Loading video...

Video Failed to Load

Go Home

नेपालमा पनि कडा कम्पन ल्याएको तिब्बत भूकम्प यसरी गएको थियो #NepalPress

45,614 views • 1 year ago •via X (Twitter)

5 Comments

सेटो वाघ's profile picture
सेटो वाघ1 year ago

@NepalPressnp this was last year in japan, ishikawa prefecture! It’s shameful to post meaningless pics!

bijaya poudel's profile picture
bijaya poudel1 year ago

@CommunityNotes

Tatjana Gmeiner's profile picture
Tatjana Gmeiner2 years ago

I LOVE SINGING ❤️ My lovely followers ❤️ Nice to entertain YOU 🙂

अकाल's profile picture
अकाल1 year ago

भौमानको मुख पत्र न पर्यो, जापानको भु कम्पनलाई तिब्बतको भ्न्यो। ठग्न पनि कति जानेको

Harka Ayer's profile picture
Harka Ayer1 year ago

Stay safe stay blessed

Related Videos

नेपालमा जे आएको छ, त्यो गणतन्त्र थोरै र नेतातन्त्र धेरै हो।सबैले बुझ्न पर्ने कुरा के छ भने ; नेतातन्त्र एक्लै आएको छैन । त्यसले दलालतन्त्र पनि साथी ल्याएको छ। एक पक्षिय मिडियातन्त्र पनि यस्को सहोदर बनेर बसेको छ । अहिले दलालतन्त्र धेरै र स्वस्थ खुलाबजार अर्थतन्त्र थोरै भएको अवस्था हो । कतिपय संवेदनशील विषयमा त अदालततन्त्रको भुमिका पनि कमजोर देखिएको छ ..जुन बिषयमा फैसला दिन हाम्रा खुट्टामा कम्पन हुन्छ , त्यस्तो बिषयमा हामीले अदालतमा अन्तहीन सुनवाई किन गर्ने ? अहिलेको अवस्थाका लागी, हामी सबै आआफ्नो हदमा जिम्मेवार छौ । मलाई लाग्छ , हामीले एक नया आंखाबाट देश-दुनियालाई हेर्न जरुरी छ । हामीले एकअर्कालाई दोषारोपण धेरै गरीसक्यौ , अब एक पटक खुल्ला मनले एक अर्कालाई बुझ्ने कोशिस गरौ । #तपाई कुन कित्तामा ? राजावादी कि गणतन्त्रवादी ? संजालवादी कि निजत्ववादी ? पुरा पोडकास्ट युट्युबमा उपलब्ध छ !

Vijay Kumar Panday

13,368 views • 1 year ago

नेपालमा गणतन्त्र कसरी आयो हिन्दू राष्ट्र कसरी हटाइयो , राजसंस्था कसरी हटाइयो भन्ने कुरा बिस्तारै प्रष्ट हुँदै आएको छ। कुनैबेला एसडी मुनीले आफ्नो लेखमा नेपालमा राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैन, भारत सँग राम्रो सम्बन्ध राख्न नेपालले प्रजातन्त्र र राजतन्त्रमध्येबाट एक रोज्नुपर्छ भनेपछि नेपाल विस्तारित गणतन्त्र स्थापित हुने परिथिति सृजना भएको थियो । राजसंस्था सकिएपछि हिन्दूराष्ट्र हटाउन अरू युरोपियन मुलुकहरू पनि लागेको प्रष्ट देखिन्छ । पछि गएर प्राध्यापक एसडी मुनिले माओवादीले भारतीय हितप्रतिकूल हुनेगरी कुनै काम नगर्ने लिखित कसम खाएपछि मात्र भारतले माओवादीलाई सहयोग गरेको थियो भनेर भनेका थिए ।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

