Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

देशमा केही हुन्न भन्ने व्यक्ति देखेर हाँसो उठ्छ : प्रियाम्सु पुडासैनी पूरा भिडियो :

41,316 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von चाणक्यको अनुवायी
चाणक्यको अनुवायीvor 2 Jahren

१२ कक्षा वा डिग्री लेभल पास गर नानु अनि थाहा पाउॅछौ काम पाउन कतिको गार्हो हॅुदो रहेछ नेपालमा unless if you are committed politically party cadre or anyone you now closest politicians family member 😂😂😂

Profilbild von अर्जुन 👓
अर्जुन 👓vor 2 Jahren

यो बहिनी २ बर्षमा विदेश जान्छिन् ।

Profilbild von Nirapakshya
Nirapakshyavor 2 Jahren

अलि बेर यस्तै हो, राष्ट्रप्रेमले ओतप्रोत भैन्छ। काम पनि गरिन्छ तर खुट्टा तान्ने प्रवृति, असहयोग अनि महंगिले हैरान परिन्छ। आफ्नो पुर्ख्यौलि सम्पत्ति अनि आफ्नै घर छ भने नेपालमा गुजारा हुन्छ। नत्र घर बनाउने सपना छ भने मुश्किल नै पर्छ, तलबले घरभाडा तिर्न पनि धौधौ पर्छ।

Profilbild von Narayan prasad Dahal
Narayan prasad Dahalvor 2 Jahren

यहि फ्याउरि +2 सकेको भोलिपल्ट बाट बिदेशको धुनमा कन्सलटेन्सि धाउछे के थाछ यस्लाई 16 बर्सको उमेरमा

Profilbild von Sachet Adhikari
Sachet Adhikarivor 2 Jahren

नानीलाई २ वर्षपछि पछुतो लाग्छ । अहिले अलि सानै छौं। धनी बाउकै छोरी होलाऊ । एउटा अघाएको मानिसले भोको मानिसको अवस्थालाई बुझ्न सक्दैन।

Profilbild von SantoSh ShreStha
SantoSh ShreSthavor 2 Jahren

नानी तिमी सानै छौ अहिले ठुलो भएसी थाहा पाउछौ आफैले। भनु कसरी….

Profilbild von Ashish Gyawali
Ashish Gyawalivor 2 Jahren

बहिनी तिम्रो हाँसो र हाम्रो देशको अवस्थाबारे केही बुझेऊ भने राम्रो हुन्छ। कुनै चमत्कार गर्न चाहन्छौ भने, फोकटको हाँसो मात्र होइन, केही वास्तविक योगदान पनि गर।

Profilbild von Gajaraj suwal
Gajaraj suwalvor 2 Jahren

के सही भाको छ? भ्रष्टाचार बाहेक| स्कुले बिद्यार्थी जिवन सकियो? आधारभूत तहको शिक्षण सिकाई नै ७२/७५ बर्ष देखि गलत छ| SEEमा गणित बिज्ञानमा अधिकांस फेल हुनुले यहि ईंगित गर्दछ |नानीको स्कुलका बिद्यार्थीले कस्तो गर्ने गरेको छ|

Profilbild von तृषित यदु
तृषित यदुvor 2 Jahren

र फेरि पनि भन्छु यो देशमा ओलीहरू (देउबा, प्रचण्ड) ले शासन गरुन्जेल केही हुँदैन । गर्ने वातावरण नै बन्दैन ।

Profilbild von Sunil Paudel
Sunil Paudelvor 2 Jahren

यो बाउलाई केही थाहा छैन पहाडी हिमाली र अति तराई क्षेत्र मा विद्यालय को अवस्था कस्तो छ । अरु के कुरा गर्नु देश मा ७ चोटी प्रधानमन्त्री भएको मान्छे। को ठाउँ को अवस्था के छ । यसै ठाउँ मा बसेर बोल्दा मात्र हुन्छ

