Загрузка видео...

Не удалось загрузить видео

На главную

२ वटा पुलिस राखेर मलाई पनि ट्याक्टरले खेत जोत्ने इच्छा जागेर आयो ।

23,459 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 10

Фото профиля रोशन शिबाकोटी 🙏
रोशन शिबाकोटी 🙏1 год назад

पुलिस राखेर ठिक गरेछ , नत्र रबिन्द्र पाण्डेले ढुंगाले बझाईदिन्थे भन्ने डर होला ! 😅

Фото профиля bks
bks1 год назад

त्यही हिलोमा घोप्त्याईदेको भए हुन्थ्यो नि ड्राइभर ले😂 ! चटक बढी भयो !

Фото профиля न B न
न B न1 год назад

सेना र प्रहरी (@NepaliArmyHQ @NepalPoliceHQ ) लाई मजाक बनाइदै छ!

Фото профиля keshar
keshar1 год назад

यो झोलेको स्टन बडि भयो।

Фото профиля Puspa Raj Pant, PhD
Puspa Raj Pant, PhD1 год назад

आर्मीले आफ्नो ज्यान जोखिममा किन पारेको होला ?!

Фото профиля 🇳🇵🏔️ओलाङ चुङ गोला🌜️🌿
🇳🇵🏔️ओलाङ चुङ गोला🌜️🌿1 год назад

कुन चाहिँ स्वाँठ हो यो?

Фото профиля प्रदिप तिमल्सिना
प्रदिप तिमल्सिना1 год назад

जुत्त्ता कोट खोलेर कि नखोलि दाजु 😃😃

Фото профиля Manish Kun Aguero
Manish Kun Aguero1 год назад

😂

Фото профиля Bishow Parajuli
Bishow Parajuli1 год назад

What a joke !

Фото профиля The Dark🌑व:
The Dark🌑व:1 год назад

को जिमु हो यो ...??

Похожие видео

पूर्व प्रधानमन्त्री माधव नेपालको यो क्लिप सुन्दै गर्दा मलाई राजा ज्ञानेन्द्रको याद आयो। माधव नेपाल भन्छन्: - स्वाभिमानभन्दा ठूलो कुरा केही हुँदैन। - यो सरकारले अपहेलना गर्छ, वास्तै गर्दैन भने अपमानित भएर बस्नुभन्दा विदेश गएर बस्नु राम्रो। अनि सोचेँ, वास्तवमा राजा ज्ञानेन्द्रचाहिँ स्वाभिमान नभएकै मान्छे रहेछन्। किनभने: एउटा कालखण्डमा नेपालको इतिहासकै सबैभन्दा अपहेलित र अपमानित मान्छे हुँदा पनि र गद्दीबाट हटाइएका संसारका सबै राजाजस्तै विदेशमा गएर बस्ने पूर्ण अवसर हुँदा पनि उनले देश छोडेर गएनन्। त्यत्रो अपहेलना र अपमान कसरी सहेर बस्न सकेको होला? मैले इमानदारीपूर्वक भनेको, स्वाभिमान माधव नेपालबाट सिक्नुहोला, राजा ज्ञानेन्द्रबाट होइन। बाँकी आ-आफ्नो निर्णय।

Rabindra Mishra

29,477 просмотров • 2 дней назад

कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी साथीहरू मलाई निरन्तर फोन/इमेल गरिरहनुभएको छ। अझै परीक्षाको समय निश्चित भएको छैन। आज भोली हुने भनिएका प्रवेश परीक्षाहरू फेरि स्थगित भएका छन्। विद्यार्थीहरू अब केही हुँदैन भन्ने निराशामा छन्। 'सदनमा बोले पनि केही हुँदैन? अब विकल्प के हो?' भनेर पीडित विद्यार्थीहरू सोधिरहेका छन्। परीक्षा ढिलो हुनुमा सत्तारुढ काँग्रेस-एमालेकै विद्यार्थी संघठनहरूको झगडा मुख्य कारण बनेको छ। कसैले पनि यो समस्याको समाधान गर्न चाहँदैन किनभने यसले उनीहरूको ‘भविष्यको राजनीतिक सम्भावना’ अर्थात् ‘गुण्डागर्दी’लाई निस्तेज गर्नेछ। भोली प्रोफेसर पिट्न र विद्यार्थीलाई चिट चोराउन होस् या असुली गर्न तिनै विद्यार्थी सङ्गठन चाहिन्छन्। कोलम्बिया विश्वविद्यालयमा प्रवचन दिँदै हाम्रा प्रधानमन्त्री भन्नुहुन्छ, 'विश्वविद्यालय ज्ञानको मन्दिर हो।' कसैले सोधौँ न हो - किन हाम्रा प्रधानमन्त्रीज्यू अमेरिकामा हुँदा मात्र विश्वविद्यालयलाई ज्ञानको मन्दिरको रूपमा देख्नुहुन्छ? किन नेपालीका छोराछोरी पढ्ने नेपालका विश्वविद्यालयलाई राजनीतिक खेल मैदान बनाउनुहुन्छ? किन विश्वविद्यालयमा राजनीतिक भागबन्डामा आफ्ना आसेपासेहरूलाई नियुक्त गर्नुहुन्छ? किन कलेजलाई ब्यारेक जस्तो बनाएर विद्यार्थीलाई कार्यकर्ता बनाउनुहुन्छ? किन हो यो दोहोरो चरित्र?? प्रधानमन्त्रीज्यूको पाखण्ड र दोहोरो चरित्र छर्लङ्ग छ। प्रधानमन्त्रीज्यू ! तपाईँले विद्यार्थीको पढ्न पाउने हक बन्धक राखेर कृषि औद्योगिकीकरण गर्न सक्नुहुन्न है। न त तपाईँले विद्यार्थी-विद्यार्थीबिच घृणा फैलाएर विश्वविद्यालयलाई ज्ञानको मन्दिर बनाउन सक्नुहुन्छ। खोजेको के हो? के तपाईँ आफ्ना विद्यार्थीहरूका समस्याप्रति चासो राखेर समाधान गर्न सक्नुहुन्न? की समाधान चाहनुहुन्न? शिक्षामन्त्री र गृहमन्त्रीलाई पनि मेरो प्रश्न: विद्यार्थी-विद्यार्थी लडाइराख्नु, पढ्ने-पढाउने माहौल बनाउनुपर्दैन भन्ने प्रधानमन्त्रीको आदेश नै छ कि, तपाईँहरूलाई पनि बालै मतलब नभाको हो?