16,571 views • 1 year ago

८ वर्षअघि सौरभले भनेका वाक्यहरू अहिलेको परिप्रेक्ष्यमा हेर्दा साँच्चिकै अर्थपूर्ण देखिन्छन्। त्यतिबेला सामान्य व्यंग्य वा असन्तुष्टि जस्तो लाग्ने कुरा आजको राजनीतिक यथार्थसँग प्रत्यक्ष जोडिएर आएको छ। नेपालमा राजनीतिक विचार, दर्शन र नीति निर्माणमा योगदान दिनुपर्ने ठुलो जमात विदेशी सहयोग, भत्ता र परियोजनामा अडिएको छ। राजनीतिक चेतना वा सामाजिक अध्ययनको आधारमा नभई, विदेशी निकायले लेखिदिएको एजेन्डा बोकेर नेपालका विश्लेषक वा तथाकथित विज्ञहरू राजनीतिक विमर्शमा देखिन थालेका छन्। दुई पैसा बराबरको पनि मौलिक बौद्धिक योगदान नभएका यस्ता व्यक्तिहरूले विदेशी चश्माबाट नेपालको राजनीति हेरेर विश्लेषण गर्दा, हाम्रो स्वाभाविक राजनीतिक प्रक्रिया भ्रमित र कमजोर बन्दै गएको छ। यस्ता बौद्धिक निर्भरता र बाह्य भत्तामा आधारित विश्लेषणले नेपालको लोकतन्त्रलाई अझ अपांग बनाएको छ। न त यसले जनताको वास्तविक चाहना प्रतिनिधित्व गर्छ, न त राष्ट्रिय हितलाई। परिणामस्वरूप, नेपालमा विचार र बहसको दिशा विदेशी शक्तिको अनुदान र प्रभावले निर्धारण गरिरहेको छ भन्ने कुरा झन् स्पष्ट भएको छ। त्यसैले, सौरभले आठ वर्षअघि प्रहार गरेको टिप्पणी केवल व्यंग्य थिएन, त्यो नेपालमा देखापर्न लागेको राजनीतिक संकटको द्रष्टा दृष्टिकोण पनि थियो। आज त्यो चेतावनी सत्य सावित भएको छ, जसले हाम्रो राजनीति र विचार संसारमा स्वावलम्बनको खाँचो झनै प्रस्ट्याएको छ।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

16,245 views • 1 year ago

लौ भाई आईपुग्यो, अस्ती शनिवार शारजाँहमा मालिकले पासपोर्ट खोसीदिएको र बस्ने कोठाको साँचो लगाई दिएकोले बाहिर सडकमा बसेको सुनिल लुंगेली भाई नेपाल आई पुग्यो । यदि सरकारी प्रक्रियामा गएको भए आज बल्ल अफिस खुल्ने थियो र त्यो भाईले तीन दिन सम्म दुख पाउनु पर्ने थियो। भीम मल्ल ठकुरी भाईलाई धन्यवाद छ🌹🇳🇵 उसले रुँदै बाटो बाट मलाई फोन गरेर भोकै छु, खल्तीमा एक पैसा छैन, यहाँ कसैलाई चिनेको छैन, उद्धार गर्नुहोस भने पछि मैले त्यहाँको दुतावासमा र परराष्ट्र मन्त्रालयमा पनि फोन गरेको हो । तर शनिवारको विदा भएकोले कसैले पनि फोन उठाएन। अनि उसलाई सुरक्षित ठाउँ सम्म पुऱ्याई दिने कोहि छ कि भनेर फेसबुकमा पोष्ट गरेको हो । त्यसो गर्दा केहि नेपालीहरूले सात जुनी देखीको बल लगाएर गाली गरे र मलाई मन्त्रीको इज्जत नै फाल्यो समेत भने । के गर्ने ? 🌹🌹म ता यस्तै हो ब्रो पनि भनें। किन भने कुनै पनि समस्याको सामाधान गर्ने धेरै तरिकाहरु हुन्छन । एउटा तरिकाले काम नगरे पछि अर्को तरिका अपनाएर भए पनि समस्या समाधान गर्न नेपालीहरुले सिक्नु पर्छ।🙏🙏🙏

Mahabir Pun

13,394 views • 14 days ago

चैत्र १५ गतेको आन्दोलन र त्यसपछिको दंगामा कीर्तिपुरका सबिन महर्जनको प्रहरीले चलाएको गोली लागेर दुःखद निधन भयो । अहिले गोली चलेको बखतको भिडियो सञ्जालमा देखिएको छ, त्यो हेर्दा प्रहरी साथीहरूलाई हुलबाट असुरक्षा नदेखिएको, भीड पनि प्रहरीबाट टाढा जादै गरेको अवस्थामा गोली चलेको देखिन्छ । गोली पनि रबरको नभई घातक राउण्ड, अनि ज्यान नै जाने गरी ताकेर प्रहार भएको देखिन्छ । यसरी अनावश्यक रुपमा प्रहरीले घातक बल किन प्रयोग गऱ्यो, कसको आदेशमा गऱ्यो? भाटभटेनीमा लुटमार गर्नेलाई प्रहरीले प्रकाउ गरी परेड गराइसकेको छ, एक निहत्था नेपालीको ज्यान गएको विषयमा पनि सघन अनुसन्धान होस् र दोषी ठहरिए हदैसम्मको कारवाही होस् । महर्जनको परिवारले अपूरणीय क्षति भोग्नुपऱ्यो, राजावादी आन्दोलन हिंस्रक ठहिरियो र उनीहरू पनि ब्याक फुटमा पुगे यसबाट प्रत्यक्ष फाइदा भने कसलाई भयो यो मननयोग्य विषय छ । शोक सन्तप्त महर्जन र रजक परिवारमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु, दुःखको यो घडीमा हामी तपाईँहरूसँग छौँ This is a security failure!

