Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

प्रहरी हो कि अपहरणकारी ?? राति राति जनताको घरमा पुगेर अपहरणकारी शैलीमा प्रवेश गर्न खोज्ने । ???? ?? #BoycottGovernment #DissolveParliament

12,703 Aufrufe • vor 1 Jahr •via X (Twitter)

1 Kommentare

Profilbild von Sandesh Khanal
Sandesh Khanalvor 1 Jahr

शासकको प्रतिनिधि- जस्ताको त्यस्तै। थुक्क गाणतन्त्र।

Ähnliche Videos

🚨लुटबाट जोगिन खोज्दा गम्भीर दुर्घटना, सडकभरि मानिस थिए तर मानवता कहाँ थियो? 📹 यस भिडियोमा देखिएका दृश्यहरूले एउटा गम्भीर प्रश्न उठाउँछन्—अपराध बढ्दै छ कि हाम्रो मानवीय संवेदना घट्दै छ? राति ११:२५ बजे। दिनभर काम गरेर घर फर्किरहेका एक युवा आफ्ना छोराछोरीका लागि खाजा बोकेर घरतर्फ जाँदै थिए। तर तारकेश्वर नगरपालिका–११ को सुनसान सडकमा मोटरसाइकलमा आएका दुई लुटेराले उनलाई लुट्ने प्रयास गरे। लुटेराबाट जोगिन दौडिँदा अर्को मोटरसाइकलको ठक्करले उनी गम्भीर घाइते भए। CCTV फुटेजमा त्यसपछिका हरेक दृश्य झन् पीडादायी छन्। धेरै सवारीसाधन घटनास्थलबाट गुज्रिए, केहीले हेरेर हिँडे, तर घाइतेलाई तत्काल उद्धार गर्ने हात भने देखिएन। ठक्कर दिने चालकसमेत अन्ततः घटनास्थल छाडेर हिँडे। सामाजिक अभियन्ता दिपु उप्रेतीले तत्काल प्रहरी कन्ट्रोल रुम (१००) र नजिकको प्रहरी चौकीमा खबर गरेपछि प्रहरी घटनास्थलमा पुग्यो। त्यसपछि घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याएर उपचार गराइयो। घटना २०२६ ०३ २९ गते राति भएको हो। लुटमा प्रयोग भएको मोटरसाइकलको नम्बर CCTV मा स्पष्ट नदेखिएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यो भिडियो धेरैभन्दा धेरै Share गर्नुहोस्। सायद तपाईंको एउटा शेयरले अपराधी पहिचान गर्न र अर्को कुनै निर्दोषलाई यस्तै घटनाको शिकार हुनबाट बचाउन सहयोग पुग्न सक्छ। #CCTV #Kathmandu #Crime #Humanity #Justice Nepal Police

न B न

16,377 Aufrufe • vor 3 Monaten

- घरजग्गा बेचेर, ऋण काटेर विदेश गयो अनि गणतन्त्र जिन्दावाद भन्यो। - छोराछोरी राम्रो स्कूल जान पाउँदैनन्, रोजगारी पाउँदैनन् तर गणतन्त्र जिन्दावाद भन्यो। - अस्पतालमा पैसा नभएर, राम्रो स्वास्थ्य सेवा नभएर परिवारको सदस्य गुमायो अनि घरमा आएर गणतन्त्र जिन्दावाद भन्यो। यी सबै विषय अब 'पात्र'मा मात्र सिमित छैन। देशको संविधान र व्यवस्थासँग जोडिएको छ। आफू र आफ्नो परिवारको जिन्दगी, भावी पुस्ताको जिन्दगी, देशको जिन्दगी बर्बाद गरेर गणतन्त्र जोगाउने? राजसंस्थावादीहरूलाई पनि अनुरोध: असोज ३ गते तथाकथित संविधान दिवसको विरोध गर्न त्यसलाई 'कालो दिवस' भनौँ र दीप प्रज्वलन गर्न सरकारले गरेको अनुरोधको शान्तिपूर्ण अवज्ञा गर्न ३ गते साँझ ८ बजे १ मिनेट बत्ती निभाऊँ। यति गर्न कुनै परिश्रम पर्दैन, कहिँ जानु पर्दैन, केहीले रोक्दैन, राजनीतिक रूपमा विचार गर्नुपर्ने कुनै कारण छैन। तैपनि घरमा त्यो साँझ दीप (बत्ती) प्रज्वलन गरेरै बस्ने हो भने, मुटुमा राजसंस्था छ कि छैन, आफूले आफैंलाई प्रश्न गरौँ। #Asoj3BlackDay, #LightsOffat8pm

