Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

नेपालमा अब यत्तिको नेता पाउन धेरै समय पर्खिनु पर्ने हुन्छ!❤️

21,421 Aufrufe • vor 3 Jahren •via X (Twitter)

0 Kommentare

Keine Kommentare verfügbar

Kommentare vom Original-Post werden hier angezeigt

Ähnliche Videos

नेपालमा जे आएको छ, त्यो गणतन्त्र थोरै र नेतातन्त्र धेरै हो।सबैले बुझ्न पर्ने कुरा के छ भने ; नेतातन्त्र एक्लै आएको छैन । त्यसले दलालतन्त्र पनि साथी ल्याएको छ। एक पक्षिय मिडियातन्त्र पनि यस्को सहोदर बनेर बसेको छ । अहिले दलालतन्त्र धेरै र स्वस्थ खुलाबजार अर्थतन्त्र थोरै भएको अवस्था हो । कतिपय संवेदनशील विषयमा त अदालततन्त्रको भुमिका पनि कमजोर देखिएको छ ..जुन बिषयमा फैसला दिन हाम्रा खुट्टामा कम्पन हुन्छ , त्यस्तो बिषयमा हामीले अदालतमा अन्तहीन सुनवाई किन गर्ने ? अहिलेको अवस्थाका लागी, हामी सबै आआफ्नो हदमा जिम्मेवार छौ । मलाई लाग्छ , हामीले एक नया आंखाबाट देश-दुनियालाई हेर्न जरुरी छ । हामीले एकअर्कालाई दोषारोपण धेरै गरीसक्यौ , अब एक पटक खुल्ला मनले एक अर्कालाई बुझ्ने कोशिस गरौ । #तपाई कुन कित्तामा ? राजावादी कि गणतन्त्रवादी ? संजालवादी कि निजत्ववादी ? पुरा पोडकास्ट युट्युबमा उपलब्ध छ !

Vijay Kumar Panday

13,368 Aufrufe • vor 1 Jahr

यो कुन युग हो ? थाहा छ ? कि त्यसै सुर्ती माडदै छौ ? 😂 यो युगको नेता को हो ? हर युगको एउटा बिशिष्ट पात्र हुन्छ , ‍नेता हुन्छ । त्यसले जनाउ दिन्छ हामी कुन युगमा बाच्दै छौ भनेर । आफु बाचेको युग थाहा छ ? हामी बाचेको युग ‘वैश्य युग’ हो । कारोबारी युग हो । कारोबारी राजनिति , कारोबारी सामजिक सम्बन्धहरु , कारोबारी अन्तरराष्ट्रिय कुटनिति – सबथोक Transactional ! प्रिय राष्ट्रपति ट्रम्पले कारोबारी राजनितिका ज्योति पुन्ज बनेर आउनु भएको छ । देख्नु भएन प्रिय ट्र्म्पका प्रिय एलेन मस्कले भारतमा देखाएको वैश्य युगको ताकत । एक अर्कालाई सहनै नसक्ने दुई भारतका दुई महासेठहरु - अम्बानीको जिओ र एयरटेलका मित्तल , दुबैलाई एकै ठांउमा लाइन हाजिर गराएर भारतमा सैटलाइट इन्टरनेटको साम्राज्यको नया जग खन्न सुरु गरेका छन प्रिय मस्कले । बजा ताली वैश्य युगको । गफ चुटौ समाजवादको वा पौराणीक कालको .. बाच्नु छ २१ सौ शताब्दीमा , चाहना ठूला , गफ देउ पौराणीक कालको , साम्यवादको , समाजवादको , माडौ सुर्ती .. बनाऔ स्वास्थ 😂 ट्रम्प र मस्कको बिशाल स्टेडियममा हुदै गरेका खेलका कुरा छाडौ , एकछिन ।नेपालको कुरा गरौ । हर युगको एउटा नेता हुन्छ , एउटा बिशिष्ट पात्र हुन्छ । नेपालमा हामी बाचेको युगको नेता को हो ? बिशिष्ट पात्र को हो ? के हामी त्यो युगबाट बाहिर निस्कन सक्छौ ? वा निस्कन जरुरी छ ? यस्को जवाफ दिनुस अनि हामी पनि मानौला गहिरो पानीमा पौडिन सक्नु हुन्छ भनेर … coming soon ! New Series ! मिनेन्द्रजीमात्र होइन , धेरै हुनेछन यस्मा .. experience the differece .. Coming Soon !