Sumana

65,385 views • 1 year ago

मैले सोधे नेपाल त फर्कनुभयो अब यहाँ के गर्ने योजना छ? उहाँहरूको उत्तर थियो -- नेपालमै रोजगार हुने वातावरण दिनुस् न। हामीले ५ वर्ष क्याट्रिन गरेर आएका छौं, ६०० जना जति एउटै कम्पनीमा काम गर्थ्यौं, नेपालमा ठूला ठूला होटेल सजिलै चलाउन सक्छौं, तर खै नेपालमा आश छैन, एक दुई महिना परिवारसँग बसेपछि फेरि विदेशमै जागिर खोज्न जानुपर्ने त होला !! यो संवादले निकै संवेदनशील विषयको दर्पण गरेको छ। रोजगारी र अवसरको खोजीमा दैनिक रुपमा सयौं युवाहरूले देश छोडिरहेका छन् भने यसरी कामको contract सकिएर, थप काम गर्ने वातावरण नभएर, वा कुनै पनि कारणले आफ्नो देश फर्कने युवाहरू पनि छन् तर विडम्बना आफ्नै देशमा केहि गरौँ न त भन्नेहरुलाई फेरी विदेश नै जान वाध्य बनाउने हाम्रो सामाजिक, आर्थिक र राजनैतिक प्रणाली बनेको छ। प्रत्येक देशमा रहेको नेपाल एम्बेसीले नेपाली श्रमजीवीहरु कहाँ छन्, कुन अवस्थामा छन्, proper data मेन्टेन गर्ने र कुनै पनि सहयोग र सहजीकरण चाहिएको अवस्थामा भरपर्दो अभिभावकको भुमिका खेल्ने गरी अग्रसर हुनु अनुरोध गर्दछु। साथै, नेपाल फर्किएका युवाहरूले प्रवासमा सिकेर भोगेर देखेर आफू सँगै ल्याएका सिप सिकाई दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्न सक्ने वातावरण बनाउने हो भने उहाँहरू लगायत अरु थुप्रैलाई देशमै रोजगारी सिर्जना गर्न सकिन्छ। #निलो_क्रान्ति #मेरोबिदा_मेरोदेशको_लागि #RSP #देश_बनाऔँ_अभियान #drtoshimakarki #YouthEmpowerment #Employment #WeAreYouth #WeCanGive #Doha #Qatar #USA #nepalinewspaper

Dr.Toshima Karki

23,999 views • 1 year ago

वर्षौँपछि नाटक हेर्न थिएटर पुग्यौँ। सानदार नाटक हेर्नुको आनन्द कुनै स्क्रिनले दिन सक्दैन। अमर न्यौपानेको कृति 'सेतो धरती' पढिएको त थियो नै, तर एउटा शक्तिशाली उपन्यासलाई त्यत्तिकै शक्तिशाली मञ्चीय प्रस्तुतिमा रूपान्तरण भएको यसरी देखेको थिइन। थिएटरको जादु त बेग्लै हुने रहेछ। त्यहाँ 'कट' हुँदैन, 'रिटेक' हुँदैन, कथा र दर्शकबीच कुनै पर्दा हुँदैन। गैह्री धारामा रहेको 'कान्तिपुर फिल्म एकेडेमी' को थिएटरमा मा 'सेतो धरती' हेर्न हामी डा. भगवान कोइराला, डा. बसन्त पन्त, डा. रामकुमार घिमिरे , डा. शंकरमान राई र डा. अर्जुन कार्कीसँग सपरिवार हुल बाँधेर गएका थियौँ। पुरै हाउसफुल थियो। तर हामीले दुई दिनअघि नै अग्रिम बुकिङ गरेका थियौँ। दर्शकदीर्घामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर ठूलो संख्यामा युवाहरू पनि उपस्थित थिए। जीवनमा धेरै किसिमका अनुभव हुन्छन्। तीमध्ये एउटा सानदार, मार्मिक र बिर्सनै नसकिने अनुभव हो 'सेतो धरती' हेर्नु। त्यसैले त यतिका दिनदेखि पनि कान्तिपुर फिल्म एकेडेमी, गैरीधारामा 'सेतो धरती' निरन्तर मञ्चन भइरहेको छ। तपाईं पनि हेर्न जानुभयो भने, हामीले जस्तै त्यो अनुभूति अवश्य गर्न सक्नुहुनेछ। यसमा कयौ सिन यस्ता छन, बिर्सन सकिन्न। नाटक सकिएपछि आयोजकले दुई शब्द बोल्न अनुरोध गरे ... तल राखिएको सानो क्लिपमा अडियो त सफा छैन, तर माहौल महसुस गर्न सकिन्छ ...

Vijay Kumar Panday

17,673 views • 2 months ago