
Kantipur
@ekantipur_com • 1,585,539 subscribers
Latest news and analysis on politics, economy, social issues and more from Nepal's largest newsroom. https://t.co/FhWvHRlbbt
Shorts
Videos

भाेटेकोशी विपत्ति : भ्युजको खेतीमा भारतीय टिभी भोटेकोशी बाढीमा मानिसहरू बेपत्ता भइरहँदा भारतीय टेलिभिजनका केही रिपोर्टर भने हिलोमा फसेको आफ्नै खुट्टा देखाउँदै ‘सनसनी’ बेच्न व्यस्त देखिए । विपद्मा पीडितको दुःखभन्दा रिपोर्टरकै गतिविधि अगाडि आएपछि नेपालमा भारतीय मिडियाप्रति फेरि आक्रोश चुलिएको छ ।
Kantipur34,981 次观看 • 8 天前

उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन : उद्योगमन्त्री यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई जवाफदेही बनाउनुपर्ने बताएकी छन् । उनले उद्योगीहरूलाई ‘पाता नफर्काएसम्म’ ग्यास आपूर्ति सहज हुन नसक्ने बताइन् । बुधबार उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले नेपालमा ५८ वटा ग्यास उद्योगलाई लाइसेन्स दिइएको भए पनि ती उद्योगले काठमाडौंको मागअनुसार ग्यास आपूर्ति नगरेको बताइन् । प्रत्येक उद्योगले दैनिक ३ हजार सिलिन्डर काठमाडौं पठाइदिएको भए अहिलेको जस्तो अवस्था नआउने उनको भनाइ थियो । ‘५८ वटा उद्योगले ३–३ हजार सिलिन्डर ल्याइदिएको भए काठमाडौंमा यो स्थिति आउने थिएन,’ मन्त्री यादवले भनिन्, ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन ।’
Kantipur43,072 次观看 • 11 天前