Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

खै के लेखौँ शब्द नै आएन 🫢 तर मलाई मनपर्ने पुरानो गित🎶🎶

10,879 görüntüleme • 4 ay önce •via X (Twitter)

0 Yorum

Yorum bulunmuyor

Orijinal gönderinin yorumları burada görünecek

Benzer Videolar

विश्वास मरेको राजनीति! आदर्श मरेको समाज! चार महिनाअघि मैले एउटा राजनीतिक समूहमा एउटा जटील राजनीतिक विषयमा तथ्य बोल्नु पर्ने भयो। सहभागीहरूले मैले प्रस्तुत गरेको तथ्य सहजै पत्याउने छैनन् मलाई थाहा थियो। त्यसैले मैले भिडियोमा देखिएकी ज्यादै नै कमजोर अवस्थामा रहेकी र अत्यन्त गम्भिररूपमा विरामी मेरी आमाको नाममा कसम खाँदै “म एक शब्द पनि ढाँट्दिन, एक शब्द बढाएर या घटाएर भन्दिन; कुरा यो, यो हो” भनेर जे वास्तविकता हो, त्यही भनेँ। मेरी त्यस्तो अवस्थामा रहेकी आमाको नाममा खाएको कसम त पक्कै विश्वास गरे होलान् भन्ने मलाई लागेको थियो। तर कतिपयले पटक्कै विश्वास गरेन छन् र उल्टै विविध टिप्पणी गरेछन्। यो ठूलो विषय होइन तर यसले नेपाली राजनीति र समाजको गम्भिर समस्यालाई संकेत गर्छ। यसको मूल कारण के हो भने, नेपालको राजनीतिमा मान्छेले साँचो पनि बोल्न सक्छ, स्वार्थरहित काम/कुरा पनि गर्न सक्छ भन्ने विश्वास नै मरिसक्यो। किनभने, राजनीतिक नेतृत्वमा रहेका अधिकांशको जीवन नै अविश्वास, असत्य र षडयन्त्रमा वितेको छ। राजनीति भनेको यस्तै हो भन्ने परेको छ। आफूले जे देख्यो र जे भोग्यो, मान्छेले बाँकी संसारलाई त्यही आँखाबाट हेर्ने हो। अन्यथा, भिडियोमा देखिएको अवस्थामा रहेकी मेरी आमाको नाममा खाएको कसम विश्वास नगर्नु पर्ने अर्को कारण हुनै सक्दैन। हामीले विश्वास मरेको राजनीति र आदर्श मरेको समाज निर्माण गरेका छौँ। जे रोप्यौँ, त्यही फल्ने हो। सके बदलौँ, नसके भोगौँ। अर्को उपाय नै के छ र!

Rabindra Mishra

20,176 görüntüleme • 1 yıl önce

कक्षा १२ को नतिजा छिट्टै नै प्रकाशन हुँदैछ। प्रथमत: परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई शुभकामना। परीक्षाफलले अब शैक्षिक मार्ग कस्तो लिने भन्ने निर्धारण गर्न सक्छ, तर त्यो भन्दा अगाडि अभिभावकले आफ्ना बालबालिकालाई अन्तरमुखी भएर केही प्रश्न सोध्न प्रेरित गर्नुहोला - म को हुँ? मलाई के कस्ता काम गर्न मन पर्छ? मेरो रुची केमा छ? मेरो खुबी र क्षमता केमा छन्? यिनै प्रश्नको जवाफ खोजेमा नै विद्यार्थीले आफू कुन क्षेत्रमा अब्बल हुन सक्ने भन्ने बारे निर्धारण गर्न सक्छन्। कहाँ पढ्ने, के पढ्ने, कस्तो सीप सिक्ने, छात्रवृत्तिको अवसर के कस्तो छ, आदि सबै बारे जानकारी दिन सन् २०१८ देखि प्राविधिक शिक्षा तथा तालिम परिषद अन्तर्गतको career guidance nepal सञ्चालनमा रहेको छ। विद्यार्थीलाई यो वेबसाइटको भरपूर उपयोग गर्न पनि सहयोग गर्नुहोला - तर परीक्षाफल सोचे जस्तो नआउन पनि सक्छ। हाम्रो समाजमा परीक्षा र परीक्षाको प्रतिफललाई विद्यार्थीको सम्पूर्ण भविष्य, उनीहरुको दक्षता, क्षमतासँग जोडेर हेर्ने चलन छ। तर यसले विद्यार्थी र अभिभावकको समेत मानसिक स्वास्थ्यमा पर्ने असर बारे हामीले कुरा गर्दैनौँ। यसैले हामीले यस्तो क्षणमा कसरी एक-अर्काको ढाडस बन्न सक्छौँ? विद्यार्थीले यस्तो समयमा कसरी आफूलाई सम्हाल्ने? अभिभावकले कसरी विद्यार्थीसँग आफ्ना कुरा व्यक्त गर्ने? समाजको दायित्व के कस्तो हुन्छ? - भन्ने बारे मानसिक स्वास्थ्य विशेषज्ञ कृपा सिग्देलबाट सुन्नुहोस्:

Sumana

27,799 görüntüleme • 2 yıl önce

हालै पुर्वराजा ज्ञानेन्द्र शाहले एक यस्तो सवाल सार्वजनिक रुपमा नै सोधेका छन , जस्ले मलाई केही सोच्न बाध्य गरायो । उनले भनेका छन 'नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद हुदैन ।' अनि म यो पनि सोच्दै छु - यही सवाल उनको मनमा ६२, ६३ साल अघि किन नआएको होला ? फेरी सोच्छु - मान्छेको जीवन, सिधा रेखामा कहा हिडछ र ? बिभिन्न खाले विराधाभाषको अर्को नाम हो , तपाई हाम्रो सबैको जीवन ! कसैलाई दोषारोपण र महिमागान गरेको होइन। त्यो काम हामी सबैले धेरै गरिसक्यौ। तात्विक नतिजा केही आएन। अब म सम्यक भावले बुझ्न चाहन्छु , धेरै । र , उत्तेजित भावमा 'जज' गर्न चाहन्छु थोरै ... I want to understand more, judge less. यो क्लिपमात्र होइन, युट्युबमा पुरा पोडकास्ट पुरा हेरेर मात्र कमेन्ट गर्दा राम्रो हुन्छ । अहिले पानी पर्दैछ । मलाई रुझेर हिडन मज्जा लाग्छ । एउटा भनाई छ नि - 'झरीमा नाच्नने रहर त धेरैलाई लाग्छ तर उनीहरु भिजिन्छ भनेर डराउछन ।' जुन दिन आशा र भयको दाम्लो अलि खुकुलो हुन्छ , तब झरीमा निरुद्देशीय हिडनुको मज्जा हामीलाई पर्खी बसेको हुन्छ :) Enjoy the day ! सबैलाई शुभदिन !

Vijay Kumar Panday

31,996 görüntüleme • 1 yıl önce

कृपया यो ४ मिनेट ५७ सेकेण्डको भिडिओ एकपटक धैर्य गरेर हेर्नुहोला I अब्दुस मिया हिजो के थिए र आज के भए अनी भोली के हुदैछन भन्ने कुरा घामजस्तै छर्लंगै देख्न सक्नुहुनेछ I प्रिय अब्दुस मिया तिम्रो लागी शब्द अरुनै प्रयोग गर्न मन थियो तर त्यो प्रयोग गर्न मेरो संस्कार र पारिवारिक लालन पालनले अनुमति दिदैन I तर नयाँ र बैकल्पिक राजनीतिको घाटी निमोठेर दाहसंस्कार गर्ने पात्र तिमी नै हौ भन्न चाइ मैले कुनै संकोच मान्दिन I हिजो तिमीले कहाँबाट राजनीति सुरु गर्यो र आज तिमी कहाँ उभिएका छौ यो भिडिओ हेरेपछि एकपटक आफ्नो मुख ऐनामा हेर I अनी पनि आफुलाई जिउदो राजनीतिज्ञ भन्यौ वा मान्यौ भने मान की तिमी केपी ओली पछिको केपी ओली हौ I जब तिमी केपी ओली पछिको केपी ओलीनै हौ भने सामाजिक संजालमा तिम्रा यस्ता स्टाटस भनेका सामान्य नै हुन I किनकि नया र बैकल्पिक राजनीतिको घाटी निमोठेर हत्या गरि भ्रष्टपथमा लागेका तिमी जस्ता स्वार्थका झुण्डहरुलाई फेरिपनि बैकल्पिक राजनीति असफल भएको हेर्न मन छ I तर हामी असफल हुन दिदैनौ I तिमी जस्ता भ्रष्टचारिका मतियार हरुलाई असफल गराएरै छाड्ने छौं I तिमीसंग सत्ता छ,तिमीसंग शक्ति छ,तिमीसंग यो देश लुटेको दौलत छ I तर हामीसंग जनता छन I आओ मैदानमा मियाँ साहेब अन्तिम थोपा रगत रहुन्जेल तिमीहरु जस्ता भ्रष्टका मतियार हरु संग लड्छौ र तिमीहरुलाई पराजय गरेरै छाड्ने छौं I Abdus Miya K P Sharma Oli

