正在加载视频...

视频加载失败

ती तीन मृत्यु, जसले मलाई छोएर गए।

19,506 次观看 • 1 年前 •via X (Twitter)

9 条评论

Krishna Khadka 的头像
Krishna Khadka1 年前

त्यही भएर त अगाडि पछाडी छन यी यस्ता।

🙏 ...शाश्वत सनातन...❣️ 的头像
🙏 ...शाश्वत सनातन...❣️1 年前

उसबेला मरेको भए देशलाई अलिक सन्चो हुन्थ्यो।

Rj Rokaya 的头像
Rj Rokaya1 年前

माचिक्ने मर्थिस गरिब जनताका छोराछोरीहरुले पठाएको रेमिटेन्सले गर्दा बाचेको हु भन बरु

uttam B 的头像
uttam B1 年前

हेलीकॉप्टर दुर्घतना कहिले र कहा भएको रहेछ?

OMBIKASH दमै 的头像
OMBIKASH दमै1 年前

काललाई पनि थाहा भयो होला, याे त भुटन चाैधरीको घाँटी रेट्दै रगतको पञ्चामृत बनाएको र धोंती फेरेेर खाना खान बसेका धर्मानन्द ढकाललाई पछाडिबाट बञ्चरोको पासो घुच्चुकमा हानेर ठहरै पारी आफूकहाँ पठाएर चित्रगुप्तको बोही खातामै गडबड बनाएको व्यक्ति रहेछ भ न्ने । 😁

सुजन 的头像
सुजन1 年前

मर्नपर्थ्यो यो किन मरेन ? किन बॅच्यो यो धर्तीके बोझ भ्रष्टाचारी 😡

Chiran Tolange 的头像
Chiran Tolange1 年前

😂😂😂

दर्शन ठकुरी 的头像
दर्शन ठकुरी1 年前

के गर्नु २९करोड हाम्रै करले तीन मृत्यु जित्या हुन तर जनतालाइ के पाए तिम्रा बा बाट सस्थागत चरम भ्रष्टाचार निराशा बेथिति बिसङगती २६खर्ब ऋण ८५लाख युबा बिदेश भ्रष्टाचारीलाइ संरक्षण उखानटुक्का भाटभटेनी गिरिबन्धु भुटानी यति ओम्नी ७०करोड गोकुल काण्ड बतासे काण्ड वाइडवडी यहि हैन त?👺👺

Keshav sing Mahata🇳🇵 的头像
Keshav sing Mahata🇳🇵1 年前

जय झोले

相关视频

म विचारबाट परिचालित छु, लोकतान्त्रिक मूल्य र मानव अधिकारको मान्यताबाट परिचालित छु। लोकप्रियवाद–विरोधी दृष्टिकोणबाट परिचालित छु। सानो उमेरमै मैले जीवनमा मार्गदर्शन गर्ने गुरु पाएँ, प्रदीप गिरि। उहाँको शिक्षा र दृष्टिकोण मेरो जीवनको मार्गनिर्देशन बने। उहाँसँगको हरेक संवाद, उहाँको हरेक शिक्षा, आज पनि मेरो हृदयमा गहिरो अंकित छ। मेरो स्कुलिङले मलाई शक्ति प्राप्तिका लागि हिंसा प्रयोग गर्न सिकाएन। बरु, यसले मलाई सत्य बोल्न, आफ्ना मूल्यहरूमा दृढ रहन, र जीवनका चुनौतीहरूलाई साहसपूर्वक सामना गर्न सिकायो। मेरो चेतना, मेरो सोच, र मेरो कर्म यी सबैमा प्रदीप गिरि जस्ता गुरुको छायाँ छ। म गर्व गर्छु मेरो शिक्षामा, मेरो मूल्यहरूमा, र यसमा कि मैले सानो उमेरमै यस्तो गुरु पाएँ जसले मेरो सोचाइ, मेरो दृष्टिकोण र मेरो जीवनलाई रूप दिनु भयो। उहाँको सम्झना मेरो जीवनको एउटा अमूल्य निधि हो, जसले मलाई हरेक निर्णयमा न्याय, संवेदनशीलता, र सत्यको मार्गमा उभिन प्रेरित गरिरहन्छ। यसमा म गर्व गर्छु, यो मेरो प्रतिबद्धता हो, र मेरो जीवनको मार्गनिर्देशन हो।

