正在加载视频...

视频加载失败

नेपाल छोडेर बाहिर जाने मान्छे सकिएका हुन त ? 🤔🧐

17,879 次观看 • 1 年前 •via X (Twitter)

11 条评论

Samaya📀 的头像
Samaya📀1 年前

+2 ko result कुरेर बसेका छन्... lol...

अन्टसन्ट विज्ञ  的头像
अन्टसन्ट विज्ञ 1 年前

आफैलाई मुग्लान भास्ने देखिराछु +२ को रिजल्ट आएपछि 🤨

公式:ちぃたん☆名古屋 的头像
公式:ちぃたん☆名古屋2 年前

Would you like to join Chiitan in the Avengers?

कार्की बन्धु 的头像
कार्की बन्धु1 年前

आधा मान्छे बा को पानीजहाजमा, अधा रेलमा जान थालेर हो।

Rishi Ram Tripathi 的头像
Rishi Ram Tripathi1 年前

भिजिट भिषामा?

Narayan Acharya 的头像
Narayan Acharya1 年前

international flight बिहान तिर न्यून र साँझपख बढी हुन्छ।

Bhaskar 的头像
Bhaskar1 年前

बा ले ठोरीको रामराज्य ल्ताएर होला 😜😜

wildest dream 的头像
wildest dream1 年前

सधै येस्तै देख्न पाईयोस 🤣🤣🤣

🇳🇵Harishchandra Ghimire 的头像
🇳🇵Harishchandra Ghimire1 年前

मान्छे बनाउने काम गर्नै छोडे जस्तो छ । मान्छे अल्छी भए जस्तो छ आजकल ।

ram sawad🇳🇵 的头像
ram sawad🇳🇵1 年前

कमाइ रोकिएको ले होला अध्यागमन मार्फत

Mohan Rana 的头像
Mohan Rana1 年前

हाहा

相关视频

नमस्कार सरहरू! DNPWC Nepal MOAFE Nepal🇳🇵 HelloSarkar Nepal Police अध्ययनको लागि वैज्ञानिकहरूले "वैज्ञानिक रूप" मा सबै नियम पालना गरेर, अनुमति लिएर चरा समाउँछु भन्दा तपाईँहरूले नाइँ भन्नु हुन्छ। जब कि त्यही कुराले संरक्षण देखी लिएर त्यो चराहरू बारे धेरै कुराहरू जान्ने मौका दिन्छ। तर, त्यही बेला देशमा गैर कानुनी रूपमा चराहरू खुले आम सडकमा बेच्ने गरेको पनि देखियो। र तलको भिडियो मा त "ब्यागहरू" ले एउटा बाजलाई समातेर पार्टिको झन्डा झुन्डाएर पठाउँछु भन्दै रहेछन्। कारबाहीको आस त छैन। पार्टीको नाम भिरे पछि देशमा जे पनि गर्न पाइयो! त्यो बिचरा चरा एकदम नै Stressed देखिन्छ। यस्तो गर्छन् पनि कसरी? नेताको लफङ्गा हुन नपाई मान्छे हुन छोड्ने रहेछन् ब्यागहरू। यस्ता मान्छेलाई कारबाही होस्!

Anuj Ghimire

21,447 次观看 • 1 年前

सुन्दा 'कस्ले त भन्या!' भन्ने लाग्ला तर ऋदयेश त्रिपाठीजीले भनेको यो कुरा राम्रोसंग सुन्नुस्, खासगरी अब कांग्रेस सक्कियो भनेर कांग्रेस छोडेर खरानी ग्याङका पछिल्तिर बराल्लिने जत्थाहरुले! कांग्रेस भनेको दुबो जस्तै हो, मास्न सक्नुहुन्न। २०१७ साल ल्याइएकै कांग्रेस मास्न थियो र लगभग २ तिहाई सांसदले नै कांग्रेस छाडेका थिए। पाण्डवहरु १३ बर्षमा सत्तामा फर्किए, राम १४ बर्षमा तर कांग्रेस निरन्तर ३० बर्ष लडेर २०४८ मा बहुमत सहित सत्तामा फर्कियो। ऐले जजस्ले यो इतिहास बुझेका छैनन्, उनीहरु पछि पछुताउनेछन्! हुन त शक्तिका उपासकहरु ऐले नै साइड लागेको धेरै राम्रो हो खासमा ! संघर्षबाट खारिएका सुनहरुलाई अलिक सजिलो पनि हुनेछ।

