
Gajendra Budhathoki ♿
@gbudhathoki • 129,661 subscribers
♿Chair:PWD Nepal Inc-Ability, Accessibility♿ Chief Editor-Taksar https://t.co/Pe7fVY0Wag winner: Developing Asia Journalism Award,National Journalism Award
Shorts
Videos

मलाई प्राप्त सन्देश जस्ताको त्यस्तै- एक फूटसल व्यवसायी उद्यमीको नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह Balen Shah का नाममा खुलापत्र सम्माननीय प्रधानमन्त्रीज्यू, सर्वप्रथम, देशको नेतृत्व सम्हाल्दै युवाहरूको आशा र भरोसाको केन्द्र बन्नुभएकोमा यहाँलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु। म काठमाडौँमा ऋणधन गरेर, देशमै केही उद्यम गर्छु भनी लागिपरेको एक सामान्य युवा फुटसल व्यवसायी हुँ। हजुर आफैँ पनि युवाहरूको भावना, खेलकुदको महत्त्व र उद्यमशीलताको मर्म बुझ्ने नेतृत्व हुनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ, आज मेरो मात्र नभई सम्पूर्ण फुटसल व्यवसायी र हजारौँ खेलप्रेमी युवाहरूको साझा पीडा यो खुलापत्रमार्फत यहाँसमक्ष राख्दै छु। प्रधानमन्त्रीज्यू, पछिल्लो समय प्रहरी प्रशासनले राती ८ बजे नै फुटसल बन्द गर्नुपर्ने भनी जारी गरेको कडा नियमले हामी व्यवसायीहरू मर्नु न बाँच्नुको अवस्थामा पुगेका छौँ। हजुरलाई अवगत नै छ, दिनभर अफिसमा काम गर्ने कर्मचारी हुन् वा व्यापार-व्यवसायमा खट्ने व्यापारी, उनीहरूसँग दिउँसो फुर्सद हुँदैन। दिनभरको काम र तनाव सकेर, बेलुकी साथीभाइ भेट्न, रिफ्रेस हुन र शारीरिक रूपमा स्वस्थ रहन उनीहरूले रोज्ने भनेकै फुटसल हो। तर, अफिसबाट निस्केर ७-७:३० बजेतिर बल्लतल्ल जम्मा भएर खेल्न सुरु गर्दा नगर्दै "८ बजिसक्यो बन्द गर्नुस्" भन्दै प्रहरी आउँदा खेलप्रेमीहरू अत्यन्तै निराश हुनुपरेको छ। हामीलाई सबैभन्दा अचम्म लागेको कुरा प्रशासनको नीतिगत विभेद हो। राती ९ बजेसम्म सहरका जिमखानाहरू खुल्न पाउँछन्, रेस्टुरेन्टहरू निर्बाध चल्छन्, बजार र पसलहरू खुला रहन्छन् तर विशुद्ध स्वास्थ्य र खेलकुदसँग जोडिएको फुटसलचाहिँ किन ८ बजे नै बन्द गर्नुपर्ने? के खेलकुद अपराध हो र? एउटा फुटसल निर्माण गर्न करोडौँको लगानी लागेको हुन्छ। दिउँसो चर्को घाम र गर्मीका कारण प्रायः कोही पनि खेल्न आउँदैनन्। हाम्रो मुख्य व्यापार हुने र दुई पैसा आम्दानी हुने समय नै साँझ ७ बजेदेखि ९ बजेसम्म हो। तर, त्यही पिक आवरमा सिधै आएर '८ बजे बन्द गर' भनिदिँदा हामीले जग्गाको महँगो भाडा, बैंकको चर्को ब्याज, स्टाफको तलब र सरकारलाई तिर्ने ट्याक्स कसरी जुटाउने? व्यवसाय नै धरापमा परेपछि हामी युवाहरूले फेरि खाडीकै बाटो तताउनु पर्ने हो र? यदि प्रशासनको चिन्ता सुरक्षालाई लिएर हो भने, हामी पूर्ण रूपमा जिम्मेवार छौँ। हामीले फुटसलमा खेल्न आउने हरेक टिमको सम्पर्क नम्बर रेकर्डमा राखेका हुन्छौँ। फुटसलभित्र को-को आए, को-को बसे, कुन नम्बरको बाइक वा गाडीमा आए भन्ने सम्पूर्ण विवरण हाम्रो अत्याधुनिक सीसीटीभी (CCTV) क्यामेरामा सुरक्षित रेकर्ड भएको हुन्छ। सुरक्षाको दृष्टिकोणले हामीले कुनै कसर बाँकी राखेका छैनौँ। अन्तमा, देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेर युवाहरूको हरेक समस्यालाई सुक्ष्म रूपले नियाल्ने हजुरबाट हामीले ठूलो आश गरेका छौँ। नियम कानुन पक्कै पनि समाजको हितका लागि हुनुपर्छ, तर व्यवसाय नै मास्ने गरी होइन। कृपया हामी युवालाई स्वदेशमै काम गरेर खान दिनुस्। प्रशासनलाई निर्देशन दिएर यो ८ बजेको अव्यवहारिक नियमलाई तत्काल परिमार्जन गरी राती कम्तीमा ९ बजेसम्म फुटसल सञ्चालन गर्न पाउने व्यवस्था मिलाइदिनुहुन सविनय अनुरोध गर्दछु। भवदीय, एक पीडित युवा फुटसल व्यवसायी काठमाडौँ, नेपाल।
Gajendra Budhathoki ♿39,703 Aufrufe • vor 2 Monaten

