Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

प्रिय साथीहरू, हामी सच्चिनेछौँ, अनि झन् बलियो भएर उठ्नेछौँ। पार्टीका साथीहरूलाई अपिल।

127,345 Aufrufe • vor 11 Monaten •via X (Twitter)

0 Kommentare

Keine Kommentare verfügbar

Kommentare vom Original-Post werden hier angezeigt

Ähnliche Videos

स्वतन्त्रता हामीले सजिलै पाएका होइनौं। त्याग, बलिदान र कयौं पीडादायी संघर्षहरू पार गरेर यहाँसम्म आइपुगेका हौं। हिजो सुरजपुरा पुगेँ, त्यही ठाउँ जहाँ २०४० साल फागुन २० गतेको त्यो दुखद घटना घटेको थियो। त्यो दिन नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला, नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत रुपन्देही जिल्लाका पार्टीका नेताहरू छलफलका लागि यहाँ भेला हुनुभएको थियो। छलफल चलिरहेका बेलामा, त्यसबेलाको सरकारको संरक्षणमा सयौंको संख्यामा आएका हातहतियारधारी गुण्डाहरूले आक्रमण गरे। पार्टीका साथीहरूले नेताहरूलाई जोगाउनुभयो। तर, हामीले हाम्रा दुई कर्मठ साथीहरू यादवनाथ आलोक र रामप्रसाद चौधरी गुमायौं। धेरै साथीहरू घाइते हुनुभयो। हिजो रूपन्देहीको कार्यक्रममा आउँदा सुरजपुराको यो पवित्र स्थलमा पुग्ने मौका मिल्यो। पुष्पानन्द गिरीको परिवारसँग भेट हुँदा, इतिहासलाई महसुस गर्ने र अझ प्रतिबद्ध भएर अघि बढ्ने प्रेरणा लिएर फर्किएको छु।

Gagan Thapa

21,807 Aufrufe • vor 1 Jahr