Loading video...

Video Failed to Load

Go Home

गाडिको ढोका पनि अरुले नै खोलिदिनु पर्ने??अनि यी पुराना भन्दा कसरी फरक भए??

22,864 views • 7 months ago •via X (Twitter)

0 Comments

No comments available

Comments from the original post will appear here

Related Videos

बुझ पचाएकाहरूलाई कसरी बुझाउने हो, मलाई भन्दिनु पर्यो कसैले! नेपालमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि फेरी पनि खेलबाड हुँदै छ। कृषि तथा वन विज्ञानको उपकुलपति छनोटको कार्यविधि एकसरो पढिदिनु होला। प्राज्ञिक क्षेत्रमा “बौद्धिक चोरी”को वजन फेरी पनि बिर्सिए सबैले । जम्मा रु ३००मा किन्न मिल्ने ISBN नम्बरलाई भने फेरी पनि वजनदार बनाएका छन्। त्रिविको उपकुलपति छनोटको खेल पनि सम्झनु होला। कतिपटक एउटै कुरा बुझाउनु पर्ने हो? विद्यार्थीहरू, अभिभावकहरू - देशको चिन्ता गर्नुहुने सबैले आफै विचार गर्नुस्, अब पनि यस्तो विधि नै प्रयोग गरेर ठग्ने प्रवृत्ति के हामीलाई स्वीकार्य छ?

Sumana

25,446 views • 1 year ago

कस्तो बिडम्बना हो यो आखिर? आधुनिकताको झिलिमिलीमा भुलिएर देशको सनातनी सभ्यता नै बिर्सिदिने हो कि ? श्री राजेन्द्र रावल जी लेख्नुहुन्छ :- कति दु:खद र विहङ्गम दृश्य ! उकु, दार्चुलाको हरिहर मन्दिरको आसपासको स्थलमा कत्युरी साम्राज्यका उत्तराधिकारी मध्यकालीन डोटी राज्यका रैका शासक नाग मल्ल(शक सम्वत १३०६- १३१५) भन्दा पनि पुराना यी पुरातात्त्विक महत्वका अवशेषहरु यत्रतत्र छरिएको अवस्थामा छन। सम्पदा संरक्षण तर्फ न त सरकारहरुको ध्यान जान सकेको छ, न पुरातत्त्व विभागको नै! प्रदेश सरकारले र स्थानीय पालिकाले ध्यान दिदै संघीय सरकारको ध्यानाकर्षण गराउन जरुरी छ। यदि कसैले ध्यान नदिए हामी स्वयं आफ्नो सम्पदा संरक्षणमा लाग्न जरुरी छ!

सनातन चौतारी

10,950 views • 2 years ago

लौ भाई आईपुग्यो, अस्ती शनिवार शारजाँहमा मालिकले पासपोर्ट खोसीदिएको र बस्ने कोठाको साँचो लगाई दिएकोले बाहिर सडकमा बसेको सुनिल लुंगेली भाई नेपाल आई पुग्यो । यदि सरकारी प्रक्रियामा गएको भए आज बल्ल अफिस खुल्ने थियो र त्यो भाईले तीन दिन सम्म दुख पाउनु पर्ने थियो। भीम मल्ल ठकुरी भाईलाई धन्यवाद छ🌹🇳🇵 उसले रुँदै बाटो बाट मलाई फोन गरेर भोकै छु, खल्तीमा एक पैसा छैन, यहाँ कसैलाई चिनेको छैन, उद्धार गर्नुहोस भने पछि मैले त्यहाँको दुतावासमा र परराष्ट्र मन्त्रालयमा पनि फोन गरेको हो । तर शनिवारको विदा भएकोले कसैले पनि फोन उठाएन। अनि उसलाई सुरक्षित ठाउँ सम्म पुऱ्याई दिने कोहि छ कि भनेर फेसबुकमा पोष्ट गरेको हो । त्यसो गर्दा केहि नेपालीहरूले सात जुनी देखीको बल लगाएर गाली गरे र मलाई मन्त्रीको इज्जत नै फाल्यो समेत भने । के गर्ने ? 🌹🌹म ता यस्तै हो ब्रो पनि भनें। किन भने कुनै पनि समस्याको सामाधान गर्ने धेरै तरिकाहरु हुन्छन । एउटा तरिकाले काम नगरे पछि अर्को तरिका अपनाएर भए पनि समस्या समाधान गर्न नेपालीहरुले सिक्नु पर्छ।🙏🙏🙏

