
Surya Raj Acharya
@SuryaRAcharya • 363,246 subscribers
Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Videos

'मुलुकको प्रधानमन्त्रिले यसो पनि भने' भनेर अखबारमा लेखेको भए पत्याउन निकै कठीन हुन्थ्यो। तर यहाँ त उहाँकै बोलीमा भिडियो नै छ। प्रम ज्यु, तपाईबाट यो तहको गैरजिम्मेवार अभिव्यक्ति अपेक्षित थिएन। तपाई सोझो, लठ्ठक, बेईमान के हो? थाहै भएन! जनतासँग माफि माग्नुस्!
Surya Raj Acharya117,552 просмотров • 3 лет назад

समा जी कुरो मिलेन। AP1 को जे जस्तो साख बनेको थियो/छ, त्यो आम जनतालाई समसामयीक विषयमा सूचित गराउने यहाँहरू जस्तै संचारकर्मीको विवेक र मिहिनेत गर्दा नै हो। रोकिएको अन्तरवार्ताका पात्र चर्चामा थिए। पक्ष/विपक्ष हुने नै भयो। तर रोक्नैपर्ने कन्टेन्ट जस्तो लागेन।
Surya Raj Acharya55,860 просмотров • 2 лет назад

आत्मविश्वासको कुरो, रमाइलो रैच! 😀 सञ्जालमा भेटेको।
Surya Raj Acharya10,647 просмотров • 4 месяцев назад

भिरपाखा र डाँडाकाँडामा रेल। [Jiao-Liu line, China] नेपालको पहाडी भुभाग पनि यस्तै प्रकृतिको छ। केही स्थानमा यस्तै रेलको सम्भावना हुन सक्छ। तर मुख्य कुरा भनेको यस्तो पूर्वाधार निर्माणका लागि हाम्रो आफ्नै क्षमता कसरी विकास गर्ने भन्ने हो। पहिलो दृष्टिमा चीनले निर्माण गरेको यस्ता जटिल प्रविधियुक्त संरचना हामीले कसरी बनाउन सक्छौं? भन्ने लाग्न सक्छ। तर यसको निर्माणमा आवश्यक प्रविधि भने परम्परागत इन्जिनियरिङ प्रविधिहरू हुन्, जसलाई हामी सिक्न सक्छौं, जस्तै टनल, पुल, ट्रयाक खोल्ने, रिटेनिङ वाल, स्लोप स्ट्याबिलाइजेसन आदि। सरकारको ठोस नीति, योजना र कार्यक्रम हुँदा यस्ता संरचनाहरू निर्माण गर्ने हाम्रो आफ्नै प्राविधिक क्षमता विकास गर्न सकिन्छ। डिजाइन, निर्माण, र सञ्चालनका लागि स्वदेशी क्षमता विकास हुँदा परियोजनाको लागतसमेत किफायती हुनेछ, जसले गर्दा यस्ता योजनाहरू प्रविधिक र आर्थिक हिसाबले संभव बन्न सक्छन्। तर यसका लागि प्रमुख बाधा भनेको राज्य प्रणालीको उदासीन सोच हो। साथै, जनस्तर र केही प्रविधिक समूहमा व्याप्त "सडकको खाल्डो मर्मत गर्न नसक्ने नेपालीले यस्ता कुरा कसरी सम्भव बनाउलान्?" भन्ने नकारात्मक मानसिकता पनि चुनौती बनेको छ। (भिडियो स्रोत: सामाजिक सञ्जाल)
Surya Raj Acharya16,581 просмотров • 1 год назад
Больше нет контента для загрузки