Vijay Kumar Panday

50,001 Aufrufe • vor 1 Jahr

२०४६ र २०६२/६३ सालको आन्दोलनको झल्को आइरहेको छ! १। अन्य सँगसँगै, राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू पक्राउ परिरहेछन्। त्यो पनि कतिपय नितान्त असम्वन्धित ठाऊँहरूबाट। सबैलाई तुरून्त रिहा गरियोस्। गैरकानूनी गिरफ्तारीहरूको घोर भत्सर्ना गर्दछु। २। बाहिर कारणहरू नभएका होइनन्, तर गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञाले न २०४६ सालमा पञ्चायत बचाउन सक्यो न २०६२/६३ सालमा राजाको शासन बचाउन सक्यो। ३। यो देशको चरम भूराजनीतिक र आन्तरिक संवेदनशीलताका कारण गणतन्त्र यो देशको लागि घातक छ। यसले धेरै वर्षसम्म असर पर्ने गरी समाजको पत्र-पत्रलाई पतित बनाइसक्यो। ४। गणतन्त्र हाँक्नेहरू त सत्यानाशी छँदै थिए। डरलाग्दो कुरा, ती भन्दा बढी सत्यानाशी गणतन्त्र जसरी पनि जोगाऊँ भन्ने नागरिक समाजका अगुवाहरू देखिँदैछन्, जसलाई यो देश ‘ध्वंस’ नै नभइकन जीवनमा खासै असर पर्दै पर्दैन। ५। मेरो आग्रह: अब गणतन्त्र हाँक्ने र त्यसको बचाउ गर्नेहरूले गणतन्त्र घिसार्ने प्रयास नगर्नुहोस्। यसको परिणाम सुखद हुनेछैन। ६। राजा ल्याउँदैमा सबै राम्रो हुन्छ त? भन्नुहोला। राजा आएपछि पनि नेताहरूले ५०० वटा गल्ती गर्दा राजाबाट ५ वटा गल्ती हुन्छ। संसारभरी नै भएका छन्। तर गल्ती भयो भन्दैमा एकले अर्कोलाई निषेध गर्न खोज्ने हो भने, यो देशकै भविष्य संकटमा पर्नेछ। संकटमा पर्ने प्रशस्त संकेतहरू देखिन थालिसकेका छन्। ७। आज नभए भोली, भोली नभए पर्सी अवस्था विष्फोट हुन्छ-हुन्छ। त्यस्तो हुनु अगाबै #शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसमझदारी मा जाऔँ। व्यक्तिगत विचारका खातिर देशलाई र देशका बहूसंख्यक विपन्न जनताको भविष्य संकटमा नपारौँ।

Rabindra Mishra

42,718 Aufrufe • vor 2 Jahren

हालै पुर्वराजा ज्ञानेन्द्र शाहले एक यस्तो सवाल सार्वजनिक रुपमा नै सोधेका छन , जस्ले मलाई केही सोच्न बाध्य गरायो । उनले भनेका छन 'नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद हुदैन ।' अनि म यो पनि सोच्दै छु - यही सवाल उनको मनमा ६२, ६३ साल अघि किन नआएको होला ? फेरी सोच्छु - मान्छेको जीवन, सिधा रेखामा कहा हिडछ र ? बिभिन्न खाले विराधाभाषको अर्को नाम हो , तपाई हाम्रो सबैको जीवन ! कसैलाई दोषारोपण र महिमागान गरेको होइन। त्यो काम हामी सबैले धेरै गरिसक्यौ। तात्विक नतिजा केही आएन। अब म सम्यक भावले बुझ्न चाहन्छु , धेरै । र , उत्तेजित भावमा 'जज' गर्न चाहन्छु थोरै ... I want to understand more, judge less. यो क्लिपमात्र होइन, युट्युबमा पुरा पोडकास्ट पुरा हेरेर मात्र कमेन्ट गर्दा राम्रो हुन्छ । अहिले पानी पर्दैछ । मलाई रुझेर हिडन मज्जा लाग्छ । एउटा भनाई छ नि - 'झरीमा नाच्नने रहर त धेरैलाई लाग्छ तर उनीहरु भिजिन्छ भनेर डराउछन ।' जुन दिन आशा र भयको दाम्लो अलि खुकुलो हुन्छ , तब झरीमा निरुद्देशीय हिडनुको मज्जा हामीलाई पर्खी बसेको हुन्छ :) Enjoy the day ! सबैलाई शुभदिन !