Rabindra Mishra

25,515 Aufrufe • vor 2 Jahren

कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी साथीहरू मलाई निरन्तर फोन/इमेल गरिरहनुभएको छ। अझै परीक्षाको समय निश्चित भएको छैन। आज भोली हुने भनिएका प्रवेश परीक्षाहरू फेरि स्थगित भएका छन्। विद्यार्थीहरू अब केही हुँदैन भन्ने निराशामा छन्। 'सदनमा बोले पनि केही हुँदैन? अब विकल्प के हो?' भनेर पीडित विद्यार्थीहरू सोधिरहेका छन्। परीक्षा ढिलो हुनुमा सत्तारुढ काँग्रेस-एमालेकै विद्यार्थी संघठनहरूको झगडा मुख्य कारण बनेको छ। कसैले पनि यो समस्याको समाधान गर्न चाहँदैन किनभने यसले उनीहरूको ‘भविष्यको राजनीतिक सम्भावना’ अर्थात् ‘गुण्डागर्दी’लाई निस्तेज गर्नेछ। भोली प्रोफेसर पिट्न र विद्यार्थीलाई चिट चोराउन होस् या असुली गर्न तिनै विद्यार्थी सङ्गठन चाहिन्छन्। कोलम्बिया विश्वविद्यालयमा प्रवचन दिँदै हाम्रा प्रधानमन्त्री भन्नुहुन्छ, 'विश्वविद्यालय ज्ञानको मन्दिर हो।' कसैले सोधौँ न हो - किन हाम्रा प्रधानमन्त्रीज्यू अमेरिकामा हुँदा मात्र विश्वविद्यालयलाई ज्ञानको मन्दिरको रूपमा देख्नुहुन्छ? किन नेपालीका छोराछोरी पढ्ने नेपालका विश्वविद्यालयलाई राजनीतिक खेल मैदान बनाउनुहुन्छ? किन विश्वविद्यालयमा राजनीतिक भागबन्डामा आफ्ना आसेपासेहरूलाई नियुक्त गर्नुहुन्छ? किन कलेजलाई ब्यारेक जस्तो बनाएर विद्यार्थीलाई कार्यकर्ता बनाउनुहुन्छ? किन हो यो दोहोरो चरित्र?? प्रधानमन्त्रीज्यूको पाखण्ड र दोहोरो चरित्र छर्लङ्ग छ। प्रधानमन्त्रीज्यू ! तपाईँले विद्यार्थीको पढ्न पाउने हक बन्धक राखेर कृषि औद्योगिकीकरण गर्न सक्नुहुन्न है। न त तपाईँले विद्यार्थी-विद्यार्थीबिच घृणा फैलाएर विश्वविद्यालयलाई ज्ञानको मन्दिर बनाउन सक्नुहुन्छ। खोजेको के हो? के तपाईँ आफ्ना विद्यार्थीहरूका समस्याप्रति चासो राखेर समाधान गर्न सक्नुहुन्न? की समाधान चाहनुहुन्न? शिक्षामन्त्री र गृहमन्त्रीलाई पनि मेरो प्रश्न: विद्यार्थी-विद्यार्थी लडाइराख्नु, पढ्ने-पढाउने माहौल बनाउनुपर्दैन भन्ने प्रधानमन्त्रीको आदेश नै छ कि, तपाईँहरूलाई पनि बालै मतलब नभाको हो?

Sumana

46,667 Aufrufe • vor 2 Jahren

नेपाल सरकारसँग अनुरोध!! लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा त परै जाओस्, हाम्रै दार्चुलाको व्यास गाउँपालिका लगायतका स्थानमा सडक मार्गको अभावले गर्दा नेपाली जनतालाई आफ्नै भूमिमा पुग्न भारतबाट पास बनाएर यात्रा गर्नुपर्ने दु:खद परिस्थिति छ। यो हाम्रो सार्वभौमिकतामाथि मात्रै होइन, जनताको आत्मसम्मानमाथि समेत गम्भीर चोट हो। आफ्नै माटोमा हिड्न, आफ्नै भेगमा पुग्न पराइको बाटो र अनुमतिमा निर्भर रहनुपर्ने पीडा एक सच्चा नेपालीले मात्र बुझ्न सक्छ। यसैले, म सरकारसँग अनुरोध गर्छु कि नेपाली जनताले आफ्नो भूमिमा स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउन, यी क्षेत्रका पुराना र ऐतिहासिक सडकहरू पुनःनिर्माण गरियोस्। Hello Sarkar, Government of Nepal @Sushantpra61535

Khusbu Oli

11,409 Aufrufe • vor 1 Jahr

बम होइन, स्टोभ पड्केको भन्न लगाइयो २०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोट र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा मोहम्मद आफताब आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सो मुद्दामा आलम ०७६ असोजमा पक्राउ परेका थिए । अदालतमा थुनछेक चलिरहँदा ५ वर्षअघि विस्फोटका घाइतेले भनेका थिए - अपहरण गरेर बयान फेर्न लगाइयो । कान्तिपुर टिभीमा त्यसबेला प्रसारित समाचारमा गौरीशंकरको भनाइ थियो - बम होइन, स्टोभ पड्केको भन्न लगाइयो । यसबीचमा कांग्रेस सभापती शेरबहादुर देउवाले पटक पटक आलमलाई छुटाउने बताउँदै आउनुभयो । आज ''संकलित सबुद प्रमाणबाट मोहम्मद आफताब आलमको घरमा २०६४/१२/२७ मा बम विस्फोटको वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको'' भन्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले आलमलाई सफाइ दियो । हेर्नुस् ५ वर्षअघिको यो समाचार । अरू केहि समाचार र भिडियोका लिंक - रौतहट बम काण्डको जालो : रौतहट नरसंहारमा राजनीतिक नेतृत्व... : साक्षी जोगाउन आदेश : आलम प्रकरण : तत्कालिन आइजीपीदेखि गृहमन्त्रीसम्मै जानकार : आफताब आतंक : आलमको औकात :

