Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

देश लुटेर खानेले मात्र यसलाई गालि गर्छन रे । तपाई लुटेर खाने हो र ? 🤔 म त काम गरेर खाने भएर पनि यसलाई फुट्या आखाँले देख्न सक्दिन ।

11,634 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von ज्वाइँ साहेव
ज्वाइँ साहेवvor 1 Jahr

5 तारे होटलमा ५००० पेलेटको खाना हसुरेर १५० वेचेको भात महंगो रे ?

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 1 Jahr

त्यहि त नाटक ।

Profilbild von Hari Gopal Adhikari
Hari Gopal Adhikarivor 1 Jahr

अर्को भेलुबाजे(बजै) !!😜😜 यिनका हरकत हेर्दा यी अन्टसन्ट विज्ञ रहीछन् भन्ने बुझिन्छ । (सरी !! नाम मिल्न गएकोमा) । मेडियाले फेरी यस्तै यस्तालाई देशको हिरो बनाउंछन्, हैट !!!

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 1 Jahr

हैट यसरी मिल्ने गरी भन्न त नमिल्ने हो 😝😂

Profilbild von सृजना भुसाल ❣️
सृजना भुसाल ❣️vor 1 Jahr

अलिक बढी गर्नुन्च दिदिले ,काम राम्रो गरेनी उहाको शैलीले चाहिँ होईन है तारिफ पाउने 😀😁

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 1 Jahr

फुटपाथमा २-४ रूपैया नाफा खाने ब्यापारीलाई हप्किदप्कि गरेर खै के गतिलो काम गरीन भन्नु । माडेसाडेलाई थर्काए पो दिदी रैछिन भन्नु । 🤔

Profilbild von Nylah 😀
Nylah 😀vor 1 Jahr

यस्तो राम्री लाइ देख्न नसक्ने कस्ता आखा तपैका 😛😆😆

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 1 Jahr

यस्ति राम्री दिज्जु देखे एक्लै भने त अर्को दिन धामी नत्र झाक्रि बोलाउनु पर्छ त मेरो हराएको “सातो” बोलाउन । 😂

Profilbild von Hypocrite Nepali
Hypocrite Nepalivor 1 Jahr

धेरै जनाको sexism र जनजाति hate पनि एक्सपोज गरीरा छन् आशिकाले। नभए यो देशमा हाम्रो पैसाले तलब खाएर उल्टै हामीलाई दुःख दिनमा केन्द्रित हुन पर्ने हो त्याे hate।

Profilbild von Sabun
Sabunvor 1 Jahr

aba inko pali television le pni bolai halyo 84 ma kun tirbata ho pratakshya PM ki president !!

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 1 Jahr

यस्ता छिचिमिरा आउछन जान्छन । 😂

Ähnliche Videos

लौ हेर्नु होस् अर्को कवाडी काम 😂🤣- राष्ट्रिय आविष्कार केन्द्रमा अनुसन्धानको लागि यस्तै यस्तै कवाडी कामहरु पनि गर्छन । बाँसको चोया बनाउने र दांत कोट्याउने सिन्का बनाउने मशिन बनाउने भाई राजु थापाले अनुसन्धान कै क्रममा पारामोटर भनिने उड्ने चिज बनाएर सिन्धुलीमा परीक्षण गरेका छन। यसमा इटालीमा बनेको इन्जीन प्रयोग गरेका छन् । यस्ता उड्ने मशिन अरुहरुले पनि बनाएका छन् तर यसलाई ब्याबसायिकरण गर्ने काम तिर कोहि पनि लागेको छैनन । अनुसन्धान र इनोभेशन नगरिकन केहि चिज पनि बन्दैन र ब्यापार हुँदैन भनेर सबै नेपालीले बुझ्नु होला । त्यसैले यसमा थप अनुसन्धानहरु गर्नु पर्छ र गर्दैछन् । राष्ट्रिय आविष्कार केन्द्रका एरोनटिकल इन्जिनियरहरुको टीमले यसमा थप अनुसन्धान गरेर यसलाई सुरक्षित बनाउन प्रयास गर्नेछन। यस्तो किसिमको उड्ने चिज विदेश तिर रमाइलोको लागि धेरै नै प्रयोग गर्छन । पुलिस र आर्मीलाई पनि यो धेरै उपयोगी हुन्छ किन भने यसलाई उडाउन लामो एअरपोर्ट चाहिन्दैन । दशैँको सप्तमी देखि तिहार सम्म आविष्कार केन्द्रकै अन्य धेरै कामहरुले गर्दा किताब बेच्ने काम तिहार सम्म स्थगित गरिएको हो। तिहार पछि सर्लाही बाट नै किताब बेच्न सुरु गरिनेछ ।🙏🙏🙏

Mahabir Pun

52,367 Aufrufe • vor 1 Jahr

मेरा मित्र सागर प्रसाइँको यो पीडा यता शेयर गर्न चाहेँ । @sagarprasai (बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाईदिनुहोला ।) मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा. ९, बत्तिस पुतली को अरनिको मार्ग मा बस्छु । यही मङ्सिर को ११ गते, म घरबाट बाहिर निस्किदा मेरो घर अगाडीको मूलबाटो मा ठुला ठुला खाल्डा खन्न थालिएका थिए । एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्के । २-३ दिनमा पुरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो । १ हप्ता सम्म पनि म घर को घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट १ दिन पछाडि- कार्य प्रगति हुँदै छ, चाँडै सकिन्छ भन्ने खबर आयो । फेरी काठमाडौँ महानगरपालिकाको हटलाइन मा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिव जीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलि देखि नै हिँड्ने बाटो खुलाउँछौ भन्नुभयो । फेरी प्रगति शून्य । त्यसपछि मैले वडा नं वडा अध्यक्ष लाई सम्पर्क गरे, वहाँले पनि हामी मिलाइहाल्छौँ भन्नुभयो । मेयर साबको फेसबुकमा उपलब्ध नम्बर मा मेसेज गरे, उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो- असुविधाको लागि माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुना बाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालिन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् । म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसाय मार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्‍यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो । त्यस कारण, मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारी ज्यू, जनप्रतिनिधि र सुशासनको ठुला ठुला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री- मेरो यो कुरा सुनेर लाज त लाग्यो होला । त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।

