Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

यि दुई अबस्थाले देखाउछ हाम्रो प्रशासन कस्तो छ! Sanjeev Satgainya !

18,651 görüntüleme • 1 yıl önce •via X (Twitter)

11 Yorum

बारुद profil fotoğrafı
बारुद1 yıl önce

@SanjeevSatgainy र तपाईले सधैँ देखाउनु हुन्छ हाम्रो देशमा चाकडी कसरी गर्नु पर्छ !

Emtype Foundry profil fotoğrafı
Emtype Foundry2 yıl önce

Geogrotesque Sharp 🔥

raazkan profil fotoğrafı
raazkan1 yıl önce

@SanjeevSatgainy तेस्तो भको चै तपाई को गाणतन्त्र मा कि राजाको पालामा भनेर खुलाऊनु भयेन त रैती लाई फेरी १ लिटर रौसी र दुईटा मोबाईल ५० ग्राम सुन भन्दा बढी बोक्न नपाऊने नियम सेंटिङ वाला तस्कर को चै सुनको हात्ती पनी छिराऊने नियम😂😂😜😜

Aryan Bhatta profil fotoğrafı
Aryan Bhatta1 yıl önce

@SanjeevSatgainy प्रससान गेडा जस्तो छ ।

नमस्ते 🙏🇳🇵 profil fotoğrafı
नमस्ते 🙏🇳🇵1 yıl önce

@SanjeevSatgainy अहिले नेपाल को एयरपोर्ट त्यो भन्दा खत्तम भको छ.. मन्त्री सम्म भाग पुग्दोरछ.. मालामाल मन्त्री र कर्मचारी जनता हेरेको हेरै.....

C थापा profil fotoğrafı
C थापा1 yıl önce

@SanjeevSatgainy पागल उखानेहरुको गाडतंत्रमा यस्तै हो।

King Of Orbit profil fotoğrafı
King Of Orbit1 yıl önce

@SanjeevSatgainy दाजु यो अवस्था राजा र राजसंस्थाले निर्माण गरेको हो है। 😂😂

Ghost Rider profil fotoğrafı
Ghost Rider1 yıl önce

@SanjeevSatgainy Terima jocker ukhane budo kaam chhaina esta budo goru ko pahilo choti pradhanmantri huda ta sabai lai thik lagthio yinko ta bani nai raicha ukhan tukka hanni ra comedy garni kasta lai pradhanmantri vanna pareko xa nepali janata ko durvagya

Dwarika Nath Dhungel profil fotoğrafı
Dwarika Nath Dhungel1 yıl önce

@SanjeevSatgainy जवाफ देही राजनीतिक नेतृत्वले लिनु पर्दैन ?

Ramesh profil fotoğrafı
Ramesh1 yıl önce

@SanjeevSatgainy त्यस्तैको हाली मुहाली छ। सचिवालयहरू त्यस्तैलाई खोजीखोजी काँधमा बोकेर हिँड्छन्। अनि के लाग्छ?

श्री ५ सैना मैना सरकार profil fotoğrafı
श्री ५ सैना मैना सरकार1 yıl önce

@SanjeevSatgainy यस्तो त प्रधानमन्त्री छ , अनि देश उभो लाग्छ त , थुक्क जुनि 🙄

Benzer Videolar

८ वर्षअघि सौरभले भनेका वाक्यहरू अहिलेको परिप्रेक्ष्यमा हेर्दा साँच्चिकै अर्थपूर्ण देखिन्छन्। त्यतिबेला सामान्य व्यंग्य वा असन्तुष्टि जस्तो लाग्ने कुरा आजको राजनीतिक यथार्थसँग प्रत्यक्ष जोडिएर आएको छ। नेपालमा राजनीतिक विचार, दर्शन र नीति निर्माणमा योगदान दिनुपर्ने ठुलो जमात विदेशी सहयोग, भत्ता र परियोजनामा अडिएको छ। राजनीतिक चेतना वा सामाजिक अध्ययनको आधारमा नभई, विदेशी निकायले लेखिदिएको एजेन्डा बोकेर नेपालका विश्लेषक वा तथाकथित विज्ञहरू राजनीतिक विमर्शमा देखिन थालेका छन्। दुई पैसा बराबरको पनि मौलिक बौद्धिक योगदान नभएका यस्ता व्यक्तिहरूले विदेशी चश्माबाट नेपालको राजनीति हेरेर विश्लेषण गर्दा, हाम्रो स्वाभाविक राजनीतिक प्रक्रिया भ्रमित र कमजोर बन्दै गएको छ। यस्ता बौद्धिक निर्भरता र बाह्य भत्तामा आधारित विश्लेषणले नेपालको लोकतन्त्रलाई अझ अपांग बनाएको छ। न त यसले जनताको वास्तविक चाहना प्रतिनिधित्व गर्छ, न त राष्ट्रिय हितलाई। परिणामस्वरूप, नेपालमा विचार र बहसको दिशा विदेशी शक्तिको अनुदान र प्रभावले निर्धारण गरिरहेको छ भन्ने कुरा झन् स्पष्ट भएको छ। त्यसैले, सौरभले आठ वर्षअघि प्रहार गरेको टिप्पणी केवल व्यंग्य थिएन, त्यो नेपालमा देखापर्न लागेको राजनीतिक संकटको द्रष्टा दृष्टिकोण पनि थियो। आज त्यो चेतावनी सत्य सावित भएको छ, जसले हाम्रो राजनीति र विचार संसारमा स्वावलम्बनको खाँचो झनै प्रस्ट्याएको छ।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