बाबाजी

14,033 次观看 • 1 个月前

रोजगारका लागि केदारनाथमा काम गर्न गएका हाम्रा नेपाली दाजुभाइमाथि भएको यस्तो व्यवहार अत्यन्त दुःखद र निन्दनीय छ। केदारनाथ जाने यात्रुहरुलाई मन्दिरसम्म पुर्‍याउने कठिन काम गर्ने नेपाली युवालाई यसरी कुटपिट गर्नु कुनै पनि हालतमा सही मान्न सकिँदैन। यस्तो व्यवहार त जनावरलाई पनि गरिँदैन। यो दृश्यले निकै दुःख लाग्छ। बाध्यतावश धेरै नेपाली युवा रोजगारीका लागि भारत लगायत अन्य देशमा जान्छन्, तर त्यहाँ अपमान र हिंसा सहनुपरेको खबर आउँदा चिन्ताको विषय बन्छ। नेपाल सरकारले विदेशमा काम गर्ने नेपाली नागरिकको सुरक्षा, सम्मान र अधिकारका लागि गम्भीर रूपमा आवाज उठाउन आवश्यक छ, ताकि हाम्रा नेपाली युवाले जहाँ गए पनि सम्मानजनक व्यवहार पाउन सकून्। 👇

शशांक घिमिरे 🇳🇵🇦🇺

19,666 次观看 • 1 个月前

#शिक्षामादलियकरणबन्दगर प्रधानमन्त्री ज्यू, यी अबोध बालबालिकालाई स्कुल ड्रेसमा कक्षाकोठाबाट निकालेर लाइन लगाएर तपाईँकै पार्टीको भातृसंगठनले आफ्नो जिल्ला अधिवेशनमा ल्याएछ। यसपाली SEE मा ७०% नतिजा ल्याउँछु भन्नुभाथ्यो, अब यी बच्चाहरूको कपि चेक गर्दा 'अखिल जिन्दाबाद' लेख्ने जतिलाई मात्र पास गराउने हो की कसो हो? 'ओली बा आइ लभ यु' भनेर लेख्न लाउने हो की उत्तर पुस्तिकामा? यसरी नै आउने हो ७०% नतिजा? संवृद्धि आउँछ भन्नुहुन्थ्यो - बच्चाहरू पढाउन छोडेर 'आयो आयो अखिल आयो' भनेरै संवृद्धि आउने हो? सुखी नेपाली बनाउँछु भन्नुहुन्थ्यो- 'अनेरास्ववियु जिन्दाबाद' भन्नेलाई मात्र नेपाली ठान्नुभएको हो की? अनि लोकतन्त्रको 'पर्याय' हामी हौँ भन्ने र शिक्षामा राजनीति हुन दिन्नौ भनेर घोषणापत्रमा लेख्ने सत्तारुढ काँग्रेसका विशिष्ट नेताज्यूहरू, 'विद्यार्थी सङ्गठनले विद्यालयमा पढिरहेका विद्यार्थीलाई घिसारेर फलानो जिन्दाबाद भनेर' शिक्षामा राजनीति हट्छ की, प्रधानमन्त्रीज्यूकै पार्टीको प्राध्यापक सङ्घको अध्यक्षलाई विश्वविद्यालयको भिसी बनाएर? अर्को पल्ट नेविसंघले पनि यस्तै गर्न मिल्छ भनेर सौदाबाजी गर्न खोजेको हो कि? अनि शिक्षा मन्त्रीज्यू, प्रचलित कानुनले त यस्तो गर्न दिदैँन हैन र विद्यालयमा? कति भयो भने चाहिँ तपाईंलाई अति हुने हो??

