Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

नेपालमा अब यत्तिको नेता पाउन धेरै समय पर्खिनु पर्ने हुन्छ!❤️

21,421 görüntüleme • 3 yıl önce •via X (Twitter)

0 Yorum

Yorum bulunmuyor

Orijinal gönderinin yorumları burada görünecek

Benzer Videolar

नेपालमा जे आएको छ, त्यो गणतन्त्र थोरै र नेतातन्त्र धेरै हो।सबैले बुझ्न पर्ने कुरा के छ भने ; नेतातन्त्र एक्लै आएको छैन । त्यसले दलालतन्त्र पनि साथी ल्याएको छ। एक पक्षिय मिडियातन्त्र पनि यस्को सहोदर बनेर बसेको छ । अहिले दलालतन्त्र धेरै र स्वस्थ खुलाबजार अर्थतन्त्र थोरै भएको अवस्था हो । कतिपय संवेदनशील विषयमा त अदालततन्त्रको भुमिका पनि कमजोर देखिएको छ ..जुन बिषयमा फैसला दिन हाम्रा खुट्टामा कम्पन हुन्छ , त्यस्तो बिषयमा हामीले अदालतमा अन्तहीन सुनवाई किन गर्ने ? अहिलेको अवस्थाका लागी, हामी सबै आआफ्नो हदमा जिम्मेवार छौ । मलाई लाग्छ , हामीले एक नया आंखाबाट देश-दुनियालाई हेर्न जरुरी छ । हामीले एकअर्कालाई दोषारोपण धेरै गरीसक्यौ , अब एक पटक खुल्ला मनले एक अर्कालाई बुझ्ने कोशिस गरौ । #तपाई कुन कित्तामा ? राजावादी कि गणतन्त्रवादी ? संजालवादी कि निजत्ववादी ? पुरा पोडकास्ट युट्युबमा उपलब्ध छ !

Vijay Kumar Panday

13,367 görüntüleme • 1 yıl önce

यो कुन युग हो ? थाहा छ ? कि त्यसै सुर्ती माडदै छौ ? 😂 यो युगको नेता को हो ? हर युगको एउटा बिशिष्ट पात्र हुन्छ , ‍नेता हुन्छ । त्यसले जनाउ दिन्छ हामी कुन युगमा बाच्दै छौ भनेर । आफु बाचेको युग थाहा छ ? हामी बाचेको युग ‘वैश्य युग’ हो । कारोबारी युग हो । कारोबारी राजनिति , कारोबारी सामजिक सम्बन्धहरु , कारोबारी अन्तरराष्ट्रिय कुटनिति – सबथोक Transactional ! प्रिय राष्ट्रपति ट्रम्पले कारोबारी राजनितिका ज्योति पुन्ज बनेर आउनु भएको छ । देख्नु भएन प्रिय ट्र्म्पका प्रिय एलेन मस्कले भारतमा देखाएको वैश्य युगको ताकत । एक अर्कालाई सहनै नसक्ने दुई भारतका दुई महासेठहरु - अम्बानीको जिओ र एयरटेलका मित्तल , दुबैलाई एकै ठांउमा लाइन हाजिर गराएर भारतमा सैटलाइट इन्टरनेटको साम्राज्यको नया जग खन्न सुरु गरेका छन प्रिय मस्कले । बजा ताली वैश्य युगको । गफ चुटौ समाजवादको वा पौराणीक कालको .. बाच्नु छ २१ सौ शताब्दीमा , चाहना ठूला , गफ देउ पौराणीक कालको , साम्यवादको , समाजवादको , माडौ सुर्ती .. बनाऔ स्वास्थ 😂 ट्रम्प र मस्कको बिशाल स्टेडियममा हुदै गरेका खेलका कुरा छाडौ , एकछिन ।नेपालको कुरा गरौ । हर युगको एउटा नेता हुन्छ , एउटा बिशिष्ट पात्र हुन्छ । नेपालमा हामी बाचेको युगको नेता को हो ? बिशिष्ट पात्र को हो ? के हामी त्यो युगबाट बाहिर निस्कन सक्छौ ? वा निस्कन जरुरी छ ? यस्को जवाफ दिनुस अनि हामी पनि मानौला गहिरो पानीमा पौडिन सक्नु हुन्छ भनेर … coming soon ! New Series ! मिनेन्द्रजीमात्र होइन , धेरै हुनेछन यस्मा .. experience the differece .. Coming Soon !

