#नवीनसमझदारी

केही मिडियाले 'नेता भागे' भनेर लेखेछन्। मेरो यसअघिका र यो पोस्ट हेर्नुहोला। शान्तिपूर्ण स्टेज कार्यक्रममा शुरूमैँ टियरग्यास प्रहार गरेर सहभागीहरूलाई भड्काउने को हो? दोष प्रहरीको होइन, आदेश दिनेको हो। यस्तै हुन्छ भनेर हामीले लामो समयदेखि शान्तिपूर्ण संक्रमणमार्फत #नवीनसमझदारी को माग गरिरहेका छौँ।
Rabindra Mishra61,361 Aufrufe • vor 1 Jahr

जन्मदिनको धेरैधेरै शुभकामना! अब समय आयो जस्तो छ। मेरा लागि राजसंस्थाको पुनर्स्थापना मेरो राजनीतिको एक नम्बरको प्राथमिकता हो। किन? बदलिँदै गरेको विश्व भूराजनीति र दिनप्रतिदिन जटील बन्दै गएको नेपालको आन्तरिक परिस्थितिहरूका माझ हामीले #नवीनसमझदारी मार्फत राजसंस्था पुनर्स्थापना गरेर संविधानको 'ओभरहलिङ' गर्न सकेनौँ भने सुशासन र संवृद्धीको त कुरै छोडौँ नेपालको भविष्य नै गम्भिर संकटमा पर्नेछ भन्नमा म प्रष्ट छु। देशको दीर्घकालीन सुरक्षा र हित कुनै पनि राजनीतिको पहिलो प्राथमिकता हुनुपर्छ। जसरी अनेकौँ कमजोरीका बाबजुद हामी लोकतन्त्र जोगाउनै पर्छ भन्छौँ, त्यसैगरी अनेकौँ कमजोरीका बाबजुद देशका लागि राजसंस्था जोगाउनै पर्छ। यद्दपी, राजाबाट भएको भनिएको गल्ती र राजनीतिकर्मीबाट भएका गल्तीको तुलनै हुन सक्दैन। राजाबाट एउटा गल्ती हुँदा राजनीतिकर्मीबाट सयवटा गल्ती भएका छन् र राजनीतिकर्मीबाट भएका गल्ती राष्ट्रघाती र भावी पुस्ता घाती छन्। राजाबाट भएको भनिएको गल्ती देश र भावी पुस्ता जोगाउनमा केन्द्रित छन्। - संसारकै सबैभन्दा लोकतान्त्रिक मध्येको देश बेलायतले किन प्रत्येक वर्ष अर्बौँ रूपैयाँ खर्च गरेर राजसंस्थाको भव्य तामझामलाई संवर्धन गरेर राखेको छ? - संसारकै विकसित, धनी र लोकतान्त्रिक मध्येका देशहरू बेल्जियम र लक्जेम्वर्गले एउटा घटनामा सार्वभौम संसदले पारित गरिदिएको महत्वपूर्ण विधेयक नै अनुमोदन नगरिदिंदा समेत राजसंस्थालाई किन बचाएर राखेका छन्? - बारम्बार प्रत्यक्ष/अप्रत्यक्ष रूपमा राजनीतिमा हष्तक्षेप गर्ने र अहिले त पृषठभूमी नै खराब भएको राजा भए पनि थाइलण्डले राजसंस्थालाई किन जोगाएर राखेको छ? यस्ता उदाहरण अरू पनि छन्। स्पेन र कम्बोडियाले फालिसकेका राजसंस्था किन पुनर्स्थापित गरे? राजसंस्थाका कयौँ नकारात्मक पक्ष र त्रुटी हुँदाहुँदै पनि माथि उल्लेखित र अन्य कयौँ देशका जनताले राजसंस्था जोगाएका राजसंस्थाले गल्ती गर्दैन, सबै ठिक मात्र गर्छ भनेर होइन, 'देश'को दिर्घकालीन हितका लागि आवश्यक छ भनेर हो। ती जोगाउने सबै जनता सैद्धान्तिकरूपमा राजसंस्थावादी नहुन सक्छन्। तर जब देशको कुरा आउँछ, ती सबैले #विचारभन्दामाथिदेश लाई राख्छन्। प्रशस्त संभावनायुक्त देश हुँदाहुँदै नेपालको यो दुर्गति भएकै #विचारभन्दामाथिदेश लाई नराखेर हो। राजा वीरेन्द्रले भने झैँ राजनीतिकर्मीहरू आउँछन् अनि जान्छन् तर राजाले कम्तिमा १०० वर्षपछिको देशबारे सोच्नु पर्ने हुन्छ। देशका लागि #नवीनसमझदारी र संविधानको 'ओभरहलिङ' बाहेक अब अर्को विकल्प छैन। त्यसका लागि राजसंस्थाको पुनर्स्थापना तथा नवयुवराज हृदयन्द्रको सुस्वास्थ्य, दिर्घायु, ज्ञान, विवेक, अनुशासन, देशभक्ती र राजकीयपन अत्यावश्यक छ। सरकारको २३औँ जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश
Rabindra Mishra58,253 Aufrufe • vor 2 Jahren

मञ्चमा टियरग्यास प्रहार भएपछि! झण्डै ८७ वर्षका नबराज सुबेदी बसेको मञ्चमा टियर ग्यास प्रहार भएपछिको अस्तव्यस्त दृष्य। र नवराजजीलाई जोगाउने प्रयास। उहाँ सुरक्षित हुनुहुन्छ। हामी शान्तिपूर्ण रूपमा #नवीनसमझदारी मा जान चाहन्छौँ। सरकारले हाम्रो आग्रह सुनोस्। धनजनको क्षति नहोस्।
Rabindra Mishra32,004 Aufrufe • vor 1 Jahr