16,241 görüntüleme • 10 ay önce

कक्षा १२ को नतिजा छिट्टै नै प्रकाशन हुँदैछ। प्रथमत: परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई शुभकामना। परीक्षाफलले अब शैक्षिक मार्ग कस्तो लिने भन्ने निर्धारण गर्न सक्छ, तर त्यो भन्दा अगाडि अभिभावकले आफ्ना बालबालिकालाई अन्तरमुखी भएर केही प्रश्न सोध्न प्रेरित गर्नुहोला - म को हुँ? मलाई के कस्ता काम गर्न मन पर्छ? मेरो रुची केमा छ? मेरो खुबी र क्षमता केमा छन्? यिनै प्रश्नको जवाफ खोजेमा नै विद्यार्थीले आफू कुन क्षेत्रमा अब्बल हुन सक्ने भन्ने बारे निर्धारण गर्न सक्छन्। कहाँ पढ्ने, के पढ्ने, कस्तो सीप सिक्ने, छात्रवृत्तिको अवसर के कस्तो छ, आदि सबै बारे जानकारी दिन सन् २०१८ देखि प्राविधिक शिक्षा तथा तालिम परिषद अन्तर्गतको career guidance nepal सञ्चालनमा रहेको छ। विद्यार्थीलाई यो वेबसाइटको भरपूर उपयोग गर्न पनि सहयोग गर्नुहोला - तर परीक्षाफल सोचे जस्तो नआउन पनि सक्छ। हाम्रो समाजमा परीक्षा र परीक्षाको प्रतिफललाई विद्यार्थीको सम्पूर्ण भविष्य, उनीहरुको दक्षता, क्षमतासँग जोडेर हेर्ने चलन छ। तर यसले विद्यार्थी र अभिभावकको समेत मानसिक स्वास्थ्यमा पर्ने असर बारे हामीले कुरा गर्दैनौँ। यसैले हामीले यस्तो क्षणमा कसरी एक-अर्काको ढाडस बन्न सक्छौँ? विद्यार्थीले यस्तो समयमा कसरी आफूलाई सम्हाल्ने? अभिभावकले कसरी विद्यार्थीसँग आफ्ना कुरा व्यक्त गर्ने? समाजको दायित्व के कस्तो हुन्छ? - भन्ने बारे मानसिक स्वास्थ्य विशेषज्ञ कृपा सिग्देलबाट सुन्नुहोस्:

Sumana

27,799 görüntüleme • 2 yıl önce

गालीगलोचको बीजारोपण सत्तालाई गाली गर्दै सुरु भएको दशकौं भयो। आज त्यसको असर प्रष्ट देखिन्छ; ideological बहस र विचारमा तर्क संगत बहसको सट्टा व्यक्तिमाथि गालीगलोच, व्यक्तिगत आक्रमण र चरित्रहत्या सामान्य संस्कृतिमा बदलिएको छ। यसैको ताजा उदाहरण, KU Education Faculty का Dean, प्रा. डा. बालचन्द्र लुइँटेल सरमाथि भएको व्यक्तिगत आक्रमण हो जुन अत्यन्त खेदजनक छ। यो घटनाले हाम्रो वैचारिक बहसमा “Bullying” को संस्कृतिले गहिरो रुपमा जरा गाडिसकेको भन्ने प्रमाण गर्छ। अब त राजनीतिज्ञ मात्र होइन, सबैजना यस कु-संस्कृतिको शिकार बन्दैछन्। यस्ता अतिरन्जित कुराबाट के मुख्य मुद्दा मुख्य बहसबाट ध्यान भङ्ग गर्ने प्रयास भइरहेको हो? यसरी तर्कमा भन्दा कसैलाई व्यक्तिगत रूपमा गालीगलोज गर्ने, मानमर्दन गर्ने वा चरित्रहत्या गर्ने अभ्यासले समाज कस्तो बन्नेछ, आउने पुस्तालाई कस्तो समाज हस्तान्तरण गर्दैछौं हामी? विद्यालय शिक्षा विधेयक जस्तो संवेदनशील विषयमा हामीले यसको Pros and Cons पक्षमा बहस गर्नुको साटो, व्यक्तिगत चरित्रहत्या र अतिरञ्जित भ्रम फैलाएर हामीले वास्तवमा शिक्षामा के योगदान गरिरहेका छौं; के सिखाइरहेका छौं, के गरीरहेका छौं? #EducationBill #SchoolEducationBill #StopPersonalAttack #StopBullying