तोकिएको मानकअनुसारको र्याम्प भए यसरी अरुको सहारा निलइ आवतजावत गर्न सकिन्छ।
Gajendra Budhathoki ♿10,648 Aufrufe • vor 29 Tagen

हम को मालुम था । ऐसा ही नजारा देखने को मिलेगा जय मातृभूमि
Gajendra Budhathoki ♿22,103 Aufrufe • vor 2 Monaten

धन्न अहिले मानिसका हातहातमा स्मार्टफोन छन् र हरेक एंगलका भिडियो आइ वास्तविकता देखाइरहेका छन्। आगजनी गरिएको घरको छतबाट हतारहतार झरिरहेका यी को हुन? वास्तविकताका विषयमा उच्च स्तरको छानबिन आयोग गठन गरेर सत्य-तथ्य पहिल्याई दोषीमाथि हदैसम्मको कारबाही गर्न जोडदार माग गर्दछौँ।
Gajendra Budhathoki ♿81,237 Aufrufe • vor 1 Jahr

साला ३ प्याकेज रजनीगन्धाको १२० पर्छ। पञ्चायकालमै बाँचेछन् मेरा गोल्डमेडलिस्ट साथी
Gajendra Budhathoki ♿17,782 Aufrufe • vor 3 Monaten

घण्टकर्णमुखले सत्तारुढ दलकका सांसदको ताण्डब देखेको नदेखै गरै ।
Gajendra Budhathoki ♿11,662 Aufrufe • vor 2 Monaten

शायद मेरा बा र काका पुस्ताले मात्र बागमतीको यो रौद्र रुप देखेका थिए होलान् ।
Gajendra Budhathoki ♿61,527 Aufrufe • vor 1 Jahr

यो वर्षको बजेटमा जम्मा पाँच वटा गेमचेन्जर आयोजना छानौं। Swarnim Waglé
Gajendra Budhathoki ♿10,804 Aufrufe • vor 2 Monaten

मेरा मित्र सागर प्रसाइँको यो पीडा यता शेयर गर्न चाहेँ । @sagarprasai (बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाईदिनुहोला ।) मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा. ९, बत्तिस पुतली को अरनिको मार्ग मा बस्छु । यही मङ्सिर को ११ गते, म घरबाट बाहिर निस्किदा मेरो घर अगाडीको मूलबाटो मा ठुला ठुला खाल्डा खन्न थालिएका थिए । एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्के । २-३ दिनमा पुरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो । १ हप्ता सम्म पनि म घर को घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट १ दिन पछाडि- कार्य प्रगति हुँदै छ, चाँडै सकिन्छ भन्ने खबर आयो । फेरी काठमाडौँ महानगरपालिकाको हटलाइन मा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिव जीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलि देखि नै हिँड्ने बाटो खुलाउँछौ भन्नुभयो । फेरी प्रगति शून्य । त्यसपछि मैले वडा नं वडा अध्यक्ष लाई सम्पर्क गरे, वहाँले पनि हामी मिलाइहाल्छौँ भन्नुभयो । मेयर साबको फेसबुकमा उपलब्ध नम्बर मा मेसेज गरे, उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो- असुविधाको लागि माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुना बाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालिन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् । म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसाय मार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो । त्यस कारण, मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारी ज्यू, जनप्रतिनिधि र सुशासनको ठुला ठुला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री- मेरो यो कुरा सुनेर लाज त लाग्यो होला । त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।
Gajendra Budhathoki ♿67,934 Aufrufe • vor 2 Jahren