Sumana

46,665 просмотров • 1 год назад

२०४६ र २०६२/६३ सालको आन्दोलनको झल्को आइरहेको छ! १। अन्य सँगसँगै, राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू पक्राउ परिरहेछन्। त्यो पनि कतिपय नितान्त असम्वन्धित ठाऊँहरूबाट। सबैलाई तुरून्त रिहा गरियोस्। गैरकानूनी गिरफ्तारीहरूको घोर भत्सर्ना गर्दछु। २। बाहिर कारणहरू नभएका होइनन्, तर गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञाले न २०४६ सालमा पञ्चायत बचाउन सक्यो न २०६२/६३ सालमा राजाको शासन बचाउन सक्यो। ३। यो देशको चरम भूराजनीतिक र आन्तरिक संवेदनशीलताका कारण गणतन्त्र यो देशको लागि घातक छ। यसले धेरै वर्षसम्म असर पर्ने गरी समाजको पत्र-पत्रलाई पतित बनाइसक्यो। ४। गणतन्त्र हाँक्नेहरू त सत्यानाशी छँदै थिए। डरलाग्दो कुरा, ती भन्दा बढी सत्यानाशी गणतन्त्र जसरी पनि जोगाऊँ भन्ने नागरिक समाजका अगुवाहरू देखिँदैछन्, जसलाई यो देश ‘ध्वंस’ नै नभइकन जीवनमा खासै असर पर्दै पर्दैन। ५। मेरो आग्रह: अब गणतन्त्र हाँक्ने र त्यसको बचाउ गर्नेहरूले गणतन्त्र घिसार्ने प्रयास नगर्नुहोस्। यसको परिणाम सुखद हुनेछैन। ६। राजा ल्याउँदैमा सबै राम्रो हुन्छ त? भन्नुहोला। राजा आएपछि पनि नेताहरूले ५०० वटा गल्ती गर्दा राजाबाट ५ वटा गल्ती हुन्छ। संसारभरी नै भएका छन्। तर गल्ती भयो भन्दैमा एकले अर्कोलाई निषेध गर्न खोज्ने हो भने, यो देशकै भविष्य संकटमा पर्नेछ। संकटमा पर्ने प्रशस्त संकेतहरू देखिन थालिसकेका छन्। ७। आज नभए भोली, भोली नभए पर्सी अवस्था विष्फोट हुन्छ-हुन्छ। त्यस्तो हुनु अगाबै #शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसमझदारी मा जाऔँ। व्यक्तिगत विचारका खातिर देशलाई र देशका बहूसंख्यक विपन्न जनताको भविष्य संकटमा नपारौँ।

Rabindra Mishra

42,718 просмотров • 2 лет назад

मेरा मित्र सागर प्रसाइँको यो पीडा यता शेयर गर्न चाहेँ । @sagarprasai (बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाईदिनुहोला ।) मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा. ९, बत्तिस पुतली को अरनिको मार्ग मा बस्छु । यही मङ्सिर को ११ गते, म घरबाट बाहिर निस्किदा मेरो घर अगाडीको मूलबाटो मा ठुला ठुला खाल्डा खन्न थालिएका थिए । एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्के । २-३ दिनमा पुरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो । १ हप्ता सम्म पनि म घर को घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट १ दिन पछाडि- कार्य प्रगति हुँदै छ, चाँडै सकिन्छ भन्ने खबर आयो । फेरी काठमाडौँ महानगरपालिकाको हटलाइन मा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिव जीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलि देखि नै हिँड्ने बाटो खुलाउँछौ भन्नुभयो । फेरी प्रगति शून्य । त्यसपछि मैले वडा नं वडा अध्यक्ष लाई सम्पर्क गरे, वहाँले पनि हामी मिलाइहाल्छौँ भन्नुभयो । मेयर साबको फेसबुकमा उपलब्ध नम्बर मा मेसेज गरे, उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो- असुविधाको लागि माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुना बाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालिन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् । म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसाय मार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्‍यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो । त्यस कारण, मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारी ज्यू, जनप्रतिनिधि र सुशासनको ठुला ठुला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री- मेरो यो कुरा सुनेर लाज त लाग्यो होला । त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।

