
Sharad Raj Pathak
@SharadRPathak • 8,269 subscribers
महामन्त्री-राप्रपा।
Shorts
Videos

मैले तलको ट्विट यसरी राष्ट्रिय गान बज्दै गर्दा मञ्चमा नै कति धेरै सेल अश्रुग्यास प्रहार भएपछि गरेको हुँ। प्रशासनसँग अनुमति लिएको सभा थियो। राष्ट्रिय गानको समेत सम्मान नगरी किन मञ्चमै यसरी अश्रुग्यास हानियो? मलाई गाली गर्दै गर्दा कृपया यो पनि त हेर्नुस्।
Sharad Raj Pathak97,876 просмотров • 1 год назад

मध्य पहाडी क्षेत्रमा बालीनालीदेखि घरमा पकाएको खानेकुरासम्म बाँदरको चर्को हमलाले दिक्क भएर मानिसहरू थातथलो छाडेर हिँडिरहेका छन्। गाउँका गाउँ रित्तिँदो छन्। खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन्। सहरमा बसेर भावुक साहित्य र रोमान्टिक पर्यावरणवादको प्रतिष्पर्धा गर्नु ती लाखौँ पीडित किसानको अपमान हो। अध्ययनको हवाला दिँदै आएको मिडिया रिपोर्ट अनुसार नेपालमा बाँदरको सङ्ख्या ५ लाख बढी छ। बन्ध्याकरण/नसबन्दी, बाली विविधिकरण, विद्युतीय घेराबारा, समुदायको पहलमा सुरक्षा, चर्को समस्या भएका क्षेत्रमा मार्ने अनुमतिसम्मको कानुन निर्माण, वन क्षेत्रमै खाद्य व्यवस्थापन- यिनै त हुन् अहिलेसम्म विदेशमा पनि अभ्यास गरिएका उपाय। राज्यले तत्काल समाधानको कानुनी बाटो समातोस्। भावनामा मात्र होइन, वैज्ञानिक र व्यावहारिक समाधानमा जोड दिऔं।
Sharad Raj Pathak18,852 просмотров • 2 месяцев назад

रवी Rabi Lamichhane जी लाई प्रहरी अधिकृतले घरबाट राती ऊठाउँदा अन्तिम इच्छा सोध्नु "मनशाय त्यस्तो थिएन, जिब्रो चिप्लिएको हुन सक्छ।" रवीन्द्र @rabindramishra जी ले अश्रुग्यास लागेर छरिएका प्रदर्शनकारीलाई अगाडी बढ्नुस् भन्नु "उद्देश्य संसद कब्जा गर्न हिँड भन्ने थियो।" बर्दीमा राजनीति?
Sharad Raj Pathak30,552 просмотров • 1 год назад

यो त सरासर बदमासी भयो! Hello Sarkar, Government of Nepal ध्यानाकर्षण: Balen Shah
Sharad Raj Pathak23,656 просмотров • 1 год назад

यसरी लुसुलुसु करले राज्यकोष भरिदिने रवीन्द्र मिश्र राज्यद्रोही। किनकी उनि यो भ्रष्टतन्त्रको प्रखर विरोधी। दशकौँदेखि पचासौं लाख जनताले राज्य कोषमा भरिदिएको करको रकम अनेक अनेक शीर्षकमा खुलेआम घोटाला गरेर पचाउनेहरू राष्ट्रका नायक।किनकी उनिहरू यो भ्रष्टतन्त्रको संरक्षक, प्रवर्द्धक।
Sharad Raj Pathak16,351 просмотров • 1 год назад

भरतपुरको विकास.. भरतपुरमा सडकहरू फराकिला त बनेका छन्, तर सुरक्षाको पाटोलाई ठाउँठाउँमा नजरअन्दाज गरिएको छ। हिजो एउटा घटना रेकर्डेड भएछ। ढिला नगरी सम्बन्धित निकायले यस्ता गम्भीर त्रुटी सच्याओस्। र यो आलोचना हैन, झक्झक्याइ हो। भिडियो स्रोत: HERNE MEDIA हेर्ने मिडिया
Sharad Raj Pathak15,827 просмотров • 1 год назад

'गणतन्त्रवादीहरूले पनि भेला गरेर सडक प्रदर्शनमा आउने रे नि?' मेरो जवाफ 👇
Sharad Raj Pathak14,697 просмотров • 1 год назад