Milan Pandey's banner
Milan Pandey's profile picture

Milan Pandey

@MilanPandey41,203 subscribers

🎓 Head, Education Department, RSP 😊 Bibeksheel Nepali 👷‍♂️ Civil Engineer 💼 Entrepreneur 🔥 Passionate about Alternative Politics, Education & Tourism

Shorts

बालेनलाई प्रश्न: तपाईँ किन झापा ५ बाट निर्वाचन लड्नुभयो? बालेनको उत्तर: मैले कानुनी रुपमा जेनजीको लागि गर्न सक्ने भनेको झापा ५ बाट लड्ने हो

बालेनलाई प्रश्न: तपाईँ किन झापा ५ बाट निर्वाचन लड्नुभयो? बालेनको उत्तर: मैले कानुनी रुपमा जेनजीको लागि गर्न सक्ने भनेको झापा ५ बाट लड्ने हो

28,687 görüntüleme

Videos

MilanPandey's profile picture

आदरणीय पूर्व राजा ज्ञानेन्द्र शाहज्यू, सन्चै हुनुहुन्छ ? एउटा मनमा लागेको कुरा भनौँ ? केही समयदेखि यहाँको राजतन्त्र ल्याउने प्रयत्नले यहाँलाई नै हानि पुगिरहेको छ जस्तो लाग्छ। फागुन २५ गते, बनेको माहौल चैत्र १५ गतेसम्म बिग्रियो। किन थाहा छ? तपाईँले राप्रपालाई भन्दा दुर्गा प्रसाईँलाई विश्वास गर्नाले। दुर्गा प्रसाईँलाई कमान्डर बनाउने निर्णयबाटै हजुरको निर्णय क्षमतालाई बुझ्न सकिन्छ। त्यसैले यो उमेरमा यो बेलामा यी कुरामा नफस्नुहोस् भनेर मनैदेखि अनुरोध गर्न चाहन्छु। पारस शाह आफ्नो अनुसार चिल हुन दिनुहोस्। नातिनातिना टिकटक बनाउँदै हुनुहुन्छ, कृपया उहाँहरूलाई आफ्नो स्वतन्त्रता बाँच्न दिनुहोस्। तपाईँ पनि आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। पूर्व राजाको हैसियतमा प्रजातन्त्र दिवस नयाँ वर्ष र दसैँमा शुभकामना दिइराख्नुहोला। त्योभन्दा बढी अपेक्षा नगर्दा नै तपाईँको हित हुन्छ जस्तो लाग्छ। बाकी यहाँकै जो मर्जी। प्रिय राजेन्द्र लिङ्देनज्यू तथा राप्रपाका साथीहरू, तपाईँहरूको राजतन्त्रप्रतिको एजेन्डामा मेरो फरक मत भए पनि तपाईँहरूले आफ्नो एजेन्डा मज्जाले शान्तिपूर्ण रूपमा उठाउन पाउनुहुन्छ। त्यसमा मेरो तपाईँलाई समर्थन छ तर तपाईँलाई म एउटा अनुरोध गर्न चाहन्छु। अब यो एजेन्डालाई तपाईँहरूले सिरियसली लिनुभएको छ भने, यसको समाधानतिर लागौँ। नागरिकलाई बुझाउनुहोस्। यसको समाधान ३ किसिमबाट हुन सक्छ। राजा ३ किसिमबाट आउन सक्छन्। जुन तपाईँले तपाईँहरूले पनि बुझ्नु नै भएको छ- १) सैनिक 'कू' मार्फत। जुन सम्भव छैन र सेनाले पनि आफू संविधान मातहत रहेको बताइसकेको छ। राजनीतिक दलहरू, सरकार, संसद् त्यति पनि कमजोर भइसकेको छैन। यो बाटोको सम्भावना छैन। २) जनआन्दोलन ३ मार्फत। सबै कुरा भोट होइन, यो म पनि मान्छु। त्यसो भए नागरिक जो राजा ल्याउनुपर्छ भन्छन् उनीहरूलाई आह्वान गर्नुस् र सडकमा उतार्नुस्। आन्दोलन गर्नुहोस्। अनुरोध छ आन्दोलन शान्तिपूर्ण गर्नुहोला। ७ लाख वा ५ लाख, ल छोड्दिनुस्, १ लाख जनता, एक हप्ताका निम्ति सडकमा उतार्नुहोस्, मलाई लाग्छ काँग्रेस एमालेले घुँडा टेक्ने छन्। अनि, राजालाई नारायणहिटीमा राख्नुहोला। नत्र अब तपाईँहरूले नै सदाका निम्ति यो एजेन्डालाई सक्दै हुनुहुन्छ। यो कुरा बुझ्नुहोला है। ३) तेस्रो विकल्प पनि छ। मिसन ८४ चलाउनुहोस्। आजदेखि नै घरदैलो गर्नुहोस्। चौरासीमा १६५ जना काबिल उम्मेदवार उठाउनुहोस्, दुई तिहाइ ल्याउनुहोस्, केहि काँग्रेस एमालेको सांसदहरूको होहल्ला बिच सांसदबाटै राजतन्त्र घोषणा गर्नुहोस्। संविधान परिवर्तन गर्नुहोस्। यी बाहेक चौथो विकल्प छैन। राप्रपालाई शुभकामना। अनि अँ, लन्च मिटिङमा तपाईँले खोज्दै गरेको राजालाई यति चाही भन्दिनुहोला, 'महाराज, कृपया राजा-राजा भनेर राजनीति गरेको राप्रपालाई विश्वास त गर्नुहोस्। कमान्डर त हामीलाई बनाउनुहोस्, कुनै चटके वा नौटङ्की गर्नेलाई कमान्डर नबनाउनुहोला। तपाई पनि डुब्नुहुनेछ। हामीलाई पनि डुबाउनुहुनेछ' राप्रपालाई शुभकामना। पशुपतिनाथले हाल आम नागरिक बनेका पूर्व राजा लगायत सम्पूर्ण आम नागरिकको रक्षा गरुन्। जय नेपाल।

Milan Pandey

14,508 görüntüleme • 1 yıl önce

Daha fazla içerik yok.