Loading video...

Video Failed to Load

Go Home

केही महिना अघि स्वर्णिम वाग्लेले संसदमा जे भनेका थिए आज त्यही देखिँदैछ !

16,641 views • 5 months ago •via X (Twitter)

0 Comments

No comments available

Comments from the original post will appear here

Related Videos

एक महिना पनि पुगेको छैन सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको, तपाईहरु तीन दशक देखि सरकारमा हुनुहुन्छ। तपाईँको पार्टीले कैयौं पटक शिक्षा मन्त्रालय चलायो,हजुरबुवाले घिउ खानुभएको थियो त्यही भएर मेरो गाला चिल्लो हुनुपर्छ भन्ने पार्टी तपाईँहरू। एउटै बुवाको तीनवटा छोरा प्रधानमन्त्री भएको पार्टी तपाईँहरू। एउटै नेता पाँच पटक प्रधानमन्त्री भएको पार्टी, प्रतिपक्षमा आएको एक महिना भएको छैन कुन नैतिकताले यो प्रश्न सोध्दै हुनुहुन्छ? आज त्रिभुवन विश्वविद्यालयको जे हविगत छ त्यसमा तपाईंको पार्टी प्रमुख जिम्मेवार हो। तपाईँ जस्तो युवा नेताबाट यस्तो अभिव्यक्तिको अपेक्षा थिएन। विरोधको लागि विरोध गर्ने राजनीतिक कुसंस्कारको अन्त्य गरौं र हाम्रो पुस्ताले राजनीति गर्ने होइन सुधार्ने तर्फ लाग्नुपर्छ।

Khusbu Oli

72,841 views • 2 years ago

' बिज्ञानबिनाको धर्म लङडो हुन्छ । धर्मबिनाको बिज्ञान द्रश्टिबिहीन हुन्छ।' केही हप्ता अघि जेट लि संग कुराकानीको मौका मिलेको थियो। हिजो मार्च २०, अर्को सुखद अवसर मिल्यो। सुविख्यात फ्रेन्च लेखक / फोटोग्राफर / परोपकारी समाजसेवी / मोलिक्युलर जेनेटिक्स तथा न्युरोलोजीका प्रकाण्ड ज्ञाता/ बौद्ध भिक्षु म्याथ्यु रिकार्ड लाई - मेडिसिटी अस्पतालमा आयोजित एक कार्यक्रममा सुन्ने र महसुस गर्ने अवसर ! कार्यक्रमको सुरुवातमा मैले पनि आफ्ना केही भावना राखेको थिए ।Towards a more altruistic society, from empathic distress to compassionate courage बिषयमा म्याथ्यु रिकार्डको मन्तव्य, अन्तरकृया र फ्लोर डिस्कसनको भिडियो चाडै अपलोड गरिने छ .. संयोगवश हिजो खुसी दिवस परेको थियो - मार्च २० ! हामी संसारमा जे जति छौ , जे जस्ता छौ , सबैले अन्ततः खोजेको कुरा एउटै हो - खुसी । यसका लागी बिज्ञान र अध्यात्मबिच संवाद अनिवार्य छ । महान बैज्ञानिक आइन्सटाइनको कालजयी वचन छ - 'बिज्ञानबिनाको धर्म लङडो हुन्छ । धर्मबिनाको बिज्ञान द्रश्टिबिहीन हुन्छ । '