Gajendra Budhathoki ♿

67,943 Aufrufe • vor 2 Jahren

राम कुमारी झात्री जि , राजनीति गर्ने मान्छेले पद होइन मानिसको मन कमाउने हो र आफ्नै हजुरबुबा उमेरका व्यक्तिलाई सार्वजनिक रुपमा बेकुफ मन्त्री भन्नु तपाईंको लागि लाजको कुरा हो, सम्मानको होइन। महावीर पुनले मागेर पेट पालेनन, राम्रो लुगा लगाएनन, स्टार होटलमा रात विताएनन, उनले मागेर गाउँगाउँमा इन्टरनेट पुर्‍याए, दुर्गमका बालबालिकालाई डिजिटल शिक्षामा जोडे, भूकम्पपछि समुदायलाई उभ्याए र राष्ट्रिय आविष्कार केन्द्रमार्फत युवालाई अवसर दिए, त्यसैले म्याग्दीले उनलाई आफ्नै परिवारजस्तै माया गर्छ। त्यही स्तरको इज्जत तपाईंले गुल्मीमा काम गरेर कमाएर देखाउनुस्। पार्टि विभाजन गरेर मन्त्री खाने हजारौ अध्यक्ष लाई आरोप लगाउने फेरी आउने अनि जनताले तिरस्कार गर्न थालेपछि राष्ट्रीय सभा सदस्य खाने यो भन्दा बढी योगदान के छ! नेपालको नागरिक समाजले जनताले कसलाई इज्जत गर्छ्न? महावीर पुनलाई गालि गर्दा एमालेको मत बढछ कि घटछ?

Pradip Bhattarai

18,674 Aufrufe • vor 6 Monaten

अब यसलाई तथानाम गाली गरेर, पश्चगामी भनेर अवमूल्यन नगर्दा राम्रो। झापा, सुनसरी, धनुषा, काठमाडौँ, कास्की, बाँके, कैलाली -- देशको पूर्वदेखि पश्चिमसम्म जहाँगए पनि यस्तै छ (पुराना भिडियोहरू हेरे थाहा भइहाल्छ)। यो चाहिँ आज ३ बजे धनगढी रङ्गशालामा हुन लागेको अभिनन्दन कार्यक्रममा जाँदै गर्दा राजाको जयजयकार गर्न अत्तरियामा उर्लिएका स्थानीयवासी हुन्। राजा, राजनीतिक दल र जनता सबैले आ-आफ्नो तर्फबाट विगतमा भएका कमजोरीको आत्म समीक्षा गर्दै फेरि एकपटक सबैले सबैलाई स्वीकार नगर्ने हो भने यो देशको राजनीति ज्यान गए ठिक ठाऊँमा आउने छैन। देश यसैगरी घस्रिरहने छ र कुनैबेला नराम्रो भड्खालोमा पर्नेछ। #विचारभन्दामाथिदेश, #NationAboveNotion पुनश्च: यति हुँदा हुँदै राप्रपाले किन भोट नल्याएको त भन्नुहोला, त्यो त हामीले "भावनालाई भोटमा रूपान्तरण गर्न सकेका छैनौँ" भनेर स्वीकार गरेकै छौँ। त्यसैले हामीले राप्रपालाई "नवीन राप्रपा"मा रूपान्तरण गर्ने निर्णय गरिसकेका छौँ।

Rabindra Mishra

74,759 Aufrufe • vor 3 Jahren

अलिकति गाली खाने काम गरूँ है? संसद भवनको गाइजात्रे वास्तु(अ)कलाको कुरा गरेर। आज संसदमा पनि आवाज त उठेछ तर अधिकांशलाई नयाँ संसद भवन क्या भव्य लागिरहेको होला, होइन? यो भवनको फोटो र भिडियो दुबै हेरेँ। भवन बनाउँदाका केही आधारभूत त्रुटी भनौँ है -- ता कि भविष्यमा यस्ता विशिष्ट भवन बनाउँदा यस्ता गल्ती नहोस्। १। संसारका धेरै देशमा संसद भवन पर्यटकीय आकर्षणका केन्द्र हुन्छन्। त्यसैले ती पर्यटकहरू वरिपरी घुम्न मिल्ने ठाऊँमा बनाइन्छ। हामीकहाँ सिंहदरबारभित्र कोचेर बनाइयो, जहाँ पर्यटक जानै मिल्दैन। २। संसद भवनलाई वास्तुकलाको विशिष्ट नमूनाका रूपमा पनि हेरिन्छ। त्यसैले त्यस्तो भवन बनाउँदा विश्वविख्यात वास्तुविद्हरूलाई भवन डिजाइन गर्न अनुरोध गरिन्छ। उदाहरण, छेऊछाऊकै छिमेकी बङ्गलादेश र पाकिस्तान छन्। त्यहाँका संसद भवनको डिजाइन विख्यात अमेरिकी वास्तुविद्हरूले गरेका थिए। बङ्गलादेशको संसद भवन त अझ वास्तुकलाका दृष्टिले संसारका वास्तुकलाका धेरै विद्यार्थीहरूका लागि अध्ययनको एउटा विषय पनि हो। ३। काठमाडौंजस्तो हिन्दू र बौद्ध धर्मको समिश्रण-विन्दूका कारण संसारकै विशिष्ट वास्तुकलाले भरिएको शहरमा हामीले संसद भवन निर्माण गर्दा विशिष्ट वास्तुकला जन्माउने विशिष्ट अवसर त गुमायौँ नै। त्यसमा झन थप चित्त दुखेको कुरा आर्को छ। ४। संसदको मूल हल त्यति गाइजात्रे, कलाविहीन होला भनेर मैले कल्पना पनि गरेको थिइन। संसदको मूल हल कस्तो कलापूर्ण हुन्छ, त्यो हलले कसरी त्यो देशको कला-संस्कृतिलाई प्रतिविम्वित गर्छ भन्ने कुरा भवनका डिजाइनरहरूले गुगल गरेर खोजिमात्र गरीदिएको भए, त्यो हल सभागृह या प्रज्ञा प्रतिष्ठानको अलिकति परिष्कृत रूप हुने थिएन। ५। भविष्यमा यस्ता भवन निर्माण गर्ने विशेष अवसर प्राप्त हुँदा सुधार्नै नसकिने यस्ता ऐतिहासिक गल्ती नहोस् भन्नका लागि यो 'गाली खाने' सन्देश प्रेषित गरेको हुँ। त्यसैभएर म बारम्बार भन्ने गर्छु: कलात्मक चेतबिनाको राजनीति काठमाडौं शहरजस्तो कुरूप कंक्रिटको जङ्गल हुन्छ। र त्यो संवेदना-विहिन पनि हुन्छ।

