Gajendra Budhathoki ♿'s banner
Gajendra Budhathoki ♿'s profile picture

Gajendra Budhathoki ♿

@gbudhathoki130,421 subscribers

♿Chair:PWD Nepal Inc-Ability, Accessibility♿ Chief Editor-Taksar https://t.co/Pe7fVY0Wag winner: Developing Asia Journalism Award,National Journalism Award

Shorts

इन्जिनियर सर/म्यामहरूले बताइ दिनु होला । कृष्णभीरको पहिरो स्ट्याबलाइजेसनका लागि यो विधि कतिको उपयोगी हुनसक्छ?

इन्जिनियर सर/म्यामहरूले बताइ दिनु होला । कृष्णभीरको पहिरो स्ट्याबलाइजेसनका लागि यो विधि कतिको उपयोगी हुनसक्छ?

26,059 次观看

😝😝🤣🤣बुढालाई पनि रिस उठेछ।

😝😝🤣🤣बुढालाई पनि रिस उठेछ।

39,667 次观看

स्वदेशमै उद्यम गरिरहेका उद्यमी युवाहरूलाई साँझ ८ बजेपछि व्यवसाय चलाएको भनेर यसरी पुलिसप्रशासन आएर हैरान पार्छ! अनि सरकार भन्छ- उद्यमीहरू डराउनु पर्दैन, उद्यमशीलताको वातावरण बनाउँछौैं। यसको पृष्ठभूमि केही दिनअघिको पोस्टमा छ।

27,687 次观看

आफ्नो पार्टीका मानिसलाई भए साइबर बुलिङ हुन्छ । आफूले भने यसरी खुलेआम एक महिलालाई बुलिङ गरेर खिसी गर्ने प्रवृत्ति आगामी दिनमा अझ बढ्ने डर छ ।

आफ्नो पार्टीका मानिसलाई भए साइबर बुलिङ हुन्छ । आफूले भने यसरी खुलेआम एक महिलालाई बुलिङ गरेर खिसी गर्ने प्रवृत्ति आगामी दिनमा अझ बढ्ने डर छ ।

54,689 次观看

हम कुछ कहेगेँ तो विवाद हो जाएगा🤣🤣

हम कुछ कहेगेँ तो विवाद हो जाएगा🤣🤣

10,167 次观看

चिट महानगरीय प्रहरीले काट्यो होला, वाइकमा ह्विल महानगरीय प्रहरीले लगायो होला । स्थानीय सत्ता रास्वपाको थिएन होला । तर ६० प्रतिशत जलेको व्यक्तिलाई घिच्याँउदै सडक परिक्रमा गराउने पुलिस कस्को हो ?

चिट महानगरीय प्रहरीले काट्यो होला, वाइकमा ह्विल महानगरीय प्रहरीले लगायो होला । स्थानीय सत्ता रास्वपाको थिएन होला । तर ६० प्रतिशत जलेको व्यक्तिलाई घिच्याँउदै सडक परिक्रमा गराउने पुलिस कस्को हो ?

13,249 次观看

१४ जनाको हाउसफूलका साथ अपार प्रदर्शन भइरहेको छ । स्लिपरसेलका सदस्य पनि गइदिएन छन् ।

१४ जनाको हाउसफूलका साथ अपार प्रदर्शन भइरहेको छ । स्लिपरसेलका सदस्य पनि गइदिएन छन् ।

18,556 次观看

भिडियो नेपालकै जस्तो छ । यो राज गोमन (किङ्ग कोब्रा) नै हो कि अलिक फरक जातको सर्प हो?

भिडियो नेपालकै जस्तो छ । यो राज गोमन (किङ्ग कोब्रा) नै हो कि अलिक फरक जातको सर्प हो?

33,417 次观看

वनबासा बजारको बिजोग सरकारले नाकामा १०० रुपिञामाथि कर कडाइ गरेपछि नेपाली ग्राहकको घुइचो हुने गौरीफण्टा नजिकको वनगवा बजार हिजोआज यस्तो सुनसान छ। भिडियो- तेजराज भट्ट

वनबासा बजारको बिजोग सरकारले नाकामा १०० रुपिञामाथि कर कडाइ गरेपछि नेपाली ग्राहकको घुइचो हुने गौरीफण्टा नजिकको वनगवा बजार हिजोआज यस्तो सुनसान छ। भिडियो- तेजराज भट्ट