Sumana

57,563 次观看 • 1 年前

मेरा मित्र सागर प्रसाइँको यो पीडा यता शेयर गर्न चाहेँ । @sagarprasai (बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाईदिनुहोला ।) मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा. ९, बत्तिस पुतली को अरनिको मार्ग मा बस्छु । यही मङ्सिर को ११ गते, म घरबाट बाहिर निस्किदा मेरो घर अगाडीको मूलबाटो मा ठुला ठुला खाल्डा खन्न थालिएका थिए । एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्के । २-३ दिनमा पुरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो । १ हप्ता सम्म पनि म घर को घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट १ दिन पछाडि- कार्य प्रगति हुँदै छ, चाँडै सकिन्छ भन्ने खबर आयो । फेरी काठमाडौँ महानगरपालिकाको हटलाइन मा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिव जीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलि देखि नै हिँड्ने बाटो खुलाउँछौ भन्नुभयो । फेरी प्रगति शून्य । त्यसपछि मैले वडा नं वडा अध्यक्ष लाई सम्पर्क गरे, वहाँले पनि हामी मिलाइहाल्छौँ भन्नुभयो । मेयर साबको फेसबुकमा उपलब्ध नम्बर मा मेसेज गरे, उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो- असुविधाको लागि माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुना बाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालिन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् । म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसाय मार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्‍यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो । त्यस कारण, मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारी ज्यू, जनप्रतिनिधि र सुशासनको ठुला ठुला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री- मेरो यो कुरा सुनेर लाज त लाग्यो होला । त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।