Rabindra Mishra

29,422 Aufrufe • vor 3 Monaten

सिधा कुरा, प्रष्ट विचार: (यो अन्तर्वार्ताका सम्वन्धमा) १। नेपालको चौतर्फी आन्तरिक परिस्थिति र बदलिँदो विश्व भूराजनीतिमा नेपालको अवस्थिति झनझन संवेदशील भएर गएको छ। २। देश भूराजनीतिक क्रीडास्थल हुँदा, त्यसले सम्बन्धित देशलाई मात्र होइन, छिमेकी र सिङ्गो क्षेत्रलाई नै भूमरीमा खिच्नेछ – जसरी अहिले युक्रेनले सिङ्गो योरोप, सिरियाले मध्यपूर्वलाई खिचेको छ। अरू पनि यस्ता उदाहरण छन्। ३। बदलिएको विश्वमा नेपालको भूराजनीतिक संवेदनशीलताको असर अब नेपालमा मात्र सीमित रहँदैन। त्यसले खासगरी भारत र सम्पूर्ण क्षेत्रलाई असर पार्नेछ। ४। संसारका अन्य कयौँ कमजोर र संवेदनशील देशहरूजस्तो नेपाल राष्ट्रिय एकताको प्रतिक खोज्न भौँतारिनु पर्ने देश होइन। विगतमा केही कमी कमजोरी भए पनि हामीसँग त्यो एकताको प्रतिक पहिल्यै नै छ – त्यो हो राजसंस्था। ५। नेपालमा राजसंस्था पुनर्स्थापित गर्नु अब नेपालका लागि मात्र होइन, खासगरी भारत र सम्पूर्ण क्षेत्रकै दीर्घकालीन शान्ति र स्थिरताका लागि महत्वपुर्ण छ। ६। यस परिपेक्ष्यमा, भारतले नेपालप्रतिको आफ्नो नीतिलाई समिक्षा गर्दै, दशकौँसम्म लिएको दुई खम्बे नीति (संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र) लाई पुन: अङ्गिकार गर्नु नेपाल, भारत र संम्पूर्ण क्षेत्रकै हितमा हुनेछ। ७। हामीजस्तो कमजोर र भूराजनीतिक रुपमा संवेदनशील देश हाँक्न, बचाउन र बनाउन संयम, सन्तुलन, विश्वसनीयता र कूटनीति चाहिन्छ। अनावश्यक अहं र खोक्रो राष्ट्रवादले काम गर्दैन। ८। यति भन्दा विचारभन्दा तल देशलाई राख्ने ‘फेक राष्ट्रवादी’हरू आएर “रवीन्द्र मिश्रले दिल्ली गुहार्दै छ” भन्छन् भने, तिनले आफ्नो अनुहार एकपटक ऐनामा हेरून्। उनीहरू जस्तो स्वार्थी, इमानहीन, खोक्रो र आडम्बरी राष्ट्रवादी म हैन। सिधा कुरा, प्रष्ट विचार!

Rabindra Mishra

19,911 Aufrufe • vor 1 Jahr

जन्मदिनको धेरैधेरै शुभकामना! अब समय आयो जस्तो छ। मेरा लागि राजसंस्थाको पुनर्स्थापना मेरो राजनीतिको एक नम्बरको प्राथमिकता हो। किन? बदलिँदै गरेको विश्व भूराजनीति र दिनप्रतिदिन जटील बन्दै गएको नेपालको आन्तरिक परिस्थितिहरूका माझ हामीले #नवीनसमझदारी मार्फत राजसंस्था पुनर्स्थापना गरेर संविधानको 'ओभरहलिङ' गर्न सकेनौँ भने सुशासन र संवृद्धीको त कुरै छोडौँ नेपालको भविष्य नै गम्भिर संकटमा पर्नेछ भन्नमा म प्रष्ट छु। देशको दीर्घकालीन सुरक्षा र हित कुनै पनि राजनीतिको पहिलो प्राथमिकता हुनुपर्छ। जसरी अनेकौँ कमजोरीका बाबजुद हामी लोकतन्त्र जोगाउनै पर्छ भन्छौँ, त्यसैगरी अनेकौँ कमजोरीका बाबजुद देशका लागि राजसंस्था जोगाउनै पर्छ। यद्दपी, राजाबाट भएको भनिएको गल्ती र राजनीतिकर्मीबाट भएका गल्तीको तुलनै हुन सक्दैन। राजाबाट एउटा गल्ती हुँदा राजनीतिकर्मीबाट सयवटा गल्ती भएका छन् र राजनीतिकर्मीबाट भएका गल्ती राष्ट्रघाती र भावी पुस्ता घाती छन्। राजाबाट भएको भनिएको गल्ती देश र भावी पुस्ता जोगाउनमा केन्द्रित छन्। - संसारकै सबैभन्दा लोकतान्त्रिक मध्येको देश बेलायतले किन प्रत्येक वर्ष अर्बौँ रूपैयाँ खर्च गरेर राजसंस्थाको भव्य तामझामलाई संवर्धन गरेर राखेको छ? - संसारकै विकसित, धनी र लोकतान्त्रिक मध्येका देशहरू बेल्जियम र लक्जेम्वर्गले एउटा घटनामा सार्वभौम संसदले पारित गरिदिएको महत्वपूर्ण विधेयक नै अनुमोदन नगरिदिंदा समेत राजसंस्थालाई किन बचाएर राखेका छन्? - बारम्बार प्रत्यक्ष/अप्रत्यक्ष रूपमा राजनीतिमा हष्तक्षेप गर्ने र अहिले त पृषठभूमी नै खराब भएको राजा भए पनि थाइलण्डले राजसंस्थालाई किन जोगाएर राखेको छ? यस्ता उदाहरण अरू पनि छन्। स्पेन र कम्बोडियाले फालिसकेका राजसंस्था किन पुनर्स्थापित गरे? राजसंस्थाका कयौँ नकारात्मक पक्ष र त्रुटी हुँदाहुँदै पनि माथि उल्लेखित र अन्य कयौँ देशका जनताले राजसंस्था जोगाएका राजसंस्थाले गल्ती गर्दैन, सबै ठिक मात्र गर्छ भनेर होइन, 'देश'को दिर्घकालीन हितका लागि आवश्यक छ भनेर हो। ती जोगाउने सबै जनता सैद्धान्तिकरूपमा राजसंस्थावादी नहुन सक्छन्। तर जब देशको कुरा आउँछ, ती सबैले #विचारभन्दामाथिदेश लाई राख्छन्। प्रशस्त संभावनायुक्त देश हुँदाहुँदै नेपालको यो दुर्गति भएकै #विचारभन्दामाथिदेश लाई नराखेर हो। राजा वीरेन्द्रले भने झैँ राजनीतिकर्मीहरू आउँछन् अनि जान्छन् तर राजाले कम्तिमा १०० वर्षपछिको देशबारे सोच्नु पर्ने हुन्छ। देशका लागि #नवीनसमझदारी र संविधानको 'ओभरहलिङ' बाहेक अब अर्को विकल्प छैन। त्यसका लागि राजसंस्थाको पुनर्स्थापना तथा नवयुवराज हृदयन्द्रको सुस्वास्थ्य, दिर्घायु, ज्ञान, विवेक, अनुशासन, देशभक्ती र राजकीयपन अत्यावश्यक छ। सरकारको २३औँ जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश

Rabindra Mishra

58,253 Aufrufe • vor 2 Jahren

हालै पुर्वराजा ज्ञानेन्द्र शाहले एक यस्तो सवाल सार्वजनिक रुपमा नै सोधेका छन , जस्ले मलाई केही सोच्न बाध्य गरायो । उनले भनेका छन 'नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद हुदैन ।' अनि म यो पनि सोच्दै छु - यही सवाल उनको मनमा ६२, ६३ साल अघि किन नआएको होला ? फेरी सोच्छु - मान्छेको जीवन, सिधा रेखामा कहा हिडछ र ? बिभिन्न खाले विराधाभाषको अर्को नाम हो , तपाई हाम्रो सबैको जीवन ! कसैलाई दोषारोपण र महिमागान गरेको होइन। त्यो काम हामी सबैले धेरै गरिसक्यौ। तात्विक नतिजा केही आएन। अब म सम्यक भावले बुझ्न चाहन्छु , धेरै । र , उत्तेजित भावमा 'जज' गर्न चाहन्छु थोरै ... I want to understand more, judge less. यो क्लिपमात्र होइन, युट्युबमा पुरा पोडकास्ट पुरा हेरेर मात्र कमेन्ट गर्दा राम्रो हुन्छ । अहिले पानी पर्दैछ । मलाई रुझेर हिडन मज्जा लाग्छ । एउटा भनाई छ नि - 'झरीमा नाच्नने रहर त धेरैलाई लाग्छ तर उनीहरु भिजिन्छ भनेर डराउछन ।' जुन दिन आशा र भयको दाम्लो अलि खुकुलो हुन्छ , तब झरीमा निरुद्देशीय हिडनुको मज्जा हामीलाई पर्खी बसेको हुन्छ :) Enjoy the day ! सबैलाई शुभदिन !

Vijay Kumar Panday

31,996 Aufrufe • vor 1 Jahr

धुर्मुस सुन्तलीको चलचित्रमा एकजना पात्रको अनुहार अफ्ताब आलमसँग मिल्यो भनेर सेन्सर नगर्ने सरकारले यो मह सन्चारको भिडियो हो जसमा किरियापुत्रि बसेको सनातन हिन्दुले रक्सि चोर्दै गरेको, तास खेल्दै हिडेको, बोतलका बोतल रक्सि चोरेर खाएको देखाउन मिल्छ की मिल्दैन? किरियापुत्रि जस्तो पवित्र र चोखो भएर नुन पनि नखाई, एक छाक मात्र खाएर बस्नु पर्ने र नित्तान्त श्रद्धा पुर्वक शुद्ध र चोखो भएर बस्नु पर्ने हिन्दुको पवित्र संस्कारलाई यसरी भद्दा मजाक गर्न मिल्छ कि मिल्दैन? नेपालको सनातनि हिन्दुका संस्कार माथी जति गिज्याएपनि हुन्छ, जति खिसिट्युरि गरेपनि हुन्छ, जस्तो सिन राखेर सामाजिक सन्देश भन्दै स्पष्टिकरण दिएपनि हुन्छ, जस्तो गरेर सुक्ष्म रुपमा नेपाली मौलिक धर्ममा प्रहार भएको स्पष्ट हुन्छ। नेपालीले श्रद्धा पुर्वक आफ्ना चाडपर्व, रितिरिवाज, जात्रा, १६ संस्कार, देव कार्य , पितृ कार्य गर्छन । यसमा विरोध गर्न कुनै पनि कलाकारलाई कस्ले उचाल्छ? कस्ले यस्ता सिन राख्न भन्छ? यिनिहरुलाई अरबौ रुपैया कस्ले दिन्छ? यो सबैको उत्तर खोज्न जरुरि छ। स्रोत: सनातन चौतारी

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

45,866 Aufrufe • vor 1 Jahr

मैले सोधे नेपाल त फर्कनुभयो अब यहाँ के गर्ने योजना छ? उहाँहरूको उत्तर थियो -- नेपालमै रोजगार हुने वातावरण दिनुस् न। हामीले ५ वर्ष क्याट्रिन गरेर आएका छौं, ६०० जना जति एउटै कम्पनीमा काम गर्थ्यौं, नेपालमा ठूला ठूला होटेल सजिलै चलाउन सक्छौं, तर खै नेपालमा आश छैन, एक दुई महिना परिवारसँग बसेपछि फेरि विदेशमै जागिर खोज्न जानुपर्ने त होला !! यो संवादले निकै संवेदनशील विषयको दर्पण गरेको छ। रोजगारी र अवसरको खोजीमा दैनिक रुपमा सयौं युवाहरूले देश छोडिरहेका छन् भने यसरी कामको contract सकिएर, थप काम गर्ने वातावरण नभएर, वा कुनै पनि कारणले आफ्नो देश फर्कने युवाहरू पनि छन् तर विडम्बना आफ्नै देशमा केहि गरौँ न त भन्नेहरुलाई फेरी विदेश नै जान वाध्य बनाउने हाम्रो सामाजिक, आर्थिक र राजनैतिक प्रणाली बनेको छ। प्रत्येक देशमा रहेको नेपाल एम्बेसीले नेपाली श्रमजीवीहरु कहाँ छन्, कुन अवस्थामा छन्, proper data मेन्टेन गर्ने र कुनै पनि सहयोग र सहजीकरण चाहिएको अवस्थामा भरपर्दो अभिभावकको भुमिका खेल्ने गरी अग्रसर हुनु अनुरोध गर्दछु। साथै, नेपाल फर्किएका युवाहरूले प्रवासमा सिकेर भोगेर देखेर आफू सँगै ल्याएका सिप सिकाई दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्न सक्ने वातावरण बनाउने हो भने उहाँहरू लगायत अरु थुप्रैलाई देशमै रोजगारी सिर्जना गर्न सकिन्छ। #निलो_क्रान्ति #मेरोबिदा_मेरोदेशको_लागि #RSP #देश_बनाऔँ_अभियान #drtoshimakarki #YouthEmpowerment #Employment #WeAreYouth #WeCanGive #Doha #Qatar #USA #nepalinewspaper