डाँडाघरे~रबि को परिवार

19,900 görüntüleme • 1 yıl önce

"दाइsss, भोटै छैन के राजाको पक्षमा। यी हेर्नोस् न सर्भे! राजाको विषय थाँति राखौँ।" उनले राजनीति शुरू गर्नुअघि भनेको त्यो वाक्य म सायद कहिल्यै विर्सन्न। प्रतिउत्तरमा मैले भनेको थिएँ: अलि बढी नै आदर्शवादी भए झैँ सुनिएला तर वास्तविकता के हो भने "तपाईं भोटका लागि राजनीति गर्दै हुनुहुन्छ। म देशका लागि राजनीति गर्दैछु।" म मुर्ख थिइन। त्यतिबेलाको परिस्थितिसँग म राम्ररी अवगत थिएँ। मलाई "मार्ग परिवर्तन"बाट मेरो भोटमा पर्ने असरका बारे राम्रैसँग थाहा थियो। तर म "व्यक्ति जित्ने, देश हार्ने राजनीति" गर्दिन भन्नेमा दृढ थिएँ। गत एक/डेढ वर्षमा परिस्थितिमा व्यापक परिवर्तन आएको छ। अहिले लाग्दैछ सिङ्गो देशले "मार्ग परिवर्तन" गरिरहेको छ। केवल नेताहरूले "मार्ग परिवर्तन" गर्न बाँकी छ। यो बिर्तामोड, झापाको मात्र दृष्य हो। देशैभरी यस्तै छ। यो मानव आँधीलाई अब "दुषित अग्रगमन"ले थेग्न सक्ने कुनै संभावना छैन। २०६२/०६३ सालको मानव आँधीले "अग्रगमन" जस्तो पवित्र शब्दलाई दुषित मात्र बनायो। यो पटकको आँधीले त्यो दुषितता सबै सोह्रेर लगोस्। विशुद्ध अग्रगमन बाँकी रहोस्!

Rabindra Mishra

67,568 görüntüleme • 2 yıl önce

यो रेडन कलेज नजिकै सामाखुसी खोलाको दृष्य हो । आजकल यता केहि दिन बिराएर यस्तो दृष्य देखिरहन पाइन्छ । केहि समय अघिसम्म यो खोलामाथि सिमेन्टको स्लाव हालिएको थियो, नेपाल सरकारको पैसामा । त्यतिबेला खोलालाई किन यसरी छोपेको होला भन्दा गाली खाइन्थ्यो । यो खोला छेउमा बस्न परेको भए थाहा पाउँथिस् यो नछोप्दा कति सास्ती हुन्छ जनतालाई भनेर तेताका मान्छेले गाली गर्थे । नयाँ मेयर आए सँगै यो स्ल्याव तोडिने भयो रे भन्ने सुनेर खुसी लाग्यो । पढेलेखेको खत्रा मान्छे मेयर भा’छन् भन्ने सुनेपछि अब यो खोलामा ढल होइन पानी बग्ला भन्ने सोचेरौ मन आनन्दित भएको थियो । तर भयो के भने ठ्याक्कै वर्खाको मुखमा स्ल्याव फोडियो । वर्खामा खोलो कता कता ब्लक भएर यताका धेरै घरतिर पानी छिरेर बिजोग भयो रे । सबभन्दा दुखको कुरा खोलाको दुबैतिर साँघुरो बाटो छ । कहिले दुई पाङ्ग्रे त कहिले चार पाङ्ग्रे नै सडकबाट खोलामा खसिरहने रछन् । कम्तिमा पढेलेखेको जानेको मेयरले त्यो सडकको किनारामा अस्थायी नै भए पनि बार लगाईदिएको भए यो खस्न कम हुन्थ्यो होला । भत्काएको एक वर्ष भैसक्दा अझै न त्यो बाटो बढाउने काम भएको छ, न खोला सङ्ग्लिएको छ, न छेउमा बार हालेर बाटो सुरक्षित बनाउने काम नै भएको छ । अरुलाई भन्न सजिलो हुन्छ, तर भाँती मिलाएर गरेको जस्तो खास्सै लागेन है त्यो सामाखुसी खोलातिर हेर्दा । ए अँ ! त्यो स्ल्याव फोर्दा निस्किएको कवाडी रड चाईं समयमै बिक्री भयो रे भन्ने सुनियो । तपाईंहरु भगवान बनाउँदै गर्नुस् तर मलाई चाईं ताइ न तुइका स्टन्टगिरी बाहेक खास्सै नयाँ केहि गर्लान् जस्तो लागेन है !! लु गाली गर्नुस् अब ;))

स्वारी ;))

47,790 görüntüleme • 2 yıl önce

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर। सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणीत भए तिरौला पनि।यत्रो ऋणको लिनेलाई नै कुनै अत्तो पत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ। ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र? हिजो सम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर-छिमेकीलाई डिस्टर्ब हुन्छ। भिडियो हेर्नू होला।

