Загрузка видео...

Не удалось загрузить видео

На главную

हाम्रो संखुवासभाले संसारको जुनसुकै सुन्दर ठाँउलाई पनि टक्कर दिने चुनौती राख्छ है गाइज ।

18,517 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля Sampang_Rai
Sampang_Rai2 лет назад

यो बैरेनीबाट नुन, चामल बोकेर खाएको अनि मट्टितेल बालेको मान्छे हुँ म पनि !!! अहिले यति सुन्दर हुन्छ भनेर कल्पना पनि थिएन । तर सडक संगै बजार चाँहि स्वाट्टै हराएछ ।

Фото профиля विश्वरसिंह मेवाहाङ
विश्वरसिंह मेवाहाङ2 лет назад

हो नि

Фото профиля prakash khadka
prakash khadka2 лет назад

कुन नदी हो यो? निकै सुन्दर रहेछ तपाईंको ठाउँ ।

Фото профиля विश्वरसिंह मेवाहाङ
विश्वरसिंह मेवाहाङ2 лет назад

अरुण नदि

Фото профиля (झापालि) Mr. BG
(झापालि) Mr. BG2 лет назад

मास्टर साब, बिपी रोड बाट फुटो खिचेर यसो नभन्दिनू भए हुन्थ्यो,, संखुवासभा मात्रै होइन यो सिंगो देश नै सुन्दर छ , दुर दराज का नागरिक को मन कस्तो छ नि गणतन्त्र देशा???

Фото профиля विश्वरसिंह मेवाहाङ
विश्वरसिंह मेवाहाङ2 лет назад

यो संखुवासभा सभाको अरुण नदि किनार बैरेनी भन्दा ठाउँ हो । कताको बिपी रोड?

Фото профиля Phanindra Nepal
Phanindra Nepal2 лет назад

तपाईँलाई धेरै नै धन्यवाद ।

Фото профиля कृष्ण मन्दिर,मथुरा
कृष्ण मन्दिर,मथुरा2 лет назад

River?

Фото профиля विश्वरसिंह मेवाहाङ
विश्वरसिंह मेवाहाङ2 лет назад

Arun

Фото профиля Pathak RS
Pathak RS2 лет назад

मान्छे पनि संखुवासभाका कम्ताका काहाँ रहेछन् त सर ? Tweeter बाटै किन नहोस थोर तिनो संगत भइ सक्यो त !

Похожие видео

पूर्व शिक्षामन्त्रीसमेत रहनुभएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको पङ्ति छ: 'उद्देश्य के लिनु उडी छुनु चन्द्र एक.....' शिक्षा मन्त्रालयको मुख्य लक्षित वर्ग विद्यार्थी हुन्। विद्यार्थीलाई कक्षादेखि लक्ष्यसम्म पुग्ने बाटो देखाउनु हाम्रो दायित्व हो। हामीले 'करियरका कुरा' भनेर संवाद सुरु गर्यौँ। ‘करियर काउन्सेलिङ’का लागि विशेष वेबसाइट पनि सार्वजनिक गरेका छौँ। हाम्रो वेवसाईट मा गएर यसमा के के सुधार गर्न सकिन्छ मन्त्रालयलाई सुझाव पनि दिनुस् है। वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ। छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक गर्ने प्रबन्ध गरिएको छ।

Sumana

73,677 просмотров • 2 лет назад

विधिशास्त्रका कानुनहरुको वर्गीकरण हुन्छ । सबै कानुनलाई एउटै डालोमा हालेर हेर्न मिल्दैन । तर सरकारले आज प्रस्तुत गर्न लागेको 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०' मा सरकारले देवानी, फैजदारी, प्रशासनिक लगायत नितान्त फरक फरक प्रकारका कानुनहरु एकै बिधेयकमा हालेर सरकारको कार्यशैलीमा कति बचपना छ भन्ने देखाएको छ । यस बिधेयकमा केही राम्रा प्रस्तावहरु पनि आएका छन् तर केही डरलाग्दा, नेपालको सर्वभौमिकता, अखण्डता र शान्तिसुरक्षालाई चुनौती दिने दफा पनि प्रस्तुत गरिएका छन् । सरकारले त्यस्ता डर लाग्दा कानुन पास गराउन नियतबस यसरी सबै प्रकारका कानुन एउटा बिधेयकमा हालेर लिएर आएको प्रष्ट हुन्छ । उदाहरणका लागि यस बिधेयकको दफा ६४ मा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा संसोधन भन्ने शिर्षकमा शान्तिपुर्ण राजनितीको मुलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने भन्ने प्रावधान प्रस्ताव गरेको छ ।