Gajendra Budhathoki ♿

67,929 次观看 • 2 年前

“सुकुम्बासी” कुनै समुदायको जीवनभरको पहिचान नहुनुपर्ने हो। एकातिर दलहरूले “सुकुम्बासी” बन्न प्रोत्साहन गरेका छन् त अर्कातिर बाध्य बनाएका छन्। सुकुम्बासी बन्ने रहर पक्कै कसैको हुँदैन। जुनसुकै व्यक्ति पनि जीवनको उतार चढाव, प्राकृतिक विपद्का कारण गरिबीको रेखामुनि जान सक्छन्। यति मात्र हैन, आर्थिक पहुच नभएका कारण कैयौ परिवारले मिटरब्याज मार्फत रिण लिएर पैसा तिर्न नसकेकाले समेत सुकुम्बासी बन्न बाध्य भएका छन्। संविधानले आवासलाई मौलिक हक मानेको छ, सरकारले सुलभ आवासको सुनिश्चतता गर्नु पर्ने हो । अनकन्टार भीरमा एक टुक्रा जमिन हुने र हुँदै नहुनेमा त्यस्तो अन्तर के छ र– एउटाले सित्तैमा जग्गा पाउने, अर्कोले जीवनभर संघर्ष गर्न पर्ने - के यो न्यायोचित हुन्छ? आम नेपालीको सपना हुन्छ - शहरमा एउटा घर । बीसौं वर्ष संघर्ष गरेर बल्ल तल्ल एउटा घर जोडिन्छ। घर जग्गामा अनियन्त्रित लगानी, भाउ आकासिएर आम जनताको पहुँच बाहिर गएको छ। कुनै उद्योग गर्न परे ठूलो पूँजी जग्गा प्राप्ति मै खर्च हुन्छ। केही उद्यम गर्न भन्दा जग्गाको भाउ बढ्ने कुरेर बस्नु मै फाइदा छ, भाउ आए बेचिहाल्नु पनि पर्छ । सरकार भने मालपोतको राजश्व बढ्यो भनेर खुशी छ । शहरी क्षेत्रमा घरभाडाले घरखर्चको ठूलो हिस्सा ओगट्छ यसले परिवारको क्रयशक्ति घटाएको छ, यसमा सरकारको ध्यान जाँदैन । यदि सबैलाई जग्गा बाँढ्ने नै हो भने के सबै भूमिहिनले पाउछन् त जग्गा? कि कोही दाहिना हुनु पर्छ? सरकारले राष्ट्रिय निकुञ्ज बनाउनका लागि जग्गा सट्टापट्टा गर्दा एकाज परिवारले कति पटक जग्गा पाए? “सरकार”को पाउ र नजरमा नपरेका अझै पनि पर्खाईमा छन्। गर्ने नै हो भने रोजगारी, शिक्षा र स्वास्थ्य सेवा पायक पर्ने गरी आवास गृह बनाएर सुपथ आवास प्रदान गर्न सक्छ बास नभएकाहरूलाई । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने tax credits को प्रावधानका बैङ्कहरूले समुदायमा पुनर्लागानी गर्नु पर्ने प्रावधान बलियो बनाउनु पर्छ। आफ्नो ठाउँ सुहाउदो रचनात्मक हस्तक्षेप गरे स्थानिय सरकारले जनसंख्या आर्कर्षित गर्न सक्छ, आर्थिक गतिविधि बढाउन सक्छ। भूमि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ सरकारले अस्ती जेष्ठ ६ गते पेश गर्यो। ७२ घण्टा लागू भयो, संशोधन राखेँ। अब कार्यतालिका अनुसार जेष्ठ १४ मा सदनमा पेश गर्ने रे – कि समितिमा जान्छ कि सदनमै छलफल हुन्छ भनि त्यहि कार्यतालिकामा नै भनेको छ। नेतागणको mood मा भर पर्ने होला, हैन त? त्यहि दिन पास गर्ने mood बन्छ कि के हुन्छ, हेरौँ। तर यो विधेयकमा काम गर्दा अचम्म लाग्यो – सार्वजनिक जग्गा अब कसको आवरण देखाएर कसको नाममा बाढ्ने रे? कोही किन भूमिहीन हुन्छ भन्ने न प्रश्न सोध्ने ठाउँ राखिएको छ, न त त्यसको समस्याको हदसम्म गई समाधान गर्ने प्रयास गरिएको छ। तर वन क्षेत्र र निकुञ्ज क्षेत्र पनि पुन:नक्शाङ्कन गरि सरकारको स्वामित्वमा ल्याउने रे! न त सांस्कृतिक, ऐतिहासिक वा प्राकृतिक सम्पदाको केहि ख्याल छ न त वास्तव मै पछाडी परेका समुदायलाई उकास्ने ध्याउन्न छ। यदी हुँदो हो त शायद - जग्गा बाँढ्छु भन्दै गर्दा उनीहरूको आर्थिक अवस्था, अन्यत्र जग्गा भए-नभएको हेर्ने प्रावधान हटाउने प्रस्ताव राखिन्नथ्यो होला। सार्वजनिक सम्पत्ति सार्वजानिक हो। यो समुदायको हो, सरकारको हैन। आखिर कहिलेसम्म यस्ता विधेयक सरकारले ल्याउने, हामी हेर्ने, बस्ने हो। अब हामीसँग ५ दिन छ यो विधेयक पेश हुनु अघि। विधेयक पढ्नु होला र आफ्ना सांसदलाई फोन गरेर सोध्नु होला – कस्तो कानून बनाउँदै हुनुहुन्छ भनेर। मैले संशोधन बुझाएँ तर मैले वा हामी केहीले गरेर हुँदैन – तपाइँहरूले पनि आवाज उठाउनै पर्छ।