Rabi Lamichhane

170,579 görüntüleme • 2 yıl önce

मैले त चुनाव हारेँ तर जित्ने नेता यस्ता नहुन्! “यस्तो सम्मान र स्वागत अमेरिकाको राष्ट्रपति आउँदा एकपटक देखिएको थियो, त्यसपछि कहिल्यै देखिएको थिएन। अहिले नेपालको प्रधानमन्त्री आउँदा देखियो भनेर मलाई भारतीय नेताहरूले समेत भने।“ प्रधानमन्त्रीले संसदमा त्यसो भन्दा धेरै सांसदले ताली पनि पिटे। के बोल्ने थाहा छैन। के नबोल्ने पनि थाहा छैन। तर चुनाव जितेको जित्यै छन्। प्रधानमन्त्री भएको भएकै छन्। देशको प्रधानमन्त्रीको यो र यस्तै स्तरका टिप्पणीहरू हेरेर विदेशीहरूले के भन्ठान्दा हुन्! “औपचारीक भ्रमण”लाई “राजकीय भ्रमण” भनेर प्रधानमन्त्रीको कार्यलयकै ट्विटरमा लेखिँदा के सोच्दा हुन्। एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भ्रमण गर्दा महिनौँदेखि त्यसको सार्वजनिक चर्चा अनि प्रधानमन्त्रीकै तहबाट बारम्बार भ्रमण “ऐतिहासिक” हुन्छ, कुन्नी के, के हुन्छ भनिरहेको देख्दा कति छक्क पर्दा हुन्। परराष्ट्रजस्तो विश्व राजनीतिमा अत्यन्तै महत्वपूर्ण मन्त्रालय हाँक्ने एकपछि अर्को मन्त्रीहरूको स्तर देखेर के भन्दा हुन्। हाम्रो भ्रमण दलका सदस्यहरू ठाऊँ-कुठाऊँ मोबाइलमा फोटो र सेल्फी खिचेको देख्दा कति हाँस्दा हुन्। अनि यिनलाई बाटोमा दुईवटा गलैँचा ओछ्याएर केही महिला नचाउँदा “गज्जबको स्वागत” नलागे, कसलाई लागोस्? यिनीहरू यही स्तरको स्वागतका लागि योग्य छन् भन्ने संभवत: host (आतिथेय) राष्ट्रले पनि बुझिसक्यो। विश्व राजनीति हाँक्ने देशका नेतालाई हाम्राजस्ता नेताबाट “चाहेको कसरी लिने र बदलामा आश्वासन कसरी दिने” भन्ने थाहा नहुने कुरै भएन। अझ पाराकाष्ठा त के भने, हाम्रा नेता र भ्रमण टोलीमा “सात वर्षअघि नै दिने समझदारी भएको १५ वटा राँगो, प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणमा लिनु उपयुक्त देखिँदैन, यसलाई पछि गरौँ” भन्नेसम्म बुद्धी देखिएन। मैले दुई दिनअघि लेखेको थिएँ, “राष्ट्र र राज्यका रूपमा हाम्रो benchmark (स्तर-तह) यति तल झरिसक्यो कि अब त्यसलाई उठाउन धेरै कठिन छ।“ जनताले पत्याएनन्, मैले त चुनाव हारेँ -- ठिकै छ। तर यस्तो स्तरका नेताले चुनाव नजितुन्! (भिडियो:

Rabindra Mishra

95,275 görüntüleme • 3 yıl önce

मलाई प्राप्त सन्देश जस्ताको त्यस्तै- एक फूटसल व्यवसायी उद्यमीको नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह Balen Shah का नाममा खुलापत्र सम्माननीय प्रधानमन्त्रीज्यू, सर्वप्रथम, देशको नेतृत्व सम्हाल्दै युवाहरूको आशा र भरोसाको केन्द्र बन्नुभएकोमा यहाँलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु। म काठमाडौँमा ऋणधन गरेर, देशमै केही उद्यम गर्छु भनी लागिपरेको एक सामान्य युवा फुटसल व्यवसायी हुँ। हजुर आफैँ पनि युवाहरूको भावना, खेलकुदको महत्त्व र उद्यमशीलताको मर्म बुझ्ने नेतृत्व हुनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ, आज मेरो मात्र नभई सम्पूर्ण फुटसल व्यवसायी र हजारौँ खेलप्रेमी युवाहरूको साझा पीडा यो खुलापत्रमार्फत यहाँसमक्ष राख्दै छु। प्रधानमन्त्रीज्यू, पछिल्लो समय प्रहरी प्रशासनले राती ८ बजे नै फुटसल बन्द गर्नुपर्ने भनी जारी गरेको कडा नियमले हामी व्यवसायीहरू मर्नु न बाँच्नुको अवस्थामा पुगेका छौँ। हजुरलाई अवगत नै छ, दिनभर अफिसमा काम गर्ने कर्मचारी हुन् वा व्यापार-व्यवसायमा खट्ने व्यापारी, उनीहरूसँग दिउँसो फुर्सद हुँदैन। दिनभरको काम र तनाव सकेर, बेलुकी साथीभाइ भेट्न, रिफ्रेस हुन र शारीरिक रूपमा स्वस्थ रहन उनीहरूले रोज्ने भनेकै फुटसल हो। तर, अफिसबाट निस्केर ७-७:३० बजेतिर बल्लतल्ल जम्मा भएर खेल्न सुरु गर्दा नगर्दै "८ बजिसक्यो बन्द गर्नुस्" भन्दै प्रहरी आउँदा खेलप्रेमीहरू अत्यन्तै निराश हुनुपरेको छ। हामीलाई सबैभन्दा अचम्म लागेको कुरा प्रशासनको नीतिगत विभेद हो। राती ९ बजेसम्म सहरका जिमखानाहरू खुल्न पाउँछन्, रेस्टुरेन्टहरू निर्बाध चल्छन्, बजार र पसलहरू खुला रहन्छन् तर विशुद्ध स्वास्थ्य र खेलकुदसँग जोडिएको फुटसलचाहिँ किन ८ बजे नै बन्द गर्नुपर्ने? के खेलकुद अपराध हो र? एउटा फुटसल निर्माण गर्न करोडौँको लगानी लागेको हुन्छ। दिउँसो चर्को घाम र गर्मीका कारण प्रायः कोही पनि खेल्न आउँदैनन्। हाम्रो मुख्य व्यापार हुने र दुई पैसा आम्दानी हुने समय नै साँझ ७ बजेदेखि ९ बजेसम्म हो। तर, त्यही पिक आवरमा सिधै आएर '८ बजे बन्द गर' भनिदिँदा हामीले जग्गाको महँगो भाडा, बैंकको चर्को ब्याज, स्टाफको तलब र सरकारलाई तिर्ने ट्याक्स कसरी जुटाउने? व्यवसाय नै धरापमा परेपछि हामी युवाहरूले फेरि खाडीकै बाटो तताउनु पर्ने हो र? यदि प्रशासनको चिन्ता सुरक्षालाई लिएर हो भने, हामी पूर्ण रूपमा जिम्मेवार छौँ। हामीले फुटसलमा खेल्न आउने हरेक टिमको सम्पर्क नम्बर रेकर्डमा राखेका हुन्छौँ। फुटसलभित्र को-को आए, को-को बसे, कुन नम्बरको बाइक वा गाडीमा आए भन्ने सम्पूर्ण विवरण हाम्रो अत्याधुनिक सीसीटीभी (CCTV) क्यामेरामा सुरक्षित रेकर्ड भएको हुन्छ। सुरक्षाको दृष्टिकोणले हामीले कुनै कसर बाँकी राखेका छैनौँ। अन्तमा, देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेर युवाहरूको हरेक समस्यालाई सुक्ष्म रूपले नियाल्ने हजुरबाट हामीले ठूलो आश गरेका छौँ। नियम कानुन पक्कै पनि समाजको हितका लागि हुनुपर्छ, तर व्यवसाय नै मास्ने गरी होइन। कृपया हामी युवालाई स्वदेशमै काम गरेर खान दिनुस्। प्रशासनलाई निर्देशन दिएर यो ८ बजेको अव्यवहारिक नियमलाई तत्काल परिमार्जन गरी राती कम्तीमा ९ बजेसम्म फुटसल सञ्चालन गर्न पाउने व्यवस्था मिलाइदिनुहुन सविनय अनुरोध गर्दछु। भवदीय, एक पीडित युवा फुटसल व्यवसायी काठमाडौँ, नेपाल।