सोबिता गौतम

23,265 просмотров • 3 лет назад

भिरपाखा र डाँडाकाँडामा रेल। [Jiao-Liu line, China] नेपालको पहाडी भुभाग पनि यस्तै प्रकृतिको छ। केही स्थानमा यस्तै रेलको सम्भावना हुन सक्छ। तर मुख्य कुरा भनेको यस्तो पूर्वाधार निर्माणका लागि हाम्रो आफ्नै क्षमता कसरी विकास गर्ने भन्ने हो। पहिलो दृष्टिमा चीनले निर्माण गरेको यस्ता जटिल प्रविधियुक्त संरचना हामीले कसरी बनाउन सक्छौं? भन्ने लाग्न सक्छ। तर यसको निर्माणमा आवश्यक प्रविधि भने परम्परागत इन्जिनियरिङ प्रविधिहरू हुन्, जसलाई हामी सिक्न सक्छौं, जस्तै टनल, पुल, ट्रयाक खोल्ने, रिटेनिङ वाल, स्लोप स्ट्याबिलाइजेसन आदि। सरकारको ठोस नीति, योजना र कार्यक्रम हुँदा यस्ता संरचनाहरू निर्माण गर्ने हाम्रो आफ्नै प्राविधिक क्षमता विकास गर्न सकिन्छ। डिजाइन, निर्माण, र सञ्चालनका लागि स्वदेशी क्षमता विकास हुँदा परियोजनाको लागतसमेत किफायती हुनेछ, जसले गर्दा यस्ता योजनाहरू प्रविधिक र आर्थिक हिसाबले संभव बन्न सक्छन्। तर यसका लागि प्रमुख बाधा भनेको राज्य प्रणालीको उदासीन सोच हो। साथै, जनस्तर र केही प्रविधिक समूहमा व्याप्त "सडकको खाल्डो मर्मत गर्न नसक्ने नेपालीले यस्ता कुरा कसरी सम्भव बनाउलान्?" भन्ने नकारात्मक मानसिकता पनि चुनौती बनेको छ। (भिडियो स्रोत: सामाजिक सञ्जाल)

Surya Raj Acharya

16,581 просмотров • 1 год назад

' एकदम ठूलो बिध्वंश देखी सक्यौ हामीले, हाम्रो पुस्ताले। तर हामी कहाँ उभिएर शान्तिका कुरा गर्दैछौँ भन्ने कुरा पनि ख्याल राख्नु पर्ने हुन्छ । यो समाज जस्ले, हामीलाई भ्रष्टाचारलाई सामान्यिकरण गर्न सिकायो। यो समाज जस्ले, हामीलाई करुणा र समानुभूति सिकाएन। मलाई लाग्छ दोष नेतृत्वको मात्र होइन, सम्पूर्ण सामाजिक संरचनाको पनि हो। हामी सबैले आआफ्नो भागको जिम्मेवारी लिनु पर्छ । ' ३ पुस्ता एकै टेबुलमा । ऊर्जा र अनुभवको बेजोड संगम—राजनीतिदेखि हिंसासम्म, सत्तादेखि सडकसम्म, सडकदेखि सत्तासम्म, आक्रोशदेखि माफीसम्म, पीडादेखि मुस्कानसम्म, दोषारोपणदेखि समानुभूतिसम्म, वर्तमानदेखि भविष्यसम्म। बदलिँदो नेपालको जीवन्त तस्वीर। Experience the Difference – दिशानिर्देश २०८२ Experience the Pause – एक छिन थाम्नुस् है… Coming Soon!

