Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

३१ जना यात्रु मेरो कारणले छुटे भन्ने थाहा भएन : प्रधानमन्त्री प्रचण्ड

146,575 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

sreezina moktan profil fotoğrafı
sreezina moktan2 yıl önce

हगेपछि दैलो देखेर हुन्छ, झ्याक्ने !!😏🙃

ManoJ poudel🇳🇵 profil fotoğrafı
ManoJ poudel🇳🇵2 yıl önce

हैन आफै प्रम छन् न यिनलाई त पेट्रोलकाे मुल्य वृद्धि थाहा हुन्छ न यात्रु छुटेकाे थाहा हुन्छ सरकारकाे नेतृत्वमा आफै छन् सम्पूर्ण संयन्त्र अाफै सँग छ अनि देशचाहीँ कसले चलाउँदाे रहेछ रिमाेट कन्ट्राेलले।🤔

एमालेकोअभिमन्यु profil fotoğrafı
एमालेकोअभिमन्यु2 yıl önce

तेरीमा आतंककारी,ढोंग गर्छस

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 profil fotoğrafı
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢2 yıl önce

गलत भयो भन्ने ज्ञान भए पछि संबंधित निकाय लाई कारबाही गर्नू पर्दैन। भाषण दिदै मा पुग्छ? हुनत सजिलो छ वहाँ हरु लाई आत्मालोचना गरे भै गो नि। मलाई पनि गणतन्त्र का झार हरु लाई सोतर बनाएर आत्मालोचना गर्न मन लागेको छ।

म नेपाली🇳🇵 profil fotoğrafı
म नेपाली🇳🇵2 yıl önce

घोक सेवा आयोग पास गरेर घुस खाने #राष्ट्रसेवक हरु कतिसम्म चाकडी गर्छन भन्ने कुरो यहाँ बाट प्रस्टै बुझ्न सकिन्छ अनि प्रचण्ड जि त झुट को खेति गर्ने ठूलै कामरेड हुन नै

भाsकर profil fotoğrafı
भाsकर2 yıl önce

१७ हजार मारिए,थाहा भएन। धर्म निरपेक्ष घुसाए थाहा भएन।टन का टन सुन आयो थाहा भएन। त्रिपाल मुनि सुत्दा चिसो ले कयौ मरे थाहा भएन।हजारौ लाई नक्कली शरणार्थी बनाए थाहा भएन। पासपोर्ट, लाईसेन्स, परिचय पत्र को लाईन मा घण्टौ लाग्नु पर्छ थाहा भएन। घुस नखाई कर्मचारी काम गर्दैन थाहा भएन।

Gshyam profil fotoğrafı
Gshyam2 yıl önce

चलाउनेलाई मरणासन्न हुनेगरी पिटदा त उहाँ सकुशल नै हुनुहुन्छ भन्ने मान्छेलाई ३१ जना यात्रु छुटनु कुनै नौलो होइन।कोहि घाइते छैन,कसैले मृत्यु भा छैन।😡

sarbesh Aryal profil fotoğrafı
sarbesh Aryal2 yıl önce

तिमि गणक का भगवान परेव तिमिलाई काहा थाहा हुन्छ।।

kumar basnet profil fotoğrafı
kumar basnet2 yıl önce

चुतियापनको हद हुन्छ नि होइन

Dinesh Bhakta Shrestha profil fotoğrafı
Dinesh Bhakta Shrestha2 yıl önce

कति गैर जिम्मेवारपूर्ण जवाफ। दुख पाएका ३१ जना नागरिक सग क्षमा माग्नु पर्दैन? सम्बन्धित दोषीलाई कारबाही गर्नु पदैन? पिडित ले न्यायको अनुभूति गर्नु पर्दैन ? थुतुनो चलाएर हुन्छ?

