Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

यो बाटो क-कसले हिड्नु भा छ ? भासु भीर !!😱😳

30,181 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

✍️ Narendra Bikram Chand profil fotoğrafı
✍️ Narendra Bikram Chand2 yıl önce

मैले

Madhav Sharma profil fotoğrafı
Madhav Sharma2 yıl önce

कुन जिल्ला होला maam ?

पवनबर्षा शाह profil fotoğrafı
पवनबर्षा शाह2 yıl önce

सुदुरपश्चिमका पहाडी जिल्लामा जाने बाटो !

चुरो कुरो profil fotoğrafı
चुरो कुरो2 yıl önce

अहिले त ढलान र पिच गरेर चिटिक्क पारेको छ, फिलिलिलि हिँडिन्छ। पहिले उबढ खाबड, माथिबाट झर्ने ढुङ्गा अनि गाडी झरेका डरलाग्दा कथा सुन्दै पार गर्न पसीना छुट्थ्यो। बाइकमा हिड्दा झनै डर लाग्ने। 😊

ज्याद्रो (O-)🇳🇵 profil fotoğrafı
ज्याद्रो (O-)🇳🇵2 yıl önce

यहि बाटो नभएपनी यस्ता धेरै कहालीलाग्दो पहाडी बाटोमा आफैले चलाएर धेरै यात्रा गरेको छु

नेपाली नागरिक profil fotoğrafı
नेपाली नागरिक2 yıl önce

भासुकी भीरको बाटो डडेल्धुरा जादा आउदा हिडेको छु।

Anil Baral profil fotoğrafı
Anil Baral2 yıl önce

✋✋✋

Rohit Giri profil fotoğrafı
Rohit Giri2 yıl önce

🇳🇵🛣️ सुन्दर सत्य 🇳🇵

Ramesh Chandra Ojha🇳🇵 profil fotoğrafı
Ramesh Chandra Ojha🇳🇵2 yıl önce

रातदिनकाे बाटाे पर्‍याे आफ्नाे त। कति हिडियाे कति।

Mr. KD Gurung profil fotoğrafı
Mr. KD Gurung2 yıl önce

धेरै पटक हिडेको छु ।

Benzer Videolar

यो रेडन कलेज नजिकै सामाखुसी खोलाको दृष्य हो । आजकल यता केहि दिन बिराएर यस्तो दृष्य देखिरहन पाइन्छ । केहि समय अघिसम्म यो खोलामाथि सिमेन्टको स्लाव हालिएको थियो, नेपाल सरकारको पैसामा । त्यतिबेला खोलालाई किन यसरी छोपेको होला भन्दा गाली खाइन्थ्यो । यो खोला छेउमा बस्न परेको भए थाहा पाउँथिस् यो नछोप्दा कति सास्ती हुन्छ जनतालाई भनेर तेताका मान्छेले गाली गर्थे । नयाँ मेयर आए सँगै यो स्ल्याव तोडिने भयो रे भन्ने सुनेर खुसी लाग्यो । पढेलेखेको खत्रा मान्छे मेयर भा’छन् भन्ने सुनेपछि अब यो खोलामा ढल होइन पानी बग्ला भन्ने सोचेरौ मन आनन्दित भएको थियो । तर भयो के भने ठ्याक्कै वर्खाको मुखमा स्ल्याव फोडियो । वर्खामा खोलो कता कता ब्लक भएर यताका धेरै घरतिर पानी छिरेर बिजोग भयो रे । सबभन्दा दुखको कुरा खोलाको दुबैतिर साँघुरो बाटो छ । कहिले दुई पाङ्ग्रे त कहिले चार पाङ्ग्रे नै सडकबाट खोलामा खसिरहने रछन् । कम्तिमा पढेलेखेको जानेको मेयरले त्यो सडकको किनारामा अस्थायी नै भए पनि बार लगाईदिएको भए यो खस्न कम हुन्थ्यो होला । भत्काएको एक वर्ष भैसक्दा अझै न त्यो बाटो बढाउने काम भएको छ, न खोला सङ्ग्लिएको छ, न छेउमा बार हालेर बाटो सुरक्षित बनाउने काम नै भएको छ । अरुलाई भन्न सजिलो हुन्छ, तर भाँती मिलाएर गरेको जस्तो खास्सै लागेन है त्यो सामाखुसी खोलातिर हेर्दा । ए अँ ! त्यो स्ल्याव फोर्दा निस्किएको कवाडी रड चाईं समयमै बिक्री भयो रे भन्ने सुनियो । तपाईंहरु भगवान बनाउँदै गर्नुस् तर मलाई चाईं ताइ न तुइका स्टन्टगिरी बाहेक खास्सै नयाँ केहि गर्लान् जस्तो लागेन है !! लु गाली गर्नुस् अब ;))

स्वारी ;))

47,790 görüntüleme • 2 yıl önce

**बजेट २०८३ पारित. इतिहासले नेपाललाई फेरि एउटा दुर्लभ अवसर दिएको छ। सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रमशक्ति र अवसरको समान पहुँचका आधारमा नेपाललाई उच्च उत्पादकत्व, उच्च विश्वास र उच्च समृद्धिको मार्गमा अघि बढाउने यो केवल सरकारी कार्यक्रम होइन, आर्थिक रुपान्तरण सहितको राष्ट्रिय पुनर्जागरणको अभियान हो। तर यो यात्राले हामीसँग केही गम्भीर प्रश्नहरूको जवाफ मागिरहेको छ, के हामी परिवर्तनको कठिन तर आवश्यक बाटो हिँड्न तयार छौं? के हामी अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन समृद्धिलाई प्राथमिकता दिन तयार छौं? के हामी यथास्थितिको सहजता त्यागेर सुधारको साहसिक मार्ग रोज्न तयार छौं? र सबैभन्दा महत्वपूर्ण- के हामी आफ्नै पुस्ताले नेपालको आर्थिक नियति बदल्न सक्छ भन्ने आत्मविश्वास राख्छौ? किनकि राष्ट्रको भविष्य सम्भावनाले होइन, सही समयमा लिइएका साहसी निर्णयहरूले निर्धारण गर्छ।

Swarnim Waglé

12,352 görüntüleme • 3 ay önce

मेरा मित्र सागर प्रसाइँको यो पीडा यता शेयर गर्न चाहेँ । @sagarprasai (बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाईदिनुहोला ।) मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा. ९, बत्तिस पुतली को अरनिको मार्ग मा बस्छु । यही मङ्सिर को ११ गते, म घरबाट बाहिर निस्किदा मेरो घर अगाडीको मूलबाटो मा ठुला ठुला खाल्डा खन्न थालिएका थिए । एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्के । २-३ दिनमा पुरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो । १ हप्ता सम्म पनि म घर को घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट १ दिन पछाडि- कार्य प्रगति हुँदै छ, चाँडै सकिन्छ भन्ने खबर आयो । फेरी काठमाडौँ महानगरपालिकाको हटलाइन मा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिव जीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलि देखि नै हिँड्ने बाटो खुलाउँछौ भन्नुभयो । फेरी प्रगति शून्य । त्यसपछि मैले वडा नं वडा अध्यक्ष लाई सम्पर्क गरे, वहाँले पनि हामी मिलाइहाल्छौँ भन्नुभयो । मेयर साबको फेसबुकमा उपलब्ध नम्बर मा मेसेज गरे, उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो- असुविधाको लागि माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुना बाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालिन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् । म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसाय मार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्‍यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो । त्यस कारण, मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारी ज्यू, जनप्रतिनिधि र सुशासनको ठुला ठुला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री- मेरो यो कुरा सुनेर लाज त लाग्यो होला । त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।

Gajendra Budhathoki ♿

67,945 görüntüleme • 2 yıl önce

नेपाल सरकारसँग अनुरोध!! लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा त परै जाओस्, हाम्रै दार्चुलाको व्यास गाउँपालिका लगायतका स्थानमा सडक मार्गको अभावले गर्दा नेपाली जनतालाई आफ्नै भूमिमा पुग्न भारतबाट पास बनाएर यात्रा गर्नुपर्ने दु:खद परिस्थिति छ। यो हाम्रो सार्वभौमिकतामाथि मात्रै होइन, जनताको आत्मसम्मानमाथि समेत गम्भीर चोट हो। आफ्नै माटोमा हिड्न, आफ्नै भेगमा पुग्न पराइको बाटो र अनुमतिमा निर्भर रहनुपर्ने पीडा एक सच्चा नेपालीले मात्र बुझ्न सक्छ। यसैले, म सरकारसँग अनुरोध गर्छु कि नेपाली जनताले आफ्नो भूमिमा स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउन, यी क्षेत्रका पुराना र ऐतिहासिक सडकहरू पुनःनिर्माण गरियोस्। Hello Sarkar, Government of Nepal @Sushantpra61535

Khusbu Oli

11,409 görüntüleme • 1 yıl önce

हामीले उठाउँदै आएको विषय स्पेनको Seville को केसले झन् पुष्टि गर्यो—कति महत्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर। सबैभन्दा दुःखको कुरा चाहिँ—सदनमा आन्दोलन हुँदै गर्दा पनि तस्कर हरूलाई न डर, न भय, न संकोच। कसको अकर्मण्यताले गर्दा यस्तो आँट आएको हो? फेक documents हरू पनि पास गराउन सक्छौं अध्यागमनबाट भनेर? मानव तस्कर /smugglers हरूमा पलाएको आँटको स्रोत के हो, को हो? सदनको गरिमा त निलो ribbon मा भन्दा यसमा खोज्नु पर्ला, सभामुख महोदय। देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ? पक्कै पनि फागुन २०७८ सालमा बनेको “Visit Visa र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदन”—जसमा अहिलेको जस्तै विभिन्न मन्त्रालयबाट सह-सचिवहरूको जम्बो टोली थियो—त्यो प्रतिवेदन गृह मन्त्रालयको कुनै कुनामा धूलो बटुलेर बसेको छ। Covid पछिको समयमा दुबईमा नेपालीहरू Visit Visa मा बिचल्ली परेपछि गठन गरिएको त्यो कार्यदल र अहिलेको कार्यदलमा केही फरक छैन, निकास दिएको अवस्था छैन। कर्मचारीले मात्रै सल्टाउन सक्दैन—यसको जालो ठूलो छ र यो policy reform को पनि विषय हो। त्यसैले त हामीले संसदीय छानबिन समिति मागेका हौं, वा उच्चस्तरीय आयोग मागेका हौं। फेरि पनि त्यस्तै कार्यदल बनाएर सरकारले कसको आँखामा छारो हाल्ने? अझै व्यक्ति-केन्द्रित भएर सरकारसम्म डराउने? एक व्यक्ति-केन्द्रित भएर सिङ्गो सरकारले जनताको पीडा नसुन्ने नै हो त? किन डराएका छैनन् तस्करहरू? Seville को केसले त त्यही भन्छ। भ्रष्टाचारीको अनुहार हेरिँदैन भन्ने सुशासन आयोगका प्रमुखको पनि जवाफ आज हामी माग्छौं यो विषयमा—तपाईंलाई थाहा दिइएको थियो कि थिएन २०७८ को प्रतिवेदनबारे? र मन्त्रिपरिषद्को अर्को काण्ड—कास्कीको कार्यालयमा को पठाउनेमा setting, घुस; जिल्लाको भूमि आयोगका अध्यक्षहरूमा setting—किन भूमि विधेयक fast track गर्न खोजिएको बुझियो? आफू अनुकूल मान्छे, आफू अनुकूल कानून। एउटा मन्त्रिले अर्को मन्त्रीलाई पोलेको छ—यसको छानबिनको हामी माग गर्छौं। “सम्बन्धित ठाउँ” भनेको कसको ठाउँ हो, कुन ठाउँ हो? Audio मा भनिएको “बा” भनेको के हुन्? असार २०७९ मा हतियार खरिद रोक्न एमालेले जलाएको थियो तत्कालीन प्रधानमन्त्री देउवाको पुतला, अहिले मिलेर ठेक्का ब्युँताउँदै भन्ने समाचार आएको छ। यो के हो? जवाफ मागौं। Ruling होस् सरकारलाई, सदनको अभिभावकबाट, र सोधौं— २/३ को सुशासन भनेको के यही हो? आफ्नोलाई चैन, अरूलाई ऐन नै ऐन? पहिला पनि यस्तै audio काण्ड घटेको थियो—यो बिर्सेका छैनन् जनताले, र फेरि पनि त्यही। २/३ भनेको मिलिजुली भाग खानको लागि? कसको प्रोत्साहन, कसको तागतको भरमा, कसको संस्कारमा? के फरक भयो त यी वर्षहरूमा? जनताले के पाए?

Sumana

12,988 görüntüleme • 1 yıl önce