Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

यो थापा केटो खास्सै मन पर्दैनथ्यो, तर त्यो टोपी फुकाल्देको चाईं सही लाग्यो हेर्नुस् !! यत्ति चैं हुनुपर्छ ;))

16,477 Aufrufe • vor 2 Monaten •via X (Twitter)

0 Kommentare

Keine Kommentare verfügbar

Kommentare vom Original-Post werden hier angezeigt

Ähnliche Videos

यो रेडन कलेज नजिकै सामाखुसी खोलाको दृष्य हो । आजकल यता केहि दिन बिराएर यस्तो दृष्य देखिरहन पाइन्छ । केहि समय अघिसम्म यो खोलामाथि सिमेन्टको स्लाव हालिएको थियो, नेपाल सरकारको पैसामा । त्यतिबेला खोलालाई किन यसरी छोपेको होला भन्दा गाली खाइन्थ्यो । यो खोला छेउमा बस्न परेको भए थाहा पाउँथिस् यो नछोप्दा कति सास्ती हुन्छ जनतालाई भनेर तेताका मान्छेले गाली गर्थे । नयाँ मेयर आए सँगै यो स्ल्याव तोडिने भयो रे भन्ने सुनेर खुसी लाग्यो । पढेलेखेको खत्रा मान्छे मेयर भा’छन् भन्ने सुनेपछि अब यो खोलामा ढल होइन पानी बग्ला भन्ने सोचेरौ मन आनन्दित भएको थियो । तर भयो के भने ठ्याक्कै वर्खाको मुखमा स्ल्याव फोडियो । वर्खामा खोलो कता कता ब्लक भएर यताका धेरै घरतिर पानी छिरेर बिजोग भयो रे । सबभन्दा दुखको कुरा खोलाको दुबैतिर साँघुरो बाटो छ । कहिले दुई पाङ्ग्रे त कहिले चार पाङ्ग्रे नै सडकबाट खोलामा खसिरहने रछन् । कम्तिमा पढेलेखेको जानेको मेयरले त्यो सडकको किनारामा अस्थायी नै भए पनि बार लगाईदिएको भए यो खस्न कम हुन्थ्यो होला । भत्काएको एक वर्ष भैसक्दा अझै न त्यो बाटो बढाउने काम भएको छ, न खोला सङ्ग्लिएको छ, न छेउमा बार हालेर बाटो सुरक्षित बनाउने काम नै भएको छ । अरुलाई भन्न सजिलो हुन्छ, तर भाँती मिलाएर गरेको जस्तो खास्सै लागेन है त्यो सामाखुसी खोलातिर हेर्दा । ए अँ ! त्यो स्ल्याव फोर्दा निस्किएको कवाडी रड चाईं समयमै बिक्री भयो रे भन्ने सुनियो । तपाईंहरु भगवान बनाउँदै गर्नुस् तर मलाई चाईं ताइ न तुइका स्टन्टगिरी बाहेक खास्सै नयाँ केहि गर्लान् जस्तो लागेन है !! लु गाली गर्नुस् अब ;))

स्वारी ;))

47,790 Aufrufe • vor 2 Jahren

२.७५ खर्बको डकैती। यो भनेको २७५ अर्ब; यो भनेको २७ हजार करोड! जनताको मुद्दामाथि राजनीतिको रोटी सेक्ने काम भईराछ। तर आवाजविहिन सहकारी पीडितलाई न्याय हुने बचत फिर्ताको कुरा कसैले गर्दैन। एउटा भाष्य बनाएको छ सत्ताले: जनतालाई हो-हो भन्ने लाग्ने गरी। तर पीडितको आवाज त्यो भाष्यमा छैन। सहकारीका वास्तविक समस्या र पीडित केन्द्रित समाधानसहितको सूचनामूलक यो भिडियोकालागि अधिवक्ता हरिश भट्टलाई धन्यवाद। कार्यदलमाथि कार्यदल, प्रतिवेदनमाथि प्रतिवेदन तर कार्यान्वयन शून्यको अवस्थामा समादानमाथि चर्चा गरौँ। राज्यको प्राथमिकता व्यक्तिमाथिको इगो हैन: समस्याको समाधान हुनुपर्छ। २ खर्ब ७५ अर्ब अर्थात् २७ हजार करोडको अपचलनमाथि अनुसन्धान हुने र पीडित सहकारी बचतकर्ताको बचत फिर्ता हुने भाष्यमाथि छलफल गरौँ।

Sumana

27,548 Aufrufe • vor 1 Jahr

मलाई चाहिएको नेता गगन थापा जस्तो होइन, गगन थापा नै हो। जो निर्भिक छ। जोसँग देश यस्तो बनाउँछु भन्ने दृष्टिकोण छ। पार्टी भित्र होस या बाहिर, सडकमा होस या सदनमा आत्मविश्वासको साथ अभिव्यक्त हुन्छ। राजनीतिमा व्यक्त विचारको फाइदा र क्षति बराबर हुन्छ तर त्यसको जिम्मा लिएर यत्तिको दम देखाउने साँच्चै कसैको हुतिले भ्याउँदैन्। नेता ज्यूँदो हुनु भनेको सास फेर्नु मात्र होइन, गलतको विरुद्व संघर्ष गर्नु हो, जनताको सपनालाई संकल्पको डोरीले बाँध्नु हो, वितृष्णालाई विश्वासमा रुपान्तरण गराउने तागत भर्नु हो, जिम्मेवारीको परीक्षामा उतिर्ण हुनु हो। यो इन्द्रेणीको नाम हो गगन थापा। बीपी भन्नुहुन्थ्यो, 'लोभ र डर बोकेर युवा हुन सकिदैंन्।' त्यही नै गगन थापाको जीवनपद्वति हो। भोलीको जिम्मा लिन सकिदैंन तर आजको दिनमा कांग्रेस हुने र कांग्रेस हुनुपर्छ भन्ने सच्चा कांग्रेसीको गगन थापा निर्विकल्प नेता हो। मित्र राघवले भनेको जस्तै 'लखेटन छोडेको दिन, दौडिन रोकिन्छ' त्यसैले उनलाई लखेट्न नछोड्नुस किनकि आँखामा सपना र पेटमा आगो बोकेर हिंडेको गगन थापा रोकिएको मलाई चैं हेर्नुछैन्। Gagan Thapa

Mukesh Ghimire

14,900 Aufrufe • vor 1 Jahr