Mahabir Pun

13,461 views • 29 days ago

मुख्यसचिवमा निलम्बनमा परे पछि बैकुण्ठ अर्याललाई योजना आयोगमा मुख्यसचिव सरहको पद सिर्जना गरेर त्यता सारियो । कानून अनुसार मुख्यसचिवलाई अन्त नसारी नयाँ मुख्यसचिव ल्याउन नमिल्ने भए त्यो कानून सुधार्नु पर्ने हो कि आरोपीप्रति नतमस्तक हुनु पर्ने हो ? सफाइ पाएर फिर्ता आए चै तिनलाई अन्यत्र सार्नु पर्ने होइन र ? ६३ सालमा लोकमान कार्कीकै पालामा थाहा भइसकेको कुरा हो त, खोइ कानुन बनाएको ? योजना आयोग जस्तो प्रभावशाली र महत्वपुर्ण निकायलाई भ्रष्टाचारका आरोपीहरू निलम्बनमा पर्दा राखिने निकाय बनाउँदा खोइ गलत हो भन्न सकिएको ? सुशासन र खराबहरूप्रति निर्मम हुने कुराहरू कागजमा पनि रहेनन् । सरकारमा बसेर यी सबै कुराको साक्षी भइरहदा मलाई चै लाचार र आफ्नै नजरमा खसेको झैँ लागिरहेको छ । साथीहरू, तपाईहरूलाई कस्तो लागिरहेको छ ?

Ganesh Karki

36,337 views • 2 years ago

यी 'पापी निवास'लाई अब दक्षिण एशियाकै उत्कृष्ट 'बाल मन्दिर' बनाऊँ! सायद दुई वर्षअघि भैंसेपाटीको १२३ रोपनी जग्गामा बनेका आलिसान 'मन्त्री निवास'लाई 'पापी निवास' को संज्ञा दिँदै किन नेपालजस्तो विपन्न देशमा जनसेवक मन्त्रीहरूलाई सरकारले यस्ता आलिसान निवास निर्माण गर्नु पापको पराकाष्ठा हो भनेर भिडियो बनाएको थिएँ। मन्त्रीहरूलाई एउटा बहू-तले अपार्टमेण्ट भवन भाडामा लिएर या बनाएर हरेक फ्ल्याटमा एक/एकजना मन्त्री राख्दा केही पनि फरक पर्ने थिएन। तर पापीहरूले पाप गर्न छोडेनन्। भदौ २४ गतेको बिद्रोहमा तिनका यी निवास सबै जलाइयो र मन्त्रीहरू ज्यान जोगाउन सेनको हेलिकोप्टरमा भाग्नु पर्यो। अब सरकारले फेरि त्यो पाप नगरोस्। यी भव्य संरचनालाई दक्षिण एशियाकै नमूना 'बाल आश्रय' मा रूपान्तरण गरियोस्। वरिपरी विशाल अग्ला पर्खाल छ। भित्र प्रशस्त खेल्ने ठाऊँ छ। Swimming pool पनि छ क्यारे। सयौँ अनाथ बालबालिकाहरूलाई त्यहाँ आश्रय दिन, पढाउन र हुर्काउन सकिन्छ। राम्रो शिक्षा दिन सकियो भने अनाथालयमा हुर्केका/पढेका बालबालिका पनि रातो बंगाला, युलेन्स या बुढानिलकण्ठमा पढेका भन्दा कम हुँदैनन् भनेर देखाइदिऊँ। सबैलाई धर्म लाग्छ। ६० भन्दा बढी जिल्लामा फैलिसकेको 'बाल मन्दिर'लाई संवेदनाहीन पापीहरूले ध्वस्त पारे। तपाईँ-हाम्रा पो आफ्ना साना बच्चाहरू हेर्न हामी छौँ। जसका कोही छैनन् ती बाल-बच्चाको स्थिति र पीडा एकपटक मनन गर्न प्रयास गरौँ त। जसको कोही हुँदैन, तिनका लागि राज्य हुनै पर्छ। यसबारे सरकारले गम्भीरतापूर्वक सोचोस्। यो सन्देश प्रधानमन्त्री बालेन्द्र शाहसम्म पुगोस्। समाज परोपकारी र राज्य कल्याणकारी नभएसम्म कुनै पनि देश सुसंस्कृत हुन सक्दैन। Balen Shah, Swarnim Waglé