Dr.Toshima Karki

23,999 Aufrufe • vor 1 Jahr

भ्रस्टाचारको विषय र यसलाई कसरी रोक्ने ? यो प्रशन नेपालको कुनै बुढा वा युवा भनिने अलि कम बुढा वा युवा नेतालाई सोध्न मलाई अर्थहीन लाग्छ । नेपालका सबैभन्दा ठूला व्यक्तिगत करदाता, उधोगपति, समाजसेवी विजय शाहलाई सोधे । अरु धेरै कुरा सोधे, गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छालाई पनि । आज हामी १० भागको एक मौलिक प्रकृतिको भिडियो सिरिजको पहिलो झलक (First Look) जारी गर्दैछौ । म अहिले मेगन नाल्बोलाई सम्झदै छु, जस्ले पहिलो लन्च भेटमा मलाई भनिन – ‘Vijay , you are bleeding with judgements (तिमी हरेक विषयमा तत्काल फैसला दिदै छौ )। मैले पनि उनलाई हाई टेम्पप्रेचर मा जवाफ फर्काए । त्यसको धेरै समय पछी, एक दिन उनले शान्त भावले भनिन ‘ Vijay,I think both of us need to take a pause .’ (हामी दुबै एक पटक थामिएर हेर्न जरुरी छ ।) ‘ बिस्तारै म यो सिरिज बनाउने विषयमा सोच्न थाले । कयौ विषय छन , जस्लाई हामीले नया आंखाले हेर्न नै बाकी छ। एक दिन, मैले बर्षौ काम गरेका क्यामेरापर्सन मित्र सुरेश र प्रबोधलाई फोन गरेर - ‘ अब हामीसंग क्यामेरा छैन , स्टुडियो पनि छैन । तर फोन त छ नि । के तिमीहरुले मोबाईल फोनमा स्मरणीय सिरिज खिच्न सक्छौ ? विषय शानदार छ , चुनौतीपुर्ण छ । ’ उनीहरु तैयार भए , फुर्सतको समय निकालेर अलि अलि खिच्ने गरी । अस्ति सांराश बिदामा आयो। उ कुनै प्रोफेसनल क्यामेरापर्सन होइन । सामान्य बिधार्थी हो । तर युवा पुस्ताको कौशल देखेर म चकित भए .. उस्ले आजै बिहान फुलचोकी रोडमा मेरो इन्ट्रो खिच्यो । त्यस पछी सुरेस , प्रबोध र संजयको कामलाई फाइनल एडिट गर्यो । अनि माइक्रो बस चढेर पुराना साथी भेटन हिड्यो .. यो सिरिज सम्झन लायक बनाउने हाम्रो कोशिस रहनेछ ..

Vijay Kumar Panday

16,426 Aufrufe • vor 1 Jahr

- देशको अन्तर्राष्ट्रिय सम्मान धुलिसात छ। - सार्वभौमसत्तामा विदेशीको हालिमुहालि छ। - देश दिनप्रतिदिन भूराजनीतिक भूमरीमा फस्दै छ। - जातीय र धार्मिक संवेदनशीलता बढ्दै छ। - धनीलाई राम्रो, गरिवलाई तन्नम स्कूल छ। - धनीलाई राम्रो, गरिवलाई खत्तम अस्पताल छ। - धनी भए बाँच, गरिव भए मरको स्थिति छ। - ऋण लिएर, जग्गा बेचेर सन्तान विदेश पठा'छ। - देशमा रोजगारी छैन। - रोजगारी पाए तलब छैन। - व्यापार गर्न पैसा छैन। - मर्नेबेलमा छोराछोरी छैन। - छोराछोरीको सास आउँछ कि लास थाहा छैन। - ठूला व्यापारीलाई नयाँ लगानी गर्न विश्वास छैन। - विदेशी लगानीकर्तालाई आउने चहाना छैन। - रेमिटेन्सले अर्थतन्त्र धानेको छ। - अदालतबाट न्याय पाउने ग्यारेन्टी छैन। - विश्वविद्यालयको डिग्री छ, दक्षता छैन। - घुस नखुवाई, नेता नचिनी कुनै काम बन्दैन। - 'नैतिक संकट' र 'ज्ञानको संकट' भयावह छ। - राज्य चलाउने सबै संस्था नेताको कब्जामा छ। - नेता र तिनका परिवारको जीवन आलिसान छ। - परिवार दुखी भए पनि नेतालाई खुशी राख्नै पर्छ। - अपवादलाई छोडेर देशमा कोही बस्नै चाहाँदैनन्। - कुनबेला देश भड्खालोमा पर्ने हो थाहा छैन। तर यी भनेका सामान्य समस्या हुन्। हामीजस्तै अरूले पनि मेहनत गर्नुपर्यो नि। अनि भै'हाल्छ। संविधानलाई दोष दिएर हुन्छ? देशको संविधानसँग यिनको कुनै सरोकार छैन। म र मेरो परिवारको जीवन राम्ररी चलेको छ। अरू सबैको दुखको भारी म बोकेर हिँड्न सक्दिन। देशभन्दा मेरो विचार माथि छ। त्यसैले 'संविधान दिवस' दीपावली गरेर हर्षोल्लासका साथ मनाइन्छ। कसैलाई केही भन्नु छ? पुनश्च - मलाई चाहिँ केही भन्नु छ: जसले जे भने पनि, पत्याउँदिन। देशलाई दुख दिने संविधान मान्दिन। बहूसंख्यक नेपालीको पीडालाई खिसी गरेर नाचगान गर्दिन। आज साँझ ८ बजे १ मिनेट बत्ती निभाउँछु। (भिडियो स्रोत: सामाजिक सञ्जाल)