Tanuja pandey

21,071 次观看 • 6 个月前

यो भिडियो श्यर नगरी रहन सकिन। अरूको त कुरै छोडिदिउँ, मेरा एकजना नजिकका मित्र तथा बरिष्ठ प्रधान सम्पादकले समेत एकपटक मलाई सामाजिक सञ्जालमा विनम्र जवाफ दिँदै "राजा फर्काउने र शासन गर्ने तपाईंहरुको सदाबहार आकांक्षा..." भनेर लेख्नुभयो भने मैले अरूलाई म किन यति 'भोकल' राजसंस्थावादी भएँ भनेर बुझाउन सहज हुनेछैन भन्ने मलाई थाहा छ। "शासन गर्ने...सदाबहार आकांक्षा" भइदिएको भए र त्यही स्वार्थकेन्द्रीतता अनुरूप इमानमा संझौता गरेको भए कमसेकम मन्त्री बनेर 'शासन' गर्न मलाई कसैले रोक्न सक्ने थिएन। दुनियाँको मा...मु...देखि सबै गाली खाएर यो एजेण्डामा आउनै पर्ने थिएन। अन्य धेरै बाटा थिए। तर एउटा कुरामा म प्रष्ट छु: जीवनमा परोपकार बाहेक सबै काम आफ्नो लागि गरेँ। राजनीति चाहिँ, जसले जेसुकै भनुन्, हारौँ या जितौँ, कुनै हालतमा आफूलाई केन्द्रमा राखेर गर्दिन; देश र भावी पुस्तालाई केन्द्रमा राखेर मात्र गर्छु। त्यसैले राजसंस्था अपरिहार्य छ भन्नेमा स्पष्ट छु। यो भिडियोले देशभक्ति, आस्था, एकता, राष्ट्रियता र राष्ट्रिय गौरव र सम्मानलाई प्रतिविम्वित गर्दछ। जसले बनाउनु भयो उहाँलाई आभार प्रकट गर्न चाहन्छु। #विचारभन्दामाथिदेश, ##देशकालागिनरेश

Rabindra Mishra

28,187 次观看 • 1 年前

पहिला म छक्क पर्थे ; उज्यालोको पर्व तिहार, औसीको कालो रातको साइत पारेर किन मनाइन्छ होला भनेर ? जीवनको लामो समय मैले उज्यालो लाई राम्रो र अंध्यारोलाई नराम्रो मानेर बिताए। मलाई यो बुझ्न धेरै समय लाग्यो कि अध्यारो र उज्यालो एकै सिक्काका दुइ पाटा हुन । न उज्यालोको त्यति धेरै जयगान आव्शक छ , न अंध्यारोको त्यति धेरै निन्दा गर्न जरुरी छ । यो संसारमा आजसम्म जस जसले केही योगदान गरेका छन , ती सबै अंध्यारोबाट , उज्यालोमा गएका हुन । उज्यालैबाट , कोही पनि उज्यालोमा जानै सक्दैन .. we can not move to light from light , we move to light from darkness ... आज मेरो सम्झनामा छिन पुष्पा, औसीको रातमा जन्मेकी । औसीको रातमा जन्मेकाले - ' यसले आमा खान्छे , अपसगुनी हो यो ' भनेर समाजमा, बाल्यकालमा टोकिएकी बिचरी बालिका पुष्पा । हो , उनै पुष्पा बस्नेत कालान्तरमा समाजको उज्यालो प्रमाणित भइन , CNN Hero भएर विश्व स्तरको ख्याति कमाउने .. पुष्पा बस्नेत । हामी उज्यालोबाट उज्यालोमा जानै सक्दैनौ ... अन्धकार , अनिवार्य छ , सार्थक जीवनका निम्ति ..