Rabindra Mishra

17,329 views • 5 months ago

सुन्नै पर्ने राजा ज्ञानेन्द्रको आजको सन्देशको एक अंश! मेरो टिप्पणी: पृथ्वीनारायण शाहको दिव्यउपदेश (पृथ्वी विचार) मा आजको नेपाललाई पनि सान्दर्भिक हुने अर्थनीति, विदेशनीति, धार्मिकनीति, सांस्कृतिकनीति, सामाजिकनीति, समावेशिताको नीति अनि राष्ट्रियता र देशभक्ति -- सबै छ। तर हामी पृथ्वीनारायणलाई गाली गरेर मार्क्स, माओ, लेनिन, लिङ्कन र गान्धीबाट प्रेरणा लिन्छौँ। हामी 'भौगोलिक उपनिवेशको दास' भएनौँ तर हामी सधैँ 'वैचारिक उपनिवेशको दास' भयौँ। विदेशी विचारको दासता नै नेपालको दूर्गतिको सबैभन्दा ठूलो कारक हो। #नवीनसमझदारी #विचारभन्दामाथिदेश #देशकालागिनरेश

Rabindra Mishra

13,617 views • 1 year ago

कक्षा १२ को नतिजा छिट्टै नै प्रकाशन हुँदैछ। प्रथमत: परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई शुभकामना। परीक्षाफलले अब शैक्षिक मार्ग कस्तो लिने भन्ने निर्धारण गर्न सक्छ, तर त्यो भन्दा अगाडि अभिभावकले आफ्ना बालबालिकालाई अन्तरमुखी भएर केही प्रश्न सोध्न प्रेरित गर्नुहोला - म को हुँ? मलाई के कस्ता काम गर्न मन पर्छ? मेरो रुची केमा छ? मेरो खुबी र क्षमता केमा छन्? यिनै प्रश्नको जवाफ खोजेमा नै विद्यार्थीले आफू कुन क्षेत्रमा अब्बल हुन सक्ने भन्ने बारे निर्धारण गर्न सक्छन्। कहाँ पढ्ने, के पढ्ने, कस्तो सीप सिक्ने, छात्रवृत्तिको अवसर के कस्तो छ, आदि सबै बारे जानकारी दिन सन् २०१८ देखि प्राविधिक शिक्षा तथा तालिम परिषद अन्तर्गतको career guidance nepal सञ्चालनमा रहेको छ। विद्यार्थीलाई यो वेबसाइटको भरपूर उपयोग गर्न पनि सहयोग गर्नुहोला - तर परीक्षाफल सोचे जस्तो नआउन पनि सक्छ। हाम्रो समाजमा परीक्षा र परीक्षाको प्रतिफललाई विद्यार्थीको सम्पूर्ण भविष्य, उनीहरुको दक्षता, क्षमतासँग जोडेर हेर्ने चलन छ। तर यसले विद्यार्थी र अभिभावकको समेत मानसिक स्वास्थ्यमा पर्ने असर बारे हामीले कुरा गर्दैनौँ। यसैले हामीले यस्तो क्षणमा कसरी एक-अर्काको ढाडस बन्न सक्छौँ? विद्यार्थीले यस्तो समयमा कसरी आफूलाई सम्हाल्ने? अभिभावकले कसरी विद्यार्थीसँग आफ्ना कुरा व्यक्त गर्ने? समाजको दायित्व के कस्तो हुन्छ? - भन्ने बारे मानसिक स्वास्थ्य विशेषज्ञ कृपा सिग्देलबाट सुन्नुहोस्:

Sumana

27,806 views • 2 years ago

अबको चुनावमा पनि भोट हाल्न आफ्नै जिल्ला जान पर्ने भन्न थालेका छन् है । जेनजी साथीहरू - अस्ति भर्खरको दस्ताबेजमा गृहजिल्ला बाहिर र विदेशबाट पनि निर्वाचन गराउने भनेर सही गरेको हो। कागजमा 💯 हुने व्यवहारमा शुन्य हुने नदोहोरियोस्, जोडदार आवाज उठाऔँ । नयाँ भनिएका दलहरू - यसको विरुद्धमा एक थान विज्ञप्तिमै सीमित हुने हो कि यस्तो महत्वपूर्ण विषयको लागि सडक नै तताउने हो? नयाँको तागत हेरौँ त । सरकार - तपाईँबाट हामीले परिवर्तनको आशा गरेका छौँ, ८४को चुनाव ८२मा गराउन यो बलिदानी भएको हैन। जसले परिवर्तन ल्याउन ज्यानको बाजी लगाए त्यही गरिखाने वर्गको मताधिकार सुनिश्चित नहुने कस्तो चुनाव हुन्छ? पुराना दल - तपाईँहरूको पार्टीभित्रै आन्तरिक लोकतन्त्र छैन, तपाईँहरूबाट केही आश पनि छैन, त्यसैले केही भनिन् 🙏

Sumana

20,104 views • 9 months ago