Gajendra Budhathoki ♿

39,703 görüntüleme • 2 ay önce

भ्रस्टाचारको विषय र यसलाई कसरी रोक्ने ? यो प्रशन नेपालको कुनै बुढा वा युवा भनिने अलि कम बुढा वा युवा नेतालाई सोध्न मलाई अर्थहीन लाग्छ । नेपालका सबैभन्दा ठूला व्यक्तिगत करदाता, उधोगपति, समाजसेवी विजय शाहलाई सोधे । अरु धेरै कुरा सोधे, गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छालाई पनि । आज हामी १० भागको एक मौलिक प्रकृतिको भिडियो सिरिजको पहिलो झलक (First Look) जारी गर्दैछौ । म अहिले मेगन नाल्बोलाई सम्झदै छु, जस्ले पहिलो लन्च भेटमा मलाई भनिन – ‘Vijay , you are bleeding with judgements (तिमी हरेक विषयमा तत्काल फैसला दिदै छौ )। मैले पनि उनलाई हाई टेम्पप्रेचर मा जवाफ फर्काए । त्यसको धेरै समय पछी, एक दिन उनले शान्त भावले भनिन ‘ Vijay,I think both of us need to take a pause .’ (हामी दुबै एक पटक थामिएर हेर्न जरुरी छ ।) ‘ बिस्तारै म यो सिरिज बनाउने विषयमा सोच्न थाले । कयौ विषय छन , जस्लाई हामीले नया आंखाले हेर्न नै बाकी छ। एक दिन, मैले बर्षौ काम गरेका क्यामेरापर्सन मित्र सुरेश र प्रबोधलाई फोन गरेर - ‘ अब हामीसंग क्यामेरा छैन , स्टुडियो पनि छैन । तर फोन त छ नि । के तिमीहरुले मोबाईल फोनमा स्मरणीय सिरिज खिच्न सक्छौ ? विषय शानदार छ , चुनौतीपुर्ण छ । ’ उनीहरु तैयार भए , फुर्सतको समय निकालेर अलि अलि खिच्ने गरी । अस्ति सांराश बिदामा आयो। उ कुनै प्रोफेसनल क्यामेरापर्सन होइन । सामान्य बिधार्थी हो । तर युवा पुस्ताको कौशल देखेर म चकित भए .. उस्ले आजै बिहान फुलचोकी रोडमा मेरो इन्ट्रो खिच्यो । त्यस पछी सुरेस , प्रबोध र संजयको कामलाई फाइनल एडिट गर्यो । अनि माइक्रो बस चढेर पुराना साथी भेटन हिड्यो .. यो सिरिज सम्झन लायक बनाउने हाम्रो कोशिस रहनेछ ..

Vijay Kumar Panday

16,425 görüntüleme • 1 yıl önce

मैले सोधे नेपाल त फर्कनुभयो अब यहाँ के गर्ने योजना छ? उहाँहरूको उत्तर थियो -- नेपालमै रोजगार हुने वातावरण दिनुस् न। हामीले ५ वर्ष क्याट्रिन गरेर आएका छौं, ६०० जना जति एउटै कम्पनीमा काम गर्थ्यौं, नेपालमा ठूला ठूला होटेल सजिलै चलाउन सक्छौं, तर खै नेपालमा आश छैन, एक दुई महिना परिवारसँग बसेपछि फेरि विदेशमै जागिर खोज्न जानुपर्ने त होला !! यो संवादले निकै संवेदनशील विषयको दर्पण गरेको छ। रोजगारी र अवसरको खोजीमा दैनिक रुपमा सयौं युवाहरूले देश छोडिरहेका छन् भने यसरी कामको contract सकिएर, थप काम गर्ने वातावरण नभएर, वा कुनै पनि कारणले आफ्नो देश फर्कने युवाहरू पनि छन् तर विडम्बना आफ्नै देशमा केहि गरौँ न त भन्नेहरुलाई फेरी विदेश नै जान वाध्य बनाउने हाम्रो सामाजिक, आर्थिक र राजनैतिक प्रणाली बनेको छ। प्रत्येक देशमा रहेको नेपाल एम्बेसीले नेपाली श्रमजीवीहरु कहाँ छन्, कुन अवस्थामा छन्, proper data मेन्टेन गर्ने र कुनै पनि सहयोग र सहजीकरण चाहिएको अवस्थामा भरपर्दो अभिभावकको भुमिका खेल्ने गरी अग्रसर हुनु अनुरोध गर्दछु। साथै, नेपाल फर्किएका युवाहरूले प्रवासमा सिकेर भोगेर देखेर आफू सँगै ल्याएका सिप सिकाई दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्न सक्ने वातावरण बनाउने हो भने उहाँहरू लगायत अरु थुप्रैलाई देशमै रोजगारी सिर्जना गर्न सकिन्छ। #निलो_क्रान्ति #मेरोबिदा_मेरोदेशको_लागि #RSP #देश_बनाऔँ_अभियान #drtoshimakarki #YouthEmpowerment #Employment #WeAreYouth #WeCanGive #Doha #Qatar #USA #nepalinewspaper