Benzer Videolar

एक महिना पनि पुगेको छैन सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको, तपाईहरु तीन दशक देखि सरकारमा हुनुहुन्छ। तपाईँको पार्टीले कैयौं पटक शिक्षा मन्त्रालय चलायो,हजुरबुवाले घिउ खानुभएको थियो त्यही भएर मेरो गाला चिल्लो हुनुपर्छ भन्ने पार्टी तपाईँहरू। एउटै बुवाको तीनवटा छोरा प्रधानमन्त्री भएको पार्टी तपाईँहरू। एउटै नेता पाँच पटक प्रधानमन्त्री भएको पार्टी, प्रतिपक्षमा आएको एक महिना भएको छैन कुन नैतिकताले यो प्रश्न सोध्दै हुनुहुन्छ? आज त्रिभुवन विश्वविद्यालयको जे हविगत छ त्यसमा तपाईंको पार्टी प्रमुख जिम्मेवार हो। तपाईँ जस्तो युवा नेताबाट यस्तो अभिव्यक्तिको अपेक्षा थिएन। विरोधको लागि विरोध गर्ने राजनीतिक कुसंस्कारको अन्त्य गरौं र हाम्रो पुस्ताले राजनीति गर्ने होइन सुधार्ने तर्फ लाग्नुपर्छ।

Khusbu Oli

72,841 görüntüleme • 2 yıl önce

मैले त चुनाव हारेँ तर जित्ने नेता यस्ता नहुन्! “यस्तो सम्मान र स्वागत अमेरिकाको राष्ट्रपति आउँदा एकपटक देखिएको थियो, त्यसपछि कहिल्यै देखिएको थिएन। अहिले नेपालको प्रधानमन्त्री आउँदा देखियो भनेर मलाई भारतीय नेताहरूले समेत भने।“ प्रधानमन्त्रीले संसदमा त्यसो भन्दा धेरै सांसदले ताली पनि पिटे। के बोल्ने थाहा छैन। के नबोल्ने पनि थाहा छैन। तर चुनाव जितेको जित्यै छन्। प्रधानमन्त्री भएको भएकै छन्। देशको प्रधानमन्त्रीको यो र यस्तै स्तरका टिप्पणीहरू हेरेर विदेशीहरूले के भन्ठान्दा हुन्! “औपचारीक भ्रमण”लाई “राजकीय भ्रमण” भनेर प्रधानमन्त्रीको कार्यलयकै ट्विटरमा लेखिँदा के सोच्दा हुन्। एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भ्रमण गर्दा महिनौँदेखि त्यसको सार्वजनिक चर्चा अनि प्रधानमन्त्रीकै तहबाट बारम्बार भ्रमण “ऐतिहासिक” हुन्छ, कुन्नी के, के हुन्छ भनिरहेको देख्दा कति छक्क पर्दा हुन्। परराष्ट्रजस्तो विश्व राजनीतिमा अत्यन्तै महत्वपूर्ण मन्त्रालय हाँक्ने एकपछि अर्को मन्त्रीहरूको स्तर देखेर के भन्दा हुन्। हाम्रो भ्रमण दलका सदस्यहरू ठाऊँ-कुठाऊँ मोबाइलमा फोटो र सेल्फी खिचेको देख्दा कति हाँस्दा हुन्। अनि यिनलाई बाटोमा दुईवटा गलैँचा ओछ्याएर केही महिला नचाउँदा “गज्जबको स्वागत” नलागे, कसलाई लागोस्? यिनीहरू यही स्तरको स्वागतका लागि योग्य छन् भन्ने संभवत: host (आतिथेय) राष्ट्रले पनि बुझिसक्यो। विश्व राजनीति हाँक्ने देशका नेतालाई हाम्राजस्ता नेताबाट “चाहेको कसरी लिने र बदलामा आश्वासन कसरी दिने” भन्ने थाहा नहुने कुरै भएन। अझ पाराकाष्ठा त के भने, हाम्रा नेता र भ्रमण टोलीमा “सात वर्षअघि नै दिने समझदारी भएको १५ वटा राँगो, प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणमा लिनु उपयुक्त देखिँदैन, यसलाई पछि गरौँ” भन्नेसम्म बुद्धी देखिएन। मैले दुई दिनअघि लेखेको थिएँ, “राष्ट्र र राज्यका रूपमा हाम्रो benchmark (स्तर-तह) यति तल झरिसक्यो कि अब त्यसलाई उठाउन धेरै कठिन छ।“ जनताले पत्याएनन्, मैले त चुनाव हारेँ -- ठिकै छ। तर यस्तो स्तरका नेताले चुनाव नजितुन्! (भिडियो:

Rabindra Mishra

95,275 görüntüleme • 3 yıl önce

“एकैजनालाई कति पटक दु:ख दिएको? कत्ति दु:ख दिएको?” वृद्ध आमाहरूले सोध्नुभयो । र भन्नुभयो - म पनि लड्न आएको । तिमीहरूलाई कति दुःख दिएको, केहि गर्छु भनेर आएकाहरूलाई । आममानिसलाई सजिलो हुन्छ भनेर धेरै पटक व्यवस्था फेरेको साक्षी वहाँको फुलेको कपाल छ, तर अझै त्यस्तो भएन भनेर असन्तुष्टि व्यक्त गर्न सडकमा आउनुभो । त्यसै बेला पानीको फोहोराले हान्ने भन्ने बारे खबर पाएका थियौँ। वृद्ध आमाहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा लगिदिन आग्रह गरेँ। वहाँहरूलाई भनेँ - “आमा तपाईं यहाँ बस्नु पर्दैन। म लड्छु तपाईंका लागि। तपाईं सुरक्षित बस्नु, म मैदान छाड्दिन।” आखिर कहिलेसम्म यस्तै सास्ती भोग्नु पर्ने हो हामी नेपालीले? प्रधानमन्त्री ज्यू र हाम्रा नेतागणज्यू - कति सम्म चाहीँ आफ्नै जनताबाट टाढा हुनुहुन्छ है।

Sumana

68,655 görüntüleme • 1 yıl önce

मेरा मित्र सागर प्रसाइँको यो पीडा यता शेयर गर्न चाहेँ । @sagarprasai (बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाईदिनुहोला ।) मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा. ९, बत्तिस पुतली को अरनिको मार्ग मा बस्छु । यही मङ्सिर को ११ गते, म घरबाट बाहिर निस्किदा मेरो घर अगाडीको मूलबाटो मा ठुला ठुला खाल्डा खन्न थालिएका थिए । एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्के । २-३ दिनमा पुरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो । १ हप्ता सम्म पनि म घर को घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट १ दिन पछाडि- कार्य प्रगति हुँदै छ, चाँडै सकिन्छ भन्ने खबर आयो । फेरी काठमाडौँ महानगरपालिकाको हटलाइन मा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिव जीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलि देखि नै हिँड्ने बाटो खुलाउँछौ भन्नुभयो । फेरी प्रगति शून्य । त्यसपछि मैले वडा नं वडा अध्यक्ष लाई सम्पर्क गरे, वहाँले पनि हामी मिलाइहाल्छौँ भन्नुभयो । मेयर साबको फेसबुकमा उपलब्ध नम्बर मा मेसेज गरे, उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो- असुविधाको लागि माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुना बाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालिन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् । म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसाय मार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्‍यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो । त्यस कारण, मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारी ज्यू, जनप्रतिनिधि र सुशासनको ठुला ठुला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री- मेरो यो कुरा सुनेर लाज त लाग्यो होला । त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।