Ähnliche Videos

भिरपाखा र डाँडाकाँडामा रेल। [Jiao-Liu line, China] नेपालको पहाडी भुभाग पनि यस्तै प्रकृतिको छ। केही स्थानमा यस्तै रेलको सम्भावना हुन सक्छ। तर मुख्य कुरा भनेको यस्तो पूर्वाधार निर्माणका लागि हाम्रो आफ्नै क्षमता कसरी विकास गर्ने भन्ने हो। पहिलो दृष्टिमा चीनले निर्माण गरेको यस्ता जटिल प्रविधियुक्त संरचना हामीले कसरी बनाउन सक्छौं? भन्ने लाग्न सक्छ। तर यसको निर्माणमा आवश्यक प्रविधि भने परम्परागत इन्जिनियरिङ प्रविधिहरू हुन्, जसलाई हामी सिक्न सक्छौं, जस्तै टनल, पुल, ट्रयाक खोल्ने, रिटेनिङ वाल, स्लोप स्ट्याबिलाइजेसन आदि। सरकारको ठोस नीति, योजना र कार्यक्रम हुँदा यस्ता संरचनाहरू निर्माण गर्ने हाम्रो आफ्नै प्राविधिक क्षमता विकास गर्न सकिन्छ। डिजाइन, निर्माण, र सञ्चालनका लागि स्वदेशी क्षमता विकास हुँदा परियोजनाको लागतसमेत किफायती हुनेछ, जसले गर्दा यस्ता योजनाहरू प्रविधिक र आर्थिक हिसाबले संभव बन्न सक्छन्। तर यसका लागि प्रमुख बाधा भनेको राज्य प्रणालीको उदासीन सोच हो। साथै, जनस्तर र केही प्रविधिक समूहमा व्याप्त "सडकको खाल्डो मर्मत गर्न नसक्ने नेपालीले यस्ता कुरा कसरी सम्भव बनाउलान्?" भन्ने नकारात्मक मानसिकता पनि चुनौती बनेको छ। (भिडियो स्रोत: सामाजिक सञ्जाल)

Surya Raj Acharya

16,582 Aufrufe • vor 1 Jahr

🙏भिनाज्यू मेजर जनरल ओम पुन र दिदी दिलशोभा पुन 🌹🌹 सन् 1988 मा अमेरिका पढ्ने जाने भिसा पाएर पनि टिकट काट्ने पैसा म संग थिएन । अमेरिका जान एक महिनाजति मात्र बाँकी थियो । बल्ल बल्ल अमेरिका पढ्न जान पाएको मौका पनि गुम्छ कि जस्तो लाग्न थाल्यो । के गर्ने होला भनेर सोंच्थे तर केहि उपाय नदेख्दा दिमागले पनि काम गर्न छोडेजस्तो हुन्थ्यो । हरेसै भने अझै खाएको थिइन । एकदिन त्यति वेला शाही नेपाली सेनामा मेजर पदमा कार्यरत एकजना भिनाजुलाई सम्झेँ । भिनाजुले मेरो जेठा बाबाकी छोरीसँग विवाह गर्नुभएको थियो । संयुक्त राष्ट्र संघको शान्ति सेनामा लेबनानमा केही समय काम गरेर फर्कनुभएको थियो । लेबनानबाट फर्केको हुनाले केही मद्दत गर्नुहुन्छ कि त भन्ने झिनो आशा लिएर म भेट्न गएँ । उहाँलाई सबै कुरा भनेँ । कुरा सुनेर उहाँले भन्नु भयो – “सालाजी, मसँग पैसा त छैन, तर लेबनान बाट आउँदा दुईवटा भिडियो हेर्ने डेक लिएर आएको छु । एउटा डेक मलाई नै चाहिन्छ । अर्को डेक लिएर जाउ र त्यसैलाई बेचेर पैसा बनाउ” । भिनाजुको त्यो डेक पाउँदा म अमेरिकाको भिसा पाउँदा जत्तिकै खुसी भएँ । त्यो भिडियो डेक बोकेर म काठमाडौँको न्युरोड पुगेँ र एउटा पसलमा देखाएँ । म जस्तो एउटा साधारण मान्छेले डेक बेच्न ल्याएको देखेर त्यो पसलवालाले कहाँबाट ल्याएको भनेर सोधपुछ गर्न थाल्यो । सायद उसलाई मेरो विश्वासै लागेन होला । भिनाजुको नाम, उहाँको शाही नेपाली सेनाको पद र उहाँले नै लेबनानबाट ल्याएको भन्दा पनि उसले अझै विश्वास नगरे जस्तो गर्‍यो । त्यसैले “तपाईँलाई विश्वास लागेन भने म भिनाज्यूलाई नै लिएर आउँछु” भनेर पसलेलाई भनेपछि बल्ल विश्वास गर्‍यो । त्यो डेकको कति पर्छ भन्ने मलाई थाहा थिएन । भिनाज्यूले “बीस हजार जति दिन्छ होला” भन्नु भएको थियो । त्यो पसलवालाले पनि बीस हजार रुपैया दिन्छु भनेपछि “हुन्छ” भनिदिएँ । अनि पैसा थापेर डेरामा आएँ, र खाना खाएर आनन्दसँग सुतेँ । बीसहजार रुपैया भनेको आठ सय अमेरिकी डलर भन्दा अलिकति बढी नै हुन्थ्यो । त्यति भए पछि हवाईजहाजको टिकट त किन्न पुग्नेभयो भनेर म ढुक्कका साथ सुतेको थिएँ । जीवनको एकदमै कठिन अवस्थामा मद्दतगर्ने भिनाजु शाही नेपाली सेनाको मेजर जनरल सम्मको जागिर खाएर पेन्सनमा निस्कनु भयो । उहाँ हिजोआज ललितपुरमा बसोबास गर्नुहुन्छ । उहाँको पुर्ख्यौली थलो गुल्मीको भार्से भन्ने गाउँ हो ।🙏🙏🙏