Dr.Toshima Karki

23,999 görüntüleme • 1 yıl önce

प्रिय नेपाली कांग्रेसका नेताज्युहरुमा मेरो नमस्कार । आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दैछु। तपाईंको पार्टीले म माथी कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ। म तीनको जवाफ सदनमा उभिएर दिन चाहन्थें। तर तपाईहरुले प्रधानमन्त्रीको जवाफ माग्नु भो। प्रधानमन्त्रीको जवाफ पाए पछि अब फेरि तपाईलाई संसदीय समिति चाहिएको छ। सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हु, न त्यहाको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु। अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला?? तपाईंहरु आफै सरकारमा हामी प्रतिपक्षमा हुदा तपाईंहरुले चरम दवाब दिदा समेत प्रहरीले दर्ता गर्न समेत योग्य नठानेको तर बुझिलिएर बिना दर्ता कतै राखिछाडेको ठाडो उजुरी बाहेक केहि हैसियत नभएको चिर्कटो बोकेर सदन नै अबरुद्ध गर्नु पर्ने कारण बारे "एक बहस तो बन्ता है" !! प्रमाण भेटिदा बालकृष्ण खाँडलाई घरबाट टिपेर लानु हुने तपाईहरुले प्रमाण पाएको भए मलाई यत्तिका समय, के माया लागेर छोड्नु भएको हो र ? म त प्रतिपक्षमा थिएं। सक्दो गर्नु भो, केही नलागे पछि Conflict of Interest भए पनि Create गरौ भनेर यो सब प्रपंच गर्नु भो। त्यसैको आडमा सारा हर्कत गर्दै हुनु हुन्छ। This is not CONFLICT OF INTEREST, This is A PRINCIPLE OF CREATING CONFLICT OF INTEREST. नेपाली कांग्रेसका निष्ठावान साथीहरूलाई यो कुरा थाहा होस् भनेर सप्रेम यति वर्णन गरेको हुँ। यस्तो स्तरहिन राजनीतिले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दललाई कहाँ पुर्याउला?? आफू माथी निरन्तर प्रश्न उठ्दा म कहाँ गएर बोलौं? मेरो जवाफ सुन्न नचाहने/नसक्ने तपाईहरुलाई मेरो विनम्र अनुरोध सहितको अफर सार्वजनिक गर्दैछु। तपाईंहरुले भनेको दिन,स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौं। त्यो बहस काठमाडौ-४ मा भए राम्रो। म एक्लै आउछु, तपाईं आफ्ना विज्ञ,पार्टीका सम्पुर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पुर्ण प्रमाण बोकेर आउनु होला। यो बहस LIVE गरौं ताकी सिङो देशले हेरोस्। सारा देशका अगाडी तपाइहरुले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदाता माथी न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ। मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ,कतै,केही लेख्न बोल्न पर्दैन।दायाँ बायाँ केही कुरा नगर्नु होला। वस्, तपाईं मलाई यत्ती मात्र भन्नुस्,म कहिले कहाँ तपाईका आरोपहरुको जवाफ दिन आँउ? हैन भने, छोढ्दिनुस् यो बाल हठ। मेरो यो चुनौतीलाई प्रतिशोधका रुपमा लिनपनि आवश्यक छैन। सशक्त प्रतिपक्षी बनेर जनताको मन जित्नुस्। हामी माथी रचनात्मक दवाब बढाउनुस्। भर्खर जन्मेको दल भएपनि एक वर्षमा शायद हामीले राम्रो प्रतिपक्ष बनेर देखायौं। त्यो भन्दा प्रभावशाली बनेर हामीलाई पाठ सिकाइदिनुस्। यस्तो स्तरहिन हर्कतले कुनै नेताको कुण्ठा शान्ता होला तर कांग्रेस जस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठा लाई शोभा दिदैन। सुर्यदर्शन सहकारीका पीडितहरुलाई भेट्न सार्वजनिक अपिल गरिसकेको छु। संघर्ष समिति सँग त आफ्ना कुरा राखिसकेको छु। प्रष्ट हुनुस् : सहकारी पीडितले न्याय पाउछन्। जय नेपाल (पार्टी वाला होइन, देश वाला) Rabi Lamichhane

