुटपाथमा बरालिदै थिए ...

Vijay Kumar Panday

64,571 Aufrufe • vor 2 Jahren

अन्तर्जातीय बिबाह गर्दा माइतीबाट अपहेलित, झन् दुखले जोड़ेको एक सरो सम्पत्ति पनी बाढ़ीले सखाप । नाम: तारा तमाङ, देवि़घाट, नुवाकोट नुवाकोट देविघाटमा बेकरी को व्याबसाय गर्ने एक उध्यमी महिला आफ्नै मेहनतले सुन्य बाट करोड सम्म पुगिन र बाढीले पुन सन्यमै पुर्या़इदियो। म देवीघाट पुग्दा उनी आफ्नो घरबाट बाक़ी रहेको केही लत्ता कपडा झिकेर बाढिको हिलो बाट सकिनसक़ि निस्कीदै थिइन। उनको यो दु:ख को क़था, उनकै अनुमत़ी ले उहाको सहयोगको लागी यहाँ प्रसारण गरे।उहाको बिबरण: नाम: तारा तमाङ, देवि़घाट नुवाकोट, फोन : 9813066629. सहोयोगीहातहारुले उहालाई फोनगर्न अबुरोध छ। “मैले धेरै दुःख गरेर, सालौँ मासु पनि नखाई, पैसा बचाएर जोडेको सम्पत्ति हो। दुई छोरीका लागि भनेर सबै जोहो गरेको थिएँ। तर मेरो सबै सम्पत्ति बाढीले बगाइदियो। अहिले एक रुपैयाँ पनि बाँकी छैन। घरबाट एउटा झोलामा केही लुगा मात्र निकाल्न सकेँ। दुई छोरी अहिले पनि सानै छन्। उनीहरूको लागि भनेर दुःख गरेर जोडेको सम्पत्ति सबै सकियो। कसैको चोरी गरेको होइन, कसैलाई ठगेको पनि होइन। आफ्नै दुःखले कमाएर बनाएको थियो। यस्तो दुःख कसैलाई पनि नपरोस्।” -तारा तमाङ

नेपालको सत्य

11,437 Aufrufe • vor 27 Tagen

मैले त चुनाव हारेँ तर जित्ने नेता यस्ता नहुन्! “यस्तो सम्मान र स्वागत अमेरिकाको राष्ट्रपति आउँदा एकपटक देखिएको थियो, त्यसपछि कहिल्यै देखिएको थिएन। अहिले नेपालको प्रधानमन्त्री आउँदा देखियो भनेर मलाई भारतीय नेताहरूले समेत भने।“ प्रधानमन्त्रीले संसदमा त्यसो भन्दा धेरै सांसदले ताली पनि पिटे। के बोल्ने थाहा छैन। के नबोल्ने पनि थाहा छैन। तर चुनाव जितेको जित्यै छन्। प्रधानमन्त्री भएको भएकै छन्। देशको प्रधानमन्त्रीको यो र यस्तै स्तरका टिप्पणीहरू हेरेर विदेशीहरूले के भन्ठान्दा हुन्! “औपचारीक भ्रमण”लाई “राजकीय भ्रमण” भनेर प्रधानमन्त्रीको कार्यलयकै ट्विटरमा लेखिँदा के सोच्दा हुन्। एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भ्रमण गर्दा महिनौँदेखि त्यसको सार्वजनिक चर्चा अनि प्रधानमन्त्रीकै तहबाट बारम्बार भ्रमण “ऐतिहासिक” हुन्छ, कुन्नी के, के हुन्छ भनिरहेको देख्दा कति छक्क पर्दा हुन्। परराष्ट्रजस्तो विश्व राजनीतिमा अत्यन्तै महत्वपूर्ण मन्त्रालय हाँक्ने एकपछि अर्को मन्त्रीहरूको स्तर देखेर के भन्दा हुन्। हाम्रो भ्रमण दलका सदस्यहरू ठाऊँ-कुठाऊँ मोबाइलमा फोटो र सेल्फी खिचेको देख्दा कति हाँस्दा हुन्। अनि यिनलाई बाटोमा दुईवटा गलैँचा ओछ्याएर केही महिला नचाउँदा “गज्जबको स्वागत” नलागे, कसलाई लागोस्? यिनीहरू यही स्तरको स्वागतका लागि योग्य छन् भन्ने संभवत: host (आतिथेय) राष्ट्रले पनि बुझिसक्यो। विश्व राजनीति हाँक्ने देशका नेतालाई हाम्राजस्ता नेताबाट “चाहेको कसरी लिने र बदलामा आश्वासन कसरी दिने” भन्ने थाहा नहुने कुरै भएन। अझ पाराकाष्ठा त के भने, हाम्रा नेता र भ्रमण टोलीमा “सात वर्षअघि नै दिने समझदारी भएको १५ वटा राँगो, प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणमा लिनु उपयुक्त देखिँदैन, यसलाई पछि गरौँ” भन्नेसम्म बुद्धी देखिएन। मैले दुई दिनअघि लेखेको थिएँ, “राष्ट्र र राज्यका रूपमा हाम्रो benchmark (स्तर-तह) यति तल झरिसक्यो कि अब त्यसलाई उठाउन धेरै कठिन छ।“ जनताले पत्याएनन्, मैले त चुनाव हारेँ -- ठिकै छ। तर यस्तो स्तरका नेताले चुनाव नजितुन्! (भिडियो:

Rabindra Mishra

95,279 Aufrufe • vor 3 Jahren

मैले सोधे नेपाल त फर्कनुभयो अब यहाँ के गर्ने योजना छ? उहाँहरूको उत्तर थियो -- नेपालमै रोजगार हुने वातावरण दिनुस् न। हामीले ५ वर्ष क्याट्रिन गरेर आएका छौं, ६०० जना जति एउटै कम्पनीमा काम गर्थ्यौं, नेपालमा ठूला ठूला होटेल सजिलै चलाउन सक्छौं, तर खै नेपालमा आश छैन, एक दुई महिना परिवारसँग बसेपछि फेरि विदेशमै जागिर खोज्न जानुपर्ने त होला !! यो संवादले निकै संवेदनशील विषयको दर्पण गरेको छ। रोजगारी र अवसरको खोजीमा दैनिक रुपमा सयौं युवाहरूले देश छोडिरहेका छन् भने यसरी कामको contract सकिएर, थप काम गर्ने वातावरण नभएर, वा कुनै पनि कारणले आफ्नो देश फर्कने युवाहरू पनि छन् तर विडम्बना आफ्नै देशमा केहि गरौँ न त भन्नेहरुलाई फेरी विदेश नै जान वाध्य बनाउने हाम्रो सामाजिक, आर्थिक र राजनैतिक प्रणाली बनेको छ। प्रत्येक देशमा रहेको नेपाल एम्बेसीले नेपाली श्रमजीवीहरु कहाँ छन्, कुन अवस्थामा छन्, proper data मेन्टेन गर्ने र कुनै पनि सहयोग र सहजीकरण चाहिएको अवस्थामा भरपर्दो अभिभावकको भुमिका खेल्ने गरी अग्रसर हुनु अनुरोध गर्दछु। साथै, नेपाल फर्किएका युवाहरूले प्रवासमा सिकेर भोगेर देखेर आफू सँगै ल्याएका सिप सिकाई दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्न सक्ने वातावरण बनाउने हो भने उहाँहरू लगायत अरु थुप्रैलाई देशमै रोजगारी सिर्जना गर्न सकिन्छ। #निलो_क्रान्ति #मेरोबिदा_मेरोदेशको_लागि #RSP #देश_बनाऔँ_अभियान #drtoshimakarki #YouthEmpowerment #Employment #WeAreYouth #WeCanGive #Doha #Qatar #USA #nepalinewspaper

