
Dr.Toshima Karki
@ToshimaKarkiDr • 54,690 subscribers
Member of Parliament, Lalitpur-3 | General Surgeon & Doctor | Former State Minister for Health | Former Executive Member, Nepal Medical Council
Shorts
Videos

ललितपुर को नख्खु खोलाको यो घरको छतमा घण्टौंसम्म उद्धारको लागि पर्खिए पछि बाढीले बगाएका पाँचजना मध्ये उद्धार गरिएका राज शाह, राजु शाह र मेघ्ना शाहलाई पाटन अस्पतालमा भेटी चिकित्सकहरूसँग स्वास्थ्य अवस्था बुझेका छौं। ६ वर्षीय मेघ्ना शाहको शरीरको तापक्रम सुरुमा निकै कम रहेको थियो। राज शाह र राजु शाहको शरीरमा केही घाउचोटहरू लागेका छन्। हाल सबै सामान्य स्वास्थ्य अवस्थामा हुनुहुन्छ। अश्रुधारा बगाउँदै उहाँहरुले भन्नुभयो हामी घण्टौंसम्म गुहार गुहार मागिरहेका थियौ तर कोही आएन। बाढीले बगाइसकेको अवस्थामा आफ्नो ज्यानको जोखिम राखेर उहाँहरूको उद्धार गर्नुभएका युवा साथीलाई सम्मान भन्न चाहन्छु। सँगै बेपत्ता हुनुभएका सेतु शाह र देवराज कार्कीको खोजीकार्य जारी छ। जिल्ला प्रशासन कार्यालय सँग समन्वयमै छु। फेरि भन्छु। पूर्व तयारी, जोखिम नक्सांकन, द्रुत प्रतिकार्यको हाम्रो प्रणालीलाई सुधार्न नितान्त आवश्यक छ। यस्तो बेला सबैले एकअर्कालाई सकेको सहयोग गर्नुहोला। #DisasterResponse #Lalitpur
Dr.Toshima Karki192,398 görüntüleme • 1 yıl önce

नर्सहरुमा हुने गरेको श्रम सोषण र विदेश पलायन समस्याको एक समाधान
Dr.Toshima Karki141,397 görüntüleme • 3 yıl önce

भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएको Gen-Z को आवाजसँग हाम्रो स्पष्ट ऐक्यबद्धता रह्यो।सुशासनको माग कुनै अपराध थिएन, देशको भविष्यप्रतिको जिम्मेवार आग्रह थियो। भाद्र २३ को घटनापछि युवाको बलिदानसँग सम्झौता गर्न सकिएन। सत्ताभन्दा सत्य ठूलो हुन्छ भन्ने विश्वासका साथ त्यसबेला हत्यामा उत्रिएको सरकारको कठपुतली बनेको संसदको सांसद रहिरहन मेरो नैतिकताले दिएन र पद त्याग्ने निर्णय गरे पछि हाम्रो पार्टीले नै संयुक्त राजिनामा दियो। अब, तपाईहरुको साथ र समर्थनको अपेक्षा सहित बाहिर बसेर होईन नितिगत रुपमै भ्रष्टाचारको जालोलाई जरैबाट उखेल्ने प्रयत्न सहित घण्टी चुनाव चिन्ह लिएर पुन: चुनावी मैदानमा होमिएका छौ।
Dr.Toshima Karki19,405 görüntüleme • 5 ay önce

कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनुहोला। यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको छु। गर्नेछु। तर पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनुहोला। राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय सापेक्षिक रूपमा मध्यममार्गी मुलधारको मुख्य राजनैतिक शक्तिको रूपमा विकास गर्दै रास्वपाले वैकल्पिक शक्ति, नागरीक समाज र जेनजी सबैलाई समेट्नका लागी पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन पुनरवलोकन आवश्यक छ भन्ने मेरो मान्यता हो। पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनुहुने तपाईंहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला मेरा अनुरोध स्पष्ट छन्। १) विस्तारीत बैठकमा सङ्गठनका साथीहरुको महत्वपूरण र सक्रिय सहभागताको लागि अनुरोध गर्दछु। २) बैठकमा प्रस्तुत हुने राजनैतिक र साङ्गठनिक प्रतिवेदनमाथि सहभागिहरुले राय राख्ने मात्र होईन प्रतिवेदनहरुलाई स्विकार्ने/अस्विकार गर्ने/ तोकिएका संसोधन सहित स्विकार्न पाउने गरी भोटिङ राईट दिईनुपर्छ। ३) Genz आन्दोलन पछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरुलाई नसमेटि आसन्न चुनावमा एक्लै जाने छुट छैन। हामी उदार हुनुपर्छ। केन्द्री सचिवालय, पदाधिकारी, समितीको संरचना र नेतृत्वमा पुनरावलोकन पुनर्गठन गरेर वैकल्पिक शक्ति सबैको साझा प्लेटफर्म बन्नुपर्छ। अब यहि कुरामा पटक पटक स्पष्टिकरण दिन वाध्य नपार्नुहोला बरु आउनुस् एक कदम अघि बढेर रिफर्मेसनका मोडालिटीमा बसह गरौँ। #RSP #DrtoshimaKarki #Against_Status_Quo #Reformation #GenzRevolution #ReBuildNepal
Dr.Toshima Karki20,236 görüntüleme • 8 ay önce

मैले सोधे नेपाल त फर्कनुभयो अब यहाँ के गर्ने योजना छ? उहाँहरूको उत्तर थियो -- नेपालमै रोजगार हुने वातावरण दिनुस् न। हामीले ५ वर्ष क्याट्रिन गरेर आएका छौं, ६०० जना जति एउटै कम्पनीमा काम गर्थ्यौं, नेपालमा ठूला ठूला होटेल सजिलै चलाउन सक्छौं, तर खै नेपालमा आश छैन, एक दुई महिना परिवारसँग बसेपछि फेरि विदेशमै जागिर खोज्न जानुपर्ने त होला !! यो संवादले निकै संवेदनशील विषयको दर्पण गरेको छ। रोजगारी र अवसरको खोजीमा दैनिक रुपमा सयौं युवाहरूले देश छोडिरहेका छन् भने यसरी कामको contract सकिएर, थप काम गर्ने वातावरण नभएर, वा कुनै पनि कारणले आफ्नो देश फर्कने युवाहरू पनि छन् तर विडम्बना आफ्नै देशमा केहि गरौँ न त भन्नेहरुलाई फेरी विदेश नै जान वाध्य बनाउने हाम्रो सामाजिक, आर्थिक र राजनैतिक प्रणाली बनेको छ। प्रत्येक देशमा रहेको नेपाल एम्बेसीले नेपाली श्रमजीवीहरु कहाँ छन्, कुन अवस्थामा छन्, proper data मेन्टेन गर्ने र कुनै पनि सहयोग र सहजीकरण चाहिएको अवस्थामा भरपर्दो अभिभावकको भुमिका खेल्ने गरी अग्रसर हुनु अनुरोध गर्दछु। साथै, नेपाल फर्किएका युवाहरूले प्रवासमा सिकेर भोगेर देखेर आफू सँगै ल्याएका सिप सिकाई दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्न सक्ने वातावरण बनाउने हो भने उहाँहरू लगायत अरु थुप्रैलाई देशमै रोजगारी सिर्जना गर्न सकिन्छ। #निलो_क्रान्ति #मेरोबिदा_मेरोदेशको_लागि #RSP #देश_बनाऔँ_अभियान #drtoshimakarki #YouthEmpowerment #Employment #WeAreYouth #WeCanGive #Doha #Qatar #USA #nepalinewspaper
Dr.Toshima Karki23,999 görüntüleme • 1 yıl önce

शुल्क निर्धारण अत्यावश्यक छ । #HealthforAll #FixHealthServiceRate
Dr.Toshima Karki28,467 görüntüleme • 2 yıl önce

आखिरमा आधिकारिक कुरो के हो, सरकारले आम जनतालाई स्पष्ट पार्न सक्नुपर्छ। यसरी सामाजिक अभियानताहरु आन्दोलनमा र महिला अधिकार अभियानताहरु आमरण अनसनमा अनि अधिवक्ताहरु अदालतमा जाने क्रम सुरु भईसकेको छ अनि सन्चार माध्यमहरुमा खलबलि छ। तर मस्यौदा के हो कसो हो सार्वजनिक भएको छैन।के कसो हो, आधिकारिक रुपमा म बुझ्जु भनेको छु। यो भन्दै गर्दा पुरुष प्रधान समाजले मुलुकी संहिता ऐन विपरित, संविद्यान विपरीत र महिला हक अधिकार विपरीत महिला माथी दमन गर्ने खालको कुनै पनि निती बनाउने भूल नगरोस्। तपाई हामी सबै सजग चाहिँ हुनैपर्छ। #DrToshimaKarki #RSP #BuildNationwithJustice
Dr.Toshima Karki14,118 görüntüleme • 11 ay önce
Daha fazla içerik yok.