Загрузка видео...

Не удалось загрузить видео

На главную

राहदानी विभागको नयाँ प्रणाली सञ्चालन सम्बन्धी जानकारी 🔗

92,636 просмотров • 3 месяцев назад •via X (Twitter)

Комментарии: 3

Фото профиля Manish parsad chaurasiya
Manish parsad chaurasiya3 месяцев назад

@shisir @amritrai555 @lokbchhetri

Фото профиля Dinesh Kumar
Dinesh Kumar3 месяцев назад

@shisir @amritrai555 @lokbchhetri Hi I am Dinesh Kr Singh same that person which you want to contact in past two years help me to contact you we want protection and supplementation and help torture and threat near sanjeev drug house ke pehle PATNA

Фото профиля Manish parsad chaurasiya
Manish parsad chaurasiya3 месяцев назад

@shisir @amritrai555 @lokbchhetri

Похожие видео

काठमाण्डौ महानगरपालिकाले सेवाप्रवाहलाइ होम डेलिभरी गर्ने नीति अनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसि एप लन्च गरेको छ। यसबाट महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउबाट महानगरको सेवा लिन सकिने ब्यवस्था समेत गरेको छ। सो एपमा के के सुविधा रहेका छन त?👇 ✓ ३० भन्दा बढी प्रकारका सिफारिसहरू, ✓ अनलाइन राजस्व, ✓ नगर प्रमुख संग भेटघाटका लागि अपोइन्टमेन्ट, ✓ च्याटबोट, ✓ महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू, ✓ बिभागगत कार्यबिबरण सहितको डिजिटल नागरिक वडापत्र, ✓ हेल्लो मेयर, ✓ जनगुनासो, ✓ स्मार्टकर, ✓ प्रकाशित राजपत्रहरू, ✓ पर्यटकीय स्थलहरू, ✓ आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप ✓ सार्बजनिक शौचालयहरु समेटिएका छन। यस एप मार्फत हाललाइ👇 ➢ नागरिकता सम्बन्धी सिफारिस , ➢ घरवाटो सिफारिस, कित्ताकाट सिफारिस, ➢ जग्गा मुल्यांकन सिफारिस, ➢ घरधनी प्रमाणपुर्जाको प्रतिलिपि, ➢ घर कायम सिफारिस, ➢ सम्पत्ति कर चुक्ता सिफारिस, ➢ अस्थायी बसोबास सिफारिस, ➢ स्थायी बसोबास सिफारिस, ➢ बिद्युत जडान सिफारिस, ➢ धारा जडान सिफारिस, ➢ आन्तरिक बसाइसराइ सिफारिस, ➢ कोठा खालि गर्ने सिफारिस, ➢ जन्म मिति प्रमाणित, ➢ अविवाहित प्रमाणित, ➢ नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस, ➢ अदालत शुल्क मिनाहा सिफारिस, ➢ बैंक खाता बन्द गर्ने सिफारिस, ➢ ब्यवसाय बन्द सिफारिस, ➢ संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस, ➢ अपांगता सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस, ➢ बिपन्न नागरिक औषधी उपचार सिफारिस, ➢ ब्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ वटा सिफारिसहरू अनलाइन गरिएको छ भने अन्य केही कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्नेछ। यस एपमा अनलाइनबाटै सम्पत्तिकर, भूमी तथा मालपोत कर, ब्यवसाय कर जस्ता बिभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे, प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ। KMC App

Manavi Paudel

52,639 просмотров • 3 лет назад

नेपालमा नयाँ विश्वविद्यालय खोल्न सदनबाट ऐन पारित भयो। यसमा म एक्लैले फरक मत (note of dissent) लेखेर आएकी छु। संविधानले सुनिश्चित गरेको नि:शुल्क शिक्षा त कार्यान्वयन गर्न नसकेको अवस्था छ। प्रारम्भिक शिक्षा तथा बालविकासका शिक्षकलाई तालिम दिन सकेका छैनौँ, विद्यार्थी रातो स्टिकर टाँसिएका भवनमा पढ्न बाध्य छन्, त्रिविका प्राध्यापकलाई एक पिरियड पढाए बापत रु. ३५०/- देखि ८५०/- सम्म दिने गरेको अवस्था छ। तर, यस्तो परिस्थितिमा अब नेपाल सरकारले नयाँ विश्वविद्यालय सरकारकै आर्थिक दायित्वमा पर्ने गरी खोल्ने भएको छ। पटक पटक business plan (कति शुल्क लिने, भौतिक पूर्वाधारका लागि कति पैसा लाग्छ, के पढाउने) माग्दा नदिए पनि, मन्त्रीको हैसियतमा माग्दा समेत नदिए पनि, तीन वर्षे अवधि प्राप्त गरेको विकास समितिले आफै गर्छु भनेर बनाएको योजना पूरा नगरे पनि, त्यही टिमलाई उनीहरूको सामाजिक पुँजीको भरमा करदाताको पैसा सुम्पिदिने माननीय ज्यूहरूले निर्णय गर्नुभएकोछ आज। यो सबै जानकारी दिँदा दिँदै पनि - “हैन, करदाताको टाउकोमा आर्थिक भार थप्न यो UGC को लाइन आईटम हुनुपर्छ” - भनेर संशोधन थप्ने राष्ट्रिय सभाका सांसदज्यू र त्यसलाई अनदेखा गरिदिने प्रतिनिधि सभाका सांसदज्यू, देशको ढुकुटीसँग लापरबाही गर्ने सीमा पनि हुन्छ! तपाईँको जबाफदेहिता जनतासँग हो, करदातासँग हो। अर्को साल बजेट पुगेन भन्दै नरुनु होला। तपाईँहरूले आज गर्नुभएको यो निर्णय म जहिले सम्झाउने छु। अर्कातिर भने विश्वविद्यालयको अवधारणाबारे माननीय ज्यूहरूलाई थाहा समेत रहेनछ। 'लिबरल आर्ट्स'लाई 'फाइन आर्ट्स' भनी बुझ्नुभएको छ। लिबरल आर्ट्स भनेको विद्यार्थीलाई आफ्नो कोर्स डिजाइन गर्न छुट दिने हो। इन्जिनियरले पनि सङ्गीत पढ्न पाउँछ भने कुनै अर्थविद्ले फिल्म बनाउन पनि सिक्न सक्छ र कुनै चित्रकारले पनि गणित पढ्न पाउँछन्। सदनमा बोल्नुअघि यति त अध्ययन गरिदिएको भए हुने। हो, नेपालमा लिबरल आर्ट्स पढाई हुनुपर्छ तर यसको सहज कार्यान्वयनका पाटाहरू थिए - त्रिवि, काठमाडौँ, पूर्वाञ्चल, पोखरा विश्वविद्यालयमै पनि व्यवस्था गर्न सकिन्थ्यो। तर हैन, नेपाल विश्वविद्यालयसँग आबद्ध हुनुभएका विद्वान व्यक्तित्वहरुको अनुहार हेरेर पत्याइदिनु भयो। के को प्रस्ताव हो, कसरी श्रोत जुटाउने, के सकिन्छ, के सकिँदैन भनेर सोच्नु पर्ने हैन र? अहिलेको नेपालको प्राथमिकता के हो? के साँच्चै लिबरल आर्ट्स पढ्नै नपाएर नै विदेशिए त युवा? सांसदको भूमिका भनेको उपलब्ध स्रोतहरूको उच्चतम प्रतिफल आउने गरी परिचालन गर्नु पनि हो। यसमा हाम्रा सांसदज्यूहरू आज नराम्ररी चुक्नु भएको छ।

Sumana

27,594 просмотров • 2 лет назад

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर। सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणीत भए तिरौला पनि।यत्रो ऋणको लिनेलाई नै कुनै अत्तो पत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ। ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र? हिजो सम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर-छिमेकीलाई डिस्टर्ब हुन्छ। भिडियो हेर्नू होला।

Rabi Lamichhane

170,602 просмотров • 2 лет назад