Sumana

15,091 次观看 • 1 年前

खान पाए पछि नेपालीले कहाँ छोड्छ 🤣🤣😂 अस्ति मैले बीरगंजको कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्रका भाईहरुले गरेको मर्मत सम्भारको कामको भिडियो राखेको थिएँ । त्यो भिडियो देखेर हाल अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने भाई Bhala Rai लाई साह्रै चित्त बुझेर ४० हजार रुपैंया हिजो बीरगंज पठाई दिएछन् र कारखाना मर्मत गर्न दुख गरेका भाईहरुले भोज खानु भनेर भनेका रहेछन । अनि बीरगंजको भाईहरुले केहि पैसा राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरमा बस्ने हामीलाई पनि पठाई दिए । सबैले हिजोको दिन भरिको झरी पछि बेलुकी तातो तातो झोल सहित भोज खाइयो ।भाईको मन ता नौनी जस्तै साह्रै नै कम्लो रहेछ । कारखानाका हाम्रा मालिकहरुको मन पनि त्यस्तै कम्लो भए हुन्थ्यो नि भगवान !!! 🤣😂 भाईको गुणगान यस अनुसार छ - जन्मदा खेरि ठेगाना अर्कै थियो रे, तर हाल त्यो ठेगाना “खोटाङ दिक्तेल रूपाकोट गढी नगर पालिका, वडा नं. ११, खार्मी भएको रहेछ । सुरुमा Bhala भाईले नेपालमा हुलाकको बहिदारको नोकरी गरेका रहेछन । तर भगवानले उनलाई ब्रिटिश आर्मी जाने भनेर लेखिदिएका रहेछन । त्यसैले ब्रिटिश सेनामा ३ नोभेम्बर १९७९ मा भर्ति भएछन र १८ बर्ष नोकरी गरेछन । ब्रिटिश सेनामा उनी कमिशन लेफ्टिनेन्ट हुनै लागेका रहेछन । तर फेरी उनको तक्दिरमा फेरी अस्ट्रेलियाको सेनामा भर्ति हुने लेखेको रहेछ । त्यसैले ब्रिटिश सेनाको जागिर छोडेर ६ नोभेम्बर १९९७ देखि अहिले सम्म अस्ट्रेलियाको सेनामा भर्ना भै Major पदमा काम गरि रहेका छन् । उनी कर्णेल हुन सक्थे होला तर उनको अर्को पनि रहर रहेछ । दिउसों सेनाको काम गर्ने रहेछन र बेलुकी त्यहाको कलेजमा पढाउँदा रहेछन । त्यसैले दिउसो उनी मेजर साहब र बेलुकी मास्टर साहब हुने रहेछन । दुख गरि दुई दुई वटा जागिर खाएर कमाएको पैसा उनले यसरी नै दुख पाएकाहरु लाई र सामाजिक काम गर्नेहरु लाई बाँड्दा रहेछन । लौ परमेश्वर, उनलाई अझै तेश्रो जागीर पनि खानु भनेर लेखि देउ । लु Bhala भाई र उनको परीवार लाई धेरै धेरै धन्यबाद छ ।🙏🙏🙏

