Loading video...

Video Failed to Load

Go Home

गाडीको ढोका भित्रबाटै खोल्न मिल्च भनेर एउटा Orientation चाहिएला जस्तो छ ।

43,615 views • 6 months ago •via X (Twitter)

0 Comments

No comments available

Comments from the original post will appear here

Related Videos

Purely my opinion , not a बिज्ञ or anything and not guided by anyone: भारतसँग हाम्रा नेताहरूले अनेकौँ सन्धिहरू गरेका छन्, जसले हामीलाई चित्त दुखेको छ। हाम्रो देशको भूगोल, पानी, बनजङ्गल धेरै कुरामा कम्प्रोमाईज गरिएको छ। जसमा हाम्रो हितलाई भन्दा नेताको कुर्सीलाई केन्द्रमा राखेर ती सम्झौता भएका छन्, यसमा कोही अछुतो छैन। तर अहिले कैलाश सिरोहियालाई जे परिरहेको छ। जस्तो कानुनी लजिक लाएर ‘किर्ते गरेको छ’ यो भएको हो भनेर ओली जस्तो तर्क गरे पनि, धेरै पहाडेलाई मजा आइरहेको छ। धोती बल्ल फन्दामा पर्‍यो। यो धोतीले देशको सूचना बेच्छ। यो धोतीले हाम्रो भाग खाको छ। भन्ने मनोदशा नै यो प्रकरणमा हाबी छ।उग्र राष्ट्रवादले नै जितिरहेको छ।देश हारिरहेको छ। यो भिडियोमा उग्रराष्ट्रबादबाट देश परिचालित हुँदा हामीलाई के घाटा छ भनेर थोरै व्याख्या गर्ने प्रयास गरेको छु।

Raghav Krishna Gautam

23,945 views • 2 years ago

यो कुन युग हो ? थाहा छ ? कि त्यसै सुर्ती माडदै छौ ? 😂 यो युगको नेता को हो ? हर युगको एउटा बिशिष्ट पात्र हुन्छ , ‍नेता हुन्छ । त्यसले जनाउ दिन्छ हामी कुन युगमा बाच्दै छौ भनेर । आफु बाचेको युग थाहा छ ? हामी बाचेको युग ‘वैश्य युग’ हो । कारोबारी युग हो । कारोबारी राजनिति , कारोबारी सामजिक सम्बन्धहरु , कारोबारी अन्तरराष्ट्रिय कुटनिति – सबथोक Transactional ! प्रिय राष्ट्रपति ट्रम्पले कारोबारी राजनितिका ज्योति पुन्ज बनेर आउनु भएको छ । देख्नु भएन प्रिय ट्र्म्पका प्रिय एलेन मस्कले भारतमा देखाएको वैश्य युगको ताकत । एक अर्कालाई सहनै नसक्ने दुई भारतका दुई महासेठहरु - अम्बानीको जिओ र एयरटेलका मित्तल , दुबैलाई एकै ठांउमा लाइन हाजिर गराएर भारतमा सैटलाइट इन्टरनेटको साम्राज्यको नया जग खन्न सुरु गरेका छन प्रिय मस्कले । बजा ताली वैश्य युगको । गफ चुटौ समाजवादको वा पौराणीक कालको .. बाच्नु छ २१ सौ शताब्दीमा , चाहना ठूला , गफ देउ पौराणीक कालको , साम्यवादको , समाजवादको , माडौ सुर्ती .. बनाऔ स्वास्थ 😂 ट्रम्प र मस्कको बिशाल स्टेडियममा हुदै गरेका खेलका कुरा छाडौ , एकछिन ।नेपालको कुरा गरौ । हर युगको एउटा नेता हुन्छ , एउटा बिशिष्ट पात्र हुन्छ । नेपालमा हामी बाचेको युगको नेता को हो ? बिशिष्ट पात्र को हो ? के हामी त्यो युगबाट बाहिर निस्कन सक्छौ ? वा निस्कन जरुरी छ ? यस्को जवाफ दिनुस अनि हामी पनि मानौला गहिरो पानीमा पौडिन सक्नु हुन्छ भनेर … coming soon ! New Series ! मिनेन्द्रजीमात्र होइन , धेरै हुनेछन यस्मा .. experience the differece .. Coming Soon !

