Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

जब मोबाइल आयो यी सारा खुसीहरु खोसेर लगिदियो

30,075 Aufrufe • vor 2 Jahren •via X (Twitter)

6 Kommentare

Profilbild von :)
:)vor 2 Jahren

आहा! हाम्राे बाल्यकाल 😊🤗

Profilbild von Hypocrite Nepali
Hypocrite Nepalivor 2 Jahren

अझै पनि खेले कसैले रोक्दैन।

Profilbild von Laxman Paudel
Laxman Paudelvor 2 Jahren

यस्ता खेल, काम र साथीहरुकाे संगत, शारीरिक कसरत, यस्तो वातावरणमा रमाउदा राेग प्रतिरोधात्मक क्षमताकाे विकास र सामाजिक जीवन सबल थियोे, सहयोगी साथी हुन्थे, खै अबत यस्ताे अवस्था देख्न पाइदैन कि।

Profilbild von Fatta Bahadur Gurung
Fatta Bahadur Gurungvor 2 Jahren

बाल्यकाल को याद आयो । सहि हो मोबाईल आएपछि बालबालिका मोबाइल तिर नै समय बिताउदै छ ।

Profilbild von BADRI DULAL
BADRI DULALvor 2 Jahren

Our time, our friends.

Profilbild von KHILJEE
KHILJEEvor 2 Jahren

हो गाउँमा बुढापाका मान्छेका कुरा सुनिन्थ्यो। त्यो सबै हरायो।

Ähnliche Videos

#शिक्षामादलियकरणबन्दगर प्रधानमन्त्री ज्यू, यी अबोध बालबालिकालाई स्कुल ड्रेसमा कक्षाकोठाबाट निकालेर लाइन लगाएर तपाईँकै पार्टीको भातृसंगठनले आफ्नो जिल्ला अधिवेशनमा ल्याएछ। यसपाली SEE मा ७०% नतिजा ल्याउँछु भन्नुभाथ्यो, अब यी बच्चाहरूको कपि चेक गर्दा 'अखिल जिन्दाबाद' लेख्ने जतिलाई मात्र पास गराउने हो की कसो हो? 'ओली बा आइ लभ यु' भनेर लेख्न लाउने हो की उत्तर पुस्तिकामा? यसरी नै आउने हो ७०% नतिजा? संवृद्धि आउँछ भन्नुहुन्थ्यो - बच्चाहरू पढाउन छोडेर 'आयो आयो अखिल आयो' भनेरै संवृद्धि आउने हो? सुखी नेपाली बनाउँछु भन्नुहुन्थ्यो- 'अनेरास्ववियु जिन्दाबाद' भन्नेलाई मात्र नेपाली ठान्नुभएको हो की? अनि लोकतन्त्रको 'पर्याय' हामी हौँ भन्ने र शिक्षामा राजनीति हुन दिन्नौ भनेर घोषणापत्रमा लेख्ने सत्तारुढ काँग्रेसका विशिष्ट नेताज्यूहरू, 'विद्यार्थी सङ्गठनले विद्यालयमा पढिरहेका विद्यार्थीलाई घिसारेर फलानो जिन्दाबाद भनेर' शिक्षामा राजनीति हट्छ की, प्रधानमन्त्रीज्यूकै पार्टीको प्राध्यापक सङ्घको अध्यक्षलाई विश्वविद्यालयको भिसी बनाएर? अर्को पल्ट नेविसंघले पनि यस्तै गर्न मिल्छ भनेर सौदाबाजी गर्न खोजेको हो कि? अनि शिक्षा मन्त्रीज्यू, प्रचलित कानुनले त यस्तो गर्न दिदैँन हैन र विद्यालयमा? कति भयो भने चाहिँ तपाईंलाई अति हुने हो??

Sumana

57,570 Aufrufe • vor 1 Jahr

लौ हेर्नुहोस, राष्ट्रिय आविष्कार केन्द्रको ड्रोन टीमले राती एकदमै अँध्यारोमा Quadcopter भनिने ड्रोन र VTOL भनिने ड्रोनहरु उडेको कम्प्युटरमा देखिने भिडियो । यी ड्रोनहरु रिमोट कन्ट्रोलले चलाउने होइन । आफै उद्छन ।🙏🙏🙏 यो भिडियो हेरेर उनीहरुले ड्रोन कहाँ पुग्यो, कति उचाईंमा पुग्यो, कति स्पिडमा उडेकोछ र ड्रोनको अवस्था के छ भनेर कोठामा बसेर लाइभ नै थाहा पाउन सक्छन । आबश्यक पर्यो भने र ड्रोनमा केहि समस्या आयो भन कोठामा बसेर नै ड्रोनलाई तुरुन्त फर्कन आदेश दिन सक्छन अथवा त्यतै नजिकै कुनै सुरक्षित ठाउँमा झर्न आदेश दिन्छन । यदि ड्रोन सुरक्षित ठाउँमा उत्रन नसक्ने भयो भने त्यसमा भएको प्याराशुट खोल्न आदेश दिन्छन र सो ड्रोन प्याराशुटको सहायताले जमिनमा उत्रन्छ । ड्रोन कहाँ खस्यो भनेर त्यो ठाउँ पनि पत्ता लगाउछन र त्यो ठाउँमा गएर ड्रोन बोकेर ल्याउँछन् । अहिले सम्मको प्रगति यत्ति नै हो । अझै पनि धेरै अनुसन्धानहरु गर्नु बाँकी नै छ ।🙏🙏🙏

Mahabir Pun

20,096 Aufrufe • vor 1 Jahr