Rupesh Shrestha

43,584 Aufrufe • vor 1 Jahr

“सुकुम्बासी” कुनै समुदायको जीवनभरको पहिचान नहुनुपर्ने हो। एकातिर दलहरूले “सुकुम्बासी” बन्न प्रोत्साहन गरेका छन् त अर्कातिर बाध्य बनाएका छन्। सुकुम्बासी बन्ने रहर पक्कै कसैको हुँदैन। जुनसुकै व्यक्ति पनि जीवनको उतार चढाव, प्राकृतिक विपद्का कारण गरिबीको रेखामुनि जान सक्छन्। यति मात्र हैन, आर्थिक पहुच नभएका कारण कैयौ परिवारले मिटरब्याज मार्फत रिण लिएर पैसा तिर्न नसकेकाले समेत सुकुम्बासी बन्न बाध्य भएका छन्। संविधानले आवासलाई मौलिक हक मानेको छ, सरकारले सुलभ आवासको सुनिश्चतता गर्नु पर्ने हो । अनकन्टार भीरमा एक टुक्रा जमिन हुने र हुँदै नहुनेमा त्यस्तो अन्तर के छ र– एउटाले सित्तैमा जग्गा पाउने, अर्कोले जीवनभर संघर्ष गर्न पर्ने - के यो न्यायोचित हुन्छ? आम नेपालीको सपना हुन्छ - शहरमा एउटा घर । बीसौं वर्ष संघर्ष गरेर बल्ल तल्ल एउटा घर जोडिन्छ। घर जग्गामा अनियन्त्रित लगानी, भाउ आकासिएर आम जनताको पहुँच बाहिर गएको छ। कुनै उद्योग गर्न परे ठूलो पूँजी जग्गा प्राप्ति मै खर्च हुन्छ। केही उद्यम गर्न भन्दा जग्गाको भाउ बढ्ने कुरेर बस्नु मै फाइदा छ, भाउ आए बेचिहाल्नु पनि पर्छ । सरकार भने मालपोतको राजश्व बढ्यो भनेर खुशी छ । शहरी क्षेत्रमा घरभाडाले घरखर्चको ठूलो हिस्सा ओगट्छ यसले परिवारको क्रयशक्ति घटाएको छ, यसमा सरकारको ध्यान जाँदैन । यदि सबैलाई जग्गा बाँढ्ने नै हो भने के सबै भूमिहिनले पाउछन् त जग्गा? कि कोही दाहिना हुनु पर्छ? सरकारले राष्ट्रिय निकुञ्ज बनाउनका लागि जग्गा सट्टापट्टा गर्दा एकाज परिवारले कति पटक जग्गा पाए? “सरकार”को पाउ र नजरमा नपरेका अझै पनि पर्खाईमा छन्। गर्ने नै हो भने रोजगारी, शिक्षा र स्वास्थ्य सेवा पायक पर्ने गरी आवास गृह बनाएर सुपथ आवास प्रदान गर्न सक्छ बास नभएकाहरूलाई । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने tax credits को प्रावधानका बैङ्कहरूले समुदायमा पुनर्लागानी गर्नु पर्ने प्रावधान बलियो बनाउनु पर्छ। आफ्नो ठाउँ सुहाउदो रचनात्मक हस्तक्षेप गरे स्थानिय सरकारले जनसंख्या आर्कर्षित गर्न सक्छ, आर्थिक गतिविधि बढाउन सक्छ। भूमि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ सरकारले अस्ती जेष्ठ ६ गते पेश गर्यो। ७२ घण्टा लागू भयो, संशोधन राखेँ। अब कार्यतालिका अनुसार जेष्ठ १४ मा सदनमा पेश गर्ने रे – कि समितिमा जान्छ कि सदनमै छलफल हुन्छ भनि त्यहि कार्यतालिकामा नै भनेको छ। नेतागणको mood मा भर पर्ने होला, हैन त? त्यहि दिन पास गर्ने mood बन्छ कि के हुन्छ, हेरौँ। तर यो विधेयकमा काम गर्दा अचम्म लाग्यो – सार्वजनिक जग्गा अब कसको आवरण देखाएर कसको नाममा बाढ्ने रे? कोही किन भूमिहीन हुन्छ भन्ने न प्रश्न सोध्ने ठाउँ राखिएको छ, न त त्यसको समस्याको हदसम्म गई समाधान गर्ने प्रयास गरिएको छ। तर वन क्षेत्र र निकुञ्ज क्षेत्र पनि पुन:नक्शाङ्कन गरि सरकारको स्वामित्वमा ल्याउने रे! न त सांस्कृतिक, ऐतिहासिक वा प्राकृतिक सम्पदाको केहि ख्याल छ न त वास्तव मै पछाडी परेका समुदायलाई उकास्ने ध्याउन्न छ। यदी हुँदो हो त शायद - जग्गा बाँढ्छु भन्दै गर्दा उनीहरूको आर्थिक अवस्था, अन्यत्र जग्गा भए-नभएको हेर्ने प्रावधान हटाउने प्रस्ताव राखिन्नथ्यो होला। सार्वजनिक सम्पत्ति सार्वजानिक हो। यो समुदायको हो, सरकारको हैन। आखिर कहिलेसम्म यस्ता विधेयक सरकारले ल्याउने, हामी हेर्ने, बस्ने हो। अब हामीसँग ५ दिन छ यो विधेयक पेश हुनु अघि। विधेयक पढ्नु होला र आफ्ना सांसदलाई फोन गरेर सोध्नु होला – कस्तो कानून बनाउँदै हुनुहुन्छ भनेर। मैले संशोधन बुझाएँ तर मैले वा हामी केहीले गरेर हुँदैन – तपाइँहरूले पनि आवाज उठाउनै पर्छ।

