Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

प्रदेश सांसदले भिजिट भिसामा हजुर, भिजिट भिसामा गीत गाएपछि... Next Level 😂👇️

14,269 Aufrufe • vor 1 Jahr •via X (Twitter)

3 Kommentare

Profilbild von रोशन शाहि
रोशन शाहिvor 1 Jahr

Lekhak be: HM छोडी उड्ने हजुर कञ्चनपुर दिशामा 😆

Profilbild von Seven Eleven Records
Seven Eleven Recordsvor 1 Jahr

🌟 New Album Alert! 🌟 Dive into the dreamy vibes of Lost in Bedroom Pop. Let the melodies wrap around your soul. 🎶✨⬇️ #NowPlaying ⬇️

Profilbild von Ayush Pokharel
Ayush Pokharelvor 1 Jahr

तपाईं काठमाडौं आउन सक्नु हुन्छ 👌👌

Ähnliche Videos

सांसदलाई नसुन्ने सरकारले जनताको चित्कार के सुन्ला? तैपनि यो सुन्नस् - यहाँ उपस्थित कति जनाका छोरा छोरीको उमेरको होला, कतिको नाति नातिनीको उमेरका - भर्खर १२ पास गरेकी बहिनीलाई नजिकको मान्छेमार्फत दलालले घरको काम गर्ने हो - ४३ हजार तलब, अझ फ्रि टिकटमा जान पाइन्छ भनेर सपना देखाउँछ। त्यहाँ पुगे पछि शोषणमा पर्छिन्, आफ्नै अगाडि आफ्नो मोल लगाएर बिक्रीमा पर्छिन्, भन्ने ठाउँ छैन, कानुनी अधिकार केहि छैन । ती बहिनी कसरी गई - भिजिट भिसामा । दलालले एक युवकलाई barrack मा बसे पुग्छ, खतरा छैन, ३ लाख महिनाको पाउछ भनेर सपना देखाउँछ, रसिया पुऱ्याउछ, अर्काको युद्धमा मर्नलाई, बाँचेर फर्किनेले जिन्दगीभर नमेटिने शारीरिक र मानसिक घाउ बोकेर आउँछन् । Linkedinबाट अन्तरवार्ता लिन्छ, पठाउछ बर्मा, कम्बोडिया । cyber scam cells मा जेल जस्तो अवस्थामा राखेर दिनरात हनीट्रयाप साइबर स्क्याममा अरुलाई फसाउने काम गर्न बाध्य बनाउछ। टार्गेट पुगेन भनेर कुटपिट गर्ने, करेन्ट लगाउने सब गरिन्छ। दास जस्तो एक सेन्टरबाट अर्कोमा बेचिन्छ, आत्मसम्मान खोसिन्छ । यस्तोमा कसरी पुग्छन् नेपाली युवा - भिजिट भिसामा । यस्तो ठाउँमा युवा पठाउन समेत घुस लिनेलाई राजनैतिक संरक्षण दिने; आफ्नो भाग सफ्टवेयरबाट निकालेर खानेहरूमाथि छानबिन गरौँ भन्दा समेत नगर्ने - कतिसम्म गिरेको? अनि यस्तो जोखिम छ भनेर थाहा पाउदा पाउदै पनि, ऋण लिएरै पनि जसरी पनि विदेश जान पर्छ भनेर मनस्थितिमा हाम्रो युवा कसरी पुगे, नेपाललाई खुला आकाश मुनिको गोलघर कसले बनायो ? सबैलाई थाहा नै छ तर किन केहि नगरेको? हाम्रो आन्दोलन जारी छ। छानबिन समिति बनाउनै पर्छ।

Sumana

29,179 Aufrufe • vor 1 Jahr

भिजिट भिसामा काममा जान्छन् नेपाली, हरेक किसिमको शोषणमा पर्छन्, कुनै कानुनी अधिकार हुदैन - यो मानव तस्करी हैन भने के चै हो? देशमा रोजगारी छैन, सिर्जना गर्न खोज्नेलाई हैरान पारिन्छ, बिदेश गएरै भए पनि परिवार पाल्छु भन्नेलाई नि घुस नबुझाई जान दिदैनन्, घुस बाढ्नलाई सफ्टवेयर नै बनाएका छन् - यो संगठित अपराध हैन भने के हो? सत्तासीन दलहरूले वर्षौदेखि गरी आएकै यही हो, सामान्य लाग्यो होला - तर जुन संस्कारबाट हामी आयौँ हामीलाई यो पाच्य छैन । कसैलाई तर्साएर कसैलाई लोभ्याएर गलाउन सकिन्छ भन्ने लागेको होला - तर हामी मागमा अडिग छौँ । कसकसैलाई यो मुद्दाले सत्ता समीकरणमा हेरफेर गर्न सकिन्छ भन्ने लागेको होला - तर हामीबाट यसमा सम्झौता हुनेछैन । पहिलो दिन देखि हाम्रो माग यो मुद्दामा संसदीय छानबिन आयोग बन्नै पर्छ, गृहमन्त्रीले राजीनामा दिनै पर्छ भन्ने हो, अहिले पनि त्यही हो । सत्तामा पुग्ने, जसरी पनि टिक्ने अनि भरपुर दोहन गर्ने नै राजनीति हो भन्ने मान्यता तोड्न आएका हौँ । हाम्रो लागि राजनीति भएको जनताको समस्या समाधान गर्ने र समाजलाई अघि बढाउनु हो । पाइला पाइलामा जनताको रगत पसिना चुस्नेहरूले हो समाजलाई अघि बढ्न नदिएका, यसमा हामी पछि हट्ने छैनौ ।

Sumana

12,695 Aufrufe • vor 1 Jahr