Rabindra Mishra

25,741 Aufrufe • vor 1 Jahr

“सुकुम्बासी” कुनै समुदायको जीवनभरको पहिचान नहुनुपर्ने हो। एकातिर दलहरूले “सुकुम्बासी” बन्न प्रोत्साहन गरेका छन् त अर्कातिर बाध्य बनाएका छन्। सुकुम्बासी बन्ने रहर पक्कै कसैको हुँदैन। जुनसुकै व्यक्ति पनि जीवनको उतार चढाव, प्राकृतिक विपद्का कारण गरिबीको रेखामुनि जान सक्छन्। यति मात्र हैन, आर्थिक पहुच नभएका कारण कैयौ परिवारले मिटरब्याज मार्फत रिण लिएर पैसा तिर्न नसकेकाले समेत सुकुम्बासी बन्न बाध्य भएका छन्। संविधानले आवासलाई मौलिक हक मानेको छ, सरकारले सुलभ आवासको सुनिश्चतता गर्नु पर्ने हो । अनकन्टार भीरमा एक टुक्रा जमिन हुने र हुँदै नहुनेमा त्यस्तो अन्तर के छ र– एउटाले सित्तैमा जग्गा पाउने, अर्कोले जीवनभर संघर्ष गर्न पर्ने - के यो न्यायोचित हुन्छ? आम नेपालीको सपना हुन्छ - शहरमा एउटा घर । बीसौं वर्ष संघर्ष गरेर बल्ल तल्ल एउटा घर जोडिन्छ। घर जग्गामा अनियन्त्रित लगानी, भाउ आकासिएर आम जनताको पहुँच बाहिर गएको छ। कुनै उद्योग गर्न परे ठूलो पूँजी जग्गा प्राप्ति मै खर्च हुन्छ। केही उद्यम गर्न भन्दा जग्गाको भाउ बढ्ने कुरेर बस्नु मै फाइदा छ, भाउ आए बेचिहाल्नु पनि पर्छ । सरकार भने मालपोतको राजश्व बढ्यो भनेर खुशी छ । शहरी क्षेत्रमा घरभाडाले घरखर्चको ठूलो हिस्सा ओगट्छ यसले परिवारको क्रयशक्ति घटाएको छ, यसमा सरकारको ध्यान जाँदैन । यदि सबैलाई जग्गा बाँढ्ने नै हो भने के सबै भूमिहिनले पाउछन् त जग्गा? कि कोही दाहिना हुनु पर्छ? सरकारले राष्ट्रिय निकुञ्ज बनाउनका लागि जग्गा सट्टापट्टा गर्दा एकाज परिवारले कति पटक जग्गा पाए? “सरकार”को पाउ र नजरमा नपरेका अझै पनि पर्खाईमा छन्। गर्ने नै हो भने रोजगारी, शिक्षा र स्वास्थ्य सेवा पायक पर्ने गरी आवास गृह बनाएर सुपथ आवास प्रदान गर्न सक्छ बास नभएकाहरूलाई । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने tax credits को प्रावधानका बैङ्कहरूले समुदायमा पुनर्लागानी गर्नु पर्ने प्रावधान बलियो बनाउनु पर्छ। आफ्नो ठाउँ सुहाउदो रचनात्मक हस्तक्षेप गरे स्थानिय सरकारले जनसंख्या आर्कर्षित गर्न सक्छ, आर्थिक गतिविधि बढाउन सक्छ। भूमि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ सरकारले अस्ती जेष्ठ ६ गते पेश गर्यो। ७२ घण्टा लागू भयो, संशोधन राखेँ। अब कार्यतालिका अनुसार जेष्ठ १४ मा सदनमा पेश गर्ने रे – कि समितिमा जान्छ कि सदनमै छलफल हुन्छ भनि त्यहि कार्यतालिकामा नै भनेको छ। नेतागणको mood मा भर पर्ने होला, हैन त? त्यहि दिन पास गर्ने mood बन्छ कि के हुन्छ, हेरौँ। तर यो विधेयकमा काम गर्दा अचम्म लाग्यो – सार्वजनिक जग्गा अब कसको आवरण देखाएर कसको नाममा बाढ्ने रे? कोही किन भूमिहीन हुन्छ भन्ने न प्रश्न सोध्ने ठाउँ राखिएको छ, न त त्यसको समस्याको हदसम्म गई समाधान गर्ने प्रयास गरिएको छ। तर वन क्षेत्र र निकुञ्ज क्षेत्र पनि पुन:नक्शाङ्कन गरि सरकारको स्वामित्वमा ल्याउने रे! न त सांस्कृतिक, ऐतिहासिक वा प्राकृतिक सम्पदाको केहि ख्याल छ न त वास्तव मै पछाडी परेका समुदायलाई उकास्ने ध्याउन्न छ। यदी हुँदो हो त शायद - जग्गा बाँढ्छु भन्दै गर्दा उनीहरूको आर्थिक अवस्था, अन्यत्र जग्गा भए-नभएको हेर्ने प्रावधान हटाउने प्रस्ताव राखिन्नथ्यो होला। सार्वजनिक सम्पत्ति सार्वजानिक हो। यो समुदायको हो, सरकारको हैन। आखिर कहिलेसम्म यस्ता विधेयक सरकारले ल्याउने, हामी हेर्ने, बस्ने हो। अब हामीसँग ५ दिन छ यो विधेयक पेश हुनु अघि। विधेयक पढ्नु होला र आफ्ना सांसदलाई फोन गरेर सोध्नु होला – कस्तो कानून बनाउँदै हुनुहुन्छ भनेर। मैले संशोधन बुझाएँ तर मैले वा हामी केहीले गरेर हुँदैन – तपाइँहरूले पनि आवाज उठाउनै पर्छ।

Sumana

15,091 Aufrufe • vor 1 Jahr

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर। सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणीत भए तिरौला पनि।यत्रो ऋणको लिनेलाई नै कुनै अत्तो पत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ। ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र? हिजो सम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर-छिमेकीलाई डिस्टर्ब हुन्छ। भिडियो हेर्नू होला।

Rabi Lamichhane

170,579 Aufrufe • vor 2 Jahren

श्री Arun Luitel दाजु लेख्नुहुन्छ: ठ्याक्कै शंकरदेव क्याम्पस अगाडिको सानो गल्लीबाट ४० मिटर जति अगाडी गएपछि एकजना नेवार दाइको चियानास्ताको सानो होटल थियो, अहिले छ छैन थाहा छैन। म कहिलेकाहीँ चिया नास्ता गर्न त्यहाँ जान्थेँ ( सधैँ गएर खाने पैसा हुँदैन थियो ) त्यो होटलमा गगन थापा आफ्नो सेनामेना सहित आउँथे र चियानास्था खान्थे, ती नेवार दाइले पैसा माग्दा खातामा लेख भन्थे। धेरै भयो भाइ दिनु न हाम्ले पनि भाडा तिर्नुपर्छ, काम गर्नेलाई तलब दिनुपर्छ भन्दा "मैले नदिँदा तेरो तिर्ने भाडा रोकिन्छ? दिने तलब रोकिन्छ?? केटाहरू लगाएर प्रतिगमनकारी ज्ञानेको हलि हो यो भन्दै तेरो होटल तोडफोड गर्न लगाइदिउँ?? सधैँको लागि तेरो होटल बन्द गर्दिउँ" भन्दै धम्क्याउँथ्यो..... बिचारा ती दाइ निरीह भएर हेरि मात्रै रहन्थे..... यस्तो गुण्डालाई आज नेता मान्नु परेको छ!

