
Rabindra Mishra
@RabindraMishra • 1,095,479 subscribers
Former Head, @BBCNepali. Philanthropist. Founder, https://t.co/LRpx3QTEI1. Essayist/Poet (6 books, including 2 poetry collections). A failed politician -- so far.
Shorts
Videos

शेरबहादुरजीको यो भनाइ सबैले मनन गर्नुहोला: राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिँदा पनि सर्बोच्च अदालतमा हष्तक्षेप नगरेको स्वीकारोक्ति शेरबहादुर देउवा 'प्रचण्डवादी'बाट आउनु सानो कुरा होइन। राजा ज्ञानेन्द्रले मात्र होइन, राजा महेन्द्रले "आफ्नै ससुरा" हरिशमशेरलाई हराइदिने सर्बोच्चका प्रधानन्यायाधीश रत्न बहादुर विष्टलाई पुरस्कृत गरेको उदाहरण धेरै ठाऊँमा पढ्न पाइन्छ। अदालत न्यायको अन्तिम आधारस्तंभ हो, जसलाई राजाहरूले सर्वशक्तिमान हुँदा पनि बिग्रिन दिएनन्। तर देउवाजी, तपाईँहरूले बहूदलकाल र 'प्रचण्डतन्त्र काल' मा अदालतलाई कसरी राजनीतिक खुँडाले छियाछिया पार्नुभयो एकपटक विचार गर्नोस् त। आफूलाई परेपछि फेरि तपाईँलाई निष्पक्ष अदालत चाहियो, होइन त? ईश्वरले तपाईँको भलाई गरून्!
Rabindra Mishra43,321 просмотров • 8 дней назад

सुन्नुभयो, समर्थनको आवाज? "बालेनले राजा ल्याउँछ भनेर राजसंस्थावादीहरूले पनि बालेनलाई भोट दिए" भनेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भन्दा हलमा उर्लिएको समर्थनको आवाज सुन्नुभयो? प्रचण्डमार्गी रास्वपामा त राजसंस्थाको पक्षमा त्यत्रो आवाज छ भने, देशभरी मौन आवाज कति होला? #नवीनसमझदारी बेगर कसैले अघि बढ्ने सोचेको छ भने त्यसले ज्यान गए नेपालको दिर्घकालीन हित गर्दैन। समस्याहरू अझ बल्झिँदै जानेछन्। सबैलाई चेतना भया! #विचारभन्दामाथिदेश!
Rabindra Mishra52,851 просмотров • 3 месяцев назад

पूर्व प्रधानमन्त्री माधव नेपालको यो क्लिप सुन्दै गर्दा मलाई राजा ज्ञानेन्द्रको याद आयो। माधव नेपाल भन्छन्: - स्वाभिमानभन्दा ठूलो कुरा केही हुँदैन। - यो सरकारले अपहेलना गर्छ, वास्तै गर्दैन भने अपमानित भएर बस्नुभन्दा विदेश गएर बस्नु राम्रो। अनि सोचेँ, वास्तवमा राजा ज्ञानेन्द्रचाहिँ स्वाभिमान नभएकै मान्छे रहेछन्। किनभने: एउटा कालखण्डमा नेपालको इतिहासकै सबैभन्दा अपहेलित र अपमानित मान्छे हुँदा पनि र गद्दीबाट हटाइएका संसारका सबै राजाजस्तै विदेशमा गएर बस्ने पूर्ण अवसर हुँदा पनि उनले देश छोडेर गएनन्। त्यत्रो अपहेलना र अपमान कसरी सहेर बस्न सकेको होला? मैले इमानदारीपूर्वक भनेको, स्वाभिमान माधव नेपालबाट सिक्नुहोला, राजा ज्ञानेन्द्रबाट होइन। बाँकी आ-आफ्नो निर्णय।
Rabindra Mishra31,290 просмотров • 1 месяц назад