Sumana

13,338 görüntüleme • 11 ay önce

विगतमा यदाकदा राप्रपा नेपालले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली उपयुक्त हुन्छ कि भन्ने सोच राखेको हो।तर,नेपालको भूराजनीतिक जटिलता र चुनौती एवं गत दुई दशकमा नेपालको राजनीतिमा बाह्य शक्तिहरूको बढ्दो चलखेल,प्रभाव र हस्तक्षेपको पृष्ठभूमिमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख उपयुक्त हुँदैन भन्ने हाम्रो निष्कर्ष छ।। त्यो प्रणाली नेपालको राष्ट्रिय स्वतन्त्रता र अखण्डताकै निम्ति समेत खतरा हुन सक्दछ।स्वयं प्रजातन्त्र समेत धरापमा पर्न सक्ने सम्भावना रहन्छ। त्यसर्थ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बारे वकालत गर्नु पूर्व देशको बृहत्तर हितलाई ध्यानमा राखी गम्भीर भएर सोच्न सबैमा हामी आग्रह गर्दछौ । हाल कायम रहेको परम्परागत शैलीको संसदीय व्यवस्थामा आमूल सुधार गरेर जाँदा नै देश र प्रजातन्त्रको हित हुन्छ।

Kamal Thapa

11,001 görüntüleme • 9 ay önce

ललितपुर को नख्खु खोलाको यो घरको छतमा घण्टौंसम्म उद्धारको लागि पर्खिए पछि बाढीले बगाएका पाँचजना मध्ये उद्धार गरिएका राज शाह, राजु शाह र मेघ्ना शाहलाई पाटन अस्पतालमा भेटी चिकित्सकहरूसँग स्वास्थ्य अवस्था बुझेका छौं। ६ वर्षीय मेघ्ना शाहको शरीरको तापक्रम सुरुमा निकै कम रहेको थियो। राज शाह र राजु शाहको शरीरमा केही घाउचोटहरू लागेका छन्। हाल सबै सामान्य स्वास्थ्य अवस्थामा हुनुहुन्छ। अश्रुधारा बगाउँदै उहाँहरुले भन्नुभयो हामी घण्टौंसम्म गुहार गुहार मागिरहेका थियौ तर कोही आएन। बाढीले बगाइसकेको अवस्थामा आफ्नो ज्यानको जोखिम राखेर उहाँहरूको उद्धार गर्नुभएका युवा साथीलाई सम्मान भन्न चाहन्छु। सँगै बेपत्ता हुनुभएका सेतु शाह र देवराज कार्कीको खोजीकार्य जारी छ। जिल्ला प्रशासन कार्यालय सँग समन्वयमै छु। फेरि भन्छु। पूर्व तयारी, जोखिम नक्सांकन, द्रुत प्रतिकार्यको हाम्रो प्रणालीलाई सुधार्न नितान्त आवश्यक छ। यस्तो बेला सबैले एकअर्कालाई सकेको सहयोग गर्नुहोला। #DisasterResponse #Lalitpur