Dr.Toshima Karki

23,999 Aufrufe • vor 1 Jahr

जन्मदिनको धेरैधेरै शुभकामना! अब समय आयो जस्तो छ। मेरा लागि राजसंस्थाको पुनर्स्थापना मेरो राजनीतिको एक नम्बरको प्राथमिकता हो। किन? बदलिँदै गरेको विश्व भूराजनीति र दिनप्रतिदिन जटील बन्दै गएको नेपालको आन्तरिक परिस्थितिहरूका माझ हामीले #नवीनसमझदारी मार्फत राजसंस्था पुनर्स्थापना गरेर संविधानको 'ओभरहलिङ' गर्न सकेनौँ भने सुशासन र संवृद्धीको त कुरै छोडौँ नेपालको भविष्य नै गम्भिर संकटमा पर्नेछ भन्नमा म प्रष्ट छु। देशको दीर्घकालीन सुरक्षा र हित कुनै पनि राजनीतिको पहिलो प्राथमिकता हुनुपर्छ। जसरी अनेकौँ कमजोरीका बाबजुद हामी लोकतन्त्र जोगाउनै पर्छ भन्छौँ, त्यसैगरी अनेकौँ कमजोरीका बाबजुद देशका लागि राजसंस्था जोगाउनै पर्छ। यद्दपी, राजाबाट भएको भनिएको गल्ती र राजनीतिकर्मीबाट भएका गल्तीको तुलनै हुन सक्दैन। राजाबाट एउटा गल्ती हुँदा राजनीतिकर्मीबाट सयवटा गल्ती भएका छन् र राजनीतिकर्मीबाट भएका गल्ती राष्ट्रघाती र भावी पुस्ता घाती छन्। राजाबाट भएको भनिएको गल्ती देश र भावी पुस्ता जोगाउनमा केन्द्रित छन्। - संसारकै सबैभन्दा लोकतान्त्रिक मध्येको देश बेलायतले किन प्रत्येक वर्ष अर्बौँ रूपैयाँ खर्च गरेर राजसंस्थाको भव्य तामझामलाई संवर्धन गरेर राखेको छ? - संसारकै विकसित, धनी र लोकतान्त्रिक मध्येका देशहरू बेल्जियम र लक्जेम्वर्गले एउटा घटनामा सार्वभौम संसदले पारित गरिदिएको महत्वपूर्ण विधेयक नै अनुमोदन नगरिदिंदा समेत राजसंस्थालाई किन बचाएर राखेका छन्? - बारम्बार प्रत्यक्ष/अप्रत्यक्ष रूपमा राजनीतिमा हष्तक्षेप गर्ने र अहिले त पृषठभूमी नै खराब भएको राजा भए पनि थाइलण्डले राजसंस्थालाई किन जोगाएर राखेको छ? यस्ता उदाहरण अरू पनि छन्। स्पेन र कम्बोडियाले फालिसकेका राजसंस्था किन पुनर्स्थापित गरे? राजसंस्थाका कयौँ नकारात्मक पक्ष र त्रुटी हुँदाहुँदै पनि माथि उल्लेखित र अन्य कयौँ देशका जनताले राजसंस्था जोगाएका राजसंस्थाले गल्ती गर्दैन, सबै ठिक मात्र गर्छ भनेर होइन, 'देश'को दिर्घकालीन हितका लागि आवश्यक छ भनेर हो। ती जोगाउने सबै जनता सैद्धान्तिकरूपमा राजसंस्थावादी नहुन सक्छन्। तर जब देशको कुरा आउँछ, ती सबैले #विचारभन्दामाथिदेश लाई राख्छन्। प्रशस्त संभावनायुक्त देश हुँदाहुँदै नेपालको यो दुर्गति भएकै #विचारभन्दामाथिदेश लाई नराखेर हो। राजा वीरेन्द्रले भने झैँ राजनीतिकर्मीहरू आउँछन् अनि जान्छन् तर राजाले कम्तिमा १०० वर्षपछिको देशबारे सोच्नु पर्ने हुन्छ। देशका लागि #नवीनसमझदारी र संविधानको 'ओभरहलिङ' बाहेक अब अर्को विकल्प छैन। त्यसका लागि राजसंस्थाको पुनर्स्थापना तथा नवयुवराज हृदयन्द्रको सुस्वास्थ्य, दिर्घायु, ज्ञान, विवेक, अनुशासन, देशभक्ती र राजकीयपन अत्यावश्यक छ। सरकारको २३औँ जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश

Rabindra Mishra

58,253 Aufrufe • vor 2 Jahren

यतिका दिन पछी पनि मुगलिङ नारायणघाट खण्डको सिमतालमा पहिरोमा बगेका बस फेला परेका छैनन । हाम्रो प्रार्थना ती बसमा रहेका र तिनको परिवारजनका साथमा छ । म बुझ्न सक्छु उनीहरुको पिडा । किनभने मैले त्यसतै खालको बेदना कतिब ३७ बर्ष अघि नजिकबाट महसुस गरेको थिए । पृथ्वी राजमार्गको जोगीमारामा एउटा यात्रुबाहक बस खसेर त्रिशुली नदीमा खसेको थियो ।कयौ दिनसम्म न यात्रु फेला परे न बस । ती दिनमा हामी नेपाल टेलिभिजनका लागी काम गर्थ्यौ । मोबाइल दुनियामा आएकै थिएन । जोगीमारा करिब ९१ किलोमिटर पर्छ काठमाण्डौबाट । क्यामेरापर्सन एवम मेरा मित्र लक्ष्मण उप्रेती भोर बिहानीको अन्धकारमा काठमान्डौबाट निस्कन्थ्यौ । दिउसो बस खोजीका समाचार खिच्थ्यौ । राती दौडादौड गरेर काठमाण्डौ फर्कन्थ्यौ । छायाङकन, एडिटिङ उपकरण अहिलेको तुलनामा धैरै अपठ्यारा र भारी हुन्थे । नेपाल टेलिभिजनमा राती प्रसारण भए पछी हामी मुश्किलले निदाउथ्यौ ।किनभने भोली पल्ट बिहान ४ बजे फेरी जोगीमारा तर्फ लाग्थ्यौ । एवम क्रमले तिन चार दिन बिते । एक रात चाही हामी नसकेर त्यतै बास बस्यौ । हुन त जोगीमाराको दुर्घटाना अघि र त्यस पछी पनि बस दुर्घटना भै नै रहे । तर टेलिभिजनमा प्रसारण भएको यो 'जोगीमारा रिपोर्टहरु' ले सबैको ध्यानाकर्षण भयो । त्यस अवस्थामा संम्बन्धित निकाय सबैलाई छिटो काम गर्न दबाब पनि भयो । हामीलाई लाग्छ नेपालको टेलिभिजन रिपोर्टिङ ईतिहासमा यो रिपोर्टिङ एक कोशे दुङा थियो । मैले जीवनमा धेरै बिषयमा स्थलगत रिपोर्टिङ गरे , कार्यक्रम बनाए । कुन विषयमा रिपोर्टिङ गरे भन्नु भन्दा पनि , कुन बिषयमा गरिन भनेर सोच्ने पर्ने हुन्छ । कालान्तरमा मैले आफ्नो पहिलो किताब खुसी मा यसरी लेखे ; सिसुवा बेलहीमा झुपडी जलेर सारा गाउ खरानी भएको समाचार आयो । पाकेको भात छाडेर राति आठ बजेक्यामरापर्सन विमल राणाका साथ त्यो गाउँ खोज्दै मधेसतर्फ हानिएँ । विमलले चलाएको हाइस्पिड कार पन्चरभएर पल्टियो । आगलागीको समाचार खिच्न गएका हामी आफैं झन्डै खरानी भएका ! पृथ्वी राजमार्गको जोगीमारा भीरबाट गुल्टेर एउटा बस वर्षायामको त्रिशुलीमा कता हो कता हरायो । मानिसकोलाससमेत फेला परेन । म तीन दिनसम्म बाढीले उर्लेको त्रिशुली नदीमा कहाँनेर फेला पर्छ भनेर जलप्रवाह हेरेर बसें। दृश्य खिच्ने र रिपोर्टिङ गर्ने ठाउँसम्म पुग्न हामीलाई डोरीको सहारा लिनुपथ्र्यो । तीन दिन भीरमा बसेर बगेकोपानी हे¥याहे¥यै गरेपछि, कैयांै दिनसम्म मलाई जुन बेला पनि रिङटा लाग्ने भयो । नेपालीले बस फेला पार्न नसकेपछि बङ्गलादेशबाट गोताखोर ल्याइए । नदीमा पस्नुअघि शरीरमा तेल र मुहारमाफूर्ति लगाए बङ्गाली गोताखोरले । पानीमा पसेका मात्र के थिए, त्रिशुलीको भेलले तिनलाई बगाएर आधाकिलोमिटर पर थचारिदियो । ‘यो बङ्गालको जस्तो सजिलो पानी होइन’ भन्दै लजाए गोताखोर । फेरि पानीमा पसेनन् । आगो, पानी, भुइँचालो मात्र होइन शीतलता, न्यानोपन र करूणाका भावनासित पनि टेलिभिजनले मलाईनजिकैबाट परिचय गरायो । तीन दशकमा मैले कुनकुन विषयको कार्यक्रम गरें भन्नुभन्दा, कुन विषयको पो गरिनँभनेर सोच्नुपर्ने हुन्छ । ‘जीवनलाई चारैतिरबाट हेरें, आगोमाथि पनि मैले नाचिहेरें’ भन्ने गीत गाउँदै हिँड्थें म । ' आज दसकौ पछी फर्केर हेर्दा हामीले बिताएका ती सुखद र दुखद दिनहरुको याद ताजा भएर आउछ । मैले यु मैटिक लो ब्यान्ड क्यामेरा युगबाट काम सुरु गरे । भारी गरुङा क्यामेरा हुन्थे । आज क्यामेरा युनिटको जुन भार हुन्छ , तीभन्दा दसौ गुना भारी , अपठ्यरा , असजिला थिए । तर ती भारी , अपठ्यरा र असजिला क्यामेरा र एडिटिङ मसिनहरुबाटै , हामीले नेपाली टेलिभिजन इतिहासको , नेपाली श्रव्यद्रश्य इतिहासका कतिपय कायजयी क्षणहरुलाई क्मारेरामा कैद गर्यौ । म कृतज्ञ छु मेरा सबै प्राविधिक मित्रहरु प्रति , जसले हामीले बिताएका तिता वा मिठा वा पट्यारलाग्दा तिनै थरि सम्झनालाई सदाका लागी जीवन दिए ।

Vijay Kumar Panday

45,805 Aufrufe • vor 2 Jahren