Sumana

15,091 Aufrufe • vor 1 Jahr

हामीले उठाउँदै आएको विषय स्पेनको Seville को केसले झन् पुष्टि गर्यो—कति महत्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर। सबैभन्दा दुःखको कुरा चाहिँ—सदनमा आन्दोलन हुँदै गर्दा पनि तस्कर हरूलाई न डर, न भय, न संकोच। कसको अकर्मण्यताले गर्दा यस्तो आँट आएको हो? फेक documents हरू पनि पास गराउन सक्छौं अध्यागमनबाट भनेर? मानव तस्कर /smugglers हरूमा पलाएको आँटको स्रोत के हो, को हो? सदनको गरिमा त निलो ribbon मा भन्दा यसमा खोज्नु पर्ला, सभामुख महोदय। देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ? पक्कै पनि फागुन २०७८ सालमा बनेको “Visit Visa र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदन”—जसमा अहिलेको जस्तै विभिन्न मन्त्रालयबाट सह-सचिवहरूको जम्बो टोली थियो—त्यो प्रतिवेदन गृह मन्त्रालयको कुनै कुनामा धूलो बटुलेर बसेको छ। Covid पछिको समयमा दुबईमा नेपालीहरू Visit Visa मा बिचल्ली परेपछि गठन गरिएको त्यो कार्यदल र अहिलेको कार्यदलमा केही फरक छैन, निकास दिएको अवस्था छैन। कर्मचारीले मात्रै सल्टाउन सक्दैन—यसको जालो ठूलो छ र यो policy reform को पनि विषय हो। त्यसैले त हामीले संसदीय छानबिन समिति मागेका हौं, वा उच्चस्तरीय आयोग मागेका हौं। फेरि पनि त्यस्तै कार्यदल बनाएर सरकारले कसको आँखामा छारो हाल्ने? अझै व्यक्ति-केन्द्रित भएर सरकारसम्म डराउने? एक व्यक्ति-केन्द्रित भएर सिङ्गो सरकारले जनताको पीडा नसुन्ने नै हो त? किन डराएका छैनन् तस्करहरू? Seville को केसले त त्यही भन्छ। भ्रष्टाचारीको अनुहार हेरिँदैन भन्ने सुशासन आयोगका प्रमुखको पनि जवाफ आज हामी माग्छौं यो विषयमा—तपाईंलाई थाहा दिइएको थियो कि थिएन २०७८ को प्रतिवेदनबारे? र मन्त्रिपरिषद्को अर्को काण्ड—कास्कीको कार्यालयमा को पठाउनेमा setting, घुस; जिल्लाको भूमि आयोगका अध्यक्षहरूमा setting—किन भूमि विधेयक fast track गर्न खोजिएको बुझियो? आफू अनुकूल मान्छे, आफू अनुकूल कानून। एउटा मन्त्रिले अर्को मन्त्रीलाई पोलेको छ—यसको छानबिनको हामी माग गर्छौं। “सम्बन्धित ठाउँ” भनेको कसको ठाउँ हो, कुन ठाउँ हो? Audio मा भनिएको “बा” भनेको के हुन्? असार २०७९ मा हतियार खरिद रोक्न एमालेले जलाएको थियो तत्कालीन प्रधानमन्त्री देउवाको पुतला, अहिले मिलेर ठेक्का ब्युँताउँदै भन्ने समाचार आएको छ। यो के हो? जवाफ मागौं। Ruling होस् सरकारलाई, सदनको अभिभावकबाट, र सोधौं— २/३ को सुशासन भनेको के यही हो? आफ्नोलाई चैन, अरूलाई ऐन नै ऐन? पहिला पनि यस्तै audio काण्ड घटेको थियो—यो बिर्सेका छैनन् जनताले, र फेरि पनि त्यही। २/३ भनेको मिलिजुली भाग खानको लागि? कसको प्रोत्साहन, कसको तागतको भरमा, कसको संस्कारमा? के फरक भयो त यी वर्षहरूमा? जनताले के पाए?

