Загрузка видео...

Не удалось загрузить видео

На главную

रेड कार्पेट ..सुदन....बालेन ..र राष्ट्रपति...!! म चुप 🤐 आफै बुझ।

29,082 просмотров • 7 дней назад •via X (Twitter)

Комментарии: 11

Фото профиля Baburam Dhakal
Baburam Dhakal7 дней назад

यो उमेरमा आएर पनि "रेड कार्पेट वाज वन्लि फर राष्ट्रपति !" भन्ने नबुझ्नु भएको हो कि "रेड कार्पेट ईज जस्ट अ जोक्करी कल्चर !" भन्ने नबुझ्नु भएको हो खै ?🤔🙏

Фото профиля Prajita thapa
Prajita thapa7 дней назад

बालेन् शाह रेड कार्पेट बाट हटेर हिँडेको देखियो

Фото профиля राष्ट्रिय_नानी❣️
राष्ट्रिय_नानी❣️7 дней назад

हजुरहरुले नबुझेको अरु कस्ले बुझ्न सक्ला 🤔

Фото профиля Saange
Saange7 дней назад

जुन जोगी आए पनि भने जस्तै हो पर्भु ।।।

Фото профиля CHHABI
CHHABI7 дней назад

@omnamosivaye गज्जब छ यार

Фото профиля Prakash Khatiwada (Nepal SEO Agency)
Prakash Khatiwada (Nepal SEO Agency)7 дней назад

Man lage hidne man chhaina Nahidne! K ko lyang lyang ho!

Фото профиля सधैं प्रतिपक्ष(Raj)
सधैं प्रतिपक्ष(Raj)6 дней назад

कुम्भकर्ण, खाेपिशाेखिन प्रधानमन्त्रीकि श्रिमतिलाइ रेड कार्पेटमै सवारी हुन मन लागेछ त भस्मे दाजु 🤔🤔

Фото профиля Dx Sx
Dx Sx7 дней назад

सहीदको रगतमा र्याल काट्नेहरू मर्नुअघि स्वर्ग जाने भए कि क्या हो?

Фото профиля Bikas Anjal
Bikas Anjal6 дней назад

गुहु र गोबर नचिन्ने चुप होस् न त ।

Фото профиля Raju Giri
Raju Giri7 дней назад

अरे के ठुलो कुरा भयो हिन्नु नहिन्नु एस्तो जिमु कुरा गरो

Фото профиля Agyat Mitra
Agyat Mitra7 дней назад

श्रीमति ज्यूलाई हिड्नलाई बाटो छाडिदिनु भएको पनि त हुन सक्छ 😉

Похожие видео

यो शव सबै आज नवलपुर बाट निकालिएको हो। नोट:- कृपया यो बेला सरकारलाई गाली नगरिदिनुहोला। म आफै पनि सरकारको आलोचक हु तर अहिलेको अवस्थामा सरकारले आफ्नो क्षमताले भ्याए सम्म उद्धार, राहत र व्यवस्थापनका लागि कुनै कसर बाकी राखेको देखिदैन। प्रधानमन्त्री र गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा पुग्दा सबै ठाउमा पुग्न सम्भव नहुन सक्छ,त्यसैलाई आधार बनाएर आलोचना वा गाली गर्नुको सट्टा अहिलेको प्राथमिकता पीडितको उद्धार, राहत र सुरक्षित व्यवस्थापन हुनुपर्छ। सरकारका कमजोरी र कमी कमजोरीको आलोचना गर्ने समय पछि पनि आउछ। अहिले भने सबै मिलेर विपद्मा परेका नागरिकको साथ दिऔ। धन्यवाद। Nepali Army Nepal Police Armed Police Force, Nepal PMO Sudan Gurung Hami Nepal