Vijay Kumar Panday

49,969 görüntüleme • 1 yıl önce

हालै पुर्वराजा ज्ञानेन्द्र शाहले एक यस्तो सवाल सार्वजनिक रुपमा नै सोधेका छन , जस्ले मलाई केही सोच्न बाध्य गरायो । उनले भनेका छन 'नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद हुदैन ।' अनि म यो पनि सोच्दै छु - यही सवाल उनको मनमा ६२, ६३ साल अघि किन नआएको होला ? फेरी सोच्छु - मान्छेको जीवन, सिधा रेखामा कहा हिडछ र ? बिभिन्न खाले विराधाभाषको अर्को नाम हो , तपाई हाम्रो सबैको जीवन ! कसैलाई दोषारोपण र महिमागान गरेको होइन। त्यो काम हामी सबैले धेरै गरिसक्यौ। तात्विक नतिजा केही आएन। अब म सम्यक भावले बुझ्न चाहन्छु , धेरै । र , उत्तेजित भावमा 'जज' गर्न चाहन्छु थोरै ... I want to understand more, judge less. यो क्लिपमात्र होइन, युट्युबमा पुरा पोडकास्ट पुरा हेरेर मात्र कमेन्ट गर्दा राम्रो हुन्छ । अहिले पानी पर्दैछ । मलाई रुझेर हिडन मज्जा लाग्छ । एउटा भनाई छ नि - 'झरीमा नाच्नने रहर त धेरैलाई लाग्छ तर उनीहरु भिजिन्छ भनेर डराउछन ।' जुन दिन आशा र भयको दाम्लो अलि खुकुलो हुन्छ , तब झरीमा निरुद्देशीय हिडनुको मज्जा हामीलाई पर्खी बसेको हुन्छ :) Enjoy the day ! सबैलाई शुभदिन !

Vijay Kumar Panday

31,996 görüntüleme • 1 yıl önce

म विश्वस्त छु, हामी सक्छौँ। नेपालमै सम्भावना उजागर गर्न सक्छौँ। नेपालमा अर्थतन्त्र र रोजगारीको हिसाबले सम्भावना बोकेको क्षेत्र हो आइटी क्षेत्र। यो क्षेत्रले बोकेको सम्भावना बारे म उत्साहित छु। साथै यस क्षेत्रको हितको लागी धेरै सुधार गर्नुपर्नेछ भन्ने कुरामा प्रस्ट छु। त्यसको लागि प्रयास गरिरहेका छौं।कानुनी र नीतिगत तहमा पछिल्लो समय हामीले गरेका पहलले केही समस्याको हल निक्लिएको छ। आइटी क्षेत्रका स्थापित देखी नवप्रवेशी युवाहरू यसबाट उत्साहित हुनुहुन्छ। यो बिचमा हामीले धेरै साथीहरू सँग बसेर छलफल गऱ्यौँ, उहाँका सुझावहरू सुन्यौं। यो प्रक्रियामा संयोजन गर्ने, सुझाव दिने, विश्वास गर्ने सम्पूर्ण साथीहरूलाई धन्यवाद। हामीले यो क्षेत्र सँग सम्बन्धित अन्य सुधारका विषयमा सुझाव सुनिरहेका छौँ, अध्ययन गर्दैछौं। थप सुधारको लागी हामी कटिबद्ध छौँ।

Gagan Thapa

76,170 görüntüleme • 1 yıl önce

मलाई चाहिएको नेता गगन थापा जस्तो होइन, गगन थापा नै हो। जो निर्भिक छ। जोसँग देश यस्तो बनाउँछु भन्ने दृष्टिकोण छ। पार्टी भित्र होस या बाहिर, सडकमा होस या सदनमा आत्मविश्वासको साथ अभिव्यक्त हुन्छ। राजनीतिमा व्यक्त विचारको फाइदा र क्षति बराबर हुन्छ तर त्यसको जिम्मा लिएर यत्तिको दम देखाउने साँच्चै कसैको हुतिले भ्याउँदैन्। नेता ज्यूँदो हुनु भनेको सास फेर्नु मात्र होइन, गलतको विरुद्व संघर्ष गर्नु हो, जनताको सपनालाई संकल्पको डोरीले बाँध्नु हो, वितृष्णालाई विश्वासमा रुपान्तरण गराउने तागत भर्नु हो, जिम्मेवारीको परीक्षामा उतिर्ण हुनु हो। यो इन्द्रेणीको नाम हो गगन थापा। बीपी भन्नुहुन्थ्यो, 'लोभ र डर बोकेर युवा हुन सकिदैंन्।' त्यही नै गगन थापाको जीवनपद्वति हो। भोलीको जिम्मा लिन सकिदैंन तर आजको दिनमा कांग्रेस हुने र कांग्रेस हुनुपर्छ भन्ने सच्चा कांग्रेसीको गगन थापा निर्विकल्प नेता हो। मित्र राघवले भनेको जस्तै 'लखेटन छोडेको दिन, दौडिन रोकिन्छ' त्यसैले उनलाई लखेट्न नछोड्नुस किनकि आँखामा सपना र पेटमा आगो बोकेर हिंडेको गगन थापा रोकिएको मलाई चैं हेर्नुछैन्। Gagan Thapa

