Loading video...

Video Failed to Load

Go Home

राजसंस्था पुनर्स्थापित भएको खण्डमा पारस शाह उत्तराधिकारी नहुने कुरामा राजा ज्ञानेन्द्र प्रष्ट छन्। र पारस शाहले पनि आफू राजा नहुने कुरा बताइसकेका छन्। Sushant Pradhan सँगको पुरा पडकास्ट यो लिन्कमा:

85,896 views • 3 years ago •via X (Twitter)

10 Comments

Amrit Kr Prasai's profile picture
Amrit Kr Prasai3 years ago

@_Sushantpradhan न पारसे राजा हुन्छ न त ज्ञानेन्द्र ! कति मूर्ख बनाउछौ मानिसलाई ? राजतन्त्र नेपालमा ल्याउनुपर्ने त्यान्द्रो जति पनि कारण छैन । पश्चिमा बुद्धिको पश्चगामी बिचार ।

संवैधानिक राजसंस्था जिन्दावाद !'s profile picture
संवैधानिक राजसंस्था जिन्दावाद !3 years ago

@_Sushantpradhan

only me's profile picture
only me3 years ago

@_Sushantpradhan जो मान्छे आफै एकचोटि पनि सांसद बन्ने हैसियत राख्दैन र कहिले चुनाव जितेको छैन उसले अरूलाई राजा बनाइदिने condifence राख्छ.फेरि एस्तो बकम्फुसे कुरा झन् धेरै confident भएर सुनाउँछ.देशको लागि राम्रो गर्ने सोच्नुस् एउटा परिवारको वंशको चाप्लुसी गरेर केही पाउनुहुन्न.आशा छ सुध्रिनुहुन्छ.

pradeep.bhandari's profile picture
pradeep.bhandari3 years ago

@_Sushantpradhan यसै भएन उसै भएन तपाईं नै राजा बन्ने तरखरमा रहनुस्! देश विदेश घुमेको, BBC मा जागिर खाको, अंग्रेजी जान्ने, कता पल्टिंदा ठिक हुन्छ भनेर कुरिराख्ने! के चाहियो यो भन्दा ज्यादा योग्यता? टुंडीखेलमा लिग्लिग्कोटे दौड आयोजना गरौं, तपाईं दौडिनुस्!खेलै खत्तम!😉

Kandel laxmi's profile picture
Kandel laxmi3 years ago

@_Sushantpradhan जनताको छोरो पावरमा पुगेपछीको उस्को औकात देखियो नागरिता बेचेर बिदेशीको दलाली गरेर देशलाइ धार्मिक द्वन्द्व धकेलेर गेरु बस्त्रशस्त्र धारण गरेर नाङ्गै हिडिरहेको छ ।

Kripendra's profile picture
Kripendra3 years ago

@_Sushantpradhan In scottish referendum- queen didn’t have a right to have a political opinion. The guardian institution means an expensive rubber stamp along side expensive aristocracy known as House of Lords.

অনার্য's profile picture
অনার্য3 years ago

@_Sushantpradhan यस देशको कार्यकारी हैशियतको राजा तर मलाई बनाइयोस्, मेरो पूरा समर्थन रवीन्द्रजी।😂

Yogen Guragain's profile picture
Yogen Guragain3 years ago

@_Sushantpradhan Paras cannot be discriminated against his hereditary rights. He has never been convicted of anything. Rabindra Mishra can be in trouble for saying Paras's rights are violated.

🇳🇵Prakash's profile picture
🇳🇵Prakash3 years ago

@_Sushantpradhan Hello sir! aru nai thar vako lai raja banauna mildaina?

