Rabindra Mishra's banner
Rabindra Mishra's profile picture

Rabindra Mishra

@RabindraMishra1,095,479 subscribers

Former Head, @BBCNepali. Philanthropist. Founder, https://t.co/LRpx3QTEI1. Essayist/Poet (6 books, including 2 poetry collections). A failed politician -- so far.

Shorts

राजेन्द्र (लिङदेन)जी, अति भयो! एकचोटी दोष दिनुभयो -- चुप लागेँ। दुई-तीन-चार चोटी दोष दिनुभयो -- चुप लागेँ। कतै प्रतिवाद गरिन। हिजो धनगढीमा फेरी "चैत्र १५ गते तीनकुनेको आन्दोलन तपाईँले "रिजेक्ट" गर्दागर्दै "हामी विदेशी उक्साहटबाट गएको" भनेर आरोप लगाउनु भएछ। तपाईँले "रिजेक्ट" गरेको भए एक दिनअगाडि, चैत्र १४ गते, पार्टीबाट यस्तो विज्ञप्ति किन निकालेको? "भोलि चैत १५ गते काठमाडौँको तीनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंक्ति र आम जनसमुदायलाई राप्रपा हार्दिक आह्वान गर्दछ।" सो विज्ञप्ति प्रकाशित मात्र भएको छैन, तपाईँले सामाजिक सञ्जालमा यसो भन्दै श्यर पनि गर्नुभएको छ: "भोलि चैत्र १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सक्रियतापूर्वक सहभागी हुन कार्यकर्ता पंक्ति र आम जनसमुदायमा हार्दिक अपील गर्दछु।" (पार्टी विज्ञप्ति र ट्विट कमेण्ट बक्समा प्रेषित गरेको छु।) प्रदर्शन "विदेशी उक्साहट"मा हुँदै थियो भने तपाईँले पार्टीबाट विज्ञप्ति निकालेर, अनि आफैँले, "कार्यकर्ता पंक्ति र आम जनसमुदाय" लाई प्रदर्शनमा सरिक हुन किन अपील गरेको? चुप लागेर बस्यो भन्दैमा जे पनि भनिदिने? यति गम्भिर आरोप सजिलै लगाइदिने? आफैँ विज्ञप्ति निकालेर अनि सामाजिक सञ्जालमा अपील गरेर "सक्रियतापूर्वक" सहभागी हुन भन्ने अनि आन्दोलन बिग्रिएपछि चोखो बन्न खोज्ने? झूठको पनि सीमा हुन्छ! कसैलाई अरूको ओछ्यान तताउन गयो भनेको छ, कसैलाई बिक्यो भन्या छ, जसलाई जे मनलाग्यो त्यही भन्या छ। पार्टी अध्यक्ष भएर बोल्ने भाषा हो त्यो?

41,283 次观看

यो देशद्रोह (treason) हो... देशको संविधान भन्छ: सार्वभौमसत्ता जनतामा निहित छ। देशका प्रधानमन्त्री भन्छन्: पृतम सिंह मलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जानुभयो। प्रधानमन्त्रीको यो भनाइ देशद्रोह हो। सुसंस्कृत राजनीति भएको देशमा भए प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद नै चल्ने थिएन। 'खोक्रा राष्ट्रवादी'हरू न त यसलाई, न त भारतीय मध्यस्थतामा भएको १२-बुँदे सहमतिलाई, न राष्ट्रपतिदेखि प्रधानमन्त्रीको सल्लाहकार नियुक्तिसम्ममा दिल्लीले खेलिदिनु पर्ने भूमिकालाई "भारतको हस्तक्षेप निम्त्याएको" रूपमा हेर्छन्। तर मैले "दिल्लीले १२-बुँदेको मध्यस्थता गर्यौ। त्यसले देश विश्व शक्तिहरूको क्रीडास्थल भयो। अन्य धेरै गम्भिर समस्या ल्यायो। स्थिति झन संवेदनशील बन्दैछ। 'Course correction गर। नत्र अबको नेपालको अस्थिरताले नेपाललाई मात्र होइन, भारतलाई पनि असर पार्नेछ" भनेर लेख्दा त्यो 'खोक्रा राष्ट्रवादी'लाई "भारतको हस्तक्षेप निम्त्याएको" भयो! यस्तै "खोक्रा राष्ट्रवादी'ले गर्दा आज देश बस्नै अयोग्य भएर गयो। पुरा लेख यो लिङ्कमा छ:

109,270 次观看

भर्खरका यी युवाले लगाएको यो नारा अग्रगामी हो कि पश्चगामी? यो देश हाम्रोभन्दा पनि यी युवा पुस्ताको हो जसले यो देशमा अर्को ५०/६०/७० वर्ष विताउनु छ। देशमा दुई-तिहाई भन्दा बढी जनसंख्या ४० वर्ष मुनिको छ। यो देशको दिर्घकालीन स्थिरता र एकताको चिन्ता हामीमा भन्दा यिनमा बढी हुनै पर्छ।

69,539 次观看

यो भरतपुर हो। यो देशभरी अव्यवस्थित शहरीकरण कसरी भइरहेछ भन्ने एउटा उदाहरण मात्र हो। राजधानीले गरेका सबै गल्ती देशका सबै शहरले गर्दैछन्। भरतपुर अबको १५/२० वर्षमा काठमाडौं जस्तै कंक्रिटको जङ्गल हुनेछ। त्यसको असर हाम्रो यो 'पापी पुस्ता'लाई मात्र होइन, विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जका जलचर, थलचर, चराचरमा कसरी पर्छ र त्यसले चितवनको पर्यटन व्यवसायमैँ कसरी असर पार्छ, मैले यसपछि, भोली विहान, प्रेषित गर्ने सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्ता र सामाजिक अभियन्ता वासु ढुङ्गानाको भिडियोमा सुन्नुहोला है।

18,568 次观看

ढाँटेर भोट माग्दिन। व्यक्ति जित्ने देश हार्ने राजनीति गर्दिन। #विचारभन्दामाथिदेश

ढाँटेर भोट माग्दिन। व्यक्ति जित्ने देश हार्ने राजनीति गर्दिन। #विचारभन्दामाथिदेश

15,868 次观看

गर्ने के? भन्ने कसलाई?

गर्ने के? भन्ने कसलाई?

31,950 次观看

हामी नेपाली साsssराsssलेsss...! २५ गते राजालाई स्वागत गर्न एअरपोर्ट जाऊँ! (श्यर गरिदिए आभारी हुनेछु) - ठूला नेता सार्वजनिक कार्यक्रममा जाँदा "[फलानो] चोर, देश छोड" को नारा लाग्ने। - राजा देशको जुन कुनामा गए पनि "राजा आऊ, देश बचाऊ" को नारा लाग्ने। - सार्वजनिक कार्यक्रममा गज्जबले पुरानो राष्ट्रिय गीत घन्किने। ०४६ र ०६२/६३ साल दुबैमा देशमा आएको लहरलाई न निषेधाज्ञाले रोक्न सक्यो, न तात्कालिन नेता/प्रहरी/सेनाले रोक्न सके। अबको अवश्यम्भावी परिवर्तनलाई पनि कसैले रोक्न सक्दैन। एउटै कामना -- अबको परिवर्तन पहिलेजस्तो हिंसात्मक नहोस्। शान्तिपूर्णरूपमा #नवीनसमझदारी मा जाओस्!

23,452 次观看

आज भएको दुई युवाको ‘हत्या’को जिम्मेवारी सरकारले मात्र होइन इमानहीन, असक्षम, स्वार्थकेन्द्रीत, राष्ट्रघाती संविधान र नेतृत्वको निरन्तर वचाऊ गर्ने सबैले लिनुपर्छ। भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु! दोषीमाथि कारवाही होस्। परिवारलाई क्षतिपूर्ति दिइयोस्!

31,957 次观看

यो त सुदूरपश्चिमको कैलाली, धनगढीको मात्र दृष्य हो। हरेक शहर/नगर/गाउँमा यत्ति नै प्रतिवद्धता भएका आम सर्वसाधारण छन् -- कसैलाई भ्रम नहोस्। ती सबै काठमाडौंमा उत्रिएको दिन यो सत्ता र व्यवस्थाको हाल के होला? त्यसैले, पहिल्यै, शान्तपूर्ण सङ्क्रमणका लागि #नवीनसमझदारी मा जाऊँ!