Gajendra Budhathoki ♿

67,934 görüntüleme • 2 yıl önce

२०७२ माघ २० गते कुनै भाषणमा गगन थापाले २०८८ सालपछि सक्रिय राजनीति छाड्ने घोषणा गरेका थिए। २०३३ सालमा जन्मिएका गगन थापा २०८८ सालमा ५५ वर्षको उमेर पार गर्छन् । थापाले ५५ वर्षको उमेरमा राजनीति बाट बिदा लिँदै गर्दा देशमा ४० वर्ष उमेर हाराहारीका होनहार युवा उत्पादित भइसकेका हुन्छन् भनेर भन्नु भएको थियो। २०५१ सालमा त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुँदै नेपाली काँग्रेसको महामन्त्री सम्मको यात्रा तय गर्नु भएका गगन थापाले नेपाली काँग्रेसमा कति जना होनहार युवाहरू नेताहरू उत्पादन गर्नु भयो त्यो हामीले देख्ने मौका पाएका छैनौँ। सफल नेता त्यो हो जसले आफू जस्तै वा आफू भन्दा राम्रो नेता उत्पादन गर्छ। गगन थापाले २०८८ मा राजनीति बाट बिदा लिँदै गर्दा आफैँले तयार बनाएका देश हाँक्न सक्ने दक्ष युवा नेतालाई काँग्रेसले सभापति बनाउँछन् कि बनाउँदैन त्यो भने हेर्न बाँकी नै छ तर वहाँ यदि प्रधानमन्त्री नै बन्नु भयो भने पनि वहाँले दिएको उमेरको हदम्यादको कारणले पूरा समय प्रधानमन्त्री नबनेरै बीचमानै छोड्न परिस्थिति सृजना हुने भएकोले गगन थापाले अर्को होनहार युवा नेता कसलाई अगाडि बढाउने छन् त भनेर नेपाली युवा हरू हेर्न आतुर छन्। गगन थापालाईनै नेपाली काँग्रेसको सभापति किन बनाउने? विश्लेषणात्मक लेख नेपाली काँग्रेसको महाधिवेशन हुनुभन्दा अगाडि आउँदै छ। प्रतीक्षा गर्नुहोला।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

24,160 görüntüleme • 1 yıl önce

दश बजे सर्वोच्च अदालत गएँ। प्रधानन्यायाधीशलाई भेटेँ। घरबेटीको मुद्दाको 'स्टे अडर' खारेज गर्न लगाएँ: पूर्व मन्त्री रामकुमारी झाँक्री लाग्छ, उहाँलाई यो कामको गाम्भिर्य पटक्कै थाहा भएन। संभवत: उहाँलाई आफ्ना अग्रजहरूबाट त्यसैगरी दीक्षित हुनुहुन्थ्यो। यो कति गम्भिर विषय हो भन्ने अरूलाई पनि वोध होस् भन्नाका लागि यो श्यर गर्ने निर्णय गरेको हुँ। रामकुमारीजी र तात्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा दुबैको यसमा बराबर गल्ती छ। १। जे भयो त्यो न्यायपालिकामाथि कार्यपालिकाको ठाडो हस्तक्षेप हो। २। न्याधिशलाई प्रभावित गर्नु भ्रष्टाचार हो। ३। अदालतको अवहेलना हो। ४। प्रधानन्यायाधीशको पदीय आचरण विपरितको काम हो। ५। सबैभन्दा महत्वपूर्ण कुरा, यति सानो विषयमा प्रधानन्यायाधीशलाई त मन्त्रीले सिधै प्रभावित गर्न सक्छन् भने अब भन्नुस्, भागबण्डामा न्यायाधीश भएकाहरूले महत्वपूर्ण विषयहरूमा के, के गर्छन् होला? संविधान 'सर्भिसिङ' होइन के, 'ओभरहलिङ' नै गर्नुपर्छ यी सारा विकृति रोक्न। नत्र यो देश बन्दैन -- विश्वास गर्नुस् न। भावी पुस्तामाथि पाप गर्ने? #नैतिकसंकट (#EthicalCrisis) र #ज्ञानकोसंकट (#KnowledgeCrisis) असोचनीय तहमा पुगिसकेको छ।