Sumana

12,988 Aufrufe • vor 1 Jahr

२०४६ र २०६२/६३ सालको आन्दोलनको झल्को आइरहेको छ! १। अन्य सँगसँगै, राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू पक्राउ परिरहेछन्। त्यो पनि कतिपय नितान्त असम्वन्धित ठाऊँहरूबाट। सबैलाई तुरून्त रिहा गरियोस्। गैरकानूनी गिरफ्तारीहरूको घोर भत्सर्ना गर्दछु। २। बाहिर कारणहरू नभएका होइनन्, तर गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञाले न २०४६ सालमा पञ्चायत बचाउन सक्यो न २०६२/६३ सालमा राजाको शासन बचाउन सक्यो। ३। यो देशको चरम भूराजनीतिक र आन्तरिक संवेदनशीलताका कारण गणतन्त्र यो देशको लागि घातक छ। यसले धेरै वर्षसम्म असर पर्ने गरी समाजको पत्र-पत्रलाई पतित बनाइसक्यो। ४। गणतन्त्र हाँक्नेहरू त सत्यानाशी छँदै थिए। डरलाग्दो कुरा, ती भन्दा बढी सत्यानाशी गणतन्त्र जसरी पनि जोगाऊँ भन्ने नागरिक समाजका अगुवाहरू देखिँदैछन्, जसलाई यो देश ‘ध्वंस’ नै नभइकन जीवनमा खासै असर पर्दै पर्दैन। ५। मेरो आग्रह: अब गणतन्त्र हाँक्ने र त्यसको बचाउ गर्नेहरूले गणतन्त्र घिसार्ने प्रयास नगर्नुहोस्। यसको परिणाम सुखद हुनेछैन। ६। राजा ल्याउँदैमा सबै राम्रो हुन्छ त? भन्नुहोला। राजा आएपछि पनि नेताहरूले ५०० वटा गल्ती गर्दा राजाबाट ५ वटा गल्ती हुन्छ। संसारभरी नै भएका छन्। तर गल्ती भयो भन्दैमा एकले अर्कोलाई निषेध गर्न खोज्ने हो भने, यो देशकै भविष्य संकटमा पर्नेछ। संकटमा पर्ने प्रशस्त संकेतहरू देखिन थालिसकेका छन्। ७। आज नभए भोली, भोली नभए पर्सी अवस्था विष्फोट हुन्छ-हुन्छ। त्यस्तो हुनु अगाबै #शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसमझदारी मा जाऔँ। व्यक्तिगत विचारका खातिर देशलाई र देशका बहूसंख्यक विपन्न जनताको भविष्य संकटमा नपारौँ।

Rabindra Mishra

42,720 Aufrufe • vor 2 Jahren

नेपाल सरकारसमक्ष अपिलपत्र सम्माननीय प्रधानमन्त्रीज्यू सिंहदरबार, काठमाडौँ, नेपाल विषय: विदेशमा समस्यामा परेकी तनहुँ जिल्लाकी चेली संगीता थापाको शीघ्र उद्धारका लागि अनुरोध। हालका दिनमा "भिजिट भिसा" को नाममा नेपाली नागरिकहरूलाई विभिन्न तेस्रो मुलुकहरूमा पठाएर सरकार र त्यससँग जोडिएका एजेन्टहरूले मुनाफा कमाइरहेको तथ्य लुकाउने कुरा रहेन। तर, यस्ता कार्यका गम्भीर परिणाम भोग्नुपरेको छ विशेषगरी हाम्रा चेलीबेटीहरूले। जबसम्म यस्ता समस्या उनीहरूका आफ्नै परिवार र नातागोतामा पर्दैन, तबसम्म सम्बन्धित निकायहरू, सरकार र दलालहरू यस विषयमा संवेदनशील हुने देखिँदैनन्। हाल तनहुँ जिल्लाकी चेली संगीता थापा कुवेतमा अलपत्र अवस्थामा पुगेकी खबरले हामी तनहुँ बसी र सम्पूर्ण नेपाली जनमानसलाई पीडित तुल्याएको छ। उनको अवस्था गम्भीर छ र तत्काल उद्धार आवश्यक छ। अतः, यस पत्रमार्फत हामी नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास र सम्बन्धित निकायहरूलाई निम्न बुँदाहरूमा अपिल गर्न चाहन्छौँ। 1. संगीता थापाको शीघ्र उद्धारको लागि आवश्यक पहल तुरुन्त सुरु गरियोस्। 2. भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र शोषण रोक्न स्थायी नीति र कडाइ लागू गरियोस्। 3. विदेशमा समस्यामा परेका नेपालीहरूका लागि तत्काल सहायता केन्द्र र आपत्कालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाइयोस्। 4. दलालहरूलाई कडा कारबाही गरियोस् र पीडितहरूलाई न्याय दिलाइयोस्। यस सन्दर्भमा सम्पूर्ण तनहुँबासी, नेपाली जनसमुदाय, सामाजिक अभियन्ता र मानव अधिकारकर्मीहरूले सन्देश र भिडियोहरू सामाजिक सञ्जालमार्फत फैलाउँदै जनदबाव सिर्जना गरिरहेका छन्। यो आवाज सरकारसमक्ष पुगेर आवश्यक कारबाही होस् भन्ने हाम्रो अपेक्षा हो। सधैं जनताको पक्षमा रहनुभएको विश्वाससहित, हामी तपाईंको तुरुन्त ध्यानाकर्षणको अपेक्षा गर्दछौं। धन्यवाद। भवदीय, दीपक राज जोशी व्यास -२ , दमौली, तनहुँ