Gajendra Budhathoki ♿

67,933 просмотров • 2 лет назад

भ्रस्टाचारको विषय र यसलाई कसरी रोक्ने ? यो प्रशन नेपालको कुनै बुढा वा युवा भनिने अलि कम बुढा वा युवा नेतालाई सोध्न मलाई अर्थहीन लाग्छ । नेपालका सबैभन्दा ठूला व्यक्तिगत करदाता, उधोगपति, समाजसेवी विजय शाहलाई सोधे । अरु धेरै कुरा सोधे, गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छालाई पनि । आज हामी १० भागको एक मौलिक प्रकृतिको भिडियो सिरिजको पहिलो झलक (First Look) जारी गर्दैछौ । म अहिले मेगन नाल्बोलाई सम्झदै छु, जस्ले पहिलो लन्च भेटमा मलाई भनिन – ‘Vijay , you are bleeding with judgements (तिमी हरेक विषयमा तत्काल फैसला दिदै छौ )। मैले पनि उनलाई हाई टेम्पप्रेचर मा जवाफ फर्काए । त्यसको धेरै समय पछी, एक दिन उनले शान्त भावले भनिन ‘ Vijay,I think both of us need to take a pause .’ (हामी दुबै एक पटक थामिएर हेर्न जरुरी छ ।) ‘ बिस्तारै म यो सिरिज बनाउने विषयमा सोच्न थाले । कयौ विषय छन , जस्लाई हामीले नया आंखाले हेर्न नै बाकी छ। एक दिन, मैले बर्षौ काम गरेका क्यामेरापर्सन मित्र सुरेश र प्रबोधलाई फोन गरेर - ‘ अब हामीसंग क्यामेरा छैन , स्टुडियो पनि छैन । तर फोन त छ नि । के तिमीहरुले मोबाईल फोनमा स्मरणीय सिरिज खिच्न सक्छौ ? विषय शानदार छ , चुनौतीपुर्ण छ । ’ उनीहरु तैयार भए , फुर्सतको समय निकालेर अलि अलि खिच्ने गरी । अस्ति सांराश बिदामा आयो। उ कुनै प्रोफेसनल क्यामेरापर्सन होइन । सामान्य बिधार्थी हो । तर युवा पुस्ताको कौशल देखेर म चकित भए .. उस्ले आजै बिहान फुलचोकी रोडमा मेरो इन्ट्रो खिच्यो । त्यस पछी सुरेस , प्रबोध र संजयको कामलाई फाइनल एडिट गर्यो । अनि माइक्रो बस चढेर पुराना साथी भेटन हिड्यो .. यो सिरिज सम्झन लायक बनाउने हाम्रो कोशिस रहनेछ ..

Vijay Kumar Panday

16,422 просмотров • 11 месяцев назад

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर। सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणीत भए तिरौला पनि।यत्रो ऋणको लिनेलाई नै कुनै अत्तो पत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ। ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र? हिजो सम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर-छिमेकीलाई डिस्टर्ब हुन्छ। भिडियो हेर्नू होला।

Rabi Lamichhane

170,575 просмотров • 2 лет назад

राजा ज्ञानेन्द्रलाई भारतले रक्षा मंत्रालय, परराष्ट्र मन्त्रालय र २० लाख भारतीय लाई नेपाली नागरिकता दिनू पर्ने माग राखेको र राजा ज्ञानेन्द्रले त्यसलाइ अस्वीकार गरेपछि देशमा गणतंत्र आयो र देश बाट राजसंस्था गयो, देश धर्म निरपेक्ष भयो। २०४६ माघ ५, ६ र ७ मा चाक्सीबारीमा भएको चन्द्र शेखरको भेलाको मुख्य कारण पनि राजा वीरेन्द्रको देश प्रेम नैं थियो। राजा वीरेन्द्र लाई भारतले रक्षा मंत्रालय, परराष्ट्र मन्त्रालय र २० लाख लाई भारतीय लाई नागरिकता दिनू पर्ने माग गर्दा उक्त माग अस्वीकार गरेपछि देशमा प्रजातन्त्र स्थापननाको नाममा बिस्तारै राजा वीरेन्द्रको वंश नास भएको हो। राजा सँस्था र राजाहरूका आफ्नै कमी कमजोरी होलान तर राष्ट्रप्रेमको हकमा अहिले सम्म राजा जति अरु कुनै नेता खरो उत्रन सकेका छैनन। जनसत्ता, धर्मसत्ता, राष्ट्रसत्ता र राजसत्तालाई सुव्यवस्थित प्रणालीमा कायम गर्नु नै वैदिक शासनको प्रमुख उद्देश्य हो । ई ४ सत्तालाई सुरक्षित राखेर रचनात्मक कर्मद्वारा मात्र देशको विकास समृद्धि हुन्छ।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

18,859 просмотров • 1 год назад

हेर्नोस् गगनजी, तपाईँको शुभचिन्तक हुँ। मेरो बाँकी जिन्दगी 'राजसंस्था'को वकालत गर्दैमा र तपाईँको बाँकी जिन्दगी 'प्रचण्डतन्त्र'को बचाऊ गर्दैमा बित्ला जस्तो छ। तर मान्नोस् या नमान्नोस्, प्रचण्डतन्त्रको ज्योति रास्वपाले पक्डिसक्यो र संभवत: अब त्यो तपाईँको हातमा आउँदैन। वीपीपथमा कांग्रेसलाई लानु भएन भने, ल बाजी राखौँ, तपाईँको भाग्य ठिक ठाउँमा आउँदै, आउँदैन। यस्तै इमोशनल भाषण दिएरै तपाईँको जिन्दगी जान्छ। अनि नि, तपाईँ लगायत धेरैले पञ्चायति हिंसाको खुब कुरा गर्छन्। मलाई एकथोक भनिदिनोस् न: १। पञ्चायतको ३० वर्षमा "राजनीतिक कारण"ले कतिजनाको हत्या-हिंसा र विस्थापन भयो? २। अनि प्रजातन्त्र-गणतन्त्रको ३५ वर्षमा "राजनीतिक कारण"ले कतिजनाको हत्या-हिंसा र विस्थापन भयो? तुलना हुन्छ? मैले पञ्चायतको अप्रजातान्त्रिक चरित्रको कहिल्यै बचाऊ गरिन। तर म पञ्चायतलाई दानवीकरण र बहूदलकाललाई देवत्वकरण गर्ने पक्षमा पनि छैन। तपाईँजस्तो नेताले विषयलाई सही पृष्ठभूमी र सही तथ्यमा राख्नुपर्ने हुन्छ।