Shree Siwa's profile picture
Shree Siwa3 years ago

@_Sushantpradhan रविन्द्र मिश्रको यो कस्तो कु-तर्क है यहाले कसरी पत्रकारिता गर्नु भएछ त नी? धन्न पत्रकार हुनु भएछ है

Related Videos

जन्मदिनको धेरैधेरै शुभकामना! अब समय आयो जस्तो छ। मेरा लागि राजसंस्थाको पुनर्स्थापना मेरो राजनीतिको एक नम्बरको प्राथमिकता हो। किन? बदलिँदै गरेको विश्व भूराजनीति र दिनप्रतिदिन जटील बन्दै गएको नेपालको आन्तरिक परिस्थितिहरूका माझ हामीले #नवीनसमझदारी मार्फत राजसंस्था पुनर्स्थापना गरेर संविधानको 'ओभरहलिङ' गर्न सकेनौँ भने सुशासन र संवृद्धीको त कुरै छोडौँ नेपालको भविष्य नै गम्भिर संकटमा पर्नेछ भन्नमा म प्रष्ट छु। देशको दीर्घकालीन सुरक्षा र हित कुनै पनि राजनीतिको पहिलो प्राथमिकता हुनुपर्छ। जसरी अनेकौँ कमजोरीका बाबजुद हामी लोकतन्त्र जोगाउनै पर्छ भन्छौँ, त्यसैगरी अनेकौँ कमजोरीका बाबजुद देशका लागि राजसंस्था जोगाउनै पर्छ। यद्दपी, राजाबाट भएको भनिएको गल्ती र राजनीतिकर्मीबाट भएका गल्तीको तुलनै हुन सक्दैन। राजाबाट एउटा गल्ती हुँदा राजनीतिकर्मीबाट सयवटा गल्ती भएका छन् र राजनीतिकर्मीबाट भएका गल्ती राष्ट्रघाती र भावी पुस्ता घाती छन्। राजाबाट भएको भनिएको गल्ती देश र भावी पुस्ता जोगाउनमा केन्द्रित छन्। - संसारकै सबैभन्दा लोकतान्त्रिक मध्येको देश बेलायतले किन प्रत्येक वर्ष अर्बौँ रूपैयाँ खर्च गरेर राजसंस्थाको भव्य तामझामलाई संवर्धन गरेर राखेको छ? - संसारकै विकसित, धनी र लोकतान्त्रिक मध्येका देशहरू बेल्जियम र लक्जेम्वर्गले एउटा घटनामा सार्वभौम संसदले पारित गरिदिएको महत्वपूर्ण विधेयक नै अनुमोदन नगरिदिंदा समेत राजसंस्थालाई किन बचाएर राखेका छन्? - बारम्बार प्रत्यक्ष/अप्रत्यक्ष रूपमा राजनीतिमा हष्तक्षेप गर्ने र अहिले त पृषठभूमी नै खराब भएको राजा भए पनि थाइलण्डले राजसंस्थालाई किन जोगाएर राखेको छ? यस्ता उदाहरण अरू पनि छन्। स्पेन र कम्बोडियाले फालिसकेका राजसंस्था किन पुनर्स्थापित गरे? राजसंस्थाका कयौँ नकारात्मक पक्ष र त्रुटी हुँदाहुँदै पनि माथि उल्लेखित र अन्य कयौँ देशका जनताले राजसंस्था जोगाएका राजसंस्थाले गल्ती गर्दैन, सबै ठिक मात्र गर्छ भनेर होइन, 'देश'को दिर्घकालीन हितका लागि आवश्यक छ भनेर हो। ती जोगाउने सबै जनता सैद्धान्तिकरूपमा राजसंस्थावादी नहुन सक्छन्। तर जब देशको कुरा आउँछ, ती सबैले #विचारभन्दामाथिदेश लाई राख्छन्। प्रशस्त संभावनायुक्त देश हुँदाहुँदै नेपालको यो दुर्गति भएकै #विचारभन्दामाथिदेश लाई नराखेर हो। राजा वीरेन्द्रले भने झैँ राजनीतिकर्मीहरू आउँछन् अनि जान्छन् तर राजाले कम्तिमा १०० वर्षपछिको देशबारे सोच्नु पर्ने हुन्छ। देशका लागि #नवीनसमझदारी र संविधानको 'ओभरहलिङ' बाहेक अब अर्को विकल्प छैन। त्यसका लागि राजसंस्थाको पुनर्स्थापना तथा नवयुवराज हृदयन्द्रको सुस्वास्थ्य, दिर्घायु, ज्ञान, विवेक, अनुशासन, देशभक्ती र राजकीयपन अत्यावश्यक छ। सरकारको २३औँ जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश

Rabindra Mishra

58,247 views • 2 years ago