Vijay Kumar Panday

36,748 views • 2 years ago

~ थापालाई माओले भनेका २ कुरा ~ २००७ सालको क्रान्तिबाटै नेपाली राजनीतिमा होमिएका ९८ बर्षीय पाका नेता विश्वबन्धु थापाको निधन भएको छ । उनको आठ दशक लामो राजनीतिक जीवन निकै उतारचढावपूर्ण छ, त्यसैले त्यसबारे त मेरो भन्नु केही छैन । तर उनी अनुभवको खानी भएकाले मलाई 'भिक्षु, व्यापार र विद्रोह' पुस्तकका लागि शोध गर्दा निकै मद्दत मिलेको थियो । उनीसँग घण्टौं कुराकानी गर्ने अवसर पाएको थिएँ— २०७६ माघमा । तत्कालिन राष्ट्रिय पञ्चायतको अध्यक्षका हैसियतमा २०२० सालमा चीन भ्रमणमा जाँदा थापालाई चिनियाँ नेता माओ त्सेतुङले भनेका दुइटा कुरा अझै सम्झनामा आउँदो रहेछ । एक— ५० बर्षसम्ममा हामी नेपालको सीमानासम्म रेल पुर्‍याउँछौं । ठ्याक्कै सीमामै नआएपनि, ताप्लेजुङभन्दा अलि माथि सिगात्सेसम्म त्यो आइपुग्यो । अर्कोचाहिं— थापाले ‘हामी त सानो देश हौं’ भन्दाखेरी माओले उनलाई रोक्दै, छेउमै आएर ‘त्यसो नभन्न’ सम्झाएका रहेछन् । अनि भनेका थिए रे, ‘तिमीहरु त गौतम बुद्धको देश हो । बुद्धले हामीलाई धेरै कुरा दिएका छन् । तिमीहरुले कलाको क्षेत्रमा पनि हामीलाई योगदान दिएका छौं ।’ त्यसबखत माओले यूरोपको सानो, भूपरिवेष्ठित मुलुक लक्जेम्बर्गको उदाहरण दिदैं नेपाल पनि त्यस्तै ‘हिरा’ हो भनेर अर्थ्याएका रहेछन् । ‘छेउछाउका दुइटा ढुंगाको आकार ठूलो भएपनि बढी महत्व हिराकै हुन्छ, त्यसैले नेपाल सानो छ भनेर नसोच्नु,’ उनले चीन र भारतबीच हाम्रो अवस्थितीलाई औंल्याउँदै यसरी फुर्क्याएका पनि रहेछन् । माओको शव्द ठ्याक्कै यही नहुनसक्छ, तर आशय यस्तै रहेछ । इतिहासमा आउनुपर्ने यस्ता थुप्रै रोचक संस्मरण थिए थापासँग । अब त्यो सम्झनामै बाँकी रहने भयो । हार्दिक श्रद्धाञ्जली 🙏🏻

Sudheer Sharma

11,672 views • 6 months ago

हालै पुर्वराजा ज्ञानेन्द्र शाहले एक यस्तो सवाल सार्वजनिक रुपमा नै सोधेका छन , जस्ले मलाई केही सोच्न बाध्य गरायो । उनले भनेका छन 'नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद हुदैन ।' अनि म यो पनि सोच्दै छु - यही सवाल उनको मनमा ६२, ६३ साल अघि किन नआएको होला ? फेरी सोच्छु - मान्छेको जीवन, सिधा रेखामा कहा हिडछ र ? बिभिन्न खाले विराधाभाषको अर्को नाम हो , तपाई हाम्रो सबैको जीवन ! कसैलाई दोषारोपण र महिमागान गरेको होइन। त्यो काम हामी सबैले धेरै गरिसक्यौ। तात्विक नतिजा केही आएन। अब म सम्यक भावले बुझ्न चाहन्छु , धेरै । र , उत्तेजित भावमा 'जज' गर्न चाहन्छु थोरै ... I want to understand more, judge less. यो क्लिपमात्र होइन, युट्युबमा पुरा पोडकास्ट पुरा हेरेर मात्र कमेन्ट गर्दा राम्रो हुन्छ । अहिले पानी पर्दैछ । मलाई रुझेर हिडन मज्जा लाग्छ । एउटा भनाई छ नि - 'झरीमा नाच्नने रहर त धेरैलाई लाग्छ तर उनीहरु भिजिन्छ भनेर डराउछन ।' जुन दिन आशा र भयको दाम्लो अलि खुकुलो हुन्छ , तब झरीमा निरुद्देशीय हिडनुको मज्जा हामीलाई पर्खी बसेको हुन्छ :) Enjoy the day ! सबैलाई शुभदिन !

Vijay Kumar Panday

31,996 views • 1 year ago

बम होइन, स्टोभ पड्केको भन्न लगाइयो २०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोट र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा मोहम्मद आफताब आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सो मुद्दामा आलम ०७६ असोजमा पक्राउ परेका थिए । अदालतमा थुनछेक चलिरहँदा ५ वर्षअघि विस्फोटका घाइतेले भनेका थिए - अपहरण गरेर बयान फेर्न लगाइयो । कान्तिपुर टिभीमा त्यसबेला प्रसारित समाचारमा गौरीशंकरको भनाइ थियो - बम होइन, स्टोभ पड्केको भन्न लगाइयो । यसबीचमा कांग्रेस सभापती शेरबहादुर देउवाले पटक पटक आलमलाई छुटाउने बताउँदै आउनुभयो । आज ''संकलित सबुद प्रमाणबाट मोहम्मद आफताब आलमको घरमा २०६४/१२/२७ मा बम विस्फोटको वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको'' भन्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले आलमलाई सफाइ दियो । हेर्नुस् ५ वर्षअघिको यो समाचार । अरू केहि समाचार र भिडियोका लिंक - रौतहट बम काण्डको जालो : रौतहट नरसंहारमा राजनीतिक नेतृत्व... : साक्षी जोगाउन आदेश : आलम प्रकरण : तत्कालिन आइजीपीदेखि गृहमन्त्रीसम्मै जानकार : आफताब आतंक : आलमको औकात :

Rupesh Shrestha

43,563 views • 1 year ago