Mahabir Pun

57,256 次观看 • 2 年前

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करिब ८ अर्ब रुपैयाँ कर विवादमा फसेको कोकाकोलाको नेपालस्थित बोटलर्स नेपाललाई आर्थिक ऐनको दफा ३० मार्फत १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी ब्याज र शुल्क छुट दिने प्रावधान राख्नुभएको छ। कोकाकोला कर छली प्रकरण प्रकरणले हाम्रो कर प्रणालीमा गम्भीर हस्तक्षेप गर्दै लोकतान्त्रिक मूल्य, आर्थिक न्याय र नैतिक सिद्धान्तहरूलाई सिधै चुनौती दिएको छ। एक यस्तो निर्णय सरकारले लिन खोजेको छ, जसको प्रभाव केवल कर प्रशासनमा होइन, न्यायालयको स्वतन्त्रता, राज्यको नीति निर्माण प्रक्रिया र आम जनताको विश्वासमाथि गहिरो प्रहार हो। म बोल्दैछु, किनभने मुद्दा अब केवल कर छुटको होइन, यो शासनको नैतिकतामाथिको प्रश्न हो। यो विषयलाई सामान्य प्रशासनिक कदम भनेर बेवास्ता गर्न सकिन्न। यो नीतिगत भ्रष्टाचारको सुनियोजित प्रयत्न हो, जुन सत्ता र पूँजीबीचको साँठगाँठबाट जन्मिएको छ। कोकाकोला कर छल प्रकरण केवल एउटा कम्पनीको कुरा होइन, राज्यका नीति, न्यायिक प्रक्रिया र कर प्रणालीमाथि खेलवाड भएको ज्वलन्त उदाहरण हो। म तथ्यका आधारमा तीन बुँदामा यो प्रकरण किन आपत्तिजनक र खतरनाक छ भन्ने प्रष्ट पार्न चाहन्छु। १. कर नतिरेको भन्दै गरिबमाथि कठोर कारबाही गर्ने सरकार बहुराष्ट्रिय कम्पनीलाई किन अर्बौं छुट दिन खोज्दैछ? * बोटलर्स नेपालमाथि ८ अर्ब बराबरको कर, ब्याज र जरिवानाको मुद्दा अहिले अदालतमा विचाराधीन छ। * ठूला करदाता कार्यालयले ५ अर्ब ४२ करोड कर तिर्न आदेश गरिसकेको छ। * राजस्व अनुसन्धान विभागले ३ अर्ब ७१ करोडको कर छल प्रमाणित गरेर शतप्रतिशत जरिवानासहित माग गरिसकेको छ। प्रश्न: अदालतमै मुद्दा चलिरहेको अवस्थामा राहत दिनु भनेको के न्यायालयमाथि हस्तक्षेप होइन? २. जब जनता ऋण तिर्न नसक्दा खेत लिलामी हुन्छ, पसलेले कर तिर्न ढिला गर्दा ब्याजमाथि ब्याज थपिन्छ, सरकार कहाँ हराउँछ? * महामारीको बेला जनताले आँसु झार्दा सरकारले भन्यो, “हामीसँग बजेट छैन।” * किसानको खेत लिलामी गरियो, साना व्यवसायीको खाता रोक्का गरियो, ब्याज तिर्न नसक्दा