Mukesh Ghimire

14,900 görüntüleme • 1 yıl önce

बुझ पचाएकाहरूलाई कसरी बुझाउने हो, मलाई भन्दिनु पर्यो कसैले! नेपालमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि फेरी पनि खेलबाड हुँदै छ। कृषि तथा वन विज्ञानको उपकुलपति छनोटको कार्यविधि एकसरो पढिदिनु होला। प्राज्ञिक क्षेत्रमा “बौद्धिक चोरी”को वजन फेरी पनि बिर्सिए सबैले । जम्मा रु ३००मा किन्न मिल्ने ISBN नम्बरलाई भने फेरी पनि वजनदार बनाएका छन्। त्रिविको उपकुलपति छनोटको खेल पनि सम्झनु होला। कतिपटक एउटै कुरा बुझाउनु पर्ने हो? विद्यार्थीहरू, अभिभावकहरू - देशको चिन्ता गर्नुहुने सबैले आफै विचार गर्नुस्, अब पनि यस्तो विधि नै प्रयोग गरेर ठग्ने प्रवृत्ति के हामीलाई स्वीकार्य छ?

Sumana

25,438 görüntüleme • 1 yıl önce

“एकैजनालाई कति पटक दु:ख दिएको? कत्ति दु:ख दिएको?” वृद्ध आमाहरूले सोध्नुभयो । र भन्नुभयो - म पनि लड्न आएको । तिमीहरूलाई कति दुःख दिएको, केहि गर्छु भनेर आएकाहरूलाई । आममानिसलाई सजिलो हुन्छ भनेर धेरै पटक व्यवस्था फेरेको साक्षी वहाँको फुलेको कपाल छ, तर अझै त्यस्तो भएन भनेर असन्तुष्टि व्यक्त गर्न सडकमा आउनुभो । त्यसै बेला पानीको फोहोराले हान्ने भन्ने बारे खबर पाएका थियौँ। वृद्ध आमाहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा लगिदिन आग्रह गरेँ। वहाँहरूलाई भनेँ - “आमा तपाईं यहाँ बस्नु पर्दैन। म लड्छु तपाईंका लागि। तपाईं सुरक्षित बस्नु, म मैदान छाड्दिन।” आखिर कहिलेसम्म यस्तै सास्ती भोग्नु पर्ने हो हामी नेपालीले? प्रधानमन्त्री ज्यू र हाम्रा नेतागणज्यू - कति सम्म चाहीँ आफ्नै जनताबाट टाढा हुनुहुन्छ है।

