
Gagan Thapa
@thapagk • 1,256,180 subscribers
Shorts
Videos

भदौ २३ र २४ गतेको जेन-ज़ि पुस्ताले नेतृत्व गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुभएका शहीदहरूलाई फेरि एक पटक भावपूर्ण श्रद्धाञ्जली। यो पुस्ताको आन्दोलनले उठाएका न्यायपूर्ण मागहरूलाई पूरा गर्न सक्ने सबल पार्टी निर्माणको लागि पार्टी रूपान्तरण अनिवार्य सर्त हो भन्नेबारे केही विचार राखेको छु।
Gagan Thapa228,326 Aufrufe • vor 11 Monaten

सबैमा संयमित भएर सामाजिक सद्भाव कायम राख्न हार्दिक अपिल गर्दछु।
Gagan Thapa28,403 Aufrufe • vor 1 Monat

सामाजिक सद्भाव र भाइचारा कायम राख्न म सबैमा हार्दिक अपिल गर्दछु। जय नेपाल!
Gagan Thapa24,986 Aufrufe • vor 1 Monat

अहिले राजनीतिक बहस भन्दापनि आत्तिएको समाजलाई सहारा दिँदै भग्नावशेष सफा र पुनःस्थापना गर्न जुटौँ।
Gagan Thapa158,746 Aufrufe • vor 11 Monaten

मैले केही समय पहिले, अबको केही वर्षमा नेपाली युवाहरूले नेपाल कै डाँडाहरूमा बसेर महिनाको २-३ लाख कमाउन सक्नेछन् भन्ने कुरा कुनै random statement थिएन। त्यो एउटा सपना थियो, नेपालको IT सेक्टरलाई अबको केही वर्षमा कहाँसम्म पुर्याउन सकिन्छ भन्ने roadmap थियो। IT sector मार्फत Global Scale का सम्भावनाहरू नेपालमा भित्र्याउने हाम्रो प्रतिबद्धता हो।
Gagan Thapa94,726 Aufrufe • vor 6 Monaten

तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं।
Gagan Thapa140,684 Aufrufe • vor 11 Monaten

प्रिय साथीहरू, हामी सच्चिनेछौँ, अनि झन् बलियो भएर उठ्नेछौँ। पार्टीका साथीहरूलाई अपिल।
Gagan Thapa127,367 Aufrufe • vor 1 Jahr

जलवायु परिवर्तन र बीपी कोइराला भोलि बीपी स्मृति दिवसको उपलक्ष्यमा 'The Green Table' को विशेष संवादमा जलवायु परिवर्तनका सन्दर्भमा बीपी कोइरालाका विचारहरूका बारेमा खुला छलफल गर्दै छौ। समय: बिहानको ७ बजे स्थान: जवालखेल र त्यो भन्दा पहिले हामी बिहानको ६ बजे UN Park मा जम्मा हुने छौ '5 KM Green Run' का लागि। रजिस्ट्रेसन गर्न छुटाउनु भएकाहरुलाई पनि स्वागत छ, सँगै दौडौला र संवाद गरौंला। जय नेपाल।
Gagan Thapa23,580 Aufrufe • vor 1 Monat

वि.सं.२०४७ पछाडिका भ्रष्ट्राचारका जति पनि काण्डहरू छन् तिनको निष्पक्ष छानबिन गरौँ र दोषीलाई कारबाही गरौँ भन्ने कुरा निरन्तर राख्दै आएको थियौं । आज रास्वपाका साथीहरूले पनि त्यस्तै कुरा राख्नु भएको कुरा आएको छ।नीतिगत लगायतका सबै भ्रष्टाचारको छानबिन गरौँ।कसरी सम्भव छ त ? बिस्तार यो भिडियोमा...
Gagan Thapa245,495 Aufrufe • vor 2 Jahren

नीति तथा कार्यक्रम ल्याउने समय बदलिनु पर्छ, बनाउने तरिका बदलिनु पर्छ, यस भित्र रहने अन्तरवस्तु पनि बदलिनु पर्छ। नीति तथा कार्यक्रममा संसद भित्र हुने छलफललाई अझै पनि यसै गरी अघि बढाउने हो भने, तिनलाई लिएर संसद भित्र छलफल गर्नुको कुनै औचित्य रहँदैन। सरकारलाई गर्नु भएन भनेको हैन, सँगै गरौँ भनेको हो। हामीले काम गर्ने तरिका बदलिनै पर्छ।
Gagan Thapa304,067 Aufrufe • vor 3 Jahren

सुशासन, विनियोजन विधेयक र बजेट भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा भुटानी शरणार्थीको प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान प्रशंसनीय छ। 'नेता होस कि, नाता होस' यस प्रक्रियामा दोषी कोही कसैले उन्मुक्ति पाउनुहुँदैन। विनियोजन विधेयकका सन्दर्भमा सबै बजेट 'लक' भएर छापिने अवस्थामा रहेको बेला भइरहेको छलफल कर्मकाण्डी जस्तो भएको छ। यो प्रक्रियामा सरकार र सदन जोडिनुपर्छ। हामीले यसमा अन्यत्रको महिनौँ अगाडि देखी छलफल गर्ने असल अभ्यास अनुसरण गरेर असल परिपाटीको सुरुवात गर्न सकिन्छ। विभिन्न विधामा बजेट विनियोजन भए पनि अपनत्व नभएका कारण धेरै कार्यक्रम अलपत्र छन। अर्थतन्त्रमा रोग लागेको समयमा बजेट निर्माणमा संरचनागत सुधारका लागी अर्थमन्त्री ज्युले विश्वास दिलाउने गरी काम गर्नुपर्नेछ। अर्थमन्त्री ज्यु कठोर कदम चाल्न र जोखिम उठाउन तयार हुनुपर्छ ।
Gagan Thapa182,099 Aufrufe • vor 3 Jahren

नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छाला जुत्ता प्रकरण, टेरामेक्स, एनसेल, सुन काण्ड, सहकारी काण्ड आदिमा संलग्न भएको एकजनाले पनि उन्मुक्ति नपाओस्। नेता होस् कि नाता पर्ने होस्, रूखको छहारीमुनि बस्ने होस् कि घाम ताप्ने होस् कि हँसिया हतौडा बोक्ने होस् कि घन्टी बजाउने होस्, दोषी कसैले पनि उन्मुक्ति नपाओस्।
Gagan Thapa133,469 Aufrufe • vor 2 Jahren

हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको Economic Productivity मा पनि ठुलो असर पारेको छ, जसको Opportunity Cost अत्यन्तै उच्च छ। सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो।
Gagan Thapa41,826 Aufrufe • vor 7 Monaten

हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ। भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।
Gagan Thapa45,051 Aufrufe • vor 7 Monaten