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

11,018 Aufrufe • vor 1 Jahr

"नवीन समझदारी" र परिमार्जन सहितको २०४७ सालको संविधानका लागि मंगलमय शुभकामना! "अब समय आएजस्तो छ, जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु तर जनताको इच्छा हुनुपर्छ!" सिला खोजे जसरी खोज्दा त "प्रचण्डपथका अनुयायी"हरूलाई केही भेट्टाउन हम्मेहम्मे परिरहेको छ। जब कि उनीहरू राजसंस्थाभन्दा हजार गुणा बढी भ्रष्ट, पापी, अपराधी, राष्ट्र र भावी पुस्ता घातीहरूको ज्यान फालेर आलोचनात्मक बचाउ गर्छन्। यो देशमा राजाको सकृय शासन कसैले खोजेको छैन। तर यो देश ढिलोचाँडो भूराजनीतिक भुमरी र आन्तरिक द्वन्द्वमा फस्ने संभावना प्रबल छ। इमान र ज्ञानका लागि सम्मानित स्वर्गीय बरिष्ठ अधिवक्ता गणेशराज शर्माले भने झैँ "राजसंस्था अँध्यारोमा बाल्ने टर्चलाइट हो।" मैले मेरो पुस्तकमा "कुशन संस्था" भन्ने शब्दावली प्रयोग गरेको छु। देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मानमा बढ्दै गएको खतरा आजको दिनमा पनि कसैले न्यूनिकरण गर्न सक्छ भने त्यो राजसंस्था नै हो। अब राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी मा पुग्न जति ढिलो गर्छौँ, त्यति छिटो यो देश भड्खालोमा पर्नेछ। माओवादी पार्टी भोली रहला-नरहला तर २०४६ सालपछिको नेपालको सबैभन्दा सफल नेता प्रचण्ड हुन्। प्रचण्डले देशभन्दा विचारलाई माथि राख्ने धनी, ज्ञानी, मानी/नागरिक समाज/समाज/मिडिया/राजनीतिक पार्टी/राजनीतिकर्मी -- सबैलाई घिसारेर आफ्नो पुच्छर बनाइसकेका छन्। जसले जति नै अग्रगमनको फुर्ती लाएन पनि देश अहिले "प्रचण्डपथ"मा हिँडिरहेको छ, जसले कुनै हालतमा यो देश र भावी पुस्ताको हित गर्ने छैन। त्यसैले स्थिति नियन्त्रण भन्दा बाहिर जानु अगाबै सबैले अहं र हठ त्यागौँ, आ-आफ्नो गल्ती महशुस गरौँ, शान्तिपूर्ण संक्रमणका लागि २०४७ सालको संविधानलाई आधार बनाएर, त्यसमा आवश्यक परिमार्जन गर्दै, राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी मा पुगौँ। #विचारभन्दामाथिदेश लाई माथि राखौँ।

Rabindra Mishra

76,475 Aufrufe • vor 3 Jahren

मेरा मित्र सागर प्रसाइँको यो पीडा यता शेयर गर्न चाहेँ । @sagarprasai (बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाईदिनुहोला ।) मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा. ९, बत्तिस पुतली को अरनिको मार्ग मा बस्छु । यही मङ्सिर को ११ गते, म घरबाट बाहिर निस्किदा मेरो घर अगाडीको मूलबाटो मा ठुला ठुला खाल्डा खन्न थालिएका थिए । एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्के । २-३ दिनमा पुरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो । १ हप्ता सम्म पनि म घर को घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट १ दिन पछाडि- कार्य प्रगति हुँदै छ, चाँडै सकिन्छ भन्ने खबर आयो । फेरी काठमाडौँ महानगरपालिकाको हटलाइन मा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिव जीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलि देखि नै हिँड्ने बाटो खुलाउँछौ भन्नुभयो । फेरी प्रगति शून्य । त्यसपछि मैले वडा नं वडा अध्यक्ष लाई सम्पर्क गरे, वहाँले पनि हामी मिलाइहाल्छौँ भन्नुभयो । मेयर साबको फेसबुकमा उपलब्ध नम्बर मा मेसेज गरे, उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो- असुविधाको लागि माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुना बाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालिन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् । म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसाय मार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्‍यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो । त्यस कारण, मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारी ज्यू, जनप्रतिनिधि र सुशासनको ठुला ठुला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री- मेरो यो कुरा सुनेर लाज त लाग्यो होला । त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।