Rabindra Mishra

79,357 görüntüleme • 1 yıl önce

कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी साथीहरू मलाई निरन्तर फोन/इमेल गरिरहनुभएको छ। अझै परीक्षाको समय निश्चित भएको छैन। आज भोली हुने भनिएका प्रवेश परीक्षाहरू फेरि स्थगित भएका छन्। विद्यार्थीहरू अब केही हुँदैन भन्ने निराशामा छन्। 'सदनमा बोले पनि केही हुँदैन? अब विकल्प के हो?' भनेर पीडित विद्यार्थीहरू सोधिरहेका छन्। परीक्षा ढिलो हुनुमा सत्तारुढ काँग्रेस-एमालेकै विद्यार्थी संघठनहरूको झगडा मुख्य कारण बनेको छ। कसैले पनि यो समस्याको समाधान गर्न चाहँदैन किनभने यसले उनीहरूको ‘भविष्यको राजनीतिक सम्भावना’ अर्थात् ‘गुण्डागर्दी’लाई निस्तेज गर्नेछ। भोली प्रोफेसर पिट्न र विद्यार्थीलाई चिट चोराउन होस् या असुली गर्न तिनै विद्यार्थी सङ्गठन चाहिन्छन्। कोलम्बिया विश्वविद्यालयमा प्रवचन दिँदै हाम्रा प्रधानमन्त्री भन्नुहुन्छ, 'विश्वविद्यालय ज्ञानको मन्दिर हो।' कसैले सोधौँ न हो - किन हाम्रा प्रधानमन्त्रीज्यू अमेरिकामा हुँदा मात्र विश्वविद्यालयलाई ज्ञानको मन्दिरको रूपमा देख्नुहुन्छ? किन नेपालीका छोराछोरी पढ्ने नेपालका विश्वविद्यालयलाई राजनीतिक खेल मैदान बनाउनुहुन्छ? किन विश्वविद्यालयमा राजनीतिक भागबन्डामा आफ्ना आसेपासेहरूलाई नियुक्त गर्नुहुन्छ? किन कलेजलाई ब्यारेक जस्तो बनाएर विद्यार्थीलाई कार्यकर्ता बनाउनुहुन्छ? किन हो यो दोहोरो चरित्र?? प्रधानमन्त्रीज्यूको पाखण्ड र दोहोरो चरित्र छर्लङ्ग छ। प्रधानमन्त्रीज्यू ! तपाईँले विद्यार्थीको पढ्न पाउने हक बन्धक राखेर कृषि औद्योगिकीकरण गर्न सक्नुहुन्न है। न त तपाईँले विद्यार्थी-विद्यार्थीबिच घृणा फैलाएर विश्वविद्यालयलाई ज्ञानको मन्दिर बनाउन सक्नुहुन्छ। खोजेको के हो? के तपाईँ आफ्ना विद्यार्थीहरूका समस्याप्रति चासो राखेर समाधान गर्न सक्नुहुन्न? की समाधान चाहनुहुन्न? शिक्षामन्त्री र गृहमन्त्रीलाई पनि मेरो प्रश्न: विद्यार्थी-विद्यार्थी लडाइराख्नु, पढ्ने-पढाउने माहौल बनाउनुपर्दैन भन्ने प्रधानमन्त्रीको आदेश नै छ कि, तपाईँहरूलाई पनि बालै मतलब नभाको हो?

Sumana

46,667 görüntüleme • 1 yıl önce

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर। सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणीत भए तिरौला पनि।यत्रो ऋणको लिनेलाई नै कुनै अत्तो पत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ। ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र? हिजो सम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर-छिमेकीलाई डिस्टर्ब हुन्छ। भिडियो हेर्नू होला।

Rabi Lamichhane

170,579 görüntüleme • 2 yıl önce