Vijay Kumar Panday

31,996 Aufrufe • vor 1 Jahr

मलाई चाहिएको नेता गगन थापा जस्तो होइन, गगन थापा नै हो। जो निर्भिक छ। जोसँग देश यस्तो बनाउँछु भन्ने दृष्टिकोण छ। पार्टी भित्र होस या बाहिर, सडकमा होस या सदनमा आत्मविश्वासको साथ अभिव्यक्त हुन्छ। राजनीतिमा व्यक्त विचारको फाइदा र क्षति बराबर हुन्छ तर त्यसको जिम्मा लिएर यत्तिको दम देखाउने साँच्चै कसैको हुतिले भ्याउँदैन्। नेता ज्यूँदो हुनु भनेको सास फेर्नु मात्र होइन, गलतको विरुद्व संघर्ष गर्नु हो, जनताको सपनालाई संकल्पको डोरीले बाँध्नु हो, वितृष्णालाई विश्वासमा रुपान्तरण गराउने तागत भर्नु हो, जिम्मेवारीको परीक्षामा उतिर्ण हुनु हो। यो इन्द्रेणीको नाम हो गगन थापा। बीपी भन्नुहुन्थ्यो, 'लोभ र डर बोकेर युवा हुन सकिदैंन्।' त्यही नै गगन थापाको जीवनपद्वति हो। भोलीको जिम्मा लिन सकिदैंन तर आजको दिनमा कांग्रेस हुने र कांग्रेस हुनुपर्छ भन्ने सच्चा कांग्रेसीको गगन थापा निर्विकल्प नेता हो। मित्र राघवले भनेको जस्तै 'लखेटन छोडेको दिन, दौडिन रोकिन्छ' त्यसैले उनलाई लखेट्न नछोड्नुस किनकि आँखामा सपना र पेटमा आगो बोकेर हिंडेको गगन थापा रोकिएको मलाई चैं हेर्नुछैन्। Gagan Thapa

Mukesh Ghimire

14,900 Aufrufe • vor 1 Jahr

म विश्वस्त छु, हामी सक्छौँ। नेपालमै सम्भावना उजागर गर्न सक्छौँ। नेपालमा अर्थतन्त्र र रोजगारीको हिसाबले सम्भावना बोकेको क्षेत्र हो आइटी क्षेत्र। यो क्षेत्रले बोकेको सम्भावना बारे म उत्साहित छु। साथै यस क्षेत्रको हितको लागी धेरै सुधार गर्नुपर्नेछ भन्ने कुरामा प्रस्ट छु। त्यसको लागि प्रयास गरिरहेका छौं।कानुनी र नीतिगत तहमा पछिल्लो समय हामीले गरेका पहलले केही समस्याको हल निक्लिएको छ। आइटी क्षेत्रका स्थापित देखी नवप्रवेशी युवाहरू यसबाट उत्साहित हुनुहुन्छ। यो बिचमा हामीले धेरै साथीहरू सँग बसेर छलफल गऱ्यौँ, उहाँका सुझावहरू सुन्यौं। यो प्रक्रियामा संयोजन गर्ने, सुझाव दिने, विश्वास गर्ने सम्पूर्ण साथीहरूलाई धन्यवाद। हामीले यो क्षेत्र सँग सम्बन्धित अन्य सुधारका विषयमा सुझाव सुनिरहेका छौँ, अध्ययन गर्दैछौं। थप सुधारको लागी हामी कटिबद्ध छौँ।

Gagan Thapa

76,170 Aufrufe • vor 1 Jahr

बुझ पचाएकाहरूलाई कसरी बुझाउने हो, मलाई भन्दिनु पर्यो कसैले! नेपालमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि फेरी पनि खेलबाड हुँदै छ। कृषि तथा वन विज्ञानको उपकुलपति छनोटको कार्यविधि एकसरो पढिदिनु होला। प्राज्ञिक क्षेत्रमा “बौद्धिक चोरी”को वजन फेरी पनि बिर्सिए सबैले । जम्मा रु ३००मा किन्न मिल्ने ISBN नम्बरलाई भने फेरी पनि वजनदार बनाएका छन्। त्रिविको उपकुलपति छनोटको खेल पनि सम्झनु होला। कतिपटक एउटै कुरा बुझाउनु पर्ने हो? विद्यार्थीहरू, अभिभावकहरू - देशको चिन्ता गर्नुहुने सबैले आफै विचार गर्नुस्, अब पनि यस्तो विधि नै प्रयोग गरेर ठग्ने प्रवृत्ति के हामीलाई स्वीकार्य छ?

Sumana

25,443 Aufrufe • vor 1 Jahr