12,994 次观看

Videos

gbudhathoki's profile picture

मलाई प्राप्त सन्देश जस्ताको त्यस्तै- एक फूटसल व्यवसायी उद्यमीको नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह Balen Shah का नाममा खुलापत्र सम्माननीय प्रधानमन्त्रीज्यू, सर्वप्रथम, देशको नेतृत्व सम्हाल्दै युवाहरूको आशा र भरोसाको केन्द्र बन्नुभएकोमा यहाँलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु। म काठमाडौँमा ऋणधन गरेर, देशमै केही उद्यम गर्छु भनी लागिपरेको एक सामान्य युवा फुटसल व्यवसायी हुँ। हजुर आफैँ पनि युवाहरूको भावना, खेलकुदको महत्त्व र उद्यमशीलताको मर्म बुझ्ने नेतृत्व हुनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ, आज मेरो मात्र नभई सम्पूर्ण फुटसल व्यवसायी र हजारौँ खेलप्रेमी युवाहरूको साझा पीडा यो खुलापत्रमार्फत यहाँसमक्ष राख्दै छु। प्रधानमन्त्रीज्यू, पछिल्लो समय प्रहरी प्रशासनले राती ८ बजे नै फुटसल बन्द गर्नुपर्ने भनी जारी गरेको कडा नियमले हामी व्यवसायीहरू मर्नु न बाँच्नुको अवस्थामा पुगेका छौँ। हजुरलाई अवगत नै छ, दिनभर अफिसमा काम गर्ने कर्मचारी हुन् वा व्यापार-व्यवसायमा खट्ने व्यापारी, उनीहरूसँग दिउँसो फुर्सद हुँदैन। दिनभरको काम र तनाव सकेर, बेलुकी साथीभाइ भेट्न, रिफ्रेस हुन र शारीरिक रूपमा स्वस्थ रहन उनीहरूले रोज्ने भनेकै फुटसल हो। तर, अफिसबाट निस्केर ७-७:३० बजेतिर बल्लतल्ल जम्मा भएर खेल्न सुरु गर्दा नगर्दै "८ बजिसक्यो बन्द गर्नुस्" भन्दै प्रहरी आउँदा खेलप्रेमीहरू अत्यन्तै निराश हुनुपरेको छ। हामीलाई सबैभन्दा अचम्म लागेको कुरा प्रशासनको नीतिगत विभेद हो। राती ९ बजेसम्म सहरका जिमखानाहरू खुल्न पाउँछन्, रेस्टुरेन्टहरू निर्बाध चल्छन्, बजार र पसलहरू खुला रहन्छन् तर विशुद्ध स्वास्थ्य र खेलकुदसँग जोडिएको फुटसलचाहिँ किन ८ बजे नै बन्द गर्नुपर्ने? के खेलकुद अपराध हो र? एउटा फुटसल निर्माण गर्न करोडौँको लगानी लागेको हुन्छ। दिउँसो चर्को घाम र गर्मीका कारण प्रायः कोही पनि खेल्न आउँदैनन्। हाम्रो मुख्य व्यापार हुने र दुई पैसा आम्दानी हुने समय नै साँझ ७ बजेदेखि ९ बजेसम्म हो। तर, त्यही पिक आवरमा सिधै आएर '८ बजे बन्द गर' भनिदिँदा हामीले जग्गाको महँगो भाडा, बैंकको चर्को ब्याज, स्टाफको तलब र सरकारलाई तिर्ने ट्याक्स कसरी जुटाउने? व्यवसाय नै धरापमा परेपछि हामी युवाहरूले फेरि खाडीकै बाटो तताउनु पर्ने हो र? यदि प्रशासनको चिन्ता सुरक्षालाई लिएर हो भने, हामी पूर्ण रूपमा जिम्मेवार छौँ। हामीले फुटसलमा खेल्न आउने हरेक टिमको सम्पर्क नम्बर रेकर्डमा राखेका हुन्छौँ। फुटसलभित्र को-को आए, को-को बसे, कुन नम्बरको बाइक वा गाडीमा आए भन्ने सम्पूर्ण विवरण हाम्रो अत्याधुनिक सीसीटीभी (CCTV) क्यामेरामा सुरक्षित रेकर्ड भएको हुन्छ। सुरक्षाको दृष्टिकोणले हामीले कुनै कसर बाँकी राखेका छैनौँ। अन्तमा, देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेर युवाहरूको हरेक समस्यालाई सुक्ष्म रूपले नियाल्ने हजुरबाट हामीले ठूलो आश गरेका छौँ। नियम कानुन पक्कै पनि समाजको हितका लागि हुनुपर्छ, तर व्यवसाय नै मास्ने गरी होइन। कृपया हामी युवालाई स्वदेशमै काम गरेर खान दिनुस्। प्रशासनलाई निर्देशन दिएर यो ८ बजेको अव्यवहारिक नियमलाई तत्काल परिमार्जन गरी राती कम्तीमा ९ बजेसम्म फुटसल सञ्चालन गर्न पाउने व्यवस्था मिलाइदिनुहुन सविनय अनुरोध गर्दछु। भवदीय, एक पीडित युवा फुटसल व्यवसायी काठमाडौँ, नेपाल।

Gajendra Budhathoki ♿

39,703 次观看 • 4 个月前