फेरि एकपटक मन्त्री निवास उर्फ 'पापी निवास'बारे: यो भिडियोको दृष्य एउटा अपवाद होइन। यसलाई प्रतिकात्मकरूपमा लिने हो भने यो काठमाडौंका शासकले नदेख्ने नेपालको प्रतिविम्व हो। यो भिडियो मैले सामाजिक सञ्जालबाट डाउनलोड गरेर प्रेषित गर्दै गर्दा भैंसेपाटीमा झण्डै ३ अर्ब रूपैयाँको लागतमा निर्माण गरिएको भव्य मन्त्री निवास, अहिले झण्डै ४० करोड रूपैयाँको लागतमा पुनर्निर्माण हुँदैछ। यस्तो अवस्था भएको देशमा त्यो मन्त्री निवासमा फेरि मन्त्रीहरू बिराजमान भए भने तिनलाई पनि पहिलेका शासकहरूलाई जस्तै पाप लागोस्। पापै लागोस्! मेरो व्यक्तिगत राय यस्तो रहँदै आएको छ: भैँसेपाटीको मन्त्री निवासलाई दक्षिण एशियाकै उदाहरणीय वाल आश्रयमा परिणत गरियोस्। मन्त्रीहरूलाई एउटा अपार्टमेण्ट भवनको विभिन्न तलामा राखियोस्। सुरक्षा र खर्च दुबै दृष्टिकोणबाट सहज हुनेछ। संसारमा कुनै सुशासित र सुसंस्कृत देशले मन्त्रीहरूको लागि यस्तो आलिशान महल बनाएको र ती महलमा कुनै दोषभावबिना मन्त्रीहरू बसेको मलाई थाहा छैन।
Rabindra Mishra31,642 просмотров • 1 месяц назад

बढी भन्नु पर्दैन तर यति चाहिँ भनुँ: मैले राजाले गल्ती गरेनन्, कहिल्यै भनिन। विष्णुको दशौँ अवतार भने पनि राजा मान्छे हुन् -- गल्ती हुन्छ। संसारमा गल्ती नगर्ने राज पनि छैनन्। तर लोकतन्त्र "संस्था" भए झैँ राजा पनि "संस्था" हुन्। लोकतन्त्रमा "हजार" गम्भिर कमजोरी हुँदा पनि हामी लोकतन्त्र सुधार्न र जोगाउन पर्छ भन्छौँ। केका लागि? देशका लागि। त्यस्तै, राजामा "केही" कमजोरी भए पनि "नेपालको हकमा" राजसंस्था सुधार्नै र जोगाउनै पर्छ। केका लागि? देशका लागि। #विचारभन्दामाथिदेश
Rabindra Mishra21,118 просмотров • 1 месяц назад

यो भिडियो कृपया हेरिदिनोस्, अझ, मन परे, श्यर नै गरिदिनोस्: कला-संस्कृति मासियो भने देश रहँदैन। मैले नेपालमा यति धेरै व्यक्तिगत लगानी गरेर, अन्तर्राष्ट्रिय स्तरको कला संग्राहलय सञ्चालन गर्ने अर्को मान्छे देखेको छैन। राजन शाक्यले काठमाडौं गेस्ट हाउसमा स्थापना र सञ्चालन गरेका Museum of Nepali Art अनि कयौँ कलाकारहरूका लागि निशुल्क कला सृजना गर्ने भवन हेर्ने मौका मिल्यो। राजनजीले सबै घुमाइदिनु भयो र व्याख्या गरिदिनु भयो। उहाँको कला-संस्कृतिको जगेर्नाप्रतिको प्रतिवद्धता र लगाव असाधारण लाग्यो। कलात्मक चेतबिनाको समाज भौतिक र भावनात्मक दुबै रूपमा कंक्रिटको जङ्गल हो।
Rabindra Mishra27,332 просмотров • 2 месяцев назад

आन्दोलन रोकिएको छैन। सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनु पर्छ। कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु। आजको सानो क्लिप। अहिलेलाई यत्ति भनेँ। हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन्।
Rabindra Mishra116,718 просмотров • 1 год назад

