Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

म पनि जिम्मेवारी लिन्छु भन्दा जीवनभरलाई पुग्ने, सम्पूर्ण खानदानलाई छुने गाली खाइरहेको छु: रीमा विश्वकर्मा

50,416 görüntüleme • 9 ay önce •via X (Twitter)

0 Yorum

Yorum bulunmuyor

Orijinal gönderinin yorumları burada görünecek

Benzer Videolar

अथक मेहनत र सम्पूर्ण समर्थकहरूको शुभेच्छा बावजूद यो चुनावमा हामी धेरै पछाडि रह्यौं। सर्वप्रथम , अहोरात्र खटेर मलाई सहयोग गर्नुहुने सम्पूर्ण नेपाली कांग्रेस सदस्य तथा शुभेच्छुकहरूसँग म माफी माग्न चाहन्छु। यहाँहरूको मेहनतलाई मैले गन्तव्यमा लग्न सकिनँ। यो असफलताको सम्पूर्ण जिम्मा तपाईंहरूको उम्मेदवारले लिन्छ, म लिन्छु। लोकतन्त्रमा चुनावको जित/हार चलिरहन्छ। जित्ने उम्मेदवार पुकार बम र उहाँको पार्टी रास्वपालाई धेरै बधाइ । एक जिम्मेवार प्रतिपक्षीको रूपमा तपाईंको सही काममा समर्थन र गलत काममा आलोचना गर्नु मेरो जिम्मेवारी हो। जनताको म्यान्डेट अनुसार म त्यो भूमिका सगौरव निभाउनेछु। अन्त्यमा मलाई विश्वास गर्नुहुने, र नगर्नुहुने सम्पूर्ण मतदातालाई धन्यवाद दिन चाहन्छु। लोकतन्त्रमा आफ्नो विजयमात्र होइन, आफ्नो पराजयको पनि उत्सव मनाउनुपर्छ। जित्नेलाई बधाई, जनता जनार्दनलाई धन्यवाद। जय नेपाल!

sachin timalsena

87,668 görüntüleme • 5 ay önce

म अहिले कतारमा छु। नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। भौतिकरूपमा उपस्थिति जनाउन नसके पनि, मेरा केही प्रश्नहरू भिडियोमार्फत् राख्न दिनु भनी अनुमति मागें। तर, नपाएपछि सो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै छु। आशा छ, सम्बन्धित निकायसम्म मेरा प्रश्न पुग्ने नै छन्। साथै, हामीले पहिलेदेखिनै संसदको क्यालेन्डर बनाइनु पर्छ भनेर भन्दै आइरहेका छौं । तर, बनेको छैन । जसका कारण कतिपय अवस्थामा यस्ता महत्वपूर्ण बैठकमा हामी सहभागी हुन असमर्थ हुन्छौं। त्यसैले संसदले यसतर्फ ध्यान दिन जरुरी छ। हामीले जाजरकोट भूकम्पका प्रभावितलाई चिसोबाट जोगाइ पुनर्स्थापना र पुनर्निर्माणमा सरकारले तय गरेको नीति र योजनाबारे जानकारी गराउने व्यवस्थाका लागि समितिका सभापतिज्यूको ध्यानाकर्षण पनि गराउदै छौं।

Rabi Lamichhane

120,041 görüntüleme • 2 yıl önce

मेरा मित्र सागर प्रसाइँको यो पीडा यता शेयर गर्न चाहेँ । @sagarprasai (बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाईदिनुहोला ।) मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा. ९, बत्तिस पुतली को अरनिको मार्ग मा बस्छु । यही मङ्सिर को ११ गते, म घरबाट बाहिर निस्किदा मेरो घर अगाडीको मूलबाटो मा ठुला ठुला खाल्डा खन्न थालिएका थिए । एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्के । २-३ दिनमा पुरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो । १ हप्ता सम्म पनि म घर को घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट १ दिन पछाडि- कार्य प्रगति हुँदै छ, चाँडै सकिन्छ भन्ने खबर आयो । फेरी काठमाडौँ महानगरपालिकाको हटलाइन मा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिव जीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलि देखि नै हिँड्ने बाटो खुलाउँछौ भन्नुभयो । फेरी प्रगति शून्य । त्यसपछि मैले वडा नं वडा अध्यक्ष लाई सम्पर्क गरे, वहाँले पनि हामी मिलाइहाल्छौँ भन्नुभयो । मेयर साबको फेसबुकमा उपलब्ध नम्बर मा मेसेज गरे, उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो- असुविधाको लागि माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुना बाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालिन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् । म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसाय मार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्‍यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो । त्यस कारण, मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारी ज्यू, जनप्रतिनिधि र सुशासनको ठुला ठुला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री- मेरो यो कुरा सुनेर लाज त लाग्यो होला । त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।

Gajendra Budhathoki ♿

67,943 görüntüleme • 2 yıl önce