Mahabir Pun

19,549 Aufrufe • vor 12 Tagen

राजा महेन्द्रले मुआब्जा दिएर सरकारको मातहतमा ल्याएको बाल मन्दिरको खरबौँको जग्गामा कसरी राजनीतिक आरक्षणमा माडवारी व्यापारी र कांग्रेस नेता गणेशमान पुत्री रिता सिंह लगायत अन्यको रजाइँ चलेको रहेछ!! गिरिजा देखि गणेशमान पुत्र प्रकाशमान सिंह (जो पटक पटक सांसद र मन्त्री भए) सम्मको अप्रत्यक्ष सहयोग र सहमती रहेको यो देशद्रोह अक्षम्य छ। नेपालमा भु-माफियाहरुको डरलाग्दो गिरोहले कसरी यहाँका सरकारी जग्गालाइ कौडिको भाउमा आफ्नो अनुकुल अनुसार प्रयोग गरिरहेका छन् भन्ने बुझ्न Tanka Dahal ले तयार गर्नुभएको यो भिडियो पुरै हेर्नुहोला। (पूरा भिडियोको लागि युट्युब लिंक: ) Rabindra Mishra Yubaraj Ghimire Tika Ram Yatri Manisha Koirala Apil Gurung Sushil gautam Balen Shah