Gajendra Budhathoki ♿

67,945 Aufrufe • vor 2 Jahren

संसदमा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र? काठमाण्डौमा नै बीर, पाटन, कान्ति, टिचिङ लगायत अस्पतालमा आइसियु पाइएन भन्दै आम नागरीकहरुको रोदन छ।बिरामीहरूले ज्यान गुमाउनु परेको छ। परिवारमा पर्ने दुख भनिनसक्नु छ तर केहि अस्पतालका आईसीयु खाली बसेका छन्।यसबारेमा संसदमा बोल्न समय पाइदैन। नियमावली अनुसार संसदमा ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ। आजकल प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ। मैले दुवै प्रकृयामा आकस्मिक समय माग गरेँ । तर समय दिईएन । आईसीयु नपाएका बिरामीहरुको बिजोग छ। स्थिती दिनानुदिन गम्भिर हुँदै गएको छ ।समाधान गर्न गार्हो विषय पनि होईन। समाधान छ। त्यसबारेमा संसदले निर्देशन दिन आवश्यक छ । यो लापरवाही आमनागरिकले पनि थाहा पाउन आवश्यक छ । यो विषयको अर्जेन्सीको कारण केहि दिन अघि र आज पनि निरन्तर आकष्मिक समय माग गरिरहँदा पनि समय पाईन । दिनदिनै डरलाग्दो भइरहेको यो स्थितीको गाम्भिर्यता र आकष्मिकताको मनन नभएकोमा दुख लाग्यो । यो समाधान नगरे समस्या झन् विकराल हुनसक्छ ।अब भोलिबाट IPU सम्मेलनका कारण १० दिन संसद नचल्ने भएको छ। तसर्थ यो विषय प्रतिनिधि सभाको सभामुख महोदय, सम्बन्धित मन्त्री र सबैमा पुगोस् भनि यहिँ राख्दैछु। ------------------------------------------------- सम्माननीय सभामुख महोदय, एक पटक यो तथ्यांक ध्यान दिएर सुन्न आग्रह गर्छु । एउटा अस्पताल जहाँ मेडिकल ICUमा ८ बेड छन् २ वटा थन्किएका छन् । सर्जिकल ICU १८ बेडमा १० प्रयोगमा छैनन् । रेस्पी ICU मा AC बिग्रेकोले बिरामीको तापक्रममा समस्या छ । न्युरो ICU ९ बेडमा ४ प्रयोगमा छैनन् । Gastro/Hepato ICU (११ बेड भएकोमा) पुरै बन्द गरी ताल्चा लगाईएको छ । CCU मा ९ बेडमा ५ बेड थन्किएका, Cardiology ward १८ बेडमा ९ प्रयोगमा छैनन्, जेष्ठ नागरीक वार्ड पुरै बन्द अवस्थामा छ ।अपरेसन कक्षहरुपनि पुर्ण सन्चालन हुनसकेका छैनन्, केहि मात्र सन्चालन भई बाँकी थन्किएका छन् । म स्वयम् प्रतक्ष त्यस असप्ताल पुगेर यो हविगत देख्दा निकै पिडा भयो ।आईसियु र भेन्टिलेटर नपाएर छटपटाईरहेका बिरामीहरुको हार गुहार र रोदन सम्झदा राज्यको अकर्मण्यता प्रति आक्रोष पनि जाग्यो। यो कहिँ दुरदराजको ठाउँ र बिरामीको अभाव भएको अस्पतालको तथ्याङ्क होइन । यो देशको सबैभन्दा पुरानो र ठूलो "बीर अस्पताल" को तथ्यांक हो । संसद भवनबाट ५ किलोमिटर भित्रै पर्छ । स्वास्थ्य मन्त्रालयबाट २ किलोमिटर भन्दा नजिक । त्यहिँ त्यस्तो छ । बिरामीको चापाचाप छ । अपरेसनका लागि महिनौँको लाइन छ तर अवस्था यस्तो छ । आईसीयु र भेन्टिलेटर नपाएर बिरामीहरू तड्पिरहेका र मरिरहेका छन् । त्यसमा अघिल्ला स्वास्थ्यमन्त्रीको नजर नपुगेको होइन । उहाँको नजर परेको मात्रै होइन, एउटा भनाई छ नि, आँखा लाग्यो भन्ने । त्यस्तो चै भयो । सेवामा के फरक पर्छ नभनी उहाँले व्यवस्थापनलाई ध्वस्त बनाइदिनु भयो। आशा छ, अहिलेका स्वास्थ्यमन्त्रीको ध्यान पुग्नेछ । त्यहाँ काम गर्न एकदमै गाह्रो पनि होइन । ८३१ दरबन्दी स्विकृत भएकोमा पदपुर्ती गरिएको छैन । त्यो गरिहाल्नुपर्नेछ । गत कार्तिकमा पूर्वस्वास्थ्यमन्त्रीले एकैपटक २७६ जना स्वास्थ्यकर्मीहरु निकालिदिनुभयो यता स्वास्थ्यकर्मी बेरोजगार छन् , उता काम गरिरहेका स्वास्थ्यकर्मी हतोत्साहित छन् । बालबच्चादेखि वृद्धसम्म यो र त्यो अस्पतालमा ICU छ कि भन्दै दौडिन पर्ने भएको छ तर भएका ICU हरु खाली अवस्थामै बन्द छन् । राज्यलाई यो तहसम्मको नालायक हुन हालका स्वास्थ्यमन्त्रीले दिनु हुन्न भन्ने आशा छ । र, स्वास्थ्यमन्त्रालयले गर्नु पर्ने सूचिमा सबै भन्दा माथि राखेर यो काम तत्काल, आज र अहिलैबाट गर्न सुरू गरियोस्, अस्पतालको ट्रलीमा, अस्पताल अगाडि एम्बुलेन्समा बिरामी राखेर ICU खोज्दै यहाँ र त्यहाँ फोन घुमाउँदै कहालिएका नागरिकहरूले थाहा पाउने गरेर यो अस्पतालमा यतिवटा आइसियु छन् यति खाली छन् भनि हेर्न मिल्ने व्यवस्था वेबसाइट मार्फत बनाइयोस् भनि स्वास्थय मन्त्रालयलाई अनुरोध गर्दछु । धन्यवाद ।

Dr.Toshima Karki

45,091 Aufrufe • vor 2 Jahren

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर। सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणीत भए तिरौला पनि।यत्रो ऋणको लिनेलाई नै कुनै अत्तो पत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ। ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र? हिजो सम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर-छिमेकीलाई डिस्टर्ब हुन्छ। भिडियो हेर्नू होला।