Apil Gurung

28,020 Aufrufe • vor 2 Jahren

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको माननीय स्वास्थ्य मन्त्री प्रदिप पौडेलज्यु को अनुरोध बमोजिम राष्ट्रिय आविष्कार केन्द्रले मन्त्रालय संग सम्झौता गरेर संघीय अस्पतालहरुको मेडिकल उपकरणहरुको मर्मत सम्भार गरेर ति उपकरणहरु संचालनमा ल्याई दिने जिम्मा लिएकोछ । काम भैरहेको भिडियो हेर्नुहोस ।🙏🙏 सोहि अनुरुप अहिले बीर अस्पताल, कान्ति बाल अस्पताल र गंगालाल अस्पतालको पहिलो चरणको काम सकिएको छ । अनि नारायणी अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर संग काम गर्ने प्रक्रिया अगाडी बढेको छ । अन्य प्राईभेट अस्पतालहरु मनमोहन मेडिकल कलेज, नेपालमा कार्यरत Oxfrod University को Clinical Research Unit र नेपाल कोरिया अस्पताल सानोठिमी लाई पनि सेवा दिई रहेको छ । अहिले राष्ट्रिय आविष्कार केन्द्रमा २० जना बायोमेडिकल ईन्जिनियरहरुले सो काम गरिरहेका छन् । अहिले सम्मको आविष्कार केन्द्रको अनुभब अनुसार अस्पतालमा बिग्रेका करिब ५० प्रतिशत जति उपकरणहरु कुनै खर्च नगरिकन मर्मत भएका छन् । करिब ३० प्रतिशत जति उपकरणहरु स्थानीय बजार मै पाइने सामान्य पार्टपुर्जाहरु फेरेर मर्मत भएका छन् र करिब २० प्रतिशत जति उपकरणहरु मात्र विदेश बाट नै पार्टपुर्जाहरु मगाएर मर्मत गर्नु पर्ने हाम्रो टीमले पत्ता लगाएका छन् । नोट: यदि कुनै अस्पतालहरुलाई यस्तो सेवा चाहिएमा म महाबीर पुन लाई (9841592361) वा उमेश राई (9801039303) लाई फोन गर्नु होला । सेवाको लागि न्युनतम खर्च बेहोर्नु पर्नेछ किन भने बायोमेडिकल ईन्जिनियरहरुलाई भोकै काम गराउंदा पाप लाग्छ । यो सेवा दिने काम हो। नाफा कमाउने काम होइन ।🙏🙏

Mahabir Pun

24,230 Aufrufe • vor 1 Jahr

यतिका दिन पछी पनि मुगलिङ नारायणघाट खण्डको सिमतालमा पहिरोमा बगेका बस फेला परेका छैनन । हाम्रो प्रार्थना ती बसमा रहेका र तिनको परिवारजनका साथमा छ । म बुझ्न सक्छु उनीहरुको पिडा । किनभने मैले त्यसतै खालको बेदना कतिब ३७ बर्ष अघि नजिकबाट महसुस गरेको थिए । पृथ्वी राजमार्गको जोगीमारामा एउटा यात्रुबाहक बस खसेर त्रिशुली नदीमा खसेको थियो ।कयौ दिनसम्म न यात्रु फेला परे न बस । ती दिनमा हामी नेपाल टेलिभिजनका लागी काम गर्थ्यौ । मोबाइल दुनियामा आएकै थिएन । जोगीमारा करिब ९१ किलोमिटर पर्छ काठमाण्डौबाट । क्यामेरापर्सन एवम मेरा मित्र लक्ष्मण उप्रेती भोर बिहानीको अन्धकारमा काठमान्डौबाट निस्कन्थ्यौ । दिउसो बस खोजीका समाचार खिच्थ्यौ । राती दौडादौड गरेर काठमाण्डौ फर्कन्थ्यौ । छायाङकन, एडिटिङ उपकरण अहिलेको तुलनामा धैरै अपठ्यारा र भारी हुन्थे । नेपाल टेलिभिजनमा राती प्रसारण भए पछी हामी मुश्किलले निदाउथ्यौ ।किनभने भोली पल्ट बिहान ४ बजे फेरी जोगीमारा तर्फ लाग्थ्यौ । एवम क्रमले तिन चार दिन बिते । एक रात चाही हामी नसकेर त्यतै बास बस्यौ । हुन त जोगीमाराको दुर्घटाना अघि र त्यस पछी पनि बस दुर्घटना भै नै रहे । तर टेलिभिजनमा प्रसारण भएको यो 'जोगीमारा रिपोर्टहरु' ले सबैको ध्यानाकर्षण भयो । त्यस अवस्थामा संम्बन्धित निकाय सबैलाई छिटो काम गर्न दबाब पनि भयो । हामीलाई लाग्छ नेपालको टेलिभिजन रिपोर्टिङ ईतिहासमा यो रिपोर्टिङ एक कोशे दुङा थियो । मैले जीवनमा धेरै बिषयमा स्थलगत रिपोर्टिङ गरे , कार्यक्रम बनाए । कुन विषयमा रिपोर्टिङ गरे भन्नु भन्दा पनि , कुन बिषयमा गरिन भनेर सोच्ने पर्ने हुन्छ । कालान्तरमा मैले आफ्नो पहिलो किताब खुसी मा यसरी लेखे ; सिसुवा बेलहीमा झुपडी जलेर सारा गाउ खरानी भएको समाचार आयो । पाकेको भात छाडेर राति आठ बजेक्यामरापर्सन विमल राणाका साथ त्यो गाउँ खोज्दै मधेसतर्फ हानिएँ । विमलले चलाएको हाइस्पिड कार पन्चरभएर पल्टियो । आगलागीको समाचार खिच्न गएका हामी आफैं झन्डै खरानी भएका ! पृथ्वी राजमार्गको जोगीमारा भीरबाट गुल्टेर एउटा बस वर्षायामको त्रिशुलीमा कता हो कता हरायो । मानिसकोलाससमेत फेला परेन । म तीन दिनसम्म बाढीले उर्लेको त्रिशुली नदीमा कहाँनेर फेला पर्छ भनेर जलप्रवाह हेरेर बसें। दृश्य खिच्ने र रिपोर्टिङ गर्ने ठाउँसम्म पुग्न हामीलाई डोरीको सहारा लिनुपथ्र्यो । तीन दिन भीरमा बसेर बगेकोपानी हे¥याहे¥यै गरेपछि, कैयांै दिनसम्म मलाई जुन बेला पनि रिङटा लाग्ने भयो । नेपालीले बस फेला पार्न नसकेपछि बङ्गलादेशबाट गोताखोर ल्याइए । नदीमा पस्नुअघि शरीरमा तेल र मुहारमाफूर्ति लगाए बङ्गाली गोताखोरले । पानीमा पसेका मात्र के थिए, त्रिशुलीको भेलले तिनलाई बगाएर आधाकिलोमिटर पर थचारिदियो । ‘यो बङ्गालको जस्तो सजिलो पानी होइन’ भन्दै लजाए गोताखोर । फेरि पानीमा पसेनन् । आगो, पानी, भुइँचालो मात्र होइन शीतलता, न्यानोपन र करूणाका भावनासित पनि टेलिभिजनले मलाईनजिकैबाट परिचय गरायो । तीन दशकमा मैले कुनकुन विषयको कार्यक्रम गरें भन्नुभन्दा, कुन विषयको पो गरिनँभनेर सोच्नुपर्ने हुन्छ । ‘जीवनलाई चारैतिरबाट हेरें, आगोमाथि पनि मैले नाचिहेरें’ भन्ने गीत गाउँदै हिँड्थें म । ' आज दसकौ पछी फर्केर हेर्दा हामीले बिताएका ती सुखद र दुखद दिनहरुको याद ताजा भएर आउछ । मैले यु मैटिक लो ब्यान्ड क्यामेरा युगबाट काम सुरु गरे । भारी गरुङा क्यामेरा हुन्थे । आज क्यामेरा युनिटको जुन भार हुन्छ , तीभन्दा दसौ गुना भारी , अपठ्यरा , असजिला थिए । तर ती भारी , अपठ्यरा र असजिला क्यामेरा र एडिटिङ मसिनहरुबाटै , हामीले नेपाली टेलिभिजन इतिहासको , नेपाली श्रव्यद्रश्य इतिहासका कतिपय कायजयी क्षणहरुलाई क्मारेरामा कैद गर्यौ । म कृतज्ञ छु मेरा सबै प्राविधिक मित्रहरु प्रति , जसले हामीले बिताएका तिता वा मिठा वा पट्यारलाग्दा तिनै थरि सम्झनालाई सदाका लागी जीवन दिए ।