Rabindra Mishra

25,528 просмотров • 1 месяц назад

~ थापालाई माओले भनेका २ कुरा ~ २००७ सालको क्रान्तिबाटै नेपाली राजनीतिमा होमिएका ९८ बर्षीय पाका नेता विश्वबन्धु थापाको निधन भएको छ । उनको आठ दशक लामो राजनीतिक जीवन निकै उतारचढावपूर्ण छ, त्यसैले त्यसबारे त मेरो भन्नु केही छैन । तर उनी अनुभवको खानी भएकाले मलाई 'भिक्षु, व्यापार र विद्रोह' पुस्तकका लागि शोध गर्दा निकै मद्दत मिलेको थियो । उनीसँग घण्टौं कुराकानी गर्ने अवसर पाएको थिएँ— २०७६ माघमा । तत्कालिन राष्ट्रिय पञ्चायतको अध्यक्षका हैसियतमा २०२० सालमा चीन भ्रमणमा जाँदा थापालाई चिनियाँ नेता माओ त्सेतुङले भनेका दुइटा कुरा अझै सम्झनामा आउँदो रहेछ । एक— ५० बर्षसम्ममा हामी नेपालको सीमानासम्म रेल पुर्‍याउँछौं । ठ्याक्कै सीमामै नआएपनि, ताप्लेजुङभन्दा अलि माथि सिगात्सेसम्म त्यो आइपुग्यो । अर्कोचाहिं— थापाले ‘हामी त सानो देश हौं’ भन्दाखेरी माओले उनलाई रोक्दै, छेउमै आएर ‘त्यसो नभन्न’ सम्झाएका रहेछन् । अनि भनेका थिए रे, ‘तिमीहरु त गौतम बुद्धको देश हो । बुद्धले हामीलाई धेरै कुरा दिएका छन् । तिमीहरुले कलाको क्षेत्रमा पनि हामीलाई योगदान दिएका छौं ।’ त्यसबखत माओले यूरोपको सानो, भूपरिवेष्ठित मुलुक लक्जेम्बर्गको उदाहरण दिदैं नेपाल पनि त्यस्तै ‘हिरा’ हो भनेर अर्थ्याएका रहेछन् । ‘छेउछाउका दुइटा ढुंगाको आकार ठूलो भएपनि बढी महत्व हिराकै हुन्छ, त्यसैले नेपाल सानो छ भनेर नसोच्नु,’ उनले चीन र भारतबीच हाम्रो अवस्थितीलाई औंल्याउँदै यसरी फुर्क्याएका पनि रहेछन् । माओको शव्द ठ्याक्कै यही नहुनसक्छ, तर आशय यस्तै रहेछ । इतिहासमा आउनुपर्ने यस्ता थुप्रै रोचक संस्मरण थिए थापासँग । अब त्यो सम्झनामै बाँकी रहने भयो । हार्दिक श्रद्धाञ्जली 🙏🏻

Sudheer Sharma

11,672 просмотров • 5 месяцев назад

मैले त चुनाव हारेँ तर जित्ने नेता यस्ता नहुन्! “यस्तो सम्मान र स्वागत अमेरिकाको राष्ट्रपति आउँदा एकपटक देखिएको थियो, त्यसपछि कहिल्यै देखिएको थिएन। अहिले नेपालको प्रधानमन्त्री आउँदा देखियो भनेर मलाई भारतीय नेताहरूले समेत भने।“ प्रधानमन्त्रीले संसदमा त्यसो भन्दा धेरै सांसदले ताली पनि पिटे। के बोल्ने थाहा छैन। के नबोल्ने पनि थाहा छैन। तर चुनाव जितेको जित्यै छन्। प्रधानमन्त्री भएको भएकै छन्। देशको प्रधानमन्त्रीको यो र यस्तै स्तरका टिप्पणीहरू हेरेर विदेशीहरूले के भन्ठान्दा हुन्! “औपचारीक भ्रमण”लाई “राजकीय भ्रमण” भनेर प्रधानमन्त्रीको कार्यलयकै ट्विटरमा लेखिँदा के सोच्दा हुन्। एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भ्रमण गर्दा महिनौँदेखि त्यसको सार्वजनिक चर्चा अनि प्रधानमन्त्रीकै तहबाट बारम्बार भ्रमण “ऐतिहासिक” हुन्छ, कुन्नी के, के हुन्छ भनिरहेको देख्दा कति छक्क पर्दा हुन्। परराष्ट्रजस्तो विश्व राजनीतिमा अत्यन्तै महत्वपूर्ण मन्त्रालय हाँक्ने एकपछि अर्को मन्त्रीहरूको स्तर देखेर के भन्दा हुन्। हाम्रो भ्रमण दलका सदस्यहरू ठाऊँ-कुठाऊँ मोबाइलमा फोटो र सेल्फी खिचेको देख्दा कति हाँस्दा हुन्। अनि यिनलाई बाटोमा दुईवटा गलैँचा ओछ्याएर केही महिला नचाउँदा “गज्जबको स्वागत” नलागे, कसलाई लागोस्? यिनीहरू यही स्तरको स्वागतका लागि योग्य छन् भन्ने संभवत: host (आतिथेय) राष्ट्रले पनि बुझिसक्यो। विश्व राजनीति हाँक्ने देशका नेतालाई हाम्राजस्ता नेताबाट “चाहेको कसरी लिने र बदलामा आश्वासन कसरी दिने” भन्ने थाहा नहुने कुरै भएन। अझ पाराकाष्ठा त के भने, हाम्रा नेता र भ्रमण टोलीमा “सात वर्षअघि नै दिने समझदारी भएको १५ वटा राँगो, प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणमा लिनु उपयुक्त देखिँदैन, यसलाई पछि गरौँ” भन्नेसम्म बुद्धी देखिएन। मैले दुई दिनअघि लेखेको थिएँ, “राष्ट्र र राज्यका रूपमा हाम्रो benchmark (स्तर-तह) यति तल झरिसक्यो कि अब त्यसलाई उठाउन धेरै कठिन छ।“ जनताले पत्याएनन्, मैले त चुनाव हारेँ -- ठिकै छ। तर यस्तो स्तरका नेताले चुनाव नजितुन्! (भिडियो:

Rabindra Mishra

95,275 просмотров • 3 лет назад

यतिका दिन पछी पनि मुगलिङ नारायणघाट खण्डको सिमतालमा पहिरोमा बगेका बस फेला परेका छैनन । हाम्रो प्रार्थना ती बसमा रहेका र तिनको परिवारजनका साथमा छ । म बुझ्न सक्छु उनीहरुको पिडा । किनभने मैले त्यसतै खालको बेदना कतिब ३७ बर्ष अघि नजिकबाट महसुस गरेको थिए । पृथ्वी राजमार्गको जोगीमारामा एउटा यात्रुबाहक बस खसेर त्रिशुली नदीमा खसेको थियो ।कयौ दिनसम्म न यात्रु फेला परे न बस । ती दिनमा हामी नेपाल टेलिभिजनका लागी काम गर्थ्यौ । मोबाइल दुनियामा आएकै थिएन । जोगीमारा करिब ९१ किलोमिटर पर्छ काठमाण्डौबाट । क्यामेरापर्सन एवम मेरा मित्र लक्ष्मण उप्रेती भोर बिहानीको अन्धकारमा काठमान्डौबाट निस्कन्थ्यौ । दिउसो बस खोजीका समाचार खिच्थ्यौ । राती दौडादौड गरेर काठमाण्डौ फर्कन्थ्यौ । छायाङकन, एडिटिङ उपकरण अहिलेको तुलनामा धैरै अपठ्यारा र भारी हुन्थे । नेपाल टेलिभिजनमा राती प्रसारण भए पछी हामी मुश्किलले निदाउथ्यौ ।किनभने भोली पल्ट बिहान ४ बजे फेरी जोगीमारा तर्फ लाग्थ्यौ । एवम क्रमले तिन चार दिन बिते । एक रात चाही हामी नसकेर त्यतै बास बस्यौ । हुन त जोगीमाराको दुर्घटाना अघि र त्यस पछी पनि बस दुर्घटना भै नै रहे । तर टेलिभिजनमा प्रसारण भएको यो 'जोगीमारा रिपोर्टहरु' ले सबैको ध्यानाकर्षण भयो । त्यस अवस्थामा संम्बन्धित निकाय सबैलाई छिटो काम गर्न दबाब पनि भयो । हामीलाई लाग्छ नेपालको टेलिभिजन रिपोर्टिङ ईतिहासमा यो रिपोर्टिङ एक कोशे दुङा थियो । मैले जीवनमा धेरै बिषयमा स्थलगत रिपोर्टिङ गरे , कार्यक्रम बनाए । कुन विषयमा रिपोर्टिङ गरे भन्नु भन्दा पनि , कुन बिषयमा गरिन भनेर सोच्ने पर्ने हुन्छ । कालान्तरमा मैले आफ्नो पहिलो किताब खुसी मा यसरी लेखे ; सिसुवा बेलहीमा झुपडी जलेर सारा गाउ खरानी भएको समाचार आयो । पाकेको भात छाडेर राति आठ बजेक्यामरापर्सन विमल राणाका साथ त्यो गाउँ खोज्दै मधेसतर्फ हानिएँ । विमलले चलाएको हाइस्पिड कार पन्चरभएर पल्टियो । आगलागीको समाचार खिच्न गएका हामी आफैं झन्डै खरानी भएका ! पृथ्वी राजमार्गको जोगीमारा भीरबाट गुल्टेर एउटा बस वर्षायामको त्रिशुलीमा कता हो कता हरायो । मानिसकोलाससमेत फेला परेन । म तीन दिनसम्म बाढीले उर्लेको त्रिशुली नदीमा कहाँनेर फेला पर्छ भनेर जलप्रवाह हेरेर बसें। दृश्य खिच्ने र रिपोर्टिङ गर्ने ठाउँसम्म पुग्न हामीलाई डोरीको सहारा लिनुपथ्र्यो । तीन दिन भीरमा बसेर बगेकोपानी हे¥याहे¥यै गरेपछि, कैयांै दिनसम्म मलाई जुन बेला पनि रिङटा लाग्ने भयो । नेपालीले बस फेला पार्न नसकेपछि बङ्गलादेशबाट गोताखोर ल्याइए । नदीमा पस्नुअघि शरीरमा तेल र मुहारमाफूर्ति लगाए बङ्गाली गोताखोरले । पानीमा पसेका मात्र के थिए, त्रिशुलीको भेलले तिनलाई बगाएर आधाकिलोमिटर पर थचारिदियो । ‘यो बङ्गालको जस्तो सजिलो पानी होइन’ भन्दै लजाए गोताखोर । फेरि पानीमा पसेनन् । आगो, पानी, भुइँचालो मात्र होइन शीतलता, न्यानोपन र करूणाका भावनासित पनि टेलिभिजनले मलाईनजिकैबाट परिचय गरायो । तीन दशकमा मैले कुनकुन विषयको कार्यक्रम गरें भन्नुभन्दा, कुन विषयको पो गरिनँभनेर सोच्नुपर्ने हुन्छ । ‘जीवनलाई चारैतिरबाट हेरें, आगोमाथि पनि मैले नाचिहेरें’ भन्ने गीत गाउँदै हिँड्थें म । ' आज दसकौ पछी फर्केर हेर्दा हामीले बिताएका ती सुखद र दुखद दिनहरुको याद ताजा भएर आउछ । मैले यु मैटिक लो ब्यान्ड क्यामेरा युगबाट काम सुरु गरे । भारी गरुङा क्यामेरा हुन्थे । आज क्यामेरा युनिटको जुन भार हुन्छ , तीभन्दा दसौ गुना भारी , अपठ्यरा , असजिला थिए । तर ती भारी , अपठ्यरा र असजिला क्यामेरा र एडिटिङ मसिनहरुबाटै , हामीले नेपाली टेलिभिजन इतिहासको , नेपाली श्रव्यद्रश्य इतिहासका कतिपय कायजयी क्षणहरुलाई क्मारेरामा कैद गर्यौ । म कृतज्ञ छु मेरा सबै प्राविधिक मित्रहरु प्रति , जसले हामीले बिताएका तिता वा मिठा वा पट्यारलाग्दा तिनै थरि सम्झनालाई सदाका लागी जीवन दिए ।

Vijay Kumar Panday

45,790 просмотров • 2 лет назад

धन्यवाद र बाई बाई USAID ! नेपालका ३ छिमेकी छन । २ स्थल छिमेकी , भारत र चीन । र एउटा आकासबाट जोडिएको छिमेकी देश । अमेरिका संसारका सबै देशको - आकास छिमेकी हो । नेपाल जस्तो भुअवस्थिति भएको देशको त हुने नै भयो । भनिन्छ , भारत र चीनमा नजर राख्न नेपाल सबैभन्दा सस्तो ठांउ हो । अपवाद बाहेक प्राय नेपालीका लागी ( चाहे उ माओवादी होस वा एमाले वा जेमाले वा कांग्रेस वा राजावादी वा घोर प्रगतिशील वा घोर लेफ्टमाण्डु वा अन्य जेसुकै .. ) अमेरिका भ्रमण वा निवासनको मौका ठूलो आकर्षण हो । यही आकर्षण र केही अन्य कुरा – अमेरिकाको Soft power का श्रोत हुन । अमेरिकाले दिने प्रत्यक्ष अनुदान , सहयोग त छदैछ , उस्ले बहुराष्ट्रिय एजेन्सीहरु मार्फत पनि आफ्नो शक्तिको महसुस बेलाबखतमा गराइ रहेकै हुन्छ । राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु हुने बित्तिकै गरिएका निर्णय मध्ये एक – USAID बन्द गर्ने निर्णय पनि हो । हामी अमेरिकी जनताको पैसाले चल्ने ख्यातिप्राप्त Hubert Humphrey छात्रवृतिमा पढेका हुनाले हाम्रो सानितिनो दायित्व बन्छ – आत्माका लागेको कुरा निर्भय भन्ने - अमेरकी सरकार, त्यसका राजदुत , दुतावासलाई र सरोकारवाला सबैलाई । म व्यक्तिगत रुपले राष्ट्रपति ट्रम्पको ठूलो समर्थक नभए पनि , पछिल्ला कतिपय बर्ष देखी उनको राजनैतिक उत्थानमा , उनले अमेरिकी जनताको बहुमत हिस्साबाट पाएको समर्थनको कारण बुझ्न सक्छु । म उनको बिरोध गर्नेहरुलाई पनि बुझ्न सक्छु । आफ्ना तमाम कमीकमजोरीका बाबजुद अमेरिकी लोकतन्त्रको सुन्दरता हेर्नुस न – त्याहको एक धनी उघोगपति एलेन मस्क – खुलेआम आफ्नो राष्ट्रपतिका नीतिको बिरोधमात्र गरिरहेका छैनन , नीजि स्तरमा नै ओर्लिएर तथानाम भन्दै छन । यति गरेर पनि मस्कलाई थुनिएको छैन , न उस्का बिरुद्द कुनै सरकारी जांच एजेन्सी लगाइएको छ, राष्ट्रपतिको बिरोध गरेको भोलीपल्ट देखी । न उनी भयातुर देखिन्छन । के हामी नेपालमा- कुनै नामी उघोगी व्यापारीले खुलेआम सरकारका आर्थिक नीतिको खुलेआम बिरोध गर्ने र सत्ताधारी मुखियाको नैतिक आचरणबारे प्रशन उठाउने स्थितिको कल्पना गर्न सक्छौ ? अमेरिकामा त्यो साहस ( वा दुस्साहस ) गर्न सकिन्छ किनभने अमेरिकी संविधान कागजको खोस्टा होइन । अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशहरु आफुलाई भर्ना गर्ने नेताको ‘राजनैतिक दाम्लोवाद’ ले बांधिएका हुदैनन । न त्यहाका संवैधानिक जांच एजेन्सीलाई कुनै नेताले सजिलै मनलाग्दो तरिकाले घुमाउन सक्छ । अमेरिकी करदाताको पैसा , व्यर्थका काम नलाग्ने कतिपय प्रोजेक्टहरुमा फ्याक्ने गर्ने बानी परिसकेको थियो USAID मा काम गर्ने कयौ स्टाफहरुलाई । यिनीहरुले - सपनामा पनि सोचेका थिएनन , एक दिन बिहानै USAID को - रवाफ र कबाब मात्र होइन साइन बोर्ड समेत गायब हुनेछ । अमेरिकामा मलाई मेरो प्राध्यापकले सिकाएका कुरा मध्ये , एउटा हो – ‘कुनै पनि बिषयलाई , एक पक्षिय नभएर , त्यसको बहुआयामिकताका हिसाबले हेर्नु । सिक्काको दुबै पाटो हेर्नु । जीवनमा अनुग्रहित हुन सिक्नु । ‘ ओरालो लागेको मृगलाई खेदेर बहादुरी प्रदर्शन गर्ने काममा मेरो बिश्वास कहिल्यै भएन । विश्वास त मलाई यो पनि छैन कि – जुन मृग ओरालो लाग्यो, त्यो गज्जब थियो । न म यो कुरा स्विकार गर्न तैयार छु कि - नेपालमा USAID जे जति गर्यौ सबै खराबै गर्यो । सिक्काको दुबै पाटा हेर्नु पर्छ भनेको यही हो । USAID ले अमेरिकामा के गर्यो ? दुनियामा के गर्यो ? उनीहरु नै जानुन । तर यस्ले नेपालमा केही राम्रो काम पनि गर्यो र केही अर्थहीन काम पनि गर्यो भन्न संकोच मान्नु पर्दैन । तर आजको दिनमा, त्यसका स्टाफहरु (ex) वा एनजिओहरु वा बिकासे बोदिकहरुको मौन देखेर छक्क परेको छु । यसरी चुपचाप छन , यति सुनसान छन, मानौ युएसएडले उनीहरुको जागीरमात्र होइन जिब्रो र विबेक नै लिएर गयो । मानौ युएएडले नेपालमा राम्रो केही गरेन । जे जति गर्यो खराबैमात्र गर्यो ! यति धेरै रक्षात्मक र सुनसान चुपचाप पनि हुनु पर्दैन बन्धु-वान्धवीहरुले । USAID गरेका राम्रा कामलाई राम्रो भन्दैमा अमेरिकी किताबखानामा रेकर्ड खराब होला भनेर सुनसान हुनु पर्दैन ! अमेरिकी सरकारभन्दा दस गुणा बढी अमेरिकावादी हुनु पर्दैन हो , आलोचनात्मक चेतवाला बन्धुबान्धवीहरु ! म अनुमान गर्छु कि - राष्ट्रपति ट्रम्प वा बिदेशममंत्री रुबियो वा राजदुत डीन थम्पसन यति अनुदार पनि छैनन कि हामी ती केही असल कामका लागी पनि अमेरिकी जनतालाई Thank you भन्न पनि डराऔ । एक यस्तो आभार जस्को उनीहरु हकदार छन । यति भन्यौ भन्दैमा रेकर्ड बिग्रन्न होला । बिग्रे बालै फरर :)  USAID ले गरेका केही कामका सम्झन लायक छन । जस्तै – नेपालको तराई मधेशमा औलो ( मलेरिया ) हटाउने काममा अमेरिकी सहयोग नियोगका सयौ र हजारौ नेपालीले गरेको अपुर्व योगदान । मेरो नजरमा सन १९५८ मा अमेरिकी सहयोग नियोगले सहयोग गरेको औलो उन्मुलन कार्यक्रम नेपालको इतिहासमा एक युगान्तकारी कोशे ढुङा थियो । त्यो परियोजनाले खनेको जगको परिणामस्वरुप आज - तराई मधेश क्षेत्र नेपालको अन्न ढुकुटी भएको छ । उघोग, व्यापारको केन्द्र भएको छ । आधा जनसंख्याको निवास भएको छ । राजा महेन्द्रको अमेरिका भ्रमणका दौरानमा भएको एक सम्झौता अन्तरगत यो कामको सुरुवात भएको थियो । नेपालमा औलो युगका साक्षी मल्लु महतोलाई २३ बर्ष अघि वृतचित्रका लागी सौराहमा भेटदा उनको उमेर ९५ बर्ष थियो । त्यस पछी, उनी थप ९ बर्ष बांचे । दुइ महिना अघि उनका छोरा गिरीधारीसंग सौराहमा नै भेट भयो । उनलाई, हामीले उनका पिताजी मल्लु महतोको त्यो भिडियो क्लिप देखायौ , जो यहा तल पोस्ट गरिएको छ । यो भिडियो , ती सबै अमेरिकी जनताप्रति हाम्रो कृतज्ञताको प्रतिक हो , जस्ले , तराई मधेशबाट औलोको महामारी उन्मुलन गर्न सघाए । एक नया युगको थालनी गर्न सघाए । मलाई लाग्छ , नेपालमा USAID ले कयौ अर्थहीन काम गर्यो र केही गज्जब काम पनि गर्यो । Anyways guys , अन्त्यमा हामी सबै कथा बन्छौ , केही खराब कामका कथाहरु , केही असल कामका कथा । असल काम , जस्तै यो भिडियोमा हेर्न सक्नु हुन्छ … Now English translation of my feelings for an american friend , a fulbright alumni , who asked me ' Vijay , What you think about USAID closure in Nepal ? Was is all bad and no good ? Why so much of silence ? ' I wrote this piece for my friend - 'Thank you & Bye Bye USAID in Nepal ! ' Nepal has three neighbors. Two of them connected by land and the third one is our sky neighbor. America is the sky neighbor to almost all countries in the world. It is a fact , true till this date , that - America is there , whether someone likes it or not . For a country with a geo- strategic location like Nepal, USA is and shall remain slightly more than just being here. Nepal is the perhaps the cheapest place from where you can keep an eye on China and India. On our part here in Nepal - Be it a so called Maoist or Royalist or communist or democrat or fake democrat or fake liberal or fake progressive or a almost free thinker – almost all of us dream of going to America for different purpose ! Our secret or openly expressed infatuation with America was ( perhaps , still is to some extend ) one of the strength of US soft power. One of the earliest decision , President Trump took after his re-election was to close down USAID. I was not unhappy at all with the decision despite the fact , if it was not for American Taxpayer funded education programs like Fulbright and Hubert Humphrey Fellowship , people like me would not be able to attend the prestigious universities like Syracuse and UC Berkely. I feel, since a part of my life education came from US taxpayers money , I have a some obligations to express my views very frankly to them and my fellow countrymen . I am not a great fan of President Trump but I can understand the reasons behind the support he garnered among the majority of the voters in USA. I can understand his opponents as well as those who supported him during the presidential elections and are still continuing to do so though few powerful ones like Elon Musk have falling apart from the camp. This morning I was lazily glancing my old video files . I stopped at a video we made around 23 years back . This video has become very relevant now, after USAID has been shut down in Nepal , like everywhere else. In many ways the decision to pull the USAID shutter down in Nepal is not a bad decision. Though unfortunate for some, this also provides a silver lining to the US government and US embassy in Nepal for some serious introspection, readjustments of policies and the review about the burden of a redundant manpower stacked inside the American compound in Kathmandu and elsewhere. USAID closure in Nepal can also be taken as a boon in disguise in long term for government of Nepal , as we are gearing up for the upgrade from LDC status. It’s time to hit the reset button. It’s was shock for many, especially those, uttering same old comfort phrases, since ages, such as empowerment and capacity building etc. type phrases. They never imagined – USAID shutters will roll down so quickly, so abruptly. While saying so, we must admit that sudden and abrupt departure of USAID should not undermine some of the good works they did (or were doing) in Nepal. That will not be fair on them despite their shortcomings. I don’t believe in cursing a fallen body. Neither I am ready to believe that USAID was all bad and no good. In my limited reading USAID did some good in the past decades and wasted a lot in social engineering hot hair projects, in recent decade. Someone told me that about 400 NGOs and quite a few INGOs in Nepal are going to be affected by the closedown of USAID. It’s a huge number yet there is such a dead silence on part of people who were supposed to be empowering others and who were claiming to be the voice of the voiceless. What they say now ? Why such a dead silence ? Have we lost all the voice while serving the voiceless ! Such a big building fell and yet no sound at all ! Why so much of silence on part of people who were so outspoken ? I don’t think , they need to be this defensive and dumb, as they have recently become. Common guys , give some voice to yourself ! Don’t be so scared to mention some good work USAID might have done in Nepal. There must be few examples . Or was it all hot air ? We don’t have to be more pro Americans than the US government itself is. I don’t believe President Trump or Secretary Rubio or even US ambassador in Nepal Dean Thompson would spoil your records in their files just because you opened your mouth about something nice USAID did for the people of Nepal at some given juncture of our history . As USAID packs its back , I want to say a big - ‘Thank You’ to the people of America who came to Nepal in 1958 and started one of the most impactful project Nepal has seen to this date. This project was - Malaria eradication project. It changed everything in the lives of Terai-Madesh and on the whole Nepal in one way or other. About 22 years back I did a documentary. Pictures speak louder than words. Mr. Mallu Mahato of Chitwan was 95 year old when we filmed this. He lived 9 more years after this documentary was filmed . Two months ago, I visited Chitwan with a friend. I felt nostalgic to meet the Mr Giridhari , son of Mallu Mahato. I showed him the documentary clips about life and times of his father ! Here , I am sharing same video clip with a big – ‘Thank You Guys’ from the people of Nepal to the people of USA … What moves on is life …. at the end we all become stories , some bad ones and some good ones like this one in video … K P Sharma Oli Secretary Marco Rubio U.S. Ambassador Dean R. Thompson

Vijay Kumar Panday

23,834 просмотров • 1 год назад

बीकानेर का भोजास गाँव….!! राजलक्ष्मी राजपुरोहित अपनी माँ के साथ खेत पर रहती थी खेत ठेके पर दिया हुआ था, तीन मज़दूर काम सँभालते थे.. 3 दिसंबर की देर रात को मज़दूरों ने साज़िश के तहत राजलक्ष्मी की माँ को चाय बनाने को कहा.. माँ ने देर रात्रि का हवाला देते हुए चाय बनाने से मना कर दिया… मज़दूरों ने बार बार चाय की इच्छा जताई तो माँ ने चाय बनाकर बेटी के हाथों चाय भिजवाई… बेटी चाय लेकर गई तो मज़दूरों ने उसे दबोच लिया… कुछ देर बाद बेटी की चीखें सुनकर माँ भागी भागी गई… वहाँ मज़दूरों ने बेटी को दबोच रखा था, माँ ने प्रतिकार किया तो मज़दूरों ने बेटी को पानी से भरी डिग्गी में फेंक दिया… तीनों मज़दूर माँ के साथ धक्कामुक्की करके फ़रार हो गए… माँ की चीखें सुनकर आस पड़ोस के लोग जमा हुए डिग्गी तोड़कर पानी बाहर निकाला.. लेकिन तब तक राजलक्ष्मी की मौत हो चुकी थी… शव को PBM बीकानेर मोर्चेरी में रखवाया… पुलिस पर आरोप है कि पुलिस ने सामान्य केस दर्ज कर जाँच शुरू कर दी थी… मामला बढ़ा, लोग जमा हुए फिर दबाव बढ़ता देख पुलिस ने बलात्कार और हत्या का केस दर्ज किया…

kapil bishnoi

40,126 просмотров • 7 месяцев назад