बेइज्जती गरियो, व्यवसायीले आत्महत्यासम्म गरे । प्रश्न: गरिबका लागि कठोर नीति र अर्बपतिका लागि ऐन संशोधन किन? न्याय यही हो त? ३. कर ऐन संशोधन गरेर अदालतको चलिरहेको मुद्दा प्रभावित पार्नु कति वैधानिक र नैतिक हो? * संसदलाई प्रयोग गरेर ऐनमै हात हालेर अदालतको काममा हस्तक्षेप गरिँदैछ। * यस्तो निर्णय एक मन्त्रीको मात्र सोच होइन। प्रधानमन्त्रीदेखि ठूला दलका शीर्ष नेताहरूको सहमति र साँठगाँठबिना यो सम्भव छ होला त ? प्रश्न: के कर नीतिलाई नेताहरूको चन्दा, चुनाव खर्च र कमिसनको माध्यम बनाइन्छ? आज जुन निर्णयको प्रयास भइरहेको छ, त्यो केवल कर छुटको कुरा होइन, यो संस्थागत रूपमा स्थापित भ्रष्टाचारको चरम रूप हो। सत्ता, पैसाको प्रभाव र कानुनी संरचनाको मिलेमतोबाट नीतिगत भ्रष्टाचार अब नीतिको रूपमा स्थापित हुन थालेको छ। यो कुनै एक मन्त्रीको स्वेच्छाचारी निर्णय होइन, यो सम्भवत प्रधानमन्त्रीदेखि ठूला दलका शीर्ष नेताहरूको सहमतिमा गरिएको सत्ता दुरुपयोग हो। अदालतमा विचाराधीन मुद्दामा संसदबाट ऐन संशोधन गर्ने काम न्यायको स्वतन्त्रता र संवैधानिक मर्यादामाथिको घोर हस्तक्षेप हो। यसले लोकतन्त्रको मूल आत्मालाई नै कमजोर बनाएको छ। देशको कर प्रशासन अन्यायपूर्ण बनेको छ। साना करदातामाथि ब्याजमाथि ब्याज लगाउने सरकार, अर्बपतिलाई कर छुट दिन कानुन नै परिवर्तन गर्दैछ। यो न्याय होइन, यो दोहोरो मापदण्ड हो। यो नागरिकहरूमाथि गरिएको विश्वासघात हो। आज नेपाल अन्तर्राष्ट्रिय रूपमा 'ग्रे लिस्ट' मा पर्नु, पारदर्शिता सूचकांकमा पछाडि पर्नु, अनि लगानीकर्ताको भरोसा हराउँदै जानु, यी सबै यस्ता गलत निर्णयहरूको परिणाम हुन्। जब भ्रष्टाचार नीति बन्न थाल्छ, तब लोकतन्त्र केवल आवरण रहन्छ। त्यहाँ जनताको शासन हुँदैन, सत्ताको स्वार्थ चल्छ। अब प्रश्न उठाउने बेला हो। अब हिसाब माग्ने समय हो। यदि कानुन गरिबका लागि कठोर हुन सक्छ भने, शक्तिशालीका लागि पनि उस्तै कठोर हुनुपर्छ। नत्र, यो मुलुक कानुनी राज्य होइन, सत्ता संरक्षित भ्रष्टाचारको अखडा मात्र हुनेछ। I have referenced Taksar News and other secondary sources for the information.