हेर्नोस् गगनजी, तपाईँको शुभचिन्तक हुँ। मेरो बाँकी जिन्दगी 'राजसंस्था'को वकालत गर्दैमा र तपाईँको बाँकी जिन्दगी 'प्रचण्डतन्त्र'को बचाऊ गर्दैमा बित्ला जस्तो छ। तर मान्नोस् या नमान्नोस्, प्रचण्डतन्त्रको ज्योति रास्वपाले पक्डिसक्यो र संभवत: अब त्यो तपाईँको हातमा आउँदैन। वीपीपथमा कांग्रेसलाई लानु भएन भने, ल बाजी राखौँ, तपाईँको भाग्य ठिक ठाउँमा आउँदै, आउँदैन। यस्तै इमोशनल भाषण दिएरै तपाईँको जिन्दगी जान्छ। अनि नि, तपाईँ लगायत धेरैले पञ्चायति हिंसाको खुब कुरा गर्छन्। मलाई एकथोक भनिदिनोस् न: १। पञ्चायतको ३० वर्षमा "राजनीतिक कारण"ले कतिजनाको हत्या-हिंसा र विस्थापन भयो? २। अनि प्रजातन्त्र-गणतन्त्रको ३५ वर्षमा "राजनीतिक कारण"ले कतिजनाको हत्या-हिंसा र विस्थापन भयो? तुलना हुन्छ? मैले पञ्चायतको अप्रजातान्त्रिक चरित्रको कहिल्यै बचाऊ गरिन। तर म पञ्चायतलाई दानवीकरण र बहूदलकाललाई देवत्वकरण गर्ने पक्षमा पनि छैन। तपाईँजस्तो नेताले विषयलाई सही पृष्ठभूमी र सही तथ्यमा राख्नुपर्ने हुन्छ।
Rabindra Mishra25,544 просмотров • 3 месяцев назад

यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ: प्रा. डा. विपिन अधिकारीको 'मार्ग परिवर्तन'! म त रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी भइहालेँ। तर अत्यन्त सम्मानपूर्वक हेरिने वरिष्ठ संविधानविद्, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, डा. विपिन अधिकारीले पनि 'मार्ग परिवर्तन' गर्नुको केही महत्व त होला नि, होइन? कि उहाँ पनि रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी नै हो? #विचारभन्दामाथिदेश #देशकालागिनरेश
Rabindra Mishra41,005 просмотров • 5 месяцев назад

अलिकति गाली खाने काम गरूँ है? संसद भवनको गाइजात्रे वास्तु(अ)कलाको कुरा गरेर। आज संसदमा पनि आवाज त उठेछ तर अधिकांशलाई नयाँ संसद भवन क्या भव्य लागिरहेको होला, होइन? यो भवनको फोटो र भिडियो दुबै हेरेँ। भवन बनाउँदाका केही आधारभूत त्रुटी भनौँ है -- ता कि भविष्यमा यस्ता विशिष्ट भवन बनाउँदा यस्ता गल्ती नहोस्। १। संसारका धेरै देशमा संसद भवन पर्यटकीय आकर्षणका केन्द्र हुन्छन्। त्यसैले ती पर्यटकहरू वरिपरी घुम्न मिल्ने ठाऊँमा बनाइन्छ। हामीकहाँ सिंहदरबारभित्र कोचेर बनाइयो, जहाँ पर्यटक जानै मिल्दैन। २। संसद भवनलाई वास्तुकलाको विशिष्ट नमूनाका रूपमा पनि हेरिन्छ। त्यसैले त्यस्तो भवन बनाउँदा विश्वविख्यात वास्तुविद्हरूलाई भवन डिजाइन गर्न अनुरोध गरिन्छ। उदाहरण, छेऊछाऊकै छिमेकी बङ्गलादेश र पाकिस्तान छन्। त्यहाँका संसद भवनको डिजाइन विख्यात अमेरिकी वास्तुविद्हरूले गरेका थिए। बङ्गलादेशको संसद भवन त अझ वास्तुकलाका दृष्टिले संसारका वास्तुकलाका धेरै विद्यार्थीहरूका लागि अध्ययनको एउटा विषय पनि हो। ३। काठमाडौंजस्तो हिन्दू र बौद्ध धर्मको समिश्रण-विन्दूका कारण संसारकै विशिष्ट वास्तुकलाले भरिएको शहरमा हामीले संसद भवन निर्माण गर्दा विशिष्ट वास्तुकला जन्माउने विशिष्ट अवसर त गुमायौँ नै। त्यसमा झन थप चित्त दुखेको कुरा आर्को छ। ४। संसदको मूल हल त्यति गाइजात्रे, कलाविहीन होला भनेर मैले कल्पना पनि गरेको थिइन। संसदको मूल हल कस्तो कलापूर्ण हुन्छ, त्यो हलले कसरी त्यो देशको कला-संस्कृतिलाई प्रतिविम्वित गर्छ भन्ने कुरा भवनका डिजाइनरहरूले गुगल गरेर खोजिमात्र गरीदिएको भए, त्यो हल सभागृह या प्रज्ञा प्रतिष्ठानको अलिकति परिष्कृत रूप हुने थिएन। ५। भविष्यमा यस्ता भवन निर्माण गर्ने विशेष अवसर प्राप्त हुँदा सुधार्नै नसकिने यस्ता ऐतिहासिक गल्ती नहोस् भन्नका लागि यो 'गाली खाने' सन्देश प्रेषित गरेको हुँ। त्यसैभएर म बारम्बार भन्ने गर्छु: कलात्मक चेतबिनाको राजनीति काठमाडौं शहरजस्तो कुरूप कंक्रिटको जङ्गल हुन्छ। र त्यो संवेदना-विहिन पनि हुन्छ।
Rabindra Mishra29,448 просмотров • 3 месяцев назад