Vijay Kumar Panday

18,203 次观看 • 1 年前

सम्माननीय प्रधानमन्त्रीज्यूलाई खुला पत्र सम्माननीय प्रधानमन्त्रीज्यू, सविनय ध्यानाकर्षण गराउँछु, हालै मधेस प्रदेशमा आयोजित एक सार्वजनिक कार्यक्रममा तपाईंले भन्नु भएको "यदि मधेसमा कोही बोक्सी छन् भने मलाई बोक्सी लगाइदिनुस्" भन्ने भनाइले हामीलाई गहिरो रूपमा दुःखी तुल्याएको छ। शब्दहरू केवल ध्वनि होइनन्, ती भावना हुन्, स्मृति हुन्, अनि कहिलेकाहीँ त साक्षात् आघात पनि हुन्। "बोक्सी" भन्ने शब्द तपाईंका लागि व्यंग्यात्मक वा भावनात्मक आवेगको माध्यम हुनसक्छ, र हामी विश्वस्त छौँ कि तपाईंले यसलाई कसैलाई आतंकित गर्न भनेर भन्नुभएको होइन। तर, यथार्थ यही हो कि यो शब्द नेपाली समाजमा हजारौं महिलाको आँसु, पीडा, सामाजिक बहिष्कार र हिंसाको प्रतिनिधि शब्द बनिसकेको छ। यो त्यही शब्द हो जसले एक आमालाई गाउँबीचमा नाङ्गो पार्‍यो। त्यही शब्द हो जसले एक हजुरआमालाई गोबर र मल खुवायो। र, त्यही शब्द हो जसले एक किशोरीलाई झाँक्रीको इशारामा गाड्नेसम्मको हिंसा गरायो। प्रधानमन्त्रीज्यू, नेपालले बोक्सी प्रथा अन्त्य गर्न कानुनी, सामाजिक र संस्थागत प्रयासहरू गरेको धेरै वर्ष भइसक्यो। नेपालको दण्ड संहिता मा बोक्सी आरोपलाई गम्भीर सामाजिक अपराध को रूपमा परिभाषित गरिएको छ। यस्तो अवस्थामा मुलुकको सर्वोच्च कार्यकारी पदमा बसेका व्यक्तिबाट सोही शब्द सार्वजनिक रूपमा उच्चारण हुनु आफैंमा पीडितहरूको घाउमा नुनचुक हाल्ने कामजस्तै हो। बोक्सी प्रथा कुनै मिथक होइन, त्यो आज पनि जीवित यथार्थ हो। विशेषतः ग्रामीण, दलित, गरिब, विधवा वा स्वतन्त्र स्वभाव भएका महिलाहरूका लागि। दिनहुँ कतै न कतै कसैलाई सामाजिक मान्यताको नाममा मानसिक र शारीरिक हिंसा भोग्नु परिरहेको छ। यस्तो पृष्ठभूमिमा तपाईंको भनाइले "बोक्सी" भन्ने कुप्रथालाई परोक्ष रूपमा मान्यता दिने खतराको संकेत दिन सक्छ। श्रीमान्, तपाईं देशको प्रधानमन्त्री हुनुहुन्छ,तपाईंको शब्द, हाँसो वा मौनता पनि नीति र सोचको प्रतिनिधित्व गर्छ। त्यसैले, हामी तपाईंलाई बिनम्र अनुरोध गर्दछौं: कृपया, यी संवेदनशील र ऐतिहासिक पीडा बोकेका शब्दहरूको प्रयोगमा विशेष सावधानी अपनाउनुहोस्। बरु, अब तपाईंबाटै बोक्सी प्रथाविरुद्ध स्पष्ट, सशक्त र नैतिक नेतृत्वको अभिव्यक्ति अपेक्षित छ, जसले हामी सबैलाई सन्देश देओस् कि नेपाल अब कुप्रथा, अन्धविश्वास र महिला हिंसाको विरुद्धमा एउटा दृढ राष्ट्र बन्ने दिशामा छ। हामी तपाईंबाट विवेक, सम्वेदना र सामाजिक न्यायको प्रतिबद्धता अपेक्षा राख्दछौं। ससम्मान, खुश्बु ओली

Khusbu Oli

15,218 次观看 • 1 年前