साईनो🇳🇵🚩

155,094 просмотров • 20 дней назад

प्रिय नेपाली कांग्रेसका नेताज्युहरुमा मेरो नमस्कार । आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दैछु। तपाईंको पार्टीले म माथी कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ। म तीनको जवाफ सदनमा उभिएर दिन चाहन्थें। तर तपाईहरुले प्रधानमन्त्रीको जवाफ माग्नु भो। प्रधानमन्त्रीको जवाफ पाए पछि अब फेरि तपाईलाई संसदीय समिति चाहिएको छ। सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हु, न त्यहाको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु। अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला?? तपाईंहरु आफै सरकारमा हामी प्रतिपक्षमा हुदा तपाईंहरुले चरम दवाब दिदा समेत प्रहरीले दर्ता गर्न समेत योग्य नठानेको तर बुझिलिएर बिना दर्ता कतै राखिछाडेको ठाडो उजुरी बाहेक केहि हैसियत नभएको चिर्कटो बोकेर सदन नै अबरुद्ध गर्नु पर्ने कारण बारे "एक बहस तो बन्ता है" !! प्रमाण भेटिदा बालकृष्ण खाँडलाई घरबाट टिपेर लानु हुने तपाईहरुले प्रमाण पाएको भए मलाई यत्तिका समय, के माया लागेर छोड्नु भएको हो र ? म त प्रतिपक्षमा थिएं। सक्दो गर्नु भो, केही नलागे पछि Conflict of Interest भए पनि Create गरौ भनेर यो सब प्रपंच गर्नु भो। त्यसैको आडमा सारा हर्कत गर्दै हुनु हुन्छ। This is not CONFLICT OF INTEREST, This is A PRINCIPLE OF CREATING CONFLICT OF INTEREST. नेपाली कांग्रेसका निष्ठावान साथीहरूलाई यो कुरा थाहा होस् भनेर सप्रेम यति वर्णन गरेको हुँ। यस्तो स्तरहिन राजनीतिले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दललाई कहाँ पुर्याउला?? आफू माथी निरन्तर प्रश्न उठ्दा म कहाँ गएर बोलौं? मेरो जवाफ सुन्न नचाहने/नसक्ने तपाईहरुलाई मेरो विनम्र अनुरोध सहितको अफर सार्वजनिक गर्दैछु। तपाईंहरुले भनेको दिन,स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौं। त्यो बहस काठमाडौ-४ मा भए राम्रो। म एक्लै आउछु, तपाईं आफ्ना विज्ञ,पार्टीका सम्पुर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पुर्ण प्रमाण बोकेर आउनु होला। यो बहस LIVE गरौं ताकी सिङो देशले हेरोस्। सारा देशका अगाडी तपाइहरुले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदाता माथी न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ। मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ,कतै,केही लेख्न बोल्न पर्दैन।दायाँ बायाँ केही कुरा नगर्नु होला। वस्, तपाईं मलाई यत्ती मात्र भन्नुस्,म कहिले कहाँ तपाईका आरोपहरुको जवाफ दिन आँउ? हैन भने, छोढ्दिनुस् यो बाल हठ। मेरो यो चुनौतीलाई प्रतिशोधका रुपमा लिनपनि आवश्यक छैन। सशक्त प्रतिपक्षी बनेर जनताको मन जित्नुस्। हामी माथी रचनात्मक दवाब बढाउनुस्। भर्खर जन्मेको दल भएपनि एक वर्षमा शायद हामीले राम्रो प्रतिपक्ष बनेर देखायौं। त्यो भन्दा प्रभावशाली बनेर हामीलाई पाठ सिकाइदिनुस्। यस्तो स्तरहिन हर्कतले कुनै नेताको कुण्ठा शान्ता होला तर कांग्रेस जस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठा लाई शोभा दिदैन। सुर्यदर्शन सहकारीका पीडितहरुलाई भेट्न सार्वजनिक अपिल गरिसकेको छु। संघर्ष समिति सँग त आफ्ना कुरा राखिसकेको छु। प्रष्ट हुनुस् : सहकारी पीडितले न्याय पाउछन्। जय नेपाल (पार्टी वाला होइन, देश वाला) Rabi Lamichhane

Pradip Bhattarai

12,621 просмотров • 2 лет назад

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर। सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणीत भए तिरौला पनि।यत्रो ऋणको लिनेलाई नै कुनै अत्तो पत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ। ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र? हिजो सम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर-छिमेकीलाई डिस्टर्ब हुन्छ। भिडियो हेर्नू होला।

