
Rabi Lamichhane
@hamrorabi • 532,158 subscribers
Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Shorts
Videos

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर। सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणीत भए तिरौला पनि।यत्रो ऋणको लिनेलाई नै कुनै अत्तो पत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ। ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र? हिजो सम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर-छिमेकीलाई डिस्टर्ब हुन्छ। भिडियो हेर्नू होला।
Rabi Lamichhane170,565 просмотров • 2 лет назад

म अहिले कतारमा छु। नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। भौतिकरूपमा उपस्थिति जनाउन नसके पनि, मेरा केही प्रश्नहरू भिडियोमार्फत् राख्न दिनु भनी अनुमति मागें। तर, नपाएपछि सो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै छु। आशा छ, सम्बन्धित निकायसम्म मेरा प्रश्न पुग्ने नै छन्। साथै, हामीले पहिलेदेखिनै संसदको क्यालेन्डर बनाइनु पर्छ भनेर भन्दै आइरहेका छौं । तर, बनेको छैन । जसका कारण कतिपय अवस्थामा यस्ता महत्वपूर्ण बैठकमा हामी सहभागी हुन असमर्थ हुन्छौं। त्यसैले संसदले यसतर्फ ध्यान दिन जरुरी छ। हामीले जाजरकोट भूकम्पका प्रभावितलाई चिसोबाट जोगाइ पुनर्स्थापना र पुनर्निर्माणमा सरकारले तय गरेको नीति र योजनाबारे जानकारी गराउने व्यवस्थाका लागि समितिका सभापतिज्यूको ध्यानाकर्षण पनि गराउदै छौं।
Rabi Lamichhane120,029 просмотров • 2 лет назад

फागुन २१ कुनै सामान्य मिति होइन। मुलुकको भाग्य र भविष्य बदल्न सकिने कोशे ढुङ्गो हो। भाषण,घोषणा, वाचा भन्दामाथि उठेर हामी यसपटक नागरिकसँग करार गर्न चाहन्छौं,जहाँ गरेको वाचा पूरा गर्न नसके सजायको प्रष्ट व्यवस्था होस्। फागुनको पहिलो साता हामीले सार्वजनिक गर्ने "वाचापत्र"अघि करार-पत्र सार्वजनिक हुन्छ र यससँगै वाचा गरिने बुँदाहरू प्रष्ट रुपमा सार्वजनिक हुँदै जान्छन्। कसले के भन्छ भन्ने चिन्ता, आरोपहरूको खण्डन, तथ्य जाँच र सवाल जवाफ भन्दा माथि उठेर हामी आफ्ना कुरा नागरिकलाई प्रष्ट राख्दै जान्छौं,नागरिकसँग आफूले भनेका कुरामा करार गर्छौं र फैसला गर्ने जिम्मा तपाईंको हातमा छोड्छौं। जति सक्छौँ त्यति भन्छौं, जति भन्छौं त्यति गर्छौं। समृद्धिका लागि ,"नागरिक करार" छिट्टै सार्वजनिक हुनेछ।
Rabi Lamichhane27,421 просмотров • 4 месяцев назад

भजन शिरोमणि भक्तराज आचार्यको निधनले स्तब्ध छु। नेपाली संगीत क्षेत्रमा उहाँकाे याेगदान अतुलनिय छ। रहरै रहरमा कुनै दिन उहाँको गित गुनगुनाउने धृष्टता गरेको थिएं।आज भारी मनले यहि गित श्रद्धाञ्जली स्वरुप अर्पण गर्दै नेपाली संगीत जगतका यी अजर-अमर सर्जकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु।
Rabi Lamichhane49,536 просмотров • 2 лет назад
Больше нет контента для загрузки