Vijay Kumar Panday

45,798 Aufrufe • vor 2 Jahren

सम्माननीय सभामुख महोदय, म शिक्षाका ४ विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबाट जवाफ चाहन्छु। हिजो निजी शिक्षाका संस्थाहरूको संगठनको कार्यक्रममा एक पात्रले भन्नुभयो , ‘निजी विद्यालय गुठीमा जान्छ भन्ने कुरा कसले गर्‍यो थाहा छैन। मुनाफा कमाउनुस् लगानी बढाउनुस्।’ शिक्षा विधेयक आउँदै गर्दा सांसदहरूले दुई तहको शिक्षा भयो भनेर सदन गुन्जियो। मलाई पनि पटक पटक भातृ सङ्गठनहरूले भने सोधे निजी बन्द गरेर देखाउनुस् भनेर (उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर भनेर) । म सोध्न चाहन्छु। हिजो दिएको अभिव्यक्ति कुन पात्रको हो? नेपाल सरकारको प्रधानमन्त्रीको हो? हो भने आफ्नै शिक्षामन्त्रीको अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको काममा किन भाँजो हाल्दै हुनुहुन्छ? वा एमाले अध्यक्ष कमरेडको अभिव्यक्ति हो भने निःशुल्क शिक्षा भनेर जनताको दिमाग किन भुट्नुभयो? अब निजी शिक्षामा लगानी बढाउने प्रशिक्षण पार्टी पङ्तिमा दिनुहोला। साम्यवादी नेताले विद्यालय शिक्षामा मुनाफा कमाउ भन्न मिल्छ? वा त्यो अभिव्यक्ति व्यक्ति ओलीजीको मात्र हो? जवाफ दिनुहोला। 2. अर्को प्रसङ्गमा भक्तपुर स्थित काठमाडौँ स्कुल अफ ल KSL र धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको KUSOL र धुलिखेल अस्पतालमा विद्यार्थीहरूले कहिले पार्टीहरूका भातृसंगठनबाट त कहिले प्राध्यापकबाट असुरक्षित महसुस गरेका छन्। कतै प्रशासकले त्यहाँका विद्यार्थीहरूलाई धम्कीको भाषा प्रयोग गरेको खबर आयो। यस्तो व्यवहारले विद्यार्थीहरूको मानसिक स्वास्थ्य, आत्मसम्मान, र आत्मविश्वासमा गहिरो असर गर्छ। यसको जिम्मेवारी कसले लिने? जबाफदेही को हो? किन हामीले विद्यार्थीहरूको लागि सुरक्षित महसुस गर्ने वातावरण बनाउन नसकेको? नेपाल सरकार को सँग र किन डराइरहेको? किन विद्यार्थीलाई राज्यले seriously लिँदैन? 3. सांसद र दलका शीर्ष नेतालाई स्ववियु चुनावको commander को रुपमा खटाउने सबै पार्टी र नेताले किन विद्यार्थीको समस्या सुनेनन्? सुदूरपश्चिममा विद्यार्थीहरू आफ्नो काम गर्न पाउने space को लागि आन्दोलनरत छन् थहा छ की छैन्? 4. त्रिविको पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई किन कारबाही गर्नुहुन्न? किन? पार्टीको नारामा विद्यार्थीलाई कक्षाकोठाबाट थुतेर लगः कार्यकर्ता बनाउः सरकारी शिक्षालयहरू तोडफोड गरः तालाबन्दी गरः प्रशासकलाई दलको कार्यकर्ता बनाउः प्राध्यापकलाई दलको कार्यकर्ता बनाउः शिक्षकलाई दलको कार्यकर्ता बनाउः गुणस्तर खस्काउः नीजिलाई लगानी बढाउ नाफा कमाऊ, त्यही नाफाको केही प्रतिशतले पार्टीको कार्यक्रममा र चुनावमा चन्दा बढाउ ………………. हैन त प्रधानमन्त्रीज्यू? अथवा मैले यो प्रश्न दुई दलीय सत्तारुढ संयन्त्रको पूर्व विद्यार्थी नेताहरू SHADOW प्रधानमन्त्रीहरूको ध्यानाकर्षण गर्नुपर्ने हो?

Sumana

11,163 Aufrufe • vor 1 Jahr