Sumana

68,630 görüntüleme • 1 yıl önce

“सुकुम्बासी” कुनै समुदायको जीवनभरको पहिचान नहुनुपर्ने हो। एकातिर दलहरूले “सुकुम्बासी” बन्न प्रोत्साहन गरेका छन् त अर्कातिर बाध्य बनाएका छन्। सुकुम्बासी बन्ने रहर पक्कै कसैको हुँदैन। जुनसुकै व्यक्ति पनि जीवनको उतार चढाव, प्राकृतिक विपद्का कारण गरिबीको रेखामुनि जान सक्छन्। यति मात्र हैन, आर्थिक पहुच नभएका कारण कैयौ परिवारले मिटरब्याज मार्फत रिण लिएर पैसा तिर्न नसकेकाले समेत सुकुम्बासी बन्न बाध्य भएका छन्। संविधानले आवासलाई मौलिक हक मानेको छ, सरकारले सुलभ आवासको सुनिश्चतता गर्नु पर्ने हो । अनकन्टार भीरमा एक टुक्रा जमिन हुने र हुँदै नहुनेमा त्यस्तो अन्तर के छ र– एउटाले सित्तैमा जग्गा पाउने, अर्कोले जीवनभर संघर्ष गर्न पर्ने - के यो न्यायोचित हुन्छ? आम नेपालीको सपना हुन्छ - शहरमा एउटा घर । बीसौं वर्ष संघर्ष गरेर बल्ल तल्ल एउटा घर जोडिन्छ। घर जग्गामा अनियन्त्रित लगानी, भाउ आकासिएर आम जनताको पहुँच बाहिर गएको छ। कुनै उद्योग गर्न परे ठूलो पूँजी जग्गा प्राप्ति मै खर्च हुन्छ। केही उद्यम गर्न भन्दा जग्गाको भाउ बढ्ने कुरेर बस्नु मै फाइदा छ, भाउ आए बेचिहाल्नु पनि पर्छ । सरकार भने मालपोतको राजश्व बढ्यो भनेर खुशी छ । शहरी क्षेत्रमा घरभाडाले घरखर्चको ठूलो हिस्सा ओगट्छ यसले परिवारको क्रयशक्ति घटाएको छ, यसमा सरकारको ध्यान जाँदैन । यदि सबैलाई जग्गा बाँढ्ने नै हो भने के सबै भूमिहिनले पाउछन् त जग्गा? कि कोही दाहिना हुनु पर्छ? सरकारले राष्ट्रिय निकुञ्ज बनाउनका लागि जग्गा सट्टापट्टा गर्दा एकाज परिवारले कति पटक जग्गा पाए? “सरकार”को पाउ र नजरमा नपरेका अझै पनि पर्खाईमा छन्। गर्ने नै हो भने रोजगारी, शिक्षा र स्वास्थ्य सेवा पायक पर्ने गरी आवास गृह बनाएर सुपथ आवास प्रदान गर्न सक्छ बास नभएकाहरूलाई । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने tax credits को प्रावधानका बैङ्कहरूले समुदायमा पुनर्लागानी गर्नु पर्ने प्रावधान बलियो बनाउनु पर्छ। आफ्नो ठाउँ सुहाउदो रचनात्मक हस्तक्षेप गरे स्थानिय सरकारले जनसंख्या आर्कर्षित गर्न सक्छ, आर्थिक गतिविधि बढाउन सक्छ। भूमि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ सरकारले अस्ती जेष्ठ ६ गते पेश गर्यो। ७२ घण्टा लागू भयो, संशोधन राखेँ। अब कार्यतालिका अनुसार जेष्ठ १४ मा सदनमा पेश गर्ने रे – कि समितिमा जान्छ कि सदनमै छलफल हुन्छ भनि त्यहि कार्यतालिकामा नै भनेको छ। नेतागणको mood मा भर पर्ने होला, हैन त? त्यहि दिन पास गर्ने mood बन्छ कि के हुन्छ, हेरौँ। तर यो विधेयकमा काम गर्दा अचम्म लाग्यो – सार्वजनिक जग्गा अब कसको आवरण देखाएर कसको नाममा बाढ्ने रे? कोही किन भूमिहीन हुन्छ भन्ने न प्रश्न सोध्ने ठाउँ राखिएको छ, न त त्यसको समस्याको हदसम्म गई समाधान गर्ने प्रयास गरिएको छ। तर वन क्षेत्र र निकुञ्ज क्षेत्र पनि पुन:नक्शाङ्कन गरि सरकारको स्वामित्वमा ल्याउने रे! न त सांस्कृतिक, ऐतिहासिक वा प्राकृतिक सम्पदाको केहि ख्याल छ न त वास्तव मै पछाडी परेका समुदायलाई उकास्ने ध्याउन्न छ। यदी हुँदो हो त शायद - जग्गा बाँढ्छु भन्दै गर्दा उनीहरूको आर्थिक अवस्था, अन्यत्र जग्गा भए-नभएको हेर्ने प्रावधान हटाउने प्रस्ताव राखिन्नथ्यो होला। सार्वजनिक सम्पत्ति सार्वजानिक हो। यो समुदायको हो, सरकारको हैन। आखिर कहिलेसम्म यस्ता विधेयक सरकारले ल्याउने, हामी हेर्ने, बस्ने हो। अब हामीसँग ५ दिन छ यो विधेयक पेश हुनु अघि। विधेयक पढ्नु होला र आफ्ना सांसदलाई फोन गरेर सोध्नु होला – कस्तो कानून बनाउँदै हुनुहुन्छ भनेर। मैले संशोधन बुझाएँ तर मैले वा हामी केहीले गरेर हुँदैन – तपाइँहरूले पनि आवाज उठाउनै पर्छ।

Sumana

15,091 görüntüleme • 1 yıl önce