Rabi Lamichhane

170,602 Aufrufe • vor 2 Jahren

यतिका दिन पछी पनि मुगलिङ नारायणघाट खण्डको सिमतालमा पहिरोमा बगेका बस फेला परेका छैनन । हाम्रो प्रार्थना ती बसमा रहेका र तिनको परिवारजनका साथमा छ । म बुझ्न सक्छु उनीहरुको पिडा । किनभने मैले त्यसतै खालको बेदना कतिब ३७ बर्ष अघि नजिकबाट महसुस गरेको थिए । पृथ्वी राजमार्गको जोगीमारामा एउटा यात्रुबाहक बस खसेर त्रिशुली नदीमा खसेको थियो ।कयौ दिनसम्म न यात्रु फेला परे न बस । ती दिनमा हामी नेपाल टेलिभिजनका लागी काम गर्थ्यौ । मोबाइल दुनियामा आएकै थिएन । जोगीमारा करिब ९१ किलोमिटर पर्छ काठमाण्डौबाट । क्यामेरापर्सन एवम मेरा मित्र लक्ष्मण उप्रेती भोर बिहानीको अन्धकारमा काठमान्डौबाट निस्कन्थ्यौ । दिउसो बस खोजीका समाचार खिच्थ्यौ । राती दौडादौड गरेर काठमाण्डौ फर्कन्थ्यौ । छायाङकन, एडिटिङ उपकरण अहिलेको तुलनामा धैरै अपठ्यारा र भारी हुन्थे । नेपाल टेलिभिजनमा राती प्रसारण भए पछी हामी मुश्किलले निदाउथ्यौ ।किनभने भोली पल्ट बिहान ४ बजे फेरी जोगीमारा तर्फ लाग्थ्यौ । एवम क्रमले तिन चार दिन बिते । एक रात चाही हामी नसकेर त्यतै बास बस्यौ । हुन त जोगीमाराको दुर्घटाना अघि र त्यस पछी पनि बस दुर्घटना भै नै रहे । तर टेलिभिजनमा प्रसारण भएको यो 'जोगीमारा रिपोर्टहरु' ले सबैको ध्यानाकर्षण भयो । त्यस अवस्थामा संम्बन्धित निकाय सबैलाई छिटो काम गर्न दबाब पनि भयो । हामीलाई लाग्छ नेपालको टेलिभिजन रिपोर्टिङ ईतिहासमा यो रिपोर्टिङ एक कोशे दुङा थियो । मैले जीवनमा धेरै बिषयमा स्थलगत रिपोर्टिङ गरे , कार्यक्रम बनाए । कुन विषयमा रिपोर्टिङ गरे भन्नु भन्दा पनि , कुन बिषयमा गरिन भनेर सोच्ने पर्ने हुन्छ । कालान्तरमा मैले आफ्नो पहिलो किताब खुसी मा यसरी लेखे ; सिसुवा बेलहीमा झुपडी जलेर सारा गाउ खरानी भएको समाचार आयो । पाकेको भात छाडेर राति आठ बजेक्यामरापर्सन विमल राणाका साथ त्यो गाउँ खोज्दै मधेसतर्फ हानिएँ । विमलले चलाएको हाइस्पिड कार पन्चरभएर पल्टियो । आगलागीको समाचार खिच्न गएका हामी आफैं झन्डै खरानी भएका ! पृथ्वी राजमार्गको जोगीमारा भीरबाट गुल्टेर एउटा बस वर्षायामको त्रिशुलीमा कता हो कता हरायो । मानिसकोलाससमेत फेला परेन । म तीन दिनसम्म बाढीले उर्लेको त्रिशुली नदीमा कहाँनेर फेला पर्छ भनेर जलप्रवाह हेरेर बसें। दृश्य खिच्ने र रिपोर्टिङ गर्ने ठाउँसम्म पुग्न हामीलाई डोरीको सहारा लिनुपथ्र्यो । तीन दिन भीरमा बसेर बगेकोपानी हे¥याहे¥यै गरेपछि, कैयांै दिनसम्म मलाई जुन बेला पनि रिङटा लाग्ने भयो । नेपालीले बस फेला पार्न नसकेपछि बङ्गलादेशबाट गोताखोर ल्याइए । नदीमा पस्नुअघि शरीरमा तेल र मुहारमाफूर्ति लगाए बङ्गाली गोताखोरले । पानीमा पसेका मात्र के थिए, त्रिशुलीको भेलले तिनलाई बगाएर आधाकिलोमिटर पर थचारिदियो । ‘यो बङ्गालको जस्तो सजिलो पानी होइन’ भन्दै लजाए गोताखोर । फेरि पानीमा पसेनन् । आगो, पानी, भुइँचालो मात्र होइन शीतलता, न्यानोपन र करूणाका भावनासित पनि टेलिभिजनले मलाईनजिकैबाट परिचय गरायो । तीन दशकमा मैले कुनकुन विषयको कार्यक्रम गरें भन्नुभन्दा, कुन विषयको पो गरिनँभनेर सोच्नुपर्ने हुन्छ । ‘जीवनलाई चारैतिरबाट हेरें, आगोमाथि पनि मैले नाचिहेरें’ भन्ने गीत गाउँदै हिँड्थें म । ' आज दसकौ पछी फर्केर हेर्दा हामीले बिताएका ती सुखद र दुखद दिनहरुको याद ताजा भएर आउछ । मैले यु मैटिक लो ब्यान्ड क्यामेरा युगबाट काम सुरु गरे । भारी गरुङा क्यामेरा हुन्थे । आज क्यामेरा युनिटको जुन भार हुन्छ , तीभन्दा दसौ गुना भारी , अपठ्यरा , असजिला थिए । तर ती भारी , अपठ्यरा र असजिला क्यामेरा र एडिटिङ मसिनहरुबाटै , हामीले नेपाली टेलिभिजन इतिहासको , नेपाली श्रव्यद्रश्य इतिहासका कतिपय कायजयी क्षणहरुलाई क्मारेरामा कैद गर्यौ । म कृतज्ञ छु मेरा सबै प्राविधिक मित्रहरु प्रति , जसले हामीले बिताएका तिता वा मिठा वा पट्यारलाग्दा तिनै थरि सम्झनालाई सदाका लागी जीवन दिए ।

Vijay Kumar Panday

45,805 Aufrufe • vor 2 Jahren