आजको संभवत: बेस्ट भिडियो। यो ४ मिनेटको छ। यदी परिवर्तनलाई ०४६ साल या ०६२/६३ सालकै जस्तो हिंसात्मक बनाउने हो भने, भन्नुहोस्, यस्तो भिडियो कति लामो हुन आवश्यक छ? होइन, यसलाई सङ्केतका रूपमा बुझ्ने हो भने, सबै मिलेर शान्तिपूर्ण सङ्क्रमणका लागि #नवीनसमझदारी मा जाऊँ र व्यवस्थाको #SytemicOverhauling गरौँ। होइन भने परिवर्तन पीडादायी हुन सक्छ। ##विचारभन्दामाथिदेश, #देशकालागिनरेश
Rabindra Mishra32,986 Aufrufe • vor 1 Jahr

एअरपोर्ट अगाडिबाट! #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी, #SytemicOverhauling
Rabindra Mishra30,904 Aufrufe • vor 1 Jahr

पोखराबाट आह्वान, पोखराबाटै शुरू! पोखराबाट राजा ज्ञानेन्द्रले साथ र सहयोगका लागि अपिल गरे र आज एकैछिनको आह्वानमा खासगरी पोखरेली युवाहरू स्वस्फूर्तरूपमा सडकमा उत्रिए। या त ठूला दलहरू सहजताका साथ #नवीनसमझदारी मा जानुपर्यो, होइन भने यसैगरी प्रदर्शन र आन्दोलनका झिल्का देशभरी फैलिँदै जानेछ। प्रशंगवस, यसै शुक्रबार दिउँसो पोखरामा हुने Rastriya Prajatantra Party - राप्रपा को विशाल आमसभामा पार्टी अध्यक्ष Rajendra Lingden तथा अन्य नेतासँगै म पनि उपस्थित हुनेछु। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी
Rabindra Mishra28,270 Aufrufe • vor 1 Jahr

गृहमन्त्री आज सञ्चारकर्मी भएको भए के भन्थे? नेपाल प्रहरीप्रति किन दयाभाव आउँछ? देशको १७ % जनसंख्या किन बाहिर छ? हामी #नवीनसमझदारी को रट किन लगाइरहेका छौँ? #नवीनसमझदारी मा नगए के हुन्छ? ७ मिनेटको हिजोको मेरो मन्तव्य। हिजोको विशाल प्रदर्शन ट्रेलर मात्र हो ब्लकबस्टर बाँकी छ।
Rabindra Mishra31,599 Aufrufe • vor 2 Jahren

आजको दृष्य: राजनीतिक दल तर्सिनै पर्दैन। अबको परिवर्तनमा #नवीनसमझदारी भनेको राष्ट्रियता र सुशासन दुबै संकटमा परेकोले सबैले बिगतबाट शिक्षा लिँदै राजसंस्था र राजनीतिक दल पुन: एक पटक एकै ठाऊँमा आउनुपर्यो र #SytemicOverhauling गरेर लोकतन्त्रलाई 'उन्नत प्रजातन्त्र'मा रूपान्तरण गर्नुपर्यो भन्ने हो। त्यसो गरेनन् भने, - तिनलाई आम जनताले साथ दिँदैदैनन्। तर तिनले आफ्ना कार्यकर्तामात्र सडकमा उतारे पनि त्यो विशाल हुनेछ। - तर त्यसले स्वस्फूर्तरूपमा उत्रेका आम सर्वसाधारणसँग मुटभेडको स्थिति निम्त्याउनेछ। - त्यो मुटभेडलाई गर्न खोजिने नियन्त्रण ठूला पार्टी र तिनका ठूला नेताको पक्षमा हुनेछैन। - श्रीलङ्का, बङ्गलादेश र सिरियाको स्थिति नआओस् भन्ने हाम्रो कामना हो। - तसर्थ, शान्तिपूर्णरूपमा #नवीनसमझदारी मा जाने उपाय समयमैँ खोजियोस्।
Rabindra Mishra21,303 Aufrufe • vor 1 Jahr

त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र तथा अन्तर्राष्ट्रिय सम्वन्धका प्राध्यापक डा पुष्प अधिकारीले समेत स्पष्ट शब्दमा यस्तो भन्नु शुभसंकेत हो। नागरिक समाज "राजनीतिक Sunk Cost Fallacy" बाट बाहिर निस्कँदैछ। जति छिटो निस्कियो त्यति राम्रो। #नवीनसमझदारी बाहेक अर्को विकल्प छैन।
Rabindra Mishra24,662 Aufrufe • vor 1 Jahr

ठूला नेताहरूले यसलाई शान्तिपूर्ण संक्रमणमार्फत #नवीनसमझदारी का लागि गरिएको सौम्य अपिलका रूपमा बुझिदिए हुनेथियो। कसैले कसैको पनि कुभलो नचिताओस्। भलो चिताओस्। कोही पनि केही गर्न डराउन पर्दैन: राजा ज्ञानेन्द्र अब यति भन्दा पनि खिसिट्युरी गरेरै बस्ने हो भने परिणाम सहज नहुन सक्छ। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी, #SytemicOverhauling
Rabindra Mishra17,070 Aufrufe • vor 1 Jahr