Dr.Toshima Karki

192,416 görüntüleme • 1 yıl önce

🚨लुटबाट जोगिन खोज्दा गम्भीर दुर्घटना, सडकभरि मानिस थिए तर मानवता कहाँ थियो? 📹 यस भिडियोमा देखिएका दृश्यहरूले एउटा गम्भीर प्रश्न उठाउँछन्—अपराध बढ्दै छ कि हाम्रो मानवीय संवेदना घट्दै छ? राति ११:२५ बजे। दिनभर काम गरेर घर फर्किरहेका एक युवा आफ्ना छोराछोरीका लागि खाजा बोकेर घरतर्फ जाँदै थिए। तर तारकेश्वर नगरपालिका–११ को सुनसान सडकमा मोटरसाइकलमा आएका दुई लुटेराले उनलाई लुट्ने प्रयास गरे। लुटेराबाट जोगिन दौडिँदा अर्को मोटरसाइकलको ठक्करले उनी गम्भीर घाइते भए। CCTV फुटेजमा त्यसपछिका हरेक दृश्य झन् पीडादायी छन्। धेरै सवारीसाधन घटनास्थलबाट गुज्रिए, केहीले हेरेर हिँडे, तर घाइतेलाई तत्काल उद्धार गर्ने हात भने देखिएन। ठक्कर दिने चालकसमेत अन्ततः घटनास्थल छाडेर हिँडे। सामाजिक अभियन्ता दिपु उप्रेतीले तत्काल प्रहरी कन्ट्रोल रुम (१००) र नजिकको प्रहरी चौकीमा खबर गरेपछि प्रहरी घटनास्थलमा पुग्यो। त्यसपछि घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याएर उपचार गराइयो। घटना २०२६ ०३ २९ गते राति भएको हो। लुटमा प्रयोग भएको मोटरसाइकलको नम्बर CCTV मा स्पष्ट नदेखिएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यो भिडियो धेरैभन्दा धेरै Share गर्नुहोस्। सायद तपाईंको एउटा शेयरले अपराधी पहिचान गर्न र अर्को कुनै निर्दोषलाई यस्तै घटनाको शिकार हुनबाट बचाउन सहयोग पुग्न सक्छ। #CCTV #Kathmandu #Crime #Humanity #Justice Nepal Police

न B न

16,316 görüntüleme • 1 ay önce

माध्यमिक शिक्षा परीक्षा (SEE)को नतिजा छिट्टै नै प्रकाशन हुँदैछ। “पास भयौ?” “कुन ग्रेड आयो?” “ए फलानाको छोरीले त A ल्याएछ, तैँले के गरिस्?” “ओहो, ल 3.6 आयो, 3.6 आयो अब त साइन्स नै पढ्नुपर्छ है।” “पढ्ने बेला पढेन, अब केही गरिखाँदैन यसले।” हाम्रो समाजमा परीक्षा र परीक्षाको प्रतिफललाई विद्यार्थीको सम्पूर्ण भविष्य, उनीहरुको दक्षता, क्षमतासँग जोडेर हेर्ने चलन छ। तर यसले विद्यार्थी र अभिभावकको समेत मानसिक स्वास्थ्यमा पर्ने असर बारे हामीले कुरा गर्दैनौँ। कसैलाई पेट पोल्छ, हात काँप्छ, कसैलाई रुन मन लाग्ला, कसैलाई डरले पिरोल्छ होला। यसैले हामीले यस्तो क्षणमा कसरी एक-अर्काको ढाडस बन्न सक्छौँ भनेर कुरा गर्दैछौँ। विद्यार्थीले यस्तो समयमा कसरी आफूलाई सम्हाल्ने? अभिभावकले कसरी विद्यार्थीसँग आफ्ना कुरा व्यक्त गर्ने? समाजको दायित्व के कस्तो हुन्छ? - आउनुहोस् सुनौ मानसिक स्वास्थ्य विशेषज्ञ कृपा सिग्देलबाट।

Sumana

66,786 görüntüleme • 2 yıl önce

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको पद रिक्त हुँदा लामो समयदेखि काम अवरुद्ध भएको थियो। अहिले नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति बनेको छ र सोही समितिले ‘त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम बनाएर दरखास्त आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको भविष्य प्रति आशा जगाउन उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीहरू नियुक्त गर्ने प्रक्रियाको नेतृत्व लिन सक्ने व्यक्तिको छनोट गर्ने हाम्रो उद्देश्य हो। आवेदक कम्तीमा १० (दश) वर्ष उच्च शिक्षामा अध्यापनको अनुभव हासिल गरेको प्राध्यापक, कम्तीमा २ (दुई) वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी बहन गरेको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको तथा राजनीतिक दलको सदस्य नरहेको र Plagiarism मा दोषी प्रमाणित नभएको स्व- घोषणा पनि संलग्न गर्नुपर्नेछ। सिर्जनात्मक, आत्मविश्वासी, सहयोगी, उदार, सकारात्मक सोच, निरन्तर सक्रिय तथा सञ्चार क्षमता भएको, आफ्नो कर्तव्य निर्वाहको क्रममा कुनै किसिमको डरधाक, प्रलोभन तथा राजनैतिक वा अन्य कुनै किसिमको आस्थाको आधारमा गरिने भेदभावबाट प्रभावित नभइ निर्भिकतापुर्वक आफ्नो पदिय दायित्व निर्वाह गर्न सक्ने, जटिल र ठुलो संगठनमा, संगठनात्मक दक्षता, वित्तीय ज्ञान र प्रशासनिक क्षमता भएको, लचिलोपन, निष्पक्षता, पारदर्शिता, समानता र विविधताका मूल्यहरूप्रति प्रतिबद्ध रहेको, व्यावसायिक निष्ठा र प्रतिबद्धता भएको उपयुक्त व्यक्ति छनोट गरिनेछ। आवेदनको लागि सूचना प्रकाशन यही चैत्र १८ गते गरिएको छ भने चैत्र २८ गते बेलुका ५ (पाँच) बजेसम्म आवेदन पेस गर्नुपर्नेछ।