Vijay Kumar Panday

15,367 просмотров • 9 месяцев назад

मैले त चुनाव हारेँ तर जित्ने नेता यस्ता नहुन्! “यस्तो सम्मान र स्वागत अमेरिकाको राष्ट्रपति आउँदा एकपटक देखिएको थियो, त्यसपछि कहिल्यै देखिएको थिएन। अहिले नेपालको प्रधानमन्त्री आउँदा देखियो भनेर मलाई भारतीय नेताहरूले समेत भने।“ प्रधानमन्त्रीले संसदमा त्यसो भन्दा धेरै सांसदले ताली पनि पिटे। के बोल्ने थाहा छैन। के नबोल्ने पनि थाहा छैन। तर चुनाव जितेको जित्यै छन्। प्रधानमन्त्री भएको भएकै छन्। देशको प्रधानमन्त्रीको यो र यस्तै स्तरका टिप्पणीहरू हेरेर विदेशीहरूले के भन्ठान्दा हुन्! “औपचारीक भ्रमण”लाई “राजकीय भ्रमण” भनेर प्रधानमन्त्रीको कार्यलयकै ट्विटरमा लेखिँदा के सोच्दा हुन्। एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भ्रमण गर्दा महिनौँदेखि त्यसको सार्वजनिक चर्चा अनि प्रधानमन्त्रीकै तहबाट बारम्बार भ्रमण “ऐतिहासिक” हुन्छ, कुन्नी के, के हुन्छ भनिरहेको देख्दा कति छक्क पर्दा हुन्। परराष्ट्रजस्तो विश्व राजनीतिमा अत्यन्तै महत्वपूर्ण मन्त्रालय हाँक्ने एकपछि अर्को मन्त्रीहरूको स्तर देखेर के भन्दा हुन्। हाम्रो भ्रमण दलका सदस्यहरू ठाऊँ-कुठाऊँ मोबाइलमा फोटो र सेल्फी खिचेको देख्दा कति हाँस्दा हुन्। अनि यिनलाई बाटोमा दुईवटा गलैँचा ओछ्याएर केही महिला नचाउँदा “गज्जबको स्वागत” नलागे, कसलाई लागोस्? यिनीहरू यही स्तरको स्वागतका लागि योग्य छन् भन्ने संभवत: host (आतिथेय) राष्ट्रले पनि बुझिसक्यो। विश्व राजनीति हाँक्ने देशका नेतालाई हाम्राजस्ता नेताबाट “चाहेको कसरी लिने र बदलामा आश्वासन कसरी दिने” भन्ने थाहा नहुने कुरै भएन। अझ पाराकाष्ठा त के भने, हाम्रा नेता र भ्रमण टोलीमा “सात वर्षअघि नै दिने समझदारी भएको १५ वटा राँगो, प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणमा लिनु उपयुक्त देखिँदैन, यसलाई पछि गरौँ” भन्नेसम्म बुद्धी देखिएन। मैले दुई दिनअघि लेखेको थिएँ, “राष्ट्र र राज्यका रूपमा हाम्रो benchmark (स्तर-तह) यति तल झरिसक्यो कि अब त्यसलाई उठाउन धेरै कठिन छ।“ जनताले पत्याएनन्, मैले त चुनाव हारेँ -- ठिकै छ। तर यस्तो स्तरका नेताले चुनाव नजितुन्! (भिडियो:

Rabindra Mishra

95,275 просмотров • 3 лет назад

सांसदलाई नसुन्ने सरकारले जनताको चित्कार के सुन्ला? तैपनि यो सुन्नस् - यहाँ उपस्थित कति जनाका छोरा छोरीको उमेरको होला, कतिको नाति नातिनीको उमेरका - भर्खर १२ पास गरेकी बहिनीलाई नजिकको मान्छेमार्फत दलालले घरको काम गर्ने हो - ४३ हजार तलब, अझ फ्रि टिकटमा जान पाइन्छ भनेर सपना देखाउँछ। त्यहाँ पुगे पछि शोषणमा पर्छिन्, आफ्नै अगाडि आफ्नो मोल लगाएर बिक्रीमा पर्छिन्, भन्ने ठाउँ छैन, कानुनी अधिकार केहि छैन । ती बहिनी कसरी गई - भिजिट भिसामा । दलालले एक युवकलाई barrack मा बसे पुग्छ, खतरा छैन, ३ लाख महिनाको पाउछ भनेर सपना देखाउँछ, रसिया पुऱ्याउछ, अर्काको युद्धमा मर्नलाई, बाँचेर फर्किनेले जिन्दगीभर नमेटिने शारीरिक र मानसिक घाउ बोकेर आउँछन् । Linkedinबाट अन्तरवार्ता लिन्छ, पठाउछ बर्मा, कम्बोडिया । cyber scam cells मा जेल जस्तो अवस्थामा राखेर दिनरात हनीट्रयाप साइबर स्क्याममा अरुलाई फसाउने काम गर्न बाध्य बनाउछ। टार्गेट पुगेन भनेर कुटपिट गर्ने, करेन्ट लगाउने सब गरिन्छ। दास जस्तो एक सेन्टरबाट अर्कोमा बेचिन्छ, आत्मसम्मान खोसिन्छ । यस्तोमा कसरी पुग्छन् नेपाली युवा - भिजिट भिसामा । यस्तो ठाउँमा युवा पठाउन समेत घुस लिनेलाई राजनैतिक संरक्षण दिने; आफ्नो भाग सफ्टवेयरबाट निकालेर खानेहरूमाथि छानबिन गरौँ भन्दा समेत नगर्ने - कतिसम्म गिरेको? अनि यस्तो जोखिम छ भनेर थाहा पाउदा पाउदै पनि, ऋण लिएरै पनि जसरी पनि विदेश जान पर्छ भनेर मनस्थितिमा हाम्रो युवा कसरी पुगे, नेपाललाई खुला आकाश मुनिको गोलघर कसले बनायो ? सबैलाई थाहा नै छ तर किन केहि नगरेको? हाम्रो आन्दोलन जारी छ। छानबिन समिति बनाउनै पर्छ।