Pradip Bhattarai

12,618 görüntüleme • 2 yıl önce

यतिका दिन पछी पनि मुगलिङ नारायणघाट खण्डको सिमतालमा पहिरोमा बगेका बस फेला परेका छैनन । हाम्रो प्रार्थना ती बसमा रहेका र तिनको परिवारजनका साथमा छ । म बुझ्न सक्छु उनीहरुको पिडा । किनभने मैले त्यसतै खालको बेदना कतिब ३७ बर्ष अघि नजिकबाट महसुस गरेको थिए । पृथ्वी राजमार्गको जोगीमारामा एउटा यात्रुबाहक बस खसेर त्रिशुली नदीमा खसेको थियो ।कयौ दिनसम्म न यात्रु फेला परे न बस । ती दिनमा हामी नेपाल टेलिभिजनका लागी काम गर्थ्यौ । मोबाइल दुनियामा आएकै थिएन । जोगीमारा करिब ९१ किलोमिटर पर्छ काठमाण्डौबाट । क्यामेरापर्सन एवम मेरा मित्र लक्ष्मण उप्रेती भोर बिहानीको अन्धकारमा काठमान्डौबाट निस्कन्थ्यौ । दिउसो बस खोजीका समाचार खिच्थ्यौ । राती दौडादौड गरेर काठमाण्डौ फर्कन्थ्यौ । छायाङकन, एडिटिङ उपकरण अहिलेको तुलनामा धैरै अपठ्यारा र भारी हुन्थे । नेपाल टेलिभिजनमा राती प्रसारण भए पछी हामी मुश्किलले निदाउथ्यौ ।किनभने भोली पल्ट बिहान ४ बजे फेरी जोगीमारा तर्फ लाग्थ्यौ । एवम क्रमले तिन चार दिन बिते । एक रात चाही हामी नसकेर त्यतै बास बस्यौ । हुन त जोगीमाराको दुर्घटाना अघि र त्यस पछी पनि बस दुर्घटना भै नै रहे । तर टेलिभिजनमा प्रसारण भएको यो 'जोगीमारा रिपोर्टहरु' ले सबैको ध्यानाकर्षण भयो । त्यस अवस्थामा संम्बन्धित निकाय सबैलाई छिटो काम गर्न दबाब पनि भयो । हामीलाई लाग्छ नेपालको टेलिभिजन रिपोर्टिङ ईतिहासमा यो रिपोर्टिङ एक कोशे दुङा थियो । मैले जीवनमा धेरै बिषयमा स्थलगत रिपोर्टिङ गरे , कार्यक्रम बनाए । कुन विषयमा रिपोर्टिङ गरे भन्नु भन्दा पनि , कुन बिषयमा गरिन भनेर सोच्ने पर्ने हुन्छ । कालान्तरमा मैले आफ्नो पहिलो किताब खुसी मा यसरी लेखे ; सिसुवा बेलहीमा झुपडी जलेर सारा गाउ खरानी भएको समाचार आयो । पाकेको भात छाडेर राति आठ बजेक्यामरापर्सन विमल राणाका साथ त्यो गाउँ खोज्दै मधेसतर्फ हानिएँ । विमलले चलाएको हाइस्पिड कार पन्चरभएर पल्टियो । आगलागीको समाचार खिच्न गएका हामी आफैं झन्डै खरानी भएका ! पृथ्वी राजमार्गको जोगीमारा भीरबाट गुल्टेर एउटा बस वर्षायामको त्रिशुलीमा कता हो कता हरायो । मानिसकोलाससमेत फेला परेन । म तीन दिनसम्म बाढीले उर्लेको त्रिशुली नदीमा कहाँनेर फेला पर्छ भनेर जलप्रवाह हेरेर बसें। दृश्य खिच्ने र रिपोर्टिङ गर्ने ठाउँसम्म पुग्न हामीलाई डोरीको सहारा लिनुपथ्र्यो । तीन दिन भीरमा बसेर बगेकोपानी हे¥याहे¥यै गरेपछि, कैयांै दिनसम्म मलाई जुन बेला पनि रिङटा लाग्ने भयो । नेपालीले बस फेला पार्न नसकेपछि बङ्गलादेशबाट गोताखोर ल्याइए । नदीमा पस्नुअघि शरीरमा तेल र मुहारमाफूर्ति लगाए बङ्गाली गोताखोरले । पानीमा पसेका मात्र के थिए, त्रिशुलीको भेलले तिनलाई बगाएर आधाकिलोमिटर पर थचारिदियो । ‘यो बङ्गालको जस्तो सजिलो पानी होइन’ भन्दै लजाए गोताखोर । फेरि पानीमा पसेनन् । आगो, पानी, भुइँचालो मात्र होइन शीतलता, न्यानोपन र करूणाका भावनासित पनि टेलिभिजनले मलाईनजिकैबाट परिचय गरायो । तीन दशकमा मैले कुनकुन विषयको कार्यक्रम गरें भन्नुभन्दा, कुन विषयको पो गरिनँभनेर सोच्नुपर्ने हुन्छ । ‘जीवनलाई चारैतिरबाट हेरें, आगोमाथि पनि मैले नाचिहेरें’ भन्ने गीत गाउँदै हिँड्थें म । ' आज दसकौ पछी फर्केर हेर्दा हामीले बिताएका ती सुखद र दुखद दिनहरुको याद ताजा भएर आउछ । मैले यु मैटिक लो ब्यान्ड क्यामेरा युगबाट काम सुरु गरे । भारी गरुङा क्यामेरा हुन्थे । आज क्यामेरा युनिटको जुन भार हुन्छ , तीभन्दा दसौ गुना भारी , अपठ्यरा , असजिला थिए । तर ती भारी , अपठ्यरा र असजिला क्यामेरा र एडिटिङ मसिनहरुबाटै , हामीले नेपाली टेलिभिजन इतिहासको , नेपाली श्रव्यद्रश्य इतिहासका कतिपय कायजयी क्षणहरुलाई क्मारेरामा कैद गर्यौ । म कृतज्ञ छु मेरा सबै प्राविधिक मित्रहरु प्रति , जसले हामीले बिताएका तिता वा मिठा वा पट्यारलाग्दा तिनै थरि सम्झनालाई सदाका लागी जीवन दिए ।

Vijay Kumar Panday

45,790 görüntüleme • 2 yıl önce