正在加载视频...

视频加载失败

दिदीले एकदिन नेपाली कांग्रेस "कान्तिपुर" नामको पार्टी नै खोलेर राजनीतिमा आउनुहुन्छ I

21,687 次观看 • 1 年前 •via X (Twitter)

0 条评论

暂无评论

原始帖子的评论将显示在这里

相关视频

मलाई चाहिएको नेता गगन थापा जस्तो होइन, गगन थापा नै हो। जो निर्भिक छ। जोसँग देश यस्तो बनाउँछु भन्ने दृष्टिकोण छ। पार्टी भित्र होस या बाहिर, सडकमा होस या सदनमा आत्मविश्वासको साथ अभिव्यक्त हुन्छ। राजनीतिमा व्यक्त विचारको फाइदा र क्षति बराबर हुन्छ तर त्यसको जिम्मा लिएर यत्तिको दम देखाउने साँच्चै कसैको हुतिले भ्याउँदैन्। नेता ज्यूँदो हुनु भनेको सास फेर्नु मात्र होइन, गलतको विरुद्व संघर्ष गर्नु हो, जनताको सपनालाई संकल्पको डोरीले बाँध्नु हो, वितृष्णालाई विश्वासमा रुपान्तरण गराउने तागत भर्नु हो, जिम्मेवारीको परीक्षामा उतिर्ण हुनु हो। यो इन्द्रेणीको नाम हो गगन थापा। बीपी भन्नुहुन्थ्यो, 'लोभ र डर बोकेर युवा हुन सकिदैंन्।' त्यही नै गगन थापाको जीवनपद्वति हो। भोलीको जिम्मा लिन सकिदैंन तर आजको दिनमा कांग्रेस हुने र कांग्रेस हुनुपर्छ भन्ने सच्चा कांग्रेसीको गगन थापा निर्विकल्प नेता हो। मित्र राघवले भनेको जस्तै 'लखेटन छोडेको दिन, दौडिन रोकिन्छ' त्यसैले उनलाई लखेट्न नछोड्नुस किनकि आँखामा सपना र पेटमा आगो बोकेर हिंडेको गगन थापा रोकिएको मलाई चैं हेर्नुछैन्। Gagan Thapa

Mukesh Ghimire

14,900 次观看 • 1 年前

विश्वास मरेको राजनीति! आदर्श मरेको समाज! चार महिनाअघि मैले एउटा राजनीतिक समूहमा एउटा जटील राजनीतिक विषयमा तथ्य बोल्नु पर्ने भयो। सहभागीहरूले मैले प्रस्तुत गरेको तथ्य सहजै पत्याउने छैनन् मलाई थाहा थियो। त्यसैले मैले भिडियोमा देखिएकी ज्यादै नै कमजोर अवस्थामा रहेकी र अत्यन्त गम्भिररूपमा विरामी मेरी आमाको नाममा कसम खाँदै “म एक शब्द पनि ढाँट्दिन, एक शब्द बढाएर या घटाएर भन्दिन; कुरा यो, यो हो” भनेर जे वास्तविकता हो, त्यही भनेँ। मेरी त्यस्तो अवस्थामा रहेकी आमाको नाममा खाएको कसम त पक्कै विश्वास गरे होलान् भन्ने मलाई लागेको थियो। तर कतिपयले पटक्कै विश्वास गरेन छन् र उल्टै विविध टिप्पणी गरेछन्। यो ठूलो विषय होइन तर यसले नेपाली राजनीति र समाजको गम्भिर समस्यालाई संकेत गर्छ। यसको मूल कारण के हो भने, नेपालको राजनीतिमा मान्छेले साँचो पनि बोल्न सक्छ, स्वार्थरहित काम/कुरा पनि गर्न सक्छ भन्ने विश्वास नै मरिसक्यो। किनभने, राजनीतिक नेतृत्वमा रहेका अधिकांशको जीवन नै अविश्वास, असत्य र षडयन्त्रमा वितेको छ। राजनीति भनेको यस्तै हो भन्ने परेको छ। आफूले जे देख्यो र जे भोग्यो, मान्छेले बाँकी संसारलाई त्यही आँखाबाट हेर्ने हो। अन्यथा, भिडियोमा देखिएको अवस्थामा रहेकी मेरी आमाको नाममा खाएको कसम विश्वास नगर्नु पर्ने अर्को कारण हुनै सक्दैन। हामीले विश्वास मरेको राजनीति र आदर्श मरेको समाज निर्माण गरेका छौँ। जे रोप्यौँ, त्यही फल्ने हो। सके बदलौँ, नसके भोगौँ। अर्को उपाय नै के छ र!

Rabindra Mishra

20,360 次观看 • 1 年前

अथक मेहनत र सम्पूर्ण समर्थकहरूको शुभेच्छा बावजूद यो चुनावमा हामी धेरै पछाडि रह्यौं। सर्वप्रथम , अहोरात्र खटेर मलाई सहयोग गर्नुहुने सम्पूर्ण नेपाली कांग्रेस सदस्य तथा शुभेच्छुकहरूसँग म माफी माग्न चाहन्छु। यहाँहरूको मेहनतलाई मैले गन्तव्यमा लग्न सकिनँ। यो असफलताको सम्पूर्ण जिम्मा तपाईंहरूको उम्मेदवारले लिन्छ, म लिन्छु। लोकतन्त्रमा चुनावको जित/हार चलिरहन्छ। जित्ने उम्मेदवार पुकार बम र उहाँको पार्टी रास्वपालाई धेरै बधाइ । एक जिम्मेवार प्रतिपक्षीको रूपमा तपाईंको सही काममा समर्थन र गलत काममा आलोचना गर्नु मेरो जिम्मेवारी हो। जनताको म्यान्डेट अनुसार म त्यो भूमिका सगौरव निभाउनेछु। अन्त्यमा मलाई विश्वास गर्नुहुने, र नगर्नुहुने सम्पूर्ण मतदातालाई धन्यवाद दिन चाहन्छु। लोकतन्त्रमा आफ्नो विजयमात्र होइन, आफ्नो पराजयको पनि उत्सव मनाउनुपर्छ। जित्नेलाई बधाई, जनता जनार्दनलाई धन्यवाद। जय नेपाल!

sachin timalsena

87,700 次观看 • 6 个月前