"पापी निवास" को यो भिडियो मन परे व्यापकरूपमा श्यर गरिदिन आग्रह गर्दछु।
Rabindra Mishra151,798 просмотров • 2 лет назад

यस्तो भिडियो भाइरल हुँदैन। किनभने यहाँ कसैको सामान्यतया छोपिनु पर्ने भाग देखिएको छैन। कोही चिच्याएको-कराएको छैन। भित्र नागरिक प्रयासबाट जम्मा गरिएका ५० हजार पुस्तक छन्। अब तिनमा ढुसी पर्न थाल्यो होला। सरकारले १०४ दिनदेखि बाहिर ढोकामा ताला लगाएको छ। सबै पढेका/जानेका युवाहरूको भनिएको सरकारले यो "सार्वजनिक पुस्तकालय" को महत्व बुझ्न नसक्नु चरम लज्जाको विषय हो। के गर्न पर्छ, छिटो गर, सरकार! अति हुन्छ। There is no excuse whatsoever! Bimal Acharya
Rabindra Mishra13,431 просмотров • 1 месяц назад

भत्किएको छाप्रोमाथि छाना कहिले होला, विहान साँझ टन्न पेटमा खाना कहिले होला! मलाई सुक्खा रोटी छैन, तिमीलाई अनेक व्यञ्जन, गाउँगाउँमा सिंहदरबार आयो अ'रे भन्छन्... म संगितको ज्ञाता होइन तर पारखी हुँ। मेरा लागि जुम्लाकी यी प्रतिभा 'हीराको डल्लो' हुन्। राम्रो सङ्गीतकारको हातमा परिन् भने उनको चमक असाधारण हुनेछ। उनलाई उजागर गर्ने पारश भट्टराईलाई साधुवाद! (गीतका शक्तिशाली र मर्मस्पर्शी रचयितालाई पनि नमन!)
Rabindra Mishra114,948 просмотров • 2 лет назад

दश बजे सर्वोच्च अदालत गएँ। प्रधानन्यायाधीशलाई भेटेँ। घरबेटीको मुद्दाको 'स्टे अडर' खारेज गर्न लगाएँ: पूर्व मन्त्री रामकुमारी झाँक्री लाग्छ, उहाँलाई यो कामको गाम्भिर्य पटक्कै थाहा भएन। संभवत: उहाँलाई आफ्ना अग्रजहरूबाट त्यसैगरी दीक्षित हुनुहुन्थ्यो। यो कति गम्भिर विषय हो भन्ने अरूलाई पनि वोध होस् भन्नाका लागि यो श्यर गर्ने निर्णय गरेको हुँ। रामकुमारीजी र तात्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा दुबैको यसमा बराबर गल्ती छ। १। जे भयो त्यो न्यायपालिकामाथि कार्यपालिकाको ठाडो हस्तक्षेप हो। २। न्याधिशलाई प्रभावित गर्नु भ्रष्टाचार हो। ३। अदालतको अवहेलना हो। ४। प्रधानन्यायाधीशको पदीय आचरण विपरितको काम हो। ५। सबैभन्दा महत्वपूर्ण कुरा, यति सानो विषयमा प्रधानन्यायाधीशलाई त मन्त्रीले सिधै प्रभावित गर्न सक्छन् भने अब भन्नुस्, भागबण्डामा न्यायाधीश भएकाहरूले महत्वपूर्ण विषयहरूमा के, के गर्छन् होला? संविधान 'सर्भिसिङ' होइन के, 'ओभरहलिङ' नै गर्नुपर्छ यी सारा विकृति रोक्न। नत्र यो देश बन्दैन -- विश्वास गर्नुस् न। भावी पुस्तामाथि पाप गर्ने? #नैतिकसंकट (#EthicalCrisis) र #ज्ञानकोसंकट (#KnowledgeCrisis) असोचनीय तहमा पुगिसकेको छ।
Rabindra Mishra79,363 просмотров • 2 лет назад