Rabi Lamichhane

170,602 просмотров • 2 лет назад

त्यो साँझ जाउलाखेलको फुटपाथमा हिडदै गर्दा ठोक्किन आएका अपरिचित मान्छेले आफ्नो परिचय दिए - ' म विश्व पराजुली । जिम्बाब्वे मा सयुक्त राष्ट्र संघको आवासिय प्रतिनिधि । संयोगले भेट भै हाल्यो । अब एक कप कफी पिउ है विजयजी ' । कालान्तरमा विश्वजी भारतका लागी विश्व खाद्य कार्यक्रमका आवासिय प्रतिनिधि हुनु भयो । एक पटक काठमाण्डौ आएको बेला वहाले मेरो भेट निल बाल्जरसंग गराउनु भयो । नेपालका लागी विश्व खाध्य कार्यक्रमका उप निर्देशक निल बाल्जर हेर्दा हलिवुड एक्सन हिरो जस्तो देखिने । निल बाल्जर बोली व्यबाहरमा बिनम्र लागे । तर पनि हाम्रो पहिलो भेट खासै जमेन । उनी जुन प्रणालीबाट आउछन र जीवन र जगतका बिषयमा मेरा जे जस्ता सही वा गलत वा अपठ्यारा द्रश्टिकोण छन , त्यो पृष्ठभुमीमा , सायद त्यो स्वभाविक पनि थियो । तर वृतचित्रमा सहकार्य गर्ने कुरामा हामी सहमत भयौ । थालमा छैन भने कतै पनि छैन Food matters सिरिज निर्माणको दौरानमा मैले धेरै कुरा सिके । यो सिरिजका दुई भाग प्रसारण भै सके । अब तेस्रो भाग चाडै प्रसारणमा आउदैछ । तेस्रो एपिसोडमा हामीले Rice fortification अर्थात चामलमा पोषक तत्वको स्तर उन्नतिको महत्वपुर्ण बिषय उठान गरेका छौ । के गाउ , के शहर , के राजधानी , के गरिब , के मध्यम बर्ग - नेपाल भरी हामी शरिरमा बिभिन्न खाले पोषक तत्वका अभावले पिडित छौ । पोषण अभावले गर्दा हामी धेरै किसिमका रोगबाट पिडित छौ ( वा भविष्यमा हुन सक्छौ ) । के गाउ , के शहर , के धनी , के गरिब ; प्राय सबैको मुख्य खाना भात नै हो । त्यसैले चामलमा पोषक तत्वहरु मिसाउन सकिए - यो जनकल्याण र स्वास्थका लागी एक सरल तर युगान्तकारी कदम हुनेछ। यो काम अत्यन्तै कम मुल्यमा गर्न सकिन्छ । धेरै देसले गरी रहेका पनि छन । म नेपाल सरकारको र सांसदहरुको ध्यान यस बिषयमा आकर्षण गराउन चाहन्छु । साथै चामल बेपारमा दसकौ देखी लागेका ठूला निजी क्षेत्रवालाहरु वा भरखरै लाग्न थालेकाहरुको पनि ध्यानाकर्षण - Rice fortification को तडकारो जरुरत तर्फ गराउन चाहन्छु । साथै आम उपभोक्ता पनि जागरुक हुन जरुरी छ । भनि रहनु पर्छ र ? जीवनमा , जीवनभन्दा ठूलो केही हुदैन । अनि जीवन आफै उभिदैन । थालमा छैन भने , त्यो कतै पनि छैन ! Food matters ! आज यो प्रोमो लोड गर्ने बेला मेरो मनमा आउदैछ , धेरै बर्ष अघिको त्यो साँझ , जब म जाउलाखेलको फुटपाथमा बरालिदै थिए ...

Vijay Kumar Panday

64,571 просмотров • 2 лет назад

नेपालमा नयाँ विश्वविद्यालय खोल्न सदनबाट ऐन पारित भयो। यसमा म एक्लैले फरक मत (note of dissent) लेखेर आएकी छु। संविधानले सुनिश्चित गरेको नि:शुल्क शिक्षा त कार्यान्वयन गर्न नसकेको अवस्था छ। प्रारम्भिक शिक्षा तथा बालविकासका शिक्षकलाई तालिम दिन सकेका छैनौँ, विद्यार्थी रातो स्टिकर टाँसिएका भवनमा पढ्न बाध्य छन्, त्रिविका प्राध्यापकलाई एक पिरियड पढाए बापत रु. ३५०/- देखि ८५०/- सम्म दिने गरेको अवस्था छ। तर, यस्तो परिस्थितिमा अब नेपाल सरकारले नयाँ विश्वविद्यालय सरकारकै आर्थिक दायित्वमा पर्ने गरी खोल्ने भएको छ। पटक पटक business plan (कति शुल्क लिने, भौतिक पूर्वाधारका लागि कति पैसा लाग्छ, के पढाउने) माग्दा नदिए पनि, मन्त्रीको हैसियतमा माग्दा समेत नदिए पनि, तीन वर्षे अवधि प्राप्त गरेको विकास समितिले आफै गर्छु भनेर बनाएको योजना पूरा नगरे पनि, त्यही टिमलाई उनीहरूको सामाजिक पुँजीको भरमा करदाताको पैसा सुम्पिदिने माननीय ज्यूहरूले निर्णय गर्नुभएकोछ आज। यो सबै जानकारी दिँदा दिँदै पनि - “हैन, करदाताको टाउकोमा आर्थिक भार थप्न यो UGC को लाइन आईटम हुनुपर्छ” - भनेर संशोधन थप्ने राष्ट्रिय सभाका सांसदज्यू र त्यसलाई अनदेखा गरिदिने प्रतिनिधि सभाका सांसदज्यू, देशको ढुकुटीसँग लापरबाही गर्ने सीमा पनि हुन्छ! तपाईँको जबाफदेहिता जनतासँग हो, करदातासँग हो। अर्को साल बजेट पुगेन भन्दै नरुनु होला। तपाईँहरूले आज गर्नुभएको यो निर्णय म जहिले सम्झाउने छु। अर्कातिर भने विश्वविद्यालयको अवधारणाबारे माननीय ज्यूहरूलाई थाहा समेत रहेनछ। 'लिबरल आर्ट्स'लाई 'फाइन आर्ट्स' भनी बुझ्नुभएको छ। लिबरल आर्ट्स भनेको विद्यार्थीलाई आफ्नो कोर्स डिजाइन गर्न छुट दिने हो। इन्जिनियरले पनि सङ्गीत पढ्न पाउँछ भने कुनै अर्थविद्ले फिल्म बनाउन पनि सिक्न सक्छ र कुनै चित्रकारले पनि गणित पढ्न पाउँछन्। सदनमा बोल्नुअघि यति त अध्ययन गरिदिएको भए हुने। हो, नेपालमा लिबरल आर्ट्स पढाई हुनुपर्छ तर यसको सहज कार्यान्वयनका पाटाहरू थिए - त्रिवि, काठमाडौँ, पूर्वाञ्चल, पोखरा विश्वविद्यालयमै पनि व्यवस्था गर्न सकिन्थ्यो। तर हैन, नेपाल विश्वविद्यालयसँग आबद्ध हुनुभएका विद्वान व्यक्तित्वहरुको अनुहार हेरेर पत्याइदिनु भयो। के को प्रस्ताव हो, कसरी श्रोत जुटाउने, के सकिन्छ, के सकिँदैन भनेर सोच्नु पर्ने हैन र? अहिलेको नेपालको प्राथमिकता के हो? के साँच्चै लिबरल आर्ट्स पढ्नै नपाएर नै विदेशिए त युवा? सांसदको भूमिका भनेको उपलब्ध स्रोतहरूको उच्चतम प्रतिफल आउने गरी परिचालन गर्नु पनि हो। यसमा हाम्रा सांसदज्यूहरू आज नराम्ररी चुक्नु भएको छ।

Sumana

27,594 просмотров • 2 лет назад

उत्तर प्रदेश के जिला अलीगढ़ के प्राथमिक विद्यालय जलालपुर, पिसावा में गेट गिरने से मासूम छात्र की दबकर मौत केवल एक दुर्घटना नहीं, बल्कि सरकारी तंत्र की घोर लापरवाही, भ्रष्टाचार और असंवेदनशीलता का भयानक उदाहरण है। यह घटना चीख-चीखकर पूछ रही है—क्या हमारे बच्चों की जिंदगी इतनी सस्ती हो गई है कि उन्हें जर्जर इमारतों और घटिया निर्माण कार्यों के हवाले छोड़ दिया जाए? यह घटना प्रदेश के शिक्षा राज्यमंत्री संदीप सिंह के गृह जनपद में हुई, जो सरकार की जमीनी हकीकत को नंगा कर रही है। अगर मंत्री के अपने क्षेत्र में स्कूलों की यह हालत है, तो पूरे प्रदेश की शिक्षा व्यवस्था की कल्पना कीजिए! जर्जर इमारतें, घटिया निर्माण सामग्री और भ्रष्ट ठेकेदारी व्यवस्था ने सरकारी स्कूलों को कब्रगाह में बदल दिया है। मेरे द्वारा पूर्व में कई बार विद्यालयों की जर्जर स्थिति को लेकर चिंता व्यक्त की गई थी। अभी दो दिन पहले भी #LokSabha में महामहिम राष्ट्रपति महोदया जी के अभिभाषण पर लाए गए धन्यवाद प्रस्ताव के दौरान इस विषय पर अपनी चिंता प्रकट की थी, लेकिन सरकारों ने अब तक इस ओर ध्यान नहीं दिया।अगर सरकार अब भी चुप रही, तो यह साफ़ हो जाएगा कि उसे न बच्चों की जान की परवाह है, न शिक्षा की। जनता को यह समझ लेना चाहिए कि अगर आज कोई और बच्चा मरा है, तो कल यह किसी और के घर का चिराग बुझ सकता है। यह लापरवाह, भ्रष्ट और असंवेदनशील सिस्टम एक के बाद एक मासूमों की बलि लेता रहेगा! LOK SABHA #BudgetSession2025

Chandra Shekhar Aazad

23,305 просмотров • 1 год назад