Sumana

41,437 görüntüleme • 2 yıl önce

मैले सोधे नेपाल त फर्कनुभयो अब यहाँ के गर्ने योजना छ? उहाँहरूको उत्तर थियो -- नेपालमै रोजगार हुने वातावरण दिनुस् न। हामीले ५ वर्ष क्याट्रिन गरेर आएका छौं, ६०० जना जति एउटै कम्पनीमा काम गर्थ्यौं, नेपालमा ठूला ठूला होटेल सजिलै चलाउन सक्छौं, तर खै नेपालमा आश छैन, एक दुई महिना परिवारसँग बसेपछि फेरि विदेशमै जागिर खोज्न जानुपर्ने त होला !! यो संवादले निकै संवेदनशील विषयको दर्पण गरेको छ। रोजगारी र अवसरको खोजीमा दैनिक रुपमा सयौं युवाहरूले देश छोडिरहेका छन् भने यसरी कामको contract सकिएर, थप काम गर्ने वातावरण नभएर, वा कुनै पनि कारणले आफ्नो देश फर्कने युवाहरू पनि छन् तर विडम्बना आफ्नै देशमा केहि गरौँ न त भन्नेहरुलाई फेरी विदेश नै जान वाध्य बनाउने हाम्रो सामाजिक, आर्थिक र राजनैतिक प्रणाली बनेको छ। प्रत्येक देशमा रहेको नेपाल एम्बेसीले नेपाली श्रमजीवीहरु कहाँ छन्, कुन अवस्थामा छन्, proper data मेन्टेन गर्ने र कुनै पनि सहयोग र सहजीकरण चाहिएको अवस्थामा भरपर्दो अभिभावकको भुमिका खेल्ने गरी अग्रसर हुनु अनुरोध गर्दछु। साथै, नेपाल फर्किएका युवाहरूले प्रवासमा सिकेर भोगेर देखेर आफू सँगै ल्याएका सिप सिकाई दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्न सक्ने वातावरण बनाउने हो भने उहाँहरू लगायत अरु थुप्रैलाई देशमै रोजगारी सिर्जना गर्न सकिन्छ। #निलो_क्रान्ति #मेरोबिदा_मेरोदेशको_लागि #RSP #देश_बनाऔँ_अभियान #drtoshimakarki #YouthEmpowerment #Employment #WeAreYouth #WeCanGive #Doha #Qatar #USA #nepalinewspaper

Dr.Toshima Karki

23,999 görüntüleme • 1 yıl önce

मैले त चुनाव हारेँ तर जित्ने नेता यस्ता नहुन्! “यस्तो सम्मान र स्वागत अमेरिकाको राष्ट्रपति आउँदा एकपटक देखिएको थियो, त्यसपछि कहिल्यै देखिएको थिएन। अहिले नेपालको प्रधानमन्त्री आउँदा देखियो भनेर मलाई भारतीय नेताहरूले समेत भने।“ प्रधानमन्त्रीले संसदमा त्यसो भन्दा धेरै सांसदले ताली पनि पिटे। के बोल्ने थाहा छैन। के नबोल्ने पनि थाहा छैन। तर चुनाव जितेको जित्यै छन्। प्रधानमन्त्री भएको भएकै छन्। देशको प्रधानमन्त्रीको यो र यस्तै स्तरका टिप्पणीहरू हेरेर विदेशीहरूले के भन्ठान्दा हुन्! “औपचारीक भ्रमण”लाई “राजकीय भ्रमण” भनेर प्रधानमन्त्रीको कार्यलयकै ट्विटरमा लेखिँदा के सोच्दा हुन्। एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भ्रमण गर्दा महिनौँदेखि त्यसको सार्वजनिक चर्चा अनि प्रधानमन्त्रीकै तहबाट बारम्बार भ्रमण “ऐतिहासिक” हुन्छ, कुन्नी के, के हुन्छ भनिरहेको देख्दा कति छक्क पर्दा हुन्। परराष्ट्रजस्तो विश्व राजनीतिमा अत्यन्तै महत्वपूर्ण मन्त्रालय हाँक्ने एकपछि अर्को मन्त्रीहरूको स्तर देखेर के भन्दा हुन्। हाम्रो भ्रमण दलका सदस्यहरू ठाऊँ-कुठाऊँ मोबाइलमा फोटो र सेल्फी खिचेको देख्दा कति हाँस्दा हुन्। अनि यिनलाई बाटोमा दुईवटा गलैँचा ओछ्याएर केही महिला नचाउँदा “गज्जबको स्वागत” नलागे, कसलाई लागोस्? यिनीहरू यही स्तरको स्वागतका लागि योग्य छन् भन्ने संभवत: host (आतिथेय) राष्ट्रले पनि बुझिसक्यो। विश्व राजनीति हाँक्ने देशका नेतालाई हाम्राजस्ता नेताबाट “चाहेको कसरी लिने र बदलामा आश्वासन कसरी दिने” भन्ने थाहा नहुने कुरै भएन। अझ पाराकाष्ठा त के भने, हाम्रा नेता र भ्रमण टोलीमा “सात वर्षअघि नै दिने समझदारी भएको १५ वटा राँगो, प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणमा लिनु उपयुक्त देखिँदैन, यसलाई पछि गरौँ” भन्नेसम्म बुद्धी देखिएन। मैले दुई दिनअघि लेखेको थिएँ, “राष्ट्र र राज्यका रूपमा हाम्रो benchmark (स्तर-तह) यति तल झरिसक्यो कि अब त्यसलाई उठाउन धेरै कठिन छ।“ जनताले पत्याएनन्, मैले त चुनाव हारेँ -- ठिकै छ। तर यस्तो स्तरका नेताले चुनाव नजितुन्! (भिडियो:

Rabindra Mishra

95,275 görüntüleme • 3 yıl önce

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करिब ८ अर्ब रुपैयाँ कर विवादमा फसेको कोकाकोलाको नेपालस्थित बोटलर्स नेपाललाई आर्थिक ऐनको दफा ३० मार्फत १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी ब्याज र शुल्क छुट दिने प्रावधान राख्नुभएको छ। कोकाकोला कर छली प्रकरण प्रकरणले हाम्रो कर प्रणालीमा गम्भीर हस्तक्षेप गर्दै लोकतान्त्रिक मूल्य, आर्थिक न्याय र नैतिक सिद्धान्तहरूलाई सिधै चुनौती दिएको छ। एक यस्तो निर्णय सरकारले लिन खोजेको छ, जसको प्रभाव केवल कर प्रशासनमा होइन, न्यायालयको स्वतन्त्रता, राज्यको नीति निर्माण प्रक्रिया र आम जनताको विश्वासमाथि गहिरो प्रहार हो। म बोल्दैछु, किनभने मुद्दा अब केवल कर छुटको होइन, यो शासनको नैतिकतामाथिको प्रश्न हो। यो विषयलाई सामान्य प्रशासनिक कदम भनेर बेवास्ता गर्न सकिन्न। यो नीतिगत भ्रष्टाचारको सुनियोजित प्रयत्न हो, जुन सत्ता र पूँजीबीचको साँठगाँठबाट जन्मिएको छ। कोकाकोला कर छल प्रकरण केवल एउटा कम्पनीको कुरा होइन, राज्यका नीति, न्यायिक प्रक्रिया र कर प्रणालीमाथि खेलवाड भएको ज्वलन्त उदाहरण हो। म तथ्यका आधारमा तीन बुँदामा यो प्रकरण किन आपत्तिजनक र खतरनाक छ भन्ने प्रष्ट पार्न चाहन्छु। १. कर नतिरेको भन्दै गरिबमाथि कठोर कारबाही गर्ने सरकार बहुराष्ट्रिय कम्पनीलाई किन अर्बौं छुट दिन खोज्दैछ? * बोटलर्स नेपालमाथि ८ अर्ब बराबरको कर, ब्याज र जरिवानाको मुद्दा अहिले अदालतमा विचाराधीन छ। * ठूला करदाता कार्यालयले ५ अर्ब ४२ करोड कर तिर्न आदेश गरिसकेको छ। * राजस्व अनुसन्धान विभागले ३ अर्ब ७१ करोडको कर छल प्रमाणित गरेर शतप्रतिशत जरिवानासहित माग गरिसकेको छ। प्रश्न: अदालतमै मुद्दा चलिरहेको अवस्थामा राहत दिनु भनेको के न्यायालयमाथि हस्तक्षेप होइन? २. जब जनता ऋण तिर्न नसक्दा खेत लिलामी हुन्छ, पसलेले कर तिर्न ढिला गर्दा ब्याजमाथि ब्याज थपिन्छ, सरकार कहाँ हराउँछ? * महामारीको बेला जनताले आँसु झार्दा सरकारले भन्यो, “हामीसँग बजेट छैन।” * किसानको खेत लिलामी गरियो, साना व्यवसायीको खाता रोक्का गरियो, ब्याज