15,249 次观看

Videos

RabindraMishra's profile picture

शेरबहादुरजीको यो भनाइ सबैले मनन गर्नुहोला: राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिँदा पनि सर्बोच्च अदालतमा हष्तक्षेप नगरेको स्वीकारोक्ति शेरबहादुर देउवा 'प्रचण्डवादी'बाट आउनु सानो कुरा होइन। राजा ज्ञानेन्द्रले मात्र होइन, राजा महेन्द्रले "आफ्नै ससुरा" हरिशमशेरलाई हराइदिने सर्बोच्चका प्रधानन्यायाधीश रत्न बहादुर विष्टलाई पुरस्कृत गरेको उदाहरण धेरै ठाऊँमा पढ्न पाइन्छ। अदालत न्यायको अन्तिम आधारस्तंभ हो, जसलाई राजाहरूले सर्वशक्तिमान हुँदा पनि बिग्रिन दिएनन्। तर देउवाजी, तपाईँहरूले बहूदलकाल र 'प्रचण्डतन्त्र काल' मा अदालतलाई कसरी राजनीतिक खुँडाले छियाछिया पार्नुभयो एकपटक विचार गर्नोस् त। आफूलाई परेपछि फेरि तपाईँलाई निष्पक्ष अदालत चाहियो, होइन त? ईश्वरले तपाईँको भलाई गरून्!

Rabindra Mishra

43,321 次观看 • 8 天前

RabindraMishra's profile picture

पूर्व प्रधानमन्त्री माधव नेपालको यो क्लिप सुन्दै गर्दा मलाई राजा ज्ञानेन्द्रको याद आयो। माधव नेपाल भन्छन्: - स्वाभिमानभन्दा ठूलो कुरा केही हुँदैन। - यो सरकारले अपहेलना गर्छ, वास्तै गर्दैन भने अपमानित भएर बस्नुभन्दा विदेश गएर बस्नु राम्रो। अनि सोचेँ, वास्तवमा राजा ज्ञानेन्द्रचाहिँ स्वाभिमान नभएकै मान्छे रहेछन्। किनभने: एउटा कालखण्डमा नेपालको इतिहासकै सबैभन्दा अपहेलित र अपमानित मान्छे हुँदा पनि र गद्दीबाट हटाइएका संसारका सबै राजाजस्तै विदेशमा गएर बस्ने पूर्ण अवसर हुँदा पनि उनले देश छोडेर गएनन्। त्यत्रो अपहेलना र अपमान कसरी सहेर बस्न सकेको होला? मैले इमानदारीपूर्वक भनेको, स्वाभिमान माधव नेपालबाट सिक्नुहोला, राजा ज्ञानेन्द्रबाट होइन। बाँकी आ-आफ्नो निर्णय।

Rabindra Mishra

31,290 次观看 • 1 个月前

RabindraMishra's profile picture

फेरि एकपटक मन्त्री निवास उर्फ 'पापी निवास'बारे: यो भिडियोको दृष्य एउटा अपवाद होइन। यसलाई प्रतिकात्मकरूपमा लिने हो भने यो काठमाडौंका शासकले नदेख्ने नेपालको प्रतिविम्व हो। यो भिडियो मैले सामाजिक सञ्जालबाट डाउनलोड गरेर प्रेषित गर्दै गर्दा भैंसेपाटीमा झण्डै ३ अर्ब रूपैयाँको लागतमा निर्माण गरिएको भव्य मन्त्री निवास, अहिले झण्डै ४० करोड रूपैयाँको लागतमा पुनर्निर्माण हुँदैछ। यस्तो अवस्था भएको देशमा त्यो मन्त्री निवासमा फेरि मन्त्रीहरू बिराजमान भए भने तिनलाई पनि पहिलेका शासकहरूलाई जस्तै पाप लागोस्। पापै लागोस्! मेरो व्यक्तिगत राय यस्तो रहँदै आएको छ: भैँसेपाटीको मन्त्री निवासलाई दक्षिण एशियाकै उदाहरणीय वाल आश्रयमा परिणत गरियोस्। मन्त्रीहरूलाई एउटा अपार्टमेण्ट भवनको विभिन्न तलामा राखियोस्। सुरक्षा र खर्च दुबै दृष्टिकोणबाट सहज हुनेछ। संसारमा कुनै सुशासित र सुसंस्कृत देशले मन्त्रीहरूको लागि यस्तो आलिशान महल बनाएको र ती महलमा कुनै दोषभावबिना मन्त्रीहरू बसेको मलाई थाहा छैन।