Khusbu Oli

18,585 次观看 • 1 年前

यतिका दिन पछी पनि मुगलिङ नारायणघाट खण्डको सिमतालमा पहिरोमा बगेका बस फेला परेका छैनन । हाम्रो प्रार्थना ती बसमा रहेका र तिनको परिवारजनका साथमा छ । म बुझ्न सक्छु उनीहरुको पिडा । किनभने मैले त्यसतै खालको बेदना कतिब ३७ बर्ष अघि नजिकबाट महसुस गरेको थिए । पृथ्वी राजमार्गको जोगीमारामा एउटा यात्रुबाहक बस खसेर त्रिशुली नदीमा खसेको थियो ।कयौ दिनसम्म न यात्रु फेला परे न बस । ती दिनमा हामी नेपाल टेलिभिजनका लागी काम गर्थ्यौ । मोबाइल दुनियामा आएकै थिएन । जोगीमारा करिब ९१ किलोमिटर पर्छ काठमाण्डौबाट । क्यामेरापर्सन एवम मेरा मित्र लक्ष्मण उप्रेती भोर बिहानीको अन्धकारमा काठमान्डौबाट निस्कन्थ्यौ । दिउसो बस खोजीका समाचार खिच्थ्यौ । राती दौडादौड गरेर काठमाण्डौ फर्कन्थ्यौ । छायाङकन, एडिटिङ उपकरण अहिलेको तुलनामा धैरै अपठ्यारा र भारी हुन्थे । नेपाल टेलिभिजनमा राती प्रसारण भए पछी हामी मुश्किलले निदाउथ्यौ ।किनभने भोली पल्ट बिहान ४ बजे फेरी जोगीमारा तर्फ लाग्थ्यौ । एवम क्रमले तिन चार दिन बिते । एक रात चाही हामी नसकेर त्यतै बास बस्यौ । हुन त जोगीमाराको दुर्घटाना अघि र त्यस पछी पनि बस दुर्घटना भै नै रहे । तर टेलिभिजनमा प्रसारण भएको यो 'जोगीमारा रिपोर्टहरु' ले सबैको ध्यानाकर्षण भयो । त्यस अवस्थामा संम्बन्धित निकाय सबैलाई छिटो काम गर्न दबाब पनि भयो । हामीलाई लाग्छ नेपालको टेलिभिजन रिपोर्टिङ ईतिहासमा यो रिपोर्टिङ एक कोशे दुङा थियो । मैले जीवनमा धेरै बिषयमा स्थलगत रिपोर्टिङ गरे , कार्यक्रम बनाए । कुन विषयमा रिपोर्टिङ गरे भन्नु भन्दा पनि , कुन बिषयमा गरिन भनेर सोच्ने पर्ने हुन्छ । कालान्तरमा मैले आफ्नो पहिलो किताब खुसी मा यसरी लेखे ; सिसुवा बेलहीमा झुपडी जलेर सारा गाउ खरानी भएको समाचार आयो । पाकेको भात छाडेर राति आठ बजेक्यामरापर्सन विमल राणाका साथ त्यो गाउँ खोज्दै मधेसतर्फ हानिएँ । विमलले चलाएको हाइस्पिड कार पन्चरभएर पल्टियो । आगलागीको समाचार खिच्न गएका हामी आफैं झन्डै खरानी भएका ! पृथ्वी राजमार्गको जोगीमारा भीरबाट गुल्टेर एउटा बस वर्षायामको त्रिशुलीमा कता हो कता हरायो । मानिसकोलाससमेत फेला परेन । म तीन दिनसम्म बाढीले उर्लेको त्रिशुली नदीमा कहाँनेर फेला पर्छ भनेर जलप्रवाह हेरेर बसें। दृश्य खिच्ने र रिपोर्टिङ गर्ने ठाउँसम्म पुग्न हामीलाई डोरीको सहारा लिनुपथ्र्यो । तीन दिन भीरमा बसेर बगेकोपानी हे¥याहे¥यै गरेपछि, कैयांै दिनसम्म मलाई जुन बेला पनि रिङटा लाग्ने भयो । नेपालीले बस फेला पार्न नसकेपछि बङ्गलादेशबाट गोताखोर ल्याइए । नदीमा पस्नुअघि शरीरमा तेल र मुहारमाफूर्ति लगाए बङ्गाली गोताखोरले । पानीमा पसेका मात्र के थिए, त्रिशुलीको भेलले तिनलाई बगाएर आधाकिलोमिटर पर थचारिदियो । ‘यो बङ्गालको जस्तो सजिलो पानी होइन’ भन्दै लजाए गोताखोर । फेरि पानीमा पसेनन् । आगो, पानी, भुइँचालो मात्र होइन शीतलता, न्यानोपन र करूणाका भावनासित पनि टेलिभिजनले मलाईनजिकैबाट परिचय गरायो । तीन दशकमा मैले कुनकुन विषयको कार्यक्रम गरें भन्नुभन्दा, कुन विषयको पो गरिनँभनेर सोच्नुपर्ने हुन्छ । ‘जीवनलाई चारैतिरबाट हेरें, आगोमाथि पनि मैले नाचिहेरें’ भन्ने गीत गाउँदै हिँड्थें म । ' आज दसकौ पछी फर्केर हेर्दा हामीले बिताएका ती सुखद र दुखद दिनहरुको याद ताजा भएर आउछ । मैले यु मैटिक लो ब्यान्ड क्यामेरा युगबाट काम सुरु गरे । भारी गरुङा क्यामेरा हुन्थे । आज क्यामेरा युनिटको जुन भार हुन्छ , तीभन्दा दसौ गुना भारी , अपठ्यरा , असजिला थिए । तर ती भारी , अपठ्यरा र असजिला क्यामेरा र एडिटिङ मसिनहरुबाटै , हामीले नेपाली टेलिभिजन इतिहासको , नेपाली श्रव्यद्रश्य इतिहासका कतिपय कायजयी क्षणहरुलाई क्मारेरामा कैद गर्यौ । म कृतज्ञ छु मेरा सबै प्राविधिक मित्रहरु प्रति , जसले हामीले बिताएका तिता वा मिठा वा पट्यारलाग्दा तिनै थरि सम्झनालाई सदाका लागी जीवन दिए ।

Vijay Kumar Panday

45,790 次观看 • 2 年前