तिर्न नसक्दा बेइज्जती गरियो, व्यवसायीले आत्महत्यासम्म गरे । प्रश्न: गरिबका लागि कठोर नीति र अर्बपतिका लागि ऐन संशोधन किन? न्याय यही हो त? ३. कर ऐन संशोधन गरेर अदालतको चलिरहेको मुद्दा प्रभावित पार्नु कति वैधानिक र नैतिक हो? * संसदलाई प्रयोग गरेर ऐनमै हात हालेर अदालतको काममा हस्तक्षेप गरिँदैछ। * यस्तो निर्णय एक मन्त्रीको मात्र सोच होइन। प्रधानमन्त्रीदेखि ठूला दलका शीर्ष नेताहरूको सहमति र साँठगाँठबिना यो सम्भव छ होला त ? प्रश्न: के कर नीतिलाई नेताहरूको चन्दा, चुनाव खर्च र कमिसनको माध्यम बनाइन्छ? आज जुन निर्णयको प्रयास भइरहेको छ, त्यो केवल कर छुटको कुरा होइन, यो संस्थागत रूपमा स्थापित भ्रष्टाचारको चरम रूप हो। सत्ता, पैसाको प्रभाव र कानुनी संरचनाको मिलेमतोबाट नीतिगत भ्रष्टाचार अब नीतिको रूपमा स्थापित हुन थालेको छ। यो कुनै एक मन्त्रीको स्वेच्छाचारी निर्णय होइन, यो सम्भवत प्रधानमन्त्रीदेखि ठूला दलका शीर्ष नेताहरूको सहमतिमा गरिएको सत्ता दुरुपयोग हो। अदालतमा विचाराधीन मुद्दामा संसदबाट ऐन संशोधन गर्ने काम न्यायको स्वतन्त्रता र संवैधानिक मर्यादामाथिको घोर हस्तक्षेप हो। यसले लोकतन्त्रको मूल आत्मालाई नै कमजोर बनाएको छ। देशको कर प्रशासन अन्यायपूर्ण बनेको छ। साना करदातामाथि ब्याजमाथि ब्याज लगाउने सरकार, अर्बपतिलाई कर छुट दिन कानुन नै परिवर्तन गर्दैछ। यो न्याय होइन, यो दोहोरो मापदण्ड हो। यो नागरिकहरूमाथि गरिएको विश्वासघात हो। आज नेपाल अन्तर्राष्ट्रिय रूपमा 'ग्रे लिस्ट' मा पर्नु, पारदर्शिता सूचकांकमा पछाडि पर्नु, अनि लगानीकर्ताको भरोसा हराउँदै जानु, यी सबै यस्ता गलत निर्णयहरूको परिणाम हुन्। जब भ्रष्टाचार नीति बन्न थाल्छ, तब लोकतन्त्र केवल आवरण रहन्छ। त्यहाँ जनताको शासन हुँदैन, सत्ताको स्वार्थ चल्छ। अब प्रश्न उठाउने बेला हो। अब हिसाब माग्ने समय हो। यदि कानुन गरिबका लागि कठोर हुन सक्छ भने, शक्तिशालीका लागि पनि उस्तै कठोर हुनुपर्छ। नत्र, यो मुलुक कानुनी राज्य होइन, सत्ता संरक्षित भ्रष्टाचारको अखडा मात्र हुनेछ। I have referenced Taksar News and other secondary sources for the information.