सनातन चौतारी

24,234 Aufrufe • vor 3 Jahren

- देशको अन्तर्राष्ट्रिय सम्मान धुलिसात छ। - सार्वभौमसत्तामा विदेशीको हालिमुहालि छ। - देश दिनप्रतिदिन भूराजनीतिक भूमरीमा फस्दै छ। - जातीय र धार्मिक संवेदनशीलता बढ्दै छ। - धनीलाई राम्रो, गरिवलाई तन्नम स्कूल छ। - धनीलाई राम्रो, गरिवलाई खत्तम अस्पताल छ। - धनी भए बाँच, गरिव भए मरको स्थिति छ। - ऋण लिएर, जग्गा बेचेर सन्तान विदेश पठा'छ। - देशमा रोजगारी छैन। - रोजगारी पाए तलब छैन। - व्यापार गर्न पैसा छैन। - मर्नेबेलमा छोराछोरी छैन। - छोराछोरीको सास आउँछ कि लास थाहा छैन। - ठूला व्यापारीलाई नयाँ लगानी गर्न विश्वास छैन। - विदेशी लगानीकर्तालाई आउने चहाना छैन। - रेमिटेन्सले अर्थतन्त्र धानेको छ। - अदालतबाट न्याय पाउने ग्यारेन्टी छैन। - विश्वविद्यालयको डिग्री छ, दक्षता छैन। - घुस नखुवाई, नेता नचिनी कुनै काम बन्दैन। - 'नैतिक संकट' र 'ज्ञानको संकट' भयावह छ। - राज्य चलाउने सबै संस्था नेताको कब्जामा छ। - नेता र तिनका परिवारको जीवन आलिसान छ। - परिवार दुखी भए पनि नेतालाई खुशी राख्नै पर्छ। - अपवादलाई छोडेर देशमा कोही बस्नै चाहाँदैनन्। - कुनबेला देश भड्खालोमा पर्ने हो थाहा छैन। तर यी भनेका सामान्य समस्या हुन्। हामीजस्तै अरूले पनि मेहनत गर्नुपर्यो नि। अनि भै'हाल्छ। संविधानलाई दोष दिएर हुन्छ? देशको संविधानसँग यिनको कुनै सरोकार छैन। म र मेरो परिवारको जीवन राम्ररी चलेको छ। अरू सबैको दुखको भारी म बोकेर हिँड्न सक्दिन। देशभन्दा मेरो विचार माथि छ। त्यसैले 'संविधान दिवस' दीपावली गरेर हर्षोल्लासका साथ मनाइन्छ। कसैलाई केही भन्नु छ? पुनश्च - मलाई चाहिँ केही भन्नु छ: जसले जे भने पनि, पत्याउँदिन। देशलाई दुख दिने संविधान मान्दिन। बहूसंख्यक नेपालीको पीडालाई खिसी गरेर नाचगान गर्दिन। आज साँझ ८ बजे १ मिनेट बत्ती निभाउँछु। (भिडियो स्रोत: सामाजिक सञ्जाल)

Rabindra Mishra

25,742 Aufrufe • vor 2 Jahren

मैले त चुनाव हारेँ तर जित्ने नेता यस्ता नहुन्! “यस्तो सम्मान र स्वागत अमेरिकाको राष्ट्रपति आउँदा एकपटक देखिएको थियो, त्यसपछि कहिल्यै देखिएको थिएन। अहिले नेपालको प्रधानमन्त्री आउँदा देखियो भनेर मलाई भारतीय नेताहरूले समेत भने।“ प्रधानमन्त्रीले संसदमा त्यसो भन्दा धेरै सांसदले ताली पनि पिटे। के बोल्ने थाहा छैन। के नबोल्ने पनि थाहा छैन। तर चुनाव जितेको जित्यै छन्। प्रधानमन्त्री भएको भएकै छन्। देशको प्रधानमन्त्रीको यो र यस्तै स्तरका टिप्पणीहरू हेरेर विदेशीहरूले के भन्ठान्दा हुन्! “औपचारीक भ्रमण”लाई “राजकीय भ्रमण” भनेर प्रधानमन्त्रीको कार्यलयकै ट्विटरमा लेखिँदा के सोच्दा हुन्। एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भ्रमण गर्दा महिनौँदेखि त्यसको सार्वजनिक चर्चा अनि प्रधानमन्त्रीकै तहबाट बारम्बार भ्रमण “ऐतिहासिक” हुन्छ, कुन्नी के, के हुन्छ भनिरहेको देख्दा कति छक्क पर्दा हुन्। परराष्ट्रजस्तो विश्व राजनीतिमा अत्यन्तै महत्वपूर्ण मन्त्रालय हाँक्ने एकपछि अर्को मन्त्रीहरूको स्तर देखेर के भन्दा हुन्। हाम्रो भ्रमण दलका सदस्यहरू ठाऊँ-कुठाऊँ मोबाइलमा फोटो र सेल्फी खिचेको देख्दा कति हाँस्दा हुन्। अनि यिनलाई बाटोमा दुईवटा गलैँचा ओछ्याएर केही महिला नचाउँदा “गज्जबको स्वागत” नलागे, कसलाई लागोस्? यिनीहरू यही स्तरको स्वागतका लागि योग्य छन् भन्ने संभवत: host (आतिथेय) राष्ट्रले पनि बुझिसक्यो। विश्व राजनीति हाँक्ने देशका नेतालाई हाम्राजस्ता नेताबाट “चाहेको कसरी लिने र बदलामा आश्वासन कसरी दिने” भन्ने थाहा नहुने कुरै भएन। अझ पाराकाष्ठा त के भने, हाम्रा नेता र भ्रमण टोलीमा “सात वर्षअघि नै दिने समझदारी भएको १५ वटा राँगो, प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणमा लिनु उपयुक्त देखिँदैन, यसलाई पछि गरौँ” भन्नेसम्म बुद्धी देखिएन। मैले दुई दिनअघि लेखेको थिएँ, “राष्ट्र र राज्यका रूपमा हाम्रो benchmark (स्तर-तह) यति तल झरिसक्यो कि अब त्यसलाई उठाउन धेरै कठिन छ।“ जनताले पत्याएनन्, मैले त चुनाव हारेँ -- ठिकै छ। तर यस्तो स्तरका नेताले चुनाव नजितुन्! (भिडियो:

Rabindra Mishra

95,279 Aufrufe • vor 3 Jahren

अलिकति गाली खाने काम गरूँ है? संसद भवनको गाइजात्रे वास्तु(अ)कलाको कुरा गरेर। आज संसदमा पनि आवाज त उठेछ तर अधिकांशलाई नयाँ संसद भवन क्या भव्य लागिरहेको होला, होइन? यो भवनको फोटो र भिडियो दुबै हेरेँ। भवन बनाउँदाका केही आधारभूत त्रुटी भनौँ है -- ता कि भविष्यमा यस्ता विशिष्ट भवन बनाउँदा यस्ता गल्ती नहोस्। १। संसारका धेरै देशमा संसद भवन पर्यटकीय आकर्षणका केन्द्र हुन्छन्। त्यसैले ती पर्यटकहरू वरिपरी घुम्न मिल्ने ठाऊँमा बनाइन्छ। हामीकहाँ सिंहदरबारभित्र कोचेर बनाइयो, जहाँ पर्यटक जानै मिल्दैन। २। संसद भवनलाई वास्तुकलाको विशिष्ट नमूनाका रूपमा पनि हेरिन्छ। त्यसैले त्यस्तो भवन बनाउँदा विश्वविख्यात वास्तुविद्हरूलाई भवन डिजाइन गर्न अनुरोध गरिन्छ। उदाहरण, छेऊछाऊकै छिमेकी बङ्गलादेश र पाकिस्तान छन्। त्यहाँका संसद भवनको डिजाइन विख्यात अमेरिकी वास्तुविद्हरूले गरेका थिए। बङ्गलादेशको संसद भवन त अझ वास्तुकलाका दृष्टिले संसारका वास्तुकलाका धेरै विद्यार्थीहरूका लागि अध्ययनको एउटा विषय पनि हो। ३। काठमाडौंजस्तो हिन्दू र बौद्ध धर्मको समिश्रण-विन्दूका कारण संसारकै विशिष्ट वास्तुकलाले भरिएको शहरमा हामीले संसद भवन निर्माण गर्दा विशिष्ट वास्तुकला जन्माउने विशिष्ट अवसर त गुमायौँ नै। त्यसमा झन थप चित्त दुखेको कुरा आर्को छ। ४। संसदको मूल हल त्यति गाइजात्रे, कलाविहीन होला भनेर मैले कल्पना पनि गरेको थिइन। संसदको मूल हल कस्तो कलापूर्ण हुन्छ, त्यो हलले कसरी त्यो देशको कला-संस्कृतिलाई प्रतिविम्वित गर्छ भन्ने कुरा भवनका डिजाइनरहरूले गुगल गरेर खोजिमात्र गरीदिएको भए, त्यो हल सभागृह या प्रज्ञा प्रतिष्ठानको अलिकति परिष्कृत रूप हुने थिएन। ५। भविष्यमा यस्ता भवन निर्माण गर्ने विशेष अवसर प्राप्त हुँदा सुधार्नै नसकिने यस्ता ऐतिहासिक गल्ती नहोस् भन्नका लागि यो 'गाली खाने' सन्देश प्रेषित गरेको हुँ। त्यसैभएर म बारम्बार भन्ने गर्छु: कलात्मक चेतबिनाको राजनीति काठमाडौं शहरजस्तो कुरूप कंक्रिटको जङ्गल हुन्छ। र त्यो संवेदना-विहिन पनि हुन्छ।