Rabindra Mishra

31,642 次观看 • 1 个月前

RabindraMishra's profile picture

यो भिडियो कृपया हेरिदिनोस्, अझ, मन परे, श्यर नै गरिदिनोस्: कला-संस्कृति मासियो भने देश रहँदैन। मैले नेपालमा यति धेरै व्यक्तिगत लगानी गरेर, अन्तर्राष्ट्रिय स्तरको कला संग्राहलय सञ्चालन गर्ने अर्को मान्छे देखेको छैन। राजन शाक्यले काठमाडौं गेस्ट हाउसमा स्थापना र सञ्चालन गरेका Museum of Nepali Art अनि कयौँ कलाकारहरूका लागि निशुल्क कला सृजना गर्ने भवन हेर्ने मौका मिल्यो। राजनजीले सबै घुमाइदिनु भयो र व्याख्या गरिदिनु भयो। उहाँको कला-संस्कृतिको जगेर्नाप्रतिको प्रतिवद्धता र लगाव असाधारण लाग्यो। कलात्मक चेतबिनाको समाज भौतिक र भावनात्मक दुबै रूपमा कंक्रिटको जङ्गल हो।

Rabindra Mishra

27,332 次观看 • 2 个月前

RabindraMishra's profile picture

हेर्नोस् गगनजी, तपाईँको शुभचिन्तक हुँ। मेरो बाँकी जिन्दगी 'राजसंस्था'को वकालत गर्दैमा र तपाईँको बाँकी जिन्दगी 'प्रचण्डतन्त्र'को बचाऊ गर्दैमा बित्ला जस्तो छ। तर मान्नोस् या नमान्नोस्, प्रचण्डतन्त्रको ज्योति रास्वपाले पक्डिसक्यो र संभवत: अब त्यो तपाईँको हातमा आउँदैन। वीपीपथमा कांग्रेसलाई लानु भएन भने, ल बाजी राखौँ, तपाईँको भाग्य ठिक ठाउँमा आउँदै, आउँदैन। यस्तै इमोशनल भाषण दिएरै तपाईँको जिन्दगी जान्छ। अनि नि, तपाईँ लगायत धेरैले पञ्चायति हिंसाको खुब कुरा गर्छन्। मलाई एकथोक भनिदिनोस् न: १। पञ्चायतको ३० वर्षमा "राजनीतिक कारण"ले कतिजनाको हत्या-हिंसा र विस्थापन भयो? २। अनि प्रजातन्त्र-गणतन्त्रको ३५ वर्षमा "राजनीतिक कारण"ले कतिजनाको हत्या-हिंसा र विस्थापन भयो? तुलना हुन्छ? मैले पञ्चायतको अप्रजातान्त्रिक चरित्रको कहिल्यै बचाऊ गरिन। तर म पञ्चायतलाई दानवीकरण र बहूदलकाललाई देवत्वकरण गर्ने पक्षमा पनि छैन। तपाईँजस्तो नेताले विषयलाई सही पृष्ठभूमी र सही तथ्यमा राख्नुपर्ने हुन्छ।