Khusbu Oli

18,586 görüntüleme • 1 yıl önce

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण अघिदेखि सार्वजनिक वृत्तमा विआरआई को विषय चर्चामा छ। नेपालले आफ्नो विकासको लागि पुँजी परिचालन गर्न सक्नुपर्दछ ।‌ आफ्नो आन्तरिक पुँजीले सम्भव नभएमा बाह्य पुँजीमा निर्भर हुनु हाम्रो बाध्यता पनि हो। तर त्यो पुँजी परियोजनाको आवश्यकता र हाम्रो क्षमता को आधारमा कसरी परिचालन गर्ने - प्राविधिक विषय हुनु पर्दथ्यो तर हामीले दुई पक्षिय सम्बन्धको कडि र राजनैनितक विषय बनाईदिएम। सत्तासिन ठूला दलहरू हामी चीनसँग ऋण लिदैम, लिनुहुन्न भन्ने किसिमको भाष्य निर्माणमा बसिरहेका छन्। र त्यसैको अल्झाइमा आजको सत्ता राजनीतिक गुमेको छ। यही बीच सार्वजनिक वृत्तमा कत्ति पनि चर्चामा नआएको तर नेपालले चीनलाई हेर्ने र चीनसँगको सम्बन्धमा निकै ठूलो नीतिगत परिवर्तन गरेको देखिन्छ। यसको बारे भने कतै चर्चा, छलफल, विश्लेषण नै नभएको जस्तो देखिन्छ।। उच्चस्तरीय भ्रमणपछि जारी हुने संयुक्त वक्तव्य केलाउने हो भने नेपालले लामो समयदेखि "एक चीन नीति अङ्गीकार" गरेको थियो। सन् २०१९ मा भएको चिनिया राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणसम्म पनि संयुक्त वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ।। तर २०२३ को प्रधानमन्त्री प्रचण्डको चीनको भ्रमणमा पछि जारी संयुक्त वक्तव्यमा भने नेपाल "एक चीन नीति" (One China Pollicy) बाट एक चीन सिद्धान्त (One China Principle) मा प्रवेश गरेको छ र अहिले प्रधानमन्त्री केपी ओलीको भ्रमणपछि जारी संयुक्त वक्तव्यमा भने चीनले आफ्नो सिद्धान्तलाई अंगीकार गरी गर्ने हरेक क्रियाकलापमा हामी समर्थन गर्छौं भन्नेसम्म लेखिएको छ। --- 1. 2019 October Joint Statement: The Nepali side reiterated its firm commitment to One China policy, acknowledging that Taiwan is an inalienable part of the Chinese territory and Tibet affairs are China’s internal affairs, and the determination on not allowing any anti-China activities on its soil. The Chinese side reiterated its firm support to Nepal in upholding the country’s independence, sovereignty and territorial integrity, and its firm support and respect to Nepal’s social system and development path independently chosen in the light of Nepal’s national conditions. --- 2. 2023 September Joint Statement: "Acknowledging the history of mutual support in difficult times, the two sides reiterated their commitment to respecting and accommodating each other’s concerns and core interests. The Nepali side reiterated its firm commitment to the one-China principle. Recognizing that the Government of the People’s Republic of China is the sole legal Government representing the whole of China, and Taiwan is an inalienable part of China’s territory, the Nepali side is against “Taiwan independence.” *** 3. 2024 December Joint Statement: "The two sides reaffirmed their staunch support for each other on issues involving their core interests and major concerns. Recalling the U.N. General Assembly Resolution 2758, Nepal reaffirmed its firm commitment to the one-China principle, recognizing that the Government of the People’s Republic of China is the sole legal government representing the whole of China and Taiwan is an inalienable part of China’s territory. Nepal firmly supports China’s efforts to achieve its national reunification and opposes “Taiwan independence.” The Nepali side reiterated that Xizang affairs are internal affairs of China, and that it will never allow any separatist activities against China on Nepal’s soil." ******************************* शब्दहरुको अर्थ कुटनीतिमा निकै महत्वपूर्ण हुन्छ । विश्व भुराजनीतिको जटिल‌ परिवेशमा यो महत्वपूर्ण परिवर्तन को बारे नेपालमा गहन बहस र छलफल हुनुपर्दथ्यो जस्तो मलाई लाग्दछ। । तर यो यसतर्फ भन्दा पनि हाम्रो बहस ऋण वा अनुदानमा अल्झिएको छ।

Shisir Khanal

19,377 görüntüleme • 1 yıl önce

आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्! संसदको भूमिका भाडमे जाओस्, नियम-कानून भाडमे जाओस्, न्यायालय भाडमे जाओस्, पदीय जिम्मेवारी भाडमे जाओस्, प्रहरी, प्रशासन, अख्तियार, विद्यालय, विश्वविद्यालय, समाज भाडमे जाओस्, धर्म, संस्कृति, सभ्यता भाडमे जाओस्, युवाहरूको भविष्य भाडमे जाओस्, गरिवको जीवन भाडमे जाओस्, देशको अस्मिता भाडमे जाओस्, मेरो र आफन्तको कल्याण होस्, गणतन्त्र अमर रहोस्! होइन त? 'हो' भन्नुहुन्छ भने त्यसको दुखद र दिर्घकालीन परिणाम हाम्रो पुस्ताले भन्दा पनि, यो भिडियोमा देखिएकी वालिकाको पुस्ताले भोग्नु पर्नेछ। हामी त नेपालको इतिहासमैँ (असल नागरिकहरूलाई छोडेर) समग्रमा भन्नुपर्दा सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी, सबैभन्दा राष्ट्रघाती पुस्ता बनिसक्यौँ। कमसेकम यी वालिकाको पुस्तामाथि अपराध नगरौँ। उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि "कुशन संस्था"का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ। अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्न सक्ने विश्वासीलो संस्था कुनै हुने छैन। इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऊँ। राजा, राजनीतिक दल र जनता एउटा "नवीन समझदारी"मा पुगौँ, अन्यथा यो देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुनेछ। आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्! #विचारभन्दामाथिदेश, #NationAboveNotion

Rabindra Mishra

91,051 görüntüleme • 3 yıl önce