Vijay Kumar Panday

50,001 views • 1 year ago

सांसदलाई नसुन्ने सरकारले जनताको चित्कार के सुन्ला? तैपनि यो सुन्नस् - यहाँ उपस्थित कति जनाका छोरा छोरीको उमेरको होला, कतिको नाति नातिनीको उमेरका - भर्खर १२ पास गरेकी बहिनीलाई नजिकको मान्छेमार्फत दलालले घरको काम गर्ने हो - ४३ हजार तलब, अझ फ्रि टिकटमा जान पाइन्छ भनेर सपना देखाउँछ। त्यहाँ पुगे पछि शोषणमा पर्छिन्, आफ्नै अगाडि आफ्नो मोल लगाएर बिक्रीमा पर्छिन्, भन्ने ठाउँ छैन, कानुनी अधिकार केहि छैन । ती बहिनी कसरी गई - भिजिट भिसामा । दलालले एक युवकलाई barrack मा बसे पुग्छ, खतरा छैन, ३ लाख महिनाको पाउछ भनेर सपना देखाउँछ, रसिया पुऱ्याउछ, अर्काको युद्धमा मर्नलाई, बाँचेर फर्किनेले जिन्दगीभर नमेटिने शारीरिक र मानसिक घाउ बोकेर आउँछन् । Linkedinबाट अन्तरवार्ता लिन्छ, पठाउछ बर्मा, कम्बोडिया । cyber scam cells मा जेल जस्तो अवस्थामा राखेर दिनरात हनीट्रयाप साइबर स्क्याममा अरुलाई फसाउने काम गर्न बाध्य बनाउछ। टार्गेट पुगेन भनेर कुटपिट गर्ने, करेन्ट लगाउने सब गरिन्छ। दास जस्तो एक सेन्टरबाट अर्कोमा बेचिन्छ, आत्मसम्मान खोसिन्छ । यस्तोमा कसरी पुग्छन् नेपाली युवा - भिजिट भिसामा । यस्तो ठाउँमा युवा पठाउन समेत घुस लिनेलाई राजनैतिक संरक्षण दिने; आफ्नो भाग सफ्टवेयरबाट निकालेर खानेहरूमाथि छानबिन गरौँ भन्दा समेत नगर्ने - कतिसम्म गिरेको? अनि यस्तो जोखिम छ भनेर थाहा पाउदा पाउदै पनि, ऋण लिएरै पनि जसरी पनि विदेश जान पर्छ भनेर मनस्थितिमा हाम्रो युवा कसरी पुगे, नेपाललाई खुला आकाश मुनिको गोलघर कसले बनायो ? सबैलाई थाहा नै छ तर किन केहि नगरेको? हाम्रो आन्दोलन जारी छ। छानबिन समिति बनाउनै पर्छ।

Sumana

29,179 views • 1 year ago

लौ हेर्नुहोस, राष्ट्रिय आविष्कार केन्द्रको ड्रोन टीमले राती एकदमै अँध्यारोमा Quadcopter भनिने ड्रोन र VTOL भनिने ड्रोनहरु उडेको कम्प्युटरमा देखिने भिडियो । यी ड्रोनहरु रिमोट कन्ट्रोलले चलाउने होइन । आफै उद्छन ।🙏🙏🙏 यो भिडियो हेरेर उनीहरुले ड्रोन कहाँ पुग्यो, कति उचाईंमा पुग्यो, कति स्पिडमा उडेकोछ र ड्रोनको अवस्था के छ भनेर कोठामा बसेर लाइभ नै थाहा पाउन सक्छन । आबश्यक पर्यो भने र ड्रोनमा केहि समस्या आयो भन कोठामा बसेर नै ड्रोनलाई तुरुन्त फर्कन आदेश दिन सक्छन अथवा त्यतै नजिकै कुनै सुरक्षित ठाउँमा झर्न आदेश दिन्छन । यदि ड्रोन सुरक्षित ठाउँमा उत्रन नसक्ने भयो भने त्यसमा भएको प्याराशुट खोल्न आदेश दिन्छन र सो ड्रोन प्याराशुटको सहायताले जमिनमा उत्रन्छ । ड्रोन कहाँ खस्यो भनेर त्यो ठाउँ पनि पत्ता लगाउछन र त्यो ठाउँमा गएर ड्रोन बोकेर ल्याउँछन् । अहिले सम्मको प्रगति यत्ति नै हो । अझै पनि धेरै अनुसन्धानहरु गर्नु बाँकी नै छ ।🙏🙏🙏

Mahabir Pun

20,096 views • 1 year ago