Rabindra Mishra

29,448 Aufrufe • vor 4 Monaten

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर। सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणीत भए तिरौला पनि।यत्रो ऋणको लिनेलाई नै कुनै अत्तो पत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ। ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र? हिजो सम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर-छिमेकीलाई डिस्टर्ब हुन्छ। भिडियो हेर्नू होला।

Rabi Lamichhane

170,602 Aufrufe • vor 2 Jahren

आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष आदरणीय कमल थापाज्यूले समस्त राष्ट्रवादी र राजावादी शक्तिहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष आदरणीय राजेन्द्र लिङ्देनज्यूको नेतृत्वमा एक ढिक्का भई अघि बढ्न हार्दिक आह्वान र आग्रह गर्नुभएको छ।उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई, जुन लामो समयदेखि राष्ट्रवाद र राजसंस्थाको संरक्षणका लागि दृढ अडानमा रहेको पार्टी हो, अब यस राष्ट्रिय आन्दोलनको अग्रणी शक्तिका रूपमा अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिनुभयो। हरेक ठूला जनआन्दोलनहरू सफल हुन सशक्त नेतृत्व र बलियो संस्थागत संरचनाको आवश्यकता पर्छ भन्ने हाम्रो अडानलाई आजको घोषणाले पुष्टि गरेको छ।यो केवल संगठनात्मक पहल होइन, यो देशमा सुशासन स्थापनाको, आर्थिक संकटको अन्त्यको, विकासको गतिरोध तोड्ने, र राष्ट्रिय गौरव पुनर्स्थापित गर्ने ऐतिहासिक अभियानको प्रारम्भ हो।म कमल थापाज्यूको दूरदर्शी सोच र राष्ट्रलाई पहिलो प्राथमिकतामा राखेर लिएको साहसिक निर्णयप्रति हार्दिक आभार प्रकट गर्दछु। यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष आदरणीय रविन्द्र मिश्रज्यू लगायत सम्पूर्ण राष्ट्रवादी साथीहरूको अविलम्ब रिहाइको माग गरिएको छ। राष्ट्रहितमा आवाज उठाउनेहरुलाई थुन्ने अभ्यास अब अस्वीकार्य छ भन्ने सशक्त सन्देश आजको कार्यक्रमले दिएको छ। हाम्रो सङ्घर्ष स्पष्ट छ, यो कुनै व्यक्तिको सत्ता प्राप्तिको लागि होइन, देशलाई स्थायित्व दिने, आर्थिक पुनरुत्थान गराउने, र विकासको मार्गमा अगाडि बढाउने ऐतिहासिक जिम्मेवारी पूरा गर्न हो। देश आज जुन आर्थिक मन्दी, शासन व्यवस्थाको असक्षमता र निराशाको चक्रव्यूहमा फसेको छ, त्यसबाट बाहिर ल्याउन अब सशक्त नेतृत्व र दिगो सङ्गठन अपरिहार्य छ र त्यो नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राष्ट्रवादी शक्तिहरूसँग एकजुट भएर गर्नेछ। अब न कुनै भ्रम बाँकी छ, न कुनै अन्योल। हामी अब राष्ट्रको स्थायित्व, सुशासन, आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमानका लागि एकजुट भएका छौं। हाम्रो सङ्कल्प दृढ छ। हाम्रो यात्राको दिशा स्पष्ट छ र हाम्रो लक्ष्य अवश्य प्राप्त हुनेछ।

Khusbu Oli

15,606 Aufrufe • vor 1 Jahr