Rabindra Mishra

25,544 次观看 • 3 个月前

RabindraMishra's profile picture

अलिकति गाली खाने काम गरूँ है? संसद भवनको गाइजात्रे वास्तु(अ)कलाको कुरा गरेर। आज संसदमा पनि आवाज त उठेछ तर अधिकांशलाई नयाँ संसद भवन क्या भव्य लागिरहेको होला, होइन? यो भवनको फोटो र भिडियो दुबै हेरेँ। भवन बनाउँदाका केही आधारभूत त्रुटी भनौँ है -- ता कि भविष्यमा यस्ता विशिष्ट भवन बनाउँदा यस्ता गल्ती नहोस्। १। संसारका धेरै देशमा संसद भवन पर्यटकीय आकर्षणका केन्द्र हुन्छन्। त्यसैले ती पर्यटकहरू वरिपरी घुम्न मिल्ने ठाऊँमा बनाइन्छ। हामीकहाँ सिंहदरबारभित्र कोचेर बनाइयो, जहाँ पर्यटक जानै मिल्दैन। २। संसद भवनलाई वास्तुकलाको विशिष्ट नमूनाका रूपमा पनि हेरिन्छ। त्यसैले त्यस्तो भवन बनाउँदा विश्वविख्यात वास्तुविद्हरूलाई भवन डिजाइन गर्न अनुरोध गरिन्छ। उदाहरण, छेऊछाऊकै छिमेकी बङ्गलादेश र पाकिस्तान छन्। त्यहाँका संसद भवनको डिजाइन विख्यात अमेरिकी वास्तुविद्हरूले गरेका थिए। बङ्गलादेशको संसद भवन त अझ वास्तुकलाका दृष्टिले संसारका वास्तुकलाका धेरै विद्यार्थीहरूका लागि अध्ययनको एउटा विषय पनि हो। ३। काठमाडौंजस्तो हिन्दू र बौद्ध धर्मको समिश्रण-विन्दूका कारण संसारकै विशिष्ट वास्तुकलाले भरिएको शहरमा हामीले संसद भवन निर्माण गर्दा विशिष्ट वास्तुकला जन्माउने विशिष्ट अवसर त गुमायौँ नै। त्यसमा झन थप चित्त दुखेको कुरा आर्को छ। ४। संसदको मूल हल त्यति गाइजात्रे, कलाविहीन होला भनेर मैले कल्पना पनि गरेको थिइन। संसदको मूल हल कस्तो कलापूर्ण हुन्छ, त्यो हलले कसरी त्यो देशको कला-संस्कृतिलाई प्रतिविम्वित गर्छ भन्ने कुरा भवनका डिजाइनरहरूले गुगल गरेर खोजिमात्र गरीदिएको भए, त्यो हल सभागृह या प्रज्ञा प्रतिष्ठानको अलिकति परिष्कृत रूप हुने थिएन। ५। भविष्यमा यस्ता भवन निर्माण गर्ने विशेष अवसर प्राप्त हुँदा सुधार्नै नसकिने यस्ता ऐतिहासिक गल्ती नहोस् भन्नका लागि यो 'गाली खाने' सन्देश प्रेषित गरेको हुँ। त्यसैभएर म बारम्बार भन्ने गर्छु: कलात्मक चेतबिनाको राजनीति काठमाडौं शहरजस्तो कुरूप कंक्रिटको जङ्गल हुन्छ। र त्यो संवेदना-विहिन पनि हुन्छ।

Rabindra Mishra

29,448 次观看 • 3 个月前

RabindraMishra's profile picture

दश बजे सर्वोच्च अदालत गएँ। प्रधानन्यायाधीशलाई भेटेँ। घरबेटीको मुद्दाको 'स्टे अडर' खारेज गर्न लगाएँ: पूर्व मन्त्री रामकुमारी झाँक्री लाग्छ, उहाँलाई यो कामको गाम्भिर्य पटक्कै थाहा भएन। संभवत: उहाँलाई आफ्ना अग्रजहरूबाट त्यसैगरी दीक्षित हुनुहुन्थ्यो। यो कति गम्भिर विषय हो भन्ने अरूलाई पनि वोध होस् भन्नाका लागि यो श्यर गर्ने निर्णय गरेको हुँ। रामकुमारीजी र तात्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा दुबैको यसमा बराबर गल्ती छ। १। जे भयो त्यो न्यायपालिकामाथि कार्यपालिकाको ठाडो हस्तक्षेप हो। २। न्याधिशलाई प्रभावित गर्नु भ्रष्टाचार हो। ३। अदालतको अवहेलना हो। ४। प्रधानन्यायाधीशको पदीय आचरण विपरितको काम हो। ५। सबैभन्दा महत्वपूर्ण कुरा, यति सानो विषयमा प्रधानन्यायाधीशलाई त मन्त्रीले सिधै प्रभावित गर्न सक्छन् भने अब भन्नुस्, भागबण्डामा न्यायाधीश भएकाहरूले महत्वपूर्ण विषयहरूमा के, के गर्छन् होला? संविधान 'सर्भिसिङ' होइन के, 'ओभरहलिङ' नै गर्नुपर्छ यी सारा विकृति रोक्न। नत्र यो देश बन्दैन -- विश्वास गर्नुस् न। भावी पुस्तामाथि पाप गर्ने? #नैतिकसंकट (#EthicalCrisis) र #ज्ञानकोसंकट (#KnowledgeCrisis) असोचनीय तहमा पुगिसकेको छ।

Rabindra Mishra

79,363 次观看 • 2 年前