Sumana

29,179 просмотров • 1 год назад

बजेट आधिवेशनको पहिलो सत्र – नीति तथा कार्यक्रमको छलफल नेपालको विकासका लागि निवृत्तिभरण वृद्धिसम्बन्धी (pension बढ्ने) कानूनको पुनरावलोकन गरी त्यसको संरचनामा फेरबदल गर्नै पर्छ। inflation लाई आधार मानी महंगी भत्ता सबैलाई दिऔँ। तर त्यसको साथै प्रतिस्पर्धात्मक तलब दिने वातावरण समेत बनाऔँ। अर्को तर्फ वैदेशिक रोजगारमा गएका वा गैर-आवासीय नेपाली वा नेपालभित्रै अस्थायी स्थानमा बसोबास गर्ने व्यक्तिहरूका लागि सहजै, आफू बस्ने स्थानबाट मताधिकार सुनिश्चित गर्न आवश्यक कानून तर्जुमा र बजेट व्यवस्थापन समेत गरौँ। र अन्तत: शिक्षासम्बन्धीको बुँदामा राष्ट्रपतिज्यू मार्फत गलत कुरा बोल्न लगाइएको छ। अहिले पनि संस्थागत र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै नै हो। अझ यो नीति तथा कार्यक्रम मार्फत, शिक्षाबाट नाफा बनाउने संस्थाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा मद्दत गर्छ भन्ने common sense लाई challenge गर्ने हास्यास्पद बुँदा हटाउनु पर्नेछ। संस्थागत विद्यालयलाई बल पुग्ने गरी भाष्य निर्माण गरिदिनु भएन । सरकारले कुनै पनि परियोजना ल्याउँदा, त्यसको प्राथमिकीकरण (क) मानव सूचाङ्कमा पछाडी रहेका क्षेत्र, (ख) गरिबीको सूचाङ्कमा सबैभन्दा माथि रहेका क्षेत्र, (ग) सीमान्तकृत वर्गको उत्थान गर्नका लागि र (घ) लागत प्रतिफललाई आधार मानेर गर्नुहोला। नेताका महत्वाकांक्षाका अगाडी जहिले जनताका आकांक्षाहरूले हार्नु परेको छ। यसको अन्त्य गर्नै पर्छ। हाम्रो संशोधनको पूर्णपाठ र speech को पूर्णपाठको लिङ्क तल राखिएको छ।

Sumana

11,294 просмотров • 1 год назад

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको माननीय स्वास्थ्य मन्त्री प्रदिप पौडेलज्यु को अनुरोध बमोजिम राष्ट्रिय आविष्कार केन्द्रले मन्त्रालय संग सम्झौता गरेर संघीय अस्पतालहरुको मेडिकल उपकरणहरुको मर्मत सम्भार गरेर ति उपकरणहरु संचालनमा ल्याई दिने जिम्मा लिएकोछ । काम भैरहेको भिडियो हेर्नुहोस ।🙏🙏 सोहि अनुरुप अहिले बीर अस्पताल, कान्ति बाल अस्पताल र गंगालाल अस्पतालको पहिलो चरणको काम सकिएको छ । अनि नारायणी अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर संग काम गर्ने प्रक्रिया अगाडी बढेको छ । अन्य प्राईभेट अस्पतालहरु मनमोहन मेडिकल कलेज, नेपालमा कार्यरत Oxfrod University को Clinical Research Unit र नेपाल कोरिया अस्पताल सानोठिमी लाई पनि सेवा दिई रहेको छ । अहिले राष्ट्रिय आविष्कार केन्द्रमा २० जना बायोमेडिकल ईन्जिनियरहरुले सो काम गरिरहेका छन् । अहिले सम्मको आविष्कार केन्द्रको अनुभब अनुसार अस्पतालमा बिग्रेका करिब ५० प्रतिशत जति उपकरणहरु कुनै खर्च नगरिकन मर्मत भएका छन् । करिब ३० प्रतिशत जति उपकरणहरु स्थानीय बजार मै पाइने सामान्य पार्टपुर्जाहरु फेरेर मर्मत भएका छन् र करिब २० प्रतिशत जति उपकरणहरु मात्र विदेश बाट नै पार्टपुर्जाहरु मगाएर मर्मत गर्नु पर्ने हाम्रो टीमले पत्ता लगाएका छन् । नोट: यदि कुनै अस्पतालहरुलाई यस्तो सेवा चाहिएमा म महाबीर पुन लाई (9841592361) वा उमेश राई (9801039303) लाई फोन गर्नु होला । सेवाको लागि न्युनतम खर्च बेहोर्नु पर्नेछ किन भने बायोमेडिकल ईन्जिनियरहरुलाई भोकै काम गराउंदा पाप लाग्छ । यो सेवा दिने काम हो। नाफा कमाउने काम होइन ।🙏🙏

Mahabir Pun

24,236 просмотров • 1 год назад

त्यो साँझ जाउलाखेलको फुटपाथमा हिडदै गर्दा ठोक्किन आएका अपरिचित मान्छेले आफ्नो परिचय दिए - ' म विश्व पराजुली । जिम्बाब्वे मा सयुक्त राष्ट्र संघको आवासिय प्रतिनिधि । संयोगले भेट भै हाल्यो । अब एक कप कफी पिउ है विजयजी ' । कालान्तरमा विश्वजी भारतका लागी विश्व खाद्य कार्यक्रमका आवासिय प्रतिनिधि हुनु भयो । एक पटक काठमाण्डौ आएको बेला वहाले मेरो भेट निल बाल्जरसंग गराउनु भयो । नेपालका लागी विश्व खाध्य कार्यक्रमका उप निर्देशक निल बाल्जर हेर्दा हलिवुड एक्सन हिरो जस्तो देखिने । निल बाल्जर बोली व्यबाहरमा बिनम्र लागे । तर पनि हाम्रो पहिलो भेट खासै जमेन । उनी जुन प्रणालीबाट आउछन र जीवन र जगतका बिषयमा मेरा जे जस्ता सही वा गलत वा अपठ्यारा द्रश्टिकोण छन , त्यो पृष्ठभुमीमा , सायद त्यो स्वभाविक पनि थियो । तर वृतचित्रमा सहकार्य गर्ने कुरामा हामी सहमत भयौ । थालमा छैन भने कतै पनि छैन Food matters सिरिज निर्माणको दौरानमा मैले धेरै कुरा सिके । यो सिरिजका दुई भाग प्रसारण भै सके । अब तेस्रो भाग चाडै प्रसारणमा आउदैछ । तेस्रो एपिसोडमा हामीले Rice fortification अर्थात चामलमा पोषक तत्वको स्तर उन्नतिको महत्वपुर्ण बिषय उठान गरेका छौ । के गाउ , के शहर , के राजधानी , के गरिब , के मध्यम बर्ग - नेपाल भरी हामी शरिरमा बिभिन्न खाले पोषक तत्वका अभावले पिडित छौ । पोषण अभावले गर्दा हामी धेरै किसिमका रोगबाट पिडित छौ ( वा भविष्यमा हुन सक्छौ ) । के गाउ , के शहर , के धनी , के गरिब ; प्राय सबैको मुख्य खाना भात नै हो । त्यसैले चामलमा पोषक तत्वहरु मिसाउन सकिए - यो जनकल्याण र स्वास्थका लागी एक सरल तर युगान्तकारी कदम हुनेछ। यो काम अत्यन्तै कम मुल्यमा गर्न सकिन्छ । धेरै देसले गरी रहेका पनि छन । म नेपाल सरकारको र सांसदहरुको ध्यान यस बिषयमा आकर्षण गराउन चाहन्छु । साथै चामल बेपारमा दसकौ देखी लागेका ठूला निजी क्षेत्रवालाहरु वा भरखरै लाग्न थालेकाहरुको पनि ध्यानाकर्षण - Rice fortification को तडकारो जरुरत तर्फ गराउन चाहन्छु । साथै आम उपभोक्ता पनि जागरुक हुन जरुरी छ । भनि रहनु पर्छ र ? जीवनमा , जीवनभन्दा ठूलो केही हुदैन । अनि जीवन आफै उभिदैन । थालमा छैन भने , त्यो कतै पनि छैन ! Food matters ! आज यो प्रोमो लोड गर्ने बेला मेरो मनमा आउदैछ , धेरै बर्ष अघिको त्यो साँझ , जब म जाउलाखेलको फुटपाथमा बरालिदै थिए